गजल
अस्ति सम्म ठिकै थियो हिजो घर चर्काएर गयो भुकम्पले
कहिल्यै नरुने मान्छे म आज आँसु दर्काएर गयो भुकम्पले
धनले संसार जित्छु भन्ने ठुलो घमण्ड थियो म मा सदैब,
मेरो अघि धन केही होइन बुझ है भन्दै थर्काएर गयो भुकम्पले
ऋण असुल्न भनी गए ऋण लिनेको घर घरमा कराउँदै ,
हाम्रो बिपत्ति नबुझ्ने कस्तो मान्छे भन्दै झर्काएर गयो भुकम्पले।।
धनको सागरमा डुबि गुमाई सकेको रहेछु मानबता मैले ,
गुमाई सकेको मानवतालाई फेरि पनि फर्काएर गयो भुकम्पले।।
झुपडीमा बास बसेको छु ढलेपछि मेरो स्वर्ण महल आज,
हप्तौं पछि बल्ल पाएको खाना सर्काएर गयो भुकम्पले।।
मैले जस्तै धेरैले आफन्तहरू गुमाएका छन यहाँ आई हेर,
असह्य भो पिडाहरु मन मुटु नै मर्काएर गयो भुकम्पले
राजेन्द्र अर्याल (बसन्त ऋतु)
मेलम्ची २सिन्धुपाल्चोक
हाल अरबमा
नेपाली गजल : ...... घर चर्काएर गयो भुकम्पले [ सर्जक : राजेन्द्र अर्याल (बसन्त ऋतु) ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment