- नवीन प्यासी
म तेस्तो कुनै समिक्षक त होइन र समीक्षा गर्न पनि जान्दिन तर एउटा पाठकको नजरबाट भेेटेको केही कुरा भन्न मन लाग्यो।
आत्मीय मित्र देवराज भन्तनाको उपन्यास सिध्याइसकेपछि मनमा अनेकन कुराहरु उब्जे जसलाई लेख्ने जमर्को गरेको छु। उहाँको यति सानै उमेरमा उपन्यास लेख्ने हिम्मत चानचुने कुरा होइन जस्तो लाग्छ। र यो प्रयासले नेपाली साहित्यमा उहाँ भित्र भएको सम्भावनालाई पनि खोतलखातल गरेको जस्तो लागेको छ।
उहाँले विषयवस्तु पनि आफ्नो उमेर अनुसार नै छनोट गर्नुभएको रहेछ तेहि भएर न्याय पनि गर्नुभएको जस्तो लाग्यो। उपन्यास पनि मलाई औसतमा राम्रै लाग्यो। यो उपन्यासको शक्ति भनूँ या जेसुकै भनूँ पाठकको ध्यान तानिरहन सक्नु हो। नेपालीहरुको बाध्यता विबसता पनि मजैले पोखिएको छ। हाम्रै उमेरहरुको कथा भएकोले क्रेजी लभले बजार पिट्नेमा दुइमत छैन। तर उपन्यासमा उपकथाहरुको प्रस्तुति तेति दमदार लागेन र लेखकले पनि अलि हतार गरेजस्तो पनि लाग्यो। लेखकको लेखनीमा प्रकाश कोविद, युधीर थापा, सुविन भट्टराई जस्ता लेखकहरुको गन्ध अलिअलि पाइन्छ हुन त अरुले हिडिसकेको बाटो हिँडे चाडै शिखर पुग्न सकिन्छ र आफैले बाटो खन्दै हिड्न अलि गाह्रो हुन्छ तर साहित्यमा त्यो चाहिन्छ जस्तो पनि लाग्छ अस्तित्व बचाउनको लागि। उहाँको यो पहिलो प्रयास सबै कुरा खोज्न पनि भएन अरु त बिस्तारै निखारिदै जाने कुरा हो जस्तो लाग्छ मलाई। र उपन्यास यति हूदाहुँदै पनि दमदार लाग्यो। अलिअलि गल्ती त भैजान्छन् नि(अन्याथा नलिनु होला यो मेरो नितान्त ब्याक्तिगत बिचार)। अनि उपन्यासको अन्तअन्त तिर पाठकलाई सम्बोधन नगर्नु भएको भए झनै शक्तिशाली हुन्थ्यो कि!(पेज नं १४८ र १५२) यथार्थको बाटो छोडेर काल्पनिकता तिर लम्किएको छ।
समग्रमा उपन्यास एकदमै राम्रो छ कारण यो पनि होकि उहाँको यो पहिलो प्रयास हो र यसमा नेपालीहरुको यथार्थ चित्रण छ मुग्लानको र अहिलेको युवापुस्ताले गर्ने सस्तो माया प्रेममको प्रतिफल। उहाँले यो उपन्यासबाट यो पनि भन्न खोज्नु भएको छ कि हामी कति सम्म भौतिबदी भइसक्यौँ। यती बेला मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको "पागल" कविताको कवितांस याद भयो " तिमी एकमा एक जोड्दा दुई देख्छौ तर म एकै देख्छु।"
No comments:
Post a Comment