Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » सागर भण्डारी "बिभोर" का गजलहरु [पाल्पा ]

सागर भण्डारी "बिभोर" का गजलहरु [पाल्पा ]


सागर भण्डारी "बिभोर"
वास्तविक नाम : अम्बिका प्रसाद भण्डारी
माता : उमाकान्ति भण्डारी
पिता : गणपति भण्डारी
स्थाई ठेगाना : पाल्पा यम्घा दर्पुक एक
हाल : साउदी अरब रियाद
आबद्ध सङ्घ सस्था :
 (1) परिवर्तन सर्गम साहित्यीक प्रतिष्ठान
(2) दधि- स्मृति साहित्य समाज कपिलवस्तु
(3) बिश्व नेपाली साहित्य महासङघ्
गजल 1
भएन अब केहि त, आँफै नगरी भएन
उ नजिक नआए, मैं उतै नसरि भएन

आँमालाइ चाहिने, घर धन्दा गर्ने खाले
तिमी भन्दा अरु कोही, मलाई सुन्दरी भएन

देखाइदिन्छु सबैलाई, मेरी बनाई तिमीलाई
भगाएर मन्दिरमै , सिउँदो नभरी भएन

आँमा भन्नुहुन्छ सधै, घरै सुनो सुनो भयो
आँगन्मा खेल्ने हाँस्ने, अझै मञ्जरी भएन

कसम खाई भन प्रिय, जुनि जुनि तिम्रै हुन्छु
तिम्रै खुशिका लागि, जंघार नतरी भएन



गजल 2



पलायन हुँदा लगाएँ माटोको टिका मैले
आँमाको चरण छोई झारें अश्रु ढिका मैले

मेरो पनि उस्को पनि उस्तै उस्तै छ आरोप
जलाइरहें खुसिहरु जिन्दगीका मैले

तिम्रा परेला ओभाना नहुनुको कारण
तिमीलाई माँयाँ गर्ने जानिन तरीका मैले

अस्तित्व नै छैन याँहाँ पैसा मात्र ठुलो भयो
महसूश गर्दैछु यो संसार नै फिका मैले

खेती गरी जहानको पालिदैन पेट पनि
भोगेकै छु अभाव र पीड़ा गरीबिका मैले

गजल 3

बिच बाटो मै अलमल किन यो बटुवा हुन्छ
प्रेम रोगले ग्रसित जस्तो रोग सरुवा हुन्छ

मेरो संसार तिमीनै मेरो जिन्दगी तिमी हौ
जस्तो की भ्यागुताको संसार तेहि कुवा हुन्छ

ए मन बता दौडेर समयलाइ उछिन्छस?
गन्तब्यमा पुग्ने आखिर तेहि कछुवा हुन्छ

ऋतु जस्तै तिमी पनी बदलिन्नौ भने कहिल्यै
पतझड़ झैँ उजाड़ हुन्न जीवनमा पालुवा हुन्छ

सङ्गै जिउने सङ्गै मर्ने बाचा कसम खाऊँ प्रिय
तिमी बिना मर्छु म त सबै खुसी बिधुवा हुन्छ

गजल 4

बाटो बिना उडिरहने मन राख्ने ठाउँ छैन
हिड्दा हिड्दै थाकेको यो तन राख्ने ठाउँ छैन

कतै कतै छैन बरै भोक मेटने अन्न पनि
ति अमिरहरुको चिन्ता धन राख्ने ठाउँ छैन

जीवन मृत्युको दोसाँधमा सास फेरीरहेछु
सेलायो भने मुटु धड्कन राख्ने ठाउँ छैन

तातो हावा खाँदै बगरमा म ढलेको बेला
जम्मै यादहरू नआवो झन राख्ने ठाउँ छैन

गजल 5
लोक लय

नरुनु आमा दसैंमा तिमि सम्झेर मलाई
लगाउनु टिका जमरा पनी हर्स मा रमाई

छितिज पारी बिवश छू म बांचेकै हासेंकै
आसीस दिनु प्रणाम गरें सीर यो नुगाई

छिमेकी घर पिडीमा सबै हाँसेर बसेका
अरुका जोड़ी प्यारिले देख्दा कस्तो भो पर्खाई

नबस्नु भोकै हे मेरी आमा ब्याथाले सताउछ
पकाई रोटी परिकार अनेक हँसाई खुवाई

आंसुले बाटो छेकेर भन्यौ नजाऊ प्रदेस
आउछु भनी गरेथें बाचा हुंदा म बिदाई

छुटियो साथ मेटियो बाटो कसरी आंऊ म
बाबुले भन्छ बाबा खै ममी ल्याएको मिठाई

प्रतिक्षा लामो निरास भयो अधुरो जिन्दगी
लुटाई खुसी जवानी सारा प्रदेश्मा बिताई

अभागी रैछु फूटेको कर्म भाग्यमा लेखेको
बुझाऊ प्यारी सम्झाई मन परेली भिजाई


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger