
म यहां एक्लै रुन सक्दैन मुना
आंशुले मुख धुन सक्दैन मुना
तिमी धनि म गरिबको छोरा
हाम्रो मिलन हुन सक्दैन मुना
मुना मगर
धन अनि मनलाई जोड्ने कोसिस नगर
बियोग तिमी मलाई छोड्ने कोसिस नगर
केहि चिज हो धन तर सबै भने होइन
पबित्र हाम्रो नाता तोड्ने कोसिस नगर
पुरन बियोग
हो यहां सम्पन्नशाली मन खोज्छ मान्छेले
झुटो बचन लगाउन झन खोज्छ मान्छेले
सारा संसार यस्तै छ म के गरु मुना
आज भोली माया लाउन धन खोज्छ मान्छेले
मुना मगर
धनको धनी नभएनी हुनु पर्छ मनको धनी
टाढा हुन नखोज तिमी यस्तो कुरा भनी
फेरि किन आफु लाई कमजोर बनाउछौ
यति धेरै तिम्रो मुनाले सम्झाउदा पनी
पुरन बियोग
त्यो फुल अब कोपिला मै झर्छ मेरी मुना
भोली हामीलाई समस्या पर्छ मेरी मुना
यस्तो अबस्थामा हामीले बिहे गर्यौ भने
यो समाजले हामीलाई हेला गर्छ मेरी मुना
मुना मगर
ए बियोग किन यति कमजोर बन्दै छौ
अब हाम्रो सम्बन्ध अन्त्य गर्ने भन्दै छौ
पानी बिनाको माछाको हाल तिमी आफै सोच
धनलाई नै ठुलो मानी मायाको जरा खन्दै छौ
पुरन बियोग
सबै संग खुशी भई हांस्नु छ हामी
अटुट साईनो सम्बन्ध गांस्नु छ हामी
म बिवश छु के गरु त ए मेरी मुना
भोली यही समाजमा बांच्नु छ हामी
मुना मगर
तिमी आंटेर त हेर समस्या हल हुनेछ
समाजमा तिम्रो र मेरो छलफल हुनेछ
धन भन्दा मन ठुलो भनि बुज्छन मान्छे
अनि सबै मिल्नु पर्छ भनि पहल हुनेछ
पुरन बियोग
पर्ख त्यो दिन आउन देऊ मुना
सबै खुशी भै रमाउन देऊ मुना
हामीले सम्बन्ध जोड्नु भन्दा पहिले
मलाई केहि धन कमाउन देऊ मुना
मुना मगर
तिमी त्यस्तै भन्छौ भने मान्न राजी छु
तिम्रै यादमा यो जवानी धान्न राजी छु
केहि कमाऊ केहि जमाऊ अनि म तिम्रो
भएर जिबनमा धन के हो जान्न राजी छु
पुरन बियोग
मेहनतका हातहरु खिए पछि बिहे गरौला है
र दुःखका आंशुहरु पिए पछि बिहे गरौला है
समय मै सोचेर आफ्नो भबिश्यको लागी
आफ्नो खुट्टामा आफै उभिए पछि बिहे गरौला है
मुना मगर
दुख के हो बुझ्दै छु बांकी तिमी संगै
भएका ति सारा खुशी राखी तिमी संगै
एक रथका दुई पाङ्ग्रा हाम्रो जिन्दगानी
जन्मौ जन्म होस जाती तिमी संगै
पुरन बियोग
हाम्रो चोखो मायाको खानी हुनेछ
तिमीलाई नै सम्झिने बानी हुनेछ
संधै तिम्रो र मेरो चोखो यो पिरतिको
हो दुंनियामा छुट्टै कहानी हुनेछ
पुरन बियोग "दाङ"
मुना मगर "धादिङ"
No comments:
Post a Comment