Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 7

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 7

seventh class...
  • अम्बिका प्रसाद बन्जारा anuraagi binod gaire ------छुट्टी नदिए आमालाई आवाज सुनाइ राख्नु !
    दुखी भएनी आमा सम्झी मन बुझाइ राख्नु !
    बेला बेला फोन गरि सम्झाउनु बुझाउनु ,
    आमाले देको तै चिनोले शिर उठाई राख्नु !
    अम्बिका प्रसाद बन्जारा
    ________________________________________________________________
  • Ramkishna Pahari Nepali हाम्रो घरको वरिपरि बार बार्छु आमा
    आखा लाउने छिमेकीको शेखी झार्छु आमा
    खिया लाग्या खुकुरीमा धार लगाएर
    सीमा मिच्ने मिचाहा सखाप पार्छु आमा
    ________________________________________________________________
  • साहित्य प्रेमी दिनेश धामी पढायौ लेखायौ आमा
    संसार देखायौ आमा
    सितल पाए तिम्रो काख
    घाम पानी छेकायौ आमा !!

    दिनेश धामी बझाङ

    मुस्कान जी अली काम पर्यो ढिला भो
    ________________________________________________________________
  • भवानी हुमागाँइ 'सुनामी' सम्झनामा आमा

    मुक्तक

    एक्लै हिंडे पनि मैले बाटो बिराएको छैन आमा,
    सम्झेर मन रोएपनि आसुँ गिराएको छैनआमा
    यादहरु तिम्रै वरिपरी लुटुपुटु गरिरहन्छन सधैं,
    तै पनि तड्पिएर यो मुटु चिराएको छैन आमा ।।

    © भवानी हुमागाईं 'सुनामी'
    काठमाडौं नेपाल ||
    ________________________________________________________________
  • Jak Parkas Rai हत्केलाले सुर्यलाई छेकेर छेकिन्न कैले
    पत्थर पुजी मानवता खोजेर भेट्दिन मैले
    आफू भोक बसिबसी दिनरात खुवाउने
    आमा जस्तो अरु कहाँ पाउछु खोजी जैले

    जक प्रकाश राई
    पाँचथर सिदिन
    हाल:मरुभूमि तिर धुलो उडाउदै
    ________________________________________________________________
  • सुरज भीरखोइरे धेरै रोई कराई आँशुको रास नगर आमा
    माया मार मेरो मनमा बास नगर आमा
    दिन दशा बिग्रेर यो मरुभुमिमा आईपुगेँ
    फर्कन्छु फर्कन्न अब मेरो आश नगर आमा ।

    सुरज भिरखोईरे
    शल्यक्रिया मुक्तक संङ्ग्रह 2067 बाट ।
    ________________________________________________________________
  • पेन्सिल हराएको मान्छे आमाको पुकार________<<<<<____ span="">
    हिंसा नहोस् आमाको पुकार बद्लियोस् जमाना॥
    बुद्धको बास ज्ञानको भूमि शान्तिको छ गाना॥
    शान्तिको प्रतिक परेवा सदा स्वतन्त्र उड्नेछ,
    मेचिदेखि महाकालि नियम नयाँ नहोस् पुराना॥
    ________________________________________________________________
  • Hariprasad Aryal छोरी पनि आमा नै हुन्।
    सबैजनाको लागि.....

    छोरी पनि आमा बन्छिन समय परिवर्तनशिल छ।
    सन्तानकैलागि दु:ख सहन्छिन समय परिवर्तनशिल छ।
    हेलां गर्दछन् घरका परिवार छोरी मात्रै पाईस् भनेर।
    धरतिले नै फल फलाउने गर्छिन समय परिवर्तनशिल छ।

    हरिप्रसाद निरन्तर
    ________________________________________________________________
  • Dpt Sharma मेरै बाटो हेर्दै होलीन् कठै! मेरी आमा
    दुखका स्वाश फेर्दै होलीन् कठै!मेरी आमा
    मै नहुँदा खेरी घरमा आफ्नो पछौरीमा
    अचेल् कस्लाई बेर्दै होलीन्?कठै!मेरी आमा
    डिपीटी शर्मा
    बयरवन,मोरंग
    ________________________________________________________________
  • Npr Kisi's Lhāpu आमाको वर्णन _________

    साह्रै कसिली छिन् मेरी आमा ।।
    साह्रै रसिली छिन् मेरी आमा ।।
    अरु त के कुरा गर्नु र हजुर यहाँ ।
    साह्रै हसिली छिन् मेरी आमा ।।

    • पर्शुराम प्रधान
    खोटाङ्ग
    ________________________________________________________________
  • पेन्सिल हराएको मान्छे भवानी हुमागाँइ 'सुनामी'
    सुरज भीरखोइरे
    सप्पैलाई ....

    निर्दयी छैनन् यी आमा मेरी मुटुमा बास छ
    आमाको माया छ सदा एक मुठी सास छ
    ममता छानो हालेर माथि ताराको सुसेलि
    चम्कन्छ नौलाखा तारा खुल्ला किताब आकाश छ
    ________________________________________________________________
  • दिपक साउँद अनमोल मेरी आमा,,,,,,,,
    राम्रो न राम्रो आफु भोकै बसी छोरा लाई सब दियौ
    गरिव जुनी थियो त्यस बेला फाटो लुगा लाई सियौ
    थाहा मलाई थिएन त्यो शानो छदा खेरी आमा
    ईश्वर भगवान सबै भन्दा आमा तिमी ठुली थियौ

    दिपक साउँद डडेल्धुरा
    ________________________________________________________________
  • सुरज बर्दियाली देवराज जी
    कसैले बुझ्दैनन् आमा,स्वार्थी आयो जमाना
    त्यसैले कोइ भो आज लङ्गडा कोइ काना

    चित्त फाटेको कस्ले देख्छ हजुरको आज,
    आफ्नै भाइ मारी छन् कत्ती झ्यालखानाँ,
    ________________________________________________________________
  • कल्पित पतझड सबै बिदेश हुनेहरु लाई
    आमा सगै ममता बाड्नु पर्यो गाउमा ।
    बाझा राको खोरिया फाड्नु पर्यो गाउमा
    हुन्न यस्तो चालले फर्कन परदेशी।
    नपाएर मलामि लास छाड्नु पर्यो गाउमा ।
    ________________________________________________________________
  • Madan Bhandari bihani ko mirmire sangai aamako mukha hern paye
    kati khusi hunthe hola aama timro kakha ma sas fern paye
    garibiko estitinai yestai rhexa aama bidesinunu parne
    harsa r khusile nachethe hola aaudai greko dasami ko tika aama ko hat bat thapn paye

    i miss u mommm

    madan bhandari
    UAE Sharjha
    ________________________________________________________________
  • दिपक साउँद अनमोल आज भन्छु म,,,,,,,,,,
    जुन दिन तिम्रो आमा कर्ज चुकाउन पाउँला
    शरण मा यो सिर लाई झुकाउन पाउँला
    त्यो दिन मेरो लागी महत्तपुर्ण हुनेछ है
    सधै को लागी माया लुकाउन पाउँला
    ________________________________________________________________
  • Sanat Sharma SaHayatri Ilameli यसो भन्छिन चेली

    फुलबुटे जामा निकै याद आउंछ कर्मघरमा
    ढिडो आलु तामा निकै याद आउंछ कर्मघरमा
    कर्मैखोटी छोरीहुनु पराइहुन्छ जन्मघर नै
    बाबा अनी आमा निकै याद आउंछ कर्मघरमा
    ________________________________________________________________
  • Ramkishna Pahari Nepali @ dev raj sir
    तल्ला घरे छिमेकीले गिद्धे नजर लाउँछ आमा
    अस्मिता तिम्रो लुट्न करेसाबारी धाउँछ आमा
    शान्तिको पावन भुमी बुद्धको देश त हो नि आमा
    हेपाहा प्रवृत्ति देखी रगत उम्ली आउँछ आमा।
    ________________________________________________________________
  • Hariprasad Aryal मेरी आमा अनि म......
    आमा तिमीलाई हंसाउन सकेको छैन मैले।
    तर पनि कुनै गुनासो राखिनौ म संग कहिले।
    न हेरि बस्छ्यै टुलुटुलु दु:ख कष्ट मैले भोगेको।
    मेरो छोरा मेरो प्राण भन्दै ममता बाँढ्छौ जहिले।

    हरिप्रसाद निरन्तर
    ________________________________________________________________
  • पेन्सिल हराएको मान्छे मेरी आमा भन्नुहुन्थयो_____________

    मरेका थिएँ ति मुना मदन धनको आशमा
    ति भोटे कठै जुटेर आका थें वनको बासमा
    धन ठूलो हैन हे मेरा सन्तान मयल हातका
    खालि हात आयौ खालि हात जान्छौ वैरी पासमा
    ________________________________________________________________
  • आरके थापा संघर्ष Devraj Bhantana सरको मुक्तक हेरेर यसो भन्न मन लाग्यो ।

    हत्केलाले सुर्यलाई छेक्न सकिन ।
    पत्थर पुजी मानवता भेट्न सकिन ।
    आफु भोको बसेर पालन पोसन गरेउ ,
    आमा , तिमी भन्दा ठुलो ईश्वर देख्न सकिन ।
    ________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger