मलाई बलात्कार गर
-एलिसा पौड्याल
ए
यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल
र
पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
मेरा आमाहरु.
कविता : मलाई बलात्कार गर [एलिसा पौड्याल ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- कविता : जन्मभुमि
- नेपाली कविता : गोर्खाली पन [ लक्ष्मण पोख्रेल- फिदिम ]
- नेपाली कविता : प्रीतकी जूनतारा [ बद्रि प्रसाद दाहाल ]
- दिपेन्द्र दिपको बनावटि यथार्थ
- साहित्यकार बद्री प्रसाद दाहालको कविताहरु
- नेपाली कविता : हाम्रै करामत ? [ बद्रि प्रसाद दाहाल ]
- नेपाली कविता : मित्र दिवश !! [ वसन्त श्रेष्ठ 'क्षितिज ]
- कविता : जिन्दगीको अध्याय [ बिनोद आचार्य ]
- नेपाली कविता : मामाको जन्तको तयारी [ प्रकाश अर्याल चुकुप्रकाश ]

Labels:
कविता
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment