गजल
यो जुनिमा तिमी बाँच्दा, मरेको हुनेछु ।।
अर्को जुनि तिम्रै पर्खाइमा, बसेको हुनेछु ।।
भर्दै गर्दा पराइले,तिम्रो सिउदोमा सिन्दुर,,
मुर्छा परेर अन्त कतै, म लडेको हुनेछु ।।
सुक्कसुक्क रुदै तिमी,चढ्दा पराइको डोलि,,
म मुस्कुराउदै चितामा, चढेको हुनेछु ।।
गरेको थ्येँ चोखो प्यार दियौ आँसु उपहार,,
डुबेर त्यही आँसुले नै, गलेको हुनेछु ।।
राज कुमार धिमाल
बर्दिबास -३,महोत्तरी
नेपाली गजल : म मुस्कुराउदै चितामा, चढेको हुनेछु [ सर्जक : राज कुमार धिमाल ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment