Pages

Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 8

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 8

Dohori class- 8
  • प्रकास पाठक "मुक्तक"आमा
    सधै तिम्रै चरण छुन पाँउ आमा
    सातौ जुनि तिम्रो नै हुन पाँउ आमा
    भो चाहिदैन संसारको अरू खुशि
    दुख्खमा तिम्रै काखमा रुन पाँउ आमा !!
    सधै तिम्रो चरण.......

    प्रकास पाठक योगि
    चितवन
    हाल~चेन्नै

    __________________________________________________________________
  • Npr Kisi's Lhāpu पर्देशी छोराले यसो भन्छ आाफ्नी आमासँग _______

    साह्रै दुख पाईस् नभन्नु अामा बिदेश गएपछि ।।
    के के खाइस् नभन्नु अामा बिदेश गएपछि ।।
    जसोतसो गुजारा र ईज्जत् ढाकेको छु यहाँ ।
    कस्तो लुगा लाईस् नभन्नु आमा बिदेश गएपछि ।।

    • पर्शुराम प्रधान
    खोटाङ्ग

    __________________________________________________________________
  • दिपक साउँद अनमोल Devraj Bhantana जि यशो भन्ने मन लाग्यो,,,,,

    मरेर पनि मुना मदन आज याद मरे को छैन,
    धन सम्पती ले माया किनी खोठी भरे को छैन
    मानिस परे पछि याद सधै आई सहन्छ सबै
    अर्को जुनी सबै लाई मिल्छ मन डरे को छैन

    __________________________________________________________________
  • Khuman Chhetry Muskan आमा बिना के मेरो जिवन सम्भव थियो र ?
    के मलाई भगवान ले जनम दियो र ?
    वाइयात फुटनी हरु नगरे हुन्छ कसैले
    मलाई जन्माउने कस्ट के धर्ती आकश ले लियो र ?

    __________________________________________________________________
  • Hariprasad Aryal आमानै सबैथोक हुन्.......
    न सकिन्छ गाएर भजन, कीर्तन,गुणगान आमाको।
    शृष्टिकर्ता जन्मदाता अनि छ ठूलो पहिचान आमाको।
    दु:ख सुखमा मेरी आमा सदैव तिमीलाई सम्झन्छु।
    संसारमा बहुमूल्य अनि छ महान स्थान आमाको।

    हरिप्रसाद अर्याल निरन्तर

    __________________________________________________________________
  • Ramkishna Pahari Nepali सबैमा सलाम।
    नेपाल आमाका सपूत स्व.मदन भण्डारीमा समर्पित जो सीमा अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लान अघि बढेका थिए।हार्दिक श्रद्धाञ्जली।मृत आत्माको चीर शान्तिको कामना।

    शान्ति भनूँ शान्ति हैन युद्ध पनि हैन
    सीम खोज्न गा'को छोरा फर्किएको छैन
    सीमारेखा नयाँ कोर्न स्तम्भ नयाँ फेर्न
    अर्को सपूत जन्माउनु पर्यो आमा लौ न।

    __________________________________________________________________
  • दिपक साउँद अनमोल मेरी आमा को लागी, ,,,,,,
    युद्ध मा गएर डटेर लण्छु चिन्ता न लिनु आमा
    आमा लाई सारै माया गर्छु चिन्ता न लिनु आमा
    देश र आमा को लागी मेरो जहान ठुलो हैन
    कि विजय भै आउँछु कि मर्छु चिन्ता न लिनु आमा

    __________________________________________________________________
  • दिपक साउँद अनमोल सबै लाई,,,,,,,,,,

    आमा लाई दुख न परोश देवी देउता पुजी सके
    बर बर आशु न झरोश देवी देउता पिजी सके
    यही भन्छु आमा सधै म पर्देशी अभागी छोरा
    हजुर को त्यो मन न डरोस देवी देउता पुजी सके

    __________________________________________________________________
  • पेन्सिल हराएको मान्छे आमा तिमी......
    बगैँचाको फूलमा फूल्छेउ हाँस्दै चाँदनीमा
    मध्यरातमा ढोका खोल्छु निस्कन्छु आँगनीमा
    भेटिन्छ सदा टाढिए पनि अभावले डसेर
    प्रयाप्त मायासँगै ममताको खानि जननीमा

    __________________________________________________________________
  • Khuman Chhetry Muskan @Debraj bhantana sir#
    हत्केला ले सुर्य कहिल्ले छेकिदैन बुझ साथी
    पत्थर पुजी मानबता भेटिदैन बुझ साथी
    आफु भोको बसेर नि,सन्तान लाई खुवाउने
    आमा भन्दा ठुलो ईश्वर देखिदैन बुझ साथी ।

    __________________________________________________________________
  • दिपक साउँद अनमोल देवराज जि यशो भने है.........
    फुले को फुल लाई सधै समाली राख्नु हजुर
    आगनी उजालो गर्न आगो बाली राख्नु हजुर
    एकै जुनी हो कि आमा को माया मिल्ने यहाँ
    त्यो माया लाई गोजेला हाली राख्नु हजुर

    __________________________________________________________________
  • Sayal Nyaupane मेरो लागी धेरै सपना बुन्छिन मेरी आमा ।
    खुशि दिइ दु:ख आफै चुन्छिन मेरी आमा ।

    केही भए मलाइ भन्दा बढि उनलाइ दुख्छ,
    खालि मेरै पिर लिएर रुन्छिन मेरी आमा ।

    __________________________________________________________________
  • साहित्य प्रेमी दिनेश धामी आमा लाईनै देबी मान्ने धेरै छन्
    पुजा गर्न योग्य ठान्ने धेरै छन
    श्रिमतिको लैलैमा लागेर यहाँ
    आमा लाई पनी हान्ने धेरै छन !!

    दिनेश धामी बझाङ

    Devaraj vatna sir

    __________________________________________________________________
  • दिपक भण्डारी 'मायालु' सबैमा एकमुष्ट
    सानै बाट रून्थे आमा तिम्रो प्यारो काखमा|
    खेतिबारी जान्थ्यो आमा सँग सँगै साथमा||
    साहुको ॠणि भई बिदेशी न पुगे आमा|
    अझै पनि रून्छु आमा बिदेशी को कालो रातमा||
    #दिपक-भण्डारी

    __________________________________________________________________
  • रमेश तामाङ सबैको मुक्तक पढे निकै राम्रो लाग्यो ,आमाको तारिफ गरेको
    आमा नै सबभन्दा प्यारो नाम हो सबैको यस्मा दुइमत छैन
    मैले चै अली भिन्न लेखे

    मुक्तक

    सबैले आमाको गुणगान गायको मात्रा देखेको छु .
    आमाकै बारेमा गजल मुक्तक मैले नि लेखेको छु !
    कही कतै यस्तो सन्तान हरु नि हुदो रहेछन यहाँ
    बुढेसकालमा आमालाई घरबाट निकालेको नि भेटेको छु !

    __________________________________________________________________
  • Npr Kisi's Lhāpu आमालाई परदेशबाट छोराको आश्वासन .......

    परदेशबाट फर्केपछि छानो फेर्छु आमा ।।
    साँझ बिहान खान पुग्ने मानो फेर्छु आमा ।।
    सिठोपिठो जस्तो भा'नि खाँदै गर्नु त्यहाँ ।
    ठुलै खसी ढलाउँन अचानो फेर्छु आमा ।।

    • पर्शुराम प्रधान
    खोटाङ्ग ।

    __________________________________________________________________
  • प्रकास पाठक @सप्पैको लागि
    ~दश बर्ष कोखमा पालिन आमाले~
    ~दुःख कष्ट हरेक फालिन आमाले~
    ~ठूलो भएपछि सोच्दैनन् सन्तानवे~
    ~बुढि भएकिले,के खालिन आमाले ~~!!!

    __________________________________________________________________
  • दिपक साउँद अनमोल त्यई पनि बाँचे को छु आमा,,,,,,,,,,,,,,,,,,,
    बिहानै उठी हजुर को शरण छुन्छु आमा
    रात दिन तिमी लाई सम्झी रुन्छु आमा
    खै कति अलग अलग भै बस्नु छ अझी
    शोक ले हैन बाद्यताले पर्देशी हुन्छु आमा

    जुन दिन म पर्देश बाट पर्केर आउँने छु
    चाल भरी खान को लागी मकै लाउँने छु
    फेरी म आउँदैन यो मर्भुमी मा अब पक्कै
    दुई हल खेत किनी हली बनी बाउँने छु

    __________________________________________________________________
  • Milan Gharti बरु दैव जुटे जुटोस ।।
    फूटे चाहे भाग्य फुटोस ।।
    तर पनि आमाको मलाई
    आशिर्बाद कहिल्यै नछुटोस ।।।

    __________________________________________________________________
  • पेन्सिल हराएको मान्छे बोलिमा हैन यो हाम्रो कर्म व्यवहारमा हुनेछ
    आमाको विधान एक छुट्टै सरकारमा हुनेछ
    भोलिलाई हैन आजलाई तिमी आत्मसात गर
    संसार जीत्न थालनि घरबारमा हुनेछ
    -पेन्सिल हराएको मान्छे

    __________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger