Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा समाबेश राजेश पाठक प्याशी आत्मा का २६२ मुक्तक मध्य केही मुक्तक हरु

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा समाबेश राजेश पाठक प्याशी आत्मा का २६२ मुक्तक मध्य केही मुक्तक हरु

Chukuprakash Muktak Dohori को तेह्रौं श्रीङ्खला प्रेम विशेष मुक्तक दोहोरी कार्यक्रममा राखिएको
राजेश पाठक प्याशी आत्मा का  केही मुक्तकहरु यसप्रकार थिए । उहाले उक्त मुक्तक दोहोरीमा कार्यक्रममा  २६२ वोटा मुक्तक लेख्नु भएको थियो

राजेश पाठक प्याशी आत्मा
मुक्तक २६२ सबैको लागी
जालैमा पार्छु भनेको मोरी भागिछे सबेरै
भेटेको भए नक्कली लाई छोड्नेथेँ लगेरै
आजैको साइत जुराई मैले नौमती बजाई
मुक्तके जन्ती राखेर साक्षी सिंदुर भरेरै !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया




मुक्तक २६१
नरेन्द्र दाइ ज्यु ४८ को
फल र फुल टिपेर दिन्छु \\ ऐजरु पन्छाई
काँडाको तिमी नगर चिन्ता फालौला छप्काई
तिमीले मात्र होइननी भोग्ने संसारै एक्लो छ
बाटोमा कतै सत्रुले छेके भगाउला थर्काई !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया
मुक्तक २६०

Binupa Bhandari १२ ko लागी
कोमल मेरो मुटुमाथी कोरी लायौ सलाइ त
तिमीलाई छोडे जस्तो लाग्या छैन मलाई त
एक्लै टोलाएको देखेर माया लाउन बोलाएको
भन्थे बा आमाले हिजै गर्न हुन्न भलाइ त !!
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५९
Pratima KC जी ११ को
सच्चा प्रेमी नचिनेर त्यस्तो ठाउमा पर्नु भो कि
माया लाउने होडबाजीमा धेरै हतार गर्नु भो कि
हातका औला पनि हजुर बराबरी कहाँ छ र
भमराको खोजी गर्दै बगैंचामा पो चर्नु भो कि
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५८
दीपक अधिकारी 'चञ्चल' १६ को
फाटेको त्यो दिलको घाउ मल्हमले टाल्नु पर्छ
धोका दिएर तड्पाउनेलाई निकालेर फाल्न पर्छ
सम्झी सम्झी अरु चोट सहनु हुन्न अब मित्र
यस्ता नाथे यादहरु त गुन्द्रुक जस्तै गाल्न पर्छ
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५७
नरेन्द्र दाइ ज्यु ४६ को
मिलेर हामी आजको दिनमा घर्बार बसाउला
दोहोरीको मेसो गोड्नुनै परे मै पनि सघाउला
यस्तै छन् बैरी के देख्न सक्थे खुसीको संसार
नगर्नु पिर दुइजना मीली यिनलाई बजाउला ।
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५६
Komal Bhatta सर १०६
आज हजुर आई दिँदा सोभा बढेको छ
दोहोरीमा धेरै राम्रा मुक्तक सजेको छ
नत्र भने अहिलेसम्म यस्तो भको छैन
यो इतिहास सहभागी सबले पढेको छ
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५५ सबैलाई
दीपक अधिकारी 'चञ्चल' १३
धोका दिने निष्ठुरीलाई यता बोलाउनु
के हो भनी माया प्रेम अर्थ लगाउनु
कहाँ पाइन्छ यति सजिलो घात गर्न
आफ्नो गल्ती के थियो प्रस्टाउनु
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५४
नरेन्द्र दाइ ज्यु को ४५ को लागि
भाग्नेहरु भाग्दै गर्छन् आफू भाग्नु हुन्न
इज्जतैमा बस्नुपर्छ जतासुकै लाग्नु हुन्न
माया प्रेम भन्ने कुरा भगवान्को प्रसाद हो
नबुझ्ने ती कलिला सँग मग्दै माग्नु हुन्न
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५३
Binupa Bhandari ८ को लागि
किन यस्तो कठोर बन्छ्यौ मनमा माया हुदाहुँदै
छैन तिमीलाई माया भन्छ्यौ मनमा माया हुदाहुदै
साचो माया लुकाएर कहाँ लुक्न सक्थ्यो र त
दिलमा मैदान अझै खन्छ्यौ मनमा माया हुदाहुदै !
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५२
Binupa Bhandari जी को लागि
मलाई पनि थोरै थोरै माया मिल्छकी
बस्ने ठाँउ तिम्रै दायाँबायाँ मिल्छकी
ठूलो आशा तिमीप्रती गरेको छु आज
आसामा बिश्वासको छाँया मिल्छकी
राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल = साउदी अरेबिया

मुक्तक २५१ सबैलाई
मुक्तक कसले कसले माया पायो ल भन्नु त
कस्ले झुठो कस्ले साचो प्रीति लायो ल भन्नु त
प्रीयसीले घात गरेर रोएका नी होलान् कति
सत्य कसम कसकसले धोका खायो ल भन्नू त

राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल : साउदी अरेबिया
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger