Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » गणेश प्रसाद खतिवडाका केहि मुक्तकहरुको संगालो

गणेश प्रसाद खतिवडाका केहि मुक्तकहरुको संगालो

मखमली गोदावरी माला गाँसे दिदी ।
ढोकामाथी सयपत्री उनी टाँसे दिदी ।।
आइपुग्छु सकेसम्म टिकासम्म म नि ।
अरु केही चाहिदैन तिमी हाँसे दिदी ।।
---------XX-------XX------XX--------
तिम्रो अनि मेरो पनि उमेर लक्का भो ।
चियाउँदै जो जो थिए ठूलो धक्का भो ।।
सुनिहालुन तातोतातो खबर सबैले ।
तिम्रो मेरो मिलन आजै राती पक्का भो ।।
---------XX-------XX------XX--------
रातै टीका लगाएर आउँछे सपनिमा ।
मेरो कोठासम्म आफैँ धाउछे सपनिमा ।।
टाँस्सिएरै समाउँछे अनि के के गर्छे ।
यसरिनै मलाई सताउँछे सपनिमा ।।
---------XX-------XX------XX--------
मुटुसँग मुटु नै साटी मोरिले ।
मैसँग पो घरबार आँटी मोरिले ।।
चौतारिमा साँझमा भेट्न बोलाई ।
अंगालोमा कसेर चाटी मोरिले ।।

---------XX-------XX------XX--------
एकै झल्को नजरैले मताइरह्यो सानू
मुटु बढ्दो ढुकढुकिले तताइरह्यो सानू
छट्पटिभो कोल्टे फेर्छु हराएर निन्द्रा
रातैभरी सम्झनाले सताइरह्यो सानु
---------XX-------XX------XX--------
हिड्दा हिड्दै बाटो छेकी रोके हुन्छ साथी
एकै चोटी समातेर बोके हुन्छ साथी
बिस्तारै त दुबै मन मिल्ने कहिले होला 
अंगालेर चप्प गाला टोके हुन्छ साथी
---------XX-------XX------XX--------
माया हजुर थोत्रींदैन पुरानो नि हुन्न
जातपात हेरि ठूलो र सानो नि हुन्न
लेखेपछी अर्कोपल्ट नमिले झैँ गरि
गृहकार्य बुझाएको त्यो पानो नि हुन्न
---------XX-------XX------XX--------
जिन्दगिमा रमाउन जुट्नेभए आउ
एकैछिन भेटेपछी छुट्ने भए आउ
दुइदिने जिन्दगिमा मरिलानु के छ
छचल्किँदो जवानी यो लुट्नेभए आउ
---------XX-------XX------XX--------
गणेश प्रसाद खतिवडा
पंचन-१, सोलुखुम्बु
हाल जोरपाटि
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger