हरीहर कँडेल |
(प्यारीको अनुरोध )
सुनिदिनु बिन्ती मेरो घर_फर्केर_आउनु_प्यारा
सम्झेर पाखापखेरो घर_फर्केर_आउनु_प्यारा
धेरै भयो यो झुप्रो घरमा छानो फेर्न नपाएको
ढल्नै लाग्यो कटेरो घर_फर्केर_आउनु_प्यारा
मुग्लान मा आफ्नो भन्नु को हुन्छ र हजुर
पर्दा खेरी अप्ठेरो घर_फर्केर_आउनु_प्यारा
पापी आँखा लाउन खोज्छ दुनिया ममाथि
गर्दा पानी पँधेरो घर_फर्केर_आउनु_प्यारा
★★★
Jul 15,2014
10:51 PM
हरीहर कँडेल
No comments:
Post a Comment