मुक्तकहरु
१
माया गर्छेउ कि गर्दिनौ भन न ए सानी।
मेरि बन्छेउ कि बन्दिनौ भन न ए सानी।।
मन्दिर जादा मेरो लागी देउता सङ्ग थोरै
मन्त्र जप्छेउ कि जप्दिनौ भनन ए सानी।।
२
तिमि बगे बग्छु म'नि, अश्रु सुकाउ कान्छी।
तिम्ले बुन्ने मायाजालमा मलाइ लुकाउ कान्छी।।
आतुर छु म तिम्रो प्यारमा लुट्पुटिन लाई
दिलै देखी मायाप्रेमको पोको फुकाउ कान्छी।।
३
आज फेरि यो छविलाई, याद आयो तिम्रो।
मनैभरी एउटा छुट्टै उन्माद आयो तिम्रो।।
अरे यार! नबोलेरै, माया गर्छु भन्छे
लौन कस्तो पिरतिको बाद आयो तिम्रो।।
४
आज देश रोएको छ, तिमी रोएकी छेउ।
भाषा भेष रोएको छ, तिमी रोएकी छेउ।।
जाने त गैगए यो बिपतको घडी
बाँकी शेष रोएको छ, तिमी रोएकी छेउ ।।
छवि श्रेष्ठ
( चलाल-१, पार्थली काभ्रे)
छवि श्रेष्ठका केहि मुक्तक हरु [ चलाल-१, पार्थली काभ्रे ]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment