Pages

Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 9

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 9

  • Sanu Malla मुक्तक सपै जना लाई

    रुदै होलिल हाम्रो आमा प्रदेसी को बाटो हेरि !
    लेक बेशि हिमाल पाहाड आगनी कै माटो हेरि !
    हट्ट कट्ट जावान छोरो बिदेसि को गुलामी छ !
    मन बुजाउछीन लुरा लङ्गरा बोल्न नसक्ने लाटो हेरि "

    हजुर्कै भाइ भतिज
    "सानु बाबु मल्ल" सिन्धुली
    ____________________________________________________________________
  • प्रकास पाठक "कठै ति आमा"

    "अनाबसेक कुरालाई जोईपोईले गोडि"
    "ममतामई आमा सँग मुख मोडि"
    "समाजमा अझै भद्रभलाद्मि पल्टिन्छौ"
    "कठै ति ब्रिद्द आमालाई ब्रिद्दाश्रम छोडि !!!!

    योगि

    ____________________________________________________________________
  • दिपक साउँद अनमोल प्रकास पाठक,,,,,,,,जि यस्तो भने है
    दिने छैन म दुख आमा लाई ठुलो भए पनी
    मिलेर खाने छु सधै तिन ढुंगा को चुलो भए पनी
    एउटै घरमा बसेर खाने छु सधै मिलेर आमा संग
    बरु त्यो शनो झोपडी मुशा जस्तो दुलो भए पनि


    ____________________________________________________________________
  • साहित्यपारखी मगर मोहन बर्बराउदै सधैं सपनीमा तिम्रै नाम लिन्छु आँमा
    तिम्रो यादले सताएर पागल बनेर हिन्छु आँमा
    हर रात हरपल तिम्रै यादले नै सताउछ मलाई
    भकानिन्छ यो छाती आँसुको भेल पिन्छु आँमा||


    ____________________________________________________________________
  • प्रकास पाठक दिपक जि
    त्यसै ति आमा रुदैनन्
    तपाई झै अरु हुदैनन्
    जानुस ब्रिद्दाश्रम पनि
    आमाको कुराले कसैको मन छुदैनन् !!


    ____________________________________________________________________
  • दिपक साउँद अनमोल प्रकास पाठक,,,जि यसरी काटे है जवाब
    आमा को नौ धारे दुध मलाई त सधै रिन छ
    मन रुवाउँने मान्छे लाई शोर्ग मा दण्ड मिल छ
    आफै ले जान्नु पर्छ यो संगसार मा आमा ठुली
    आमा लाई दुख दिए ढुगा भित्र देउता नि हिल छ


    ____________________________________________________________________
  • प्रकास पाठक सबैको लागि
    संसारको ठुलो धर्म आमा पुजे हुन्छ
    भनि रहनु पर्दैन यति बुजे हुन्छ
    किन देखावटि मठ,मन्दिर पुज्छौ ?
    मिल्छ शान्ति बरु आमाको मोहमा रुजे हुन्छ !!


    ____________________________________________________________________
  • Nagendra N P Neupane आमा को ठाउ कसैले लीन सक्दैसक्दैनन्
    आमा झै माया कसैले दीन सक्दै सक्दैनन्
    सम्झेलान कसै कसैले आक्कल झुक्कल तर
    आमा झै नीरन्तर सधै सम्झीन सक्दै सक्दैनन्

    नगेन्द्र नेउपाने
    जुरोपानी-९ झापा


    ____________________________________________________________________
  • Keshav Shahi Runxu kaile vulxu samjanxu feri aama
    sathi vai sodhxan kasti xan teri aama
    sayutelni po parin kyare tesaile ta hola
    aru vanda dherai farak xin meri aama

    sabai mitra lai


    ____________________________________________________________________
  • Prakash Acharya धेरै देखेँ श्रीमतीको खुट्टा धुनेहरु
    छाडि गए पागल बनि एक्लै रुनेहरु
    आँशु झारि आमा रुन्छिन कसैले देख्दैन
    मायाँ गर्या जस्तो गर्छन पथ्थर हुनेहरु

    लौ म पनि आएँ । नमस्कार सबैमा ।


    ____________________________________________________________________
  • Khuman Chhetry Muskan आमा तिमीलाई कहिले पनि रुनी पार्ने छैन
    बुढेसकाल मा बेसाहरा हुनि पार्ने छैन
    ताते ताते गराउदै हुर्काएको याद छ मलाई
    हजुर को सिर कसैको नि मुनी पार्ने छैन ।


    ____________________________________________________________________
  • साहित्यपारखी मगर मोहन तिम्रो त्यो च्यात्तिएको चोली फेर्न मन छ आँमा
    सुख दिएर तिम्रो रुन्चे बोली फेर्ने मन छ आँमा
    अभाव र भोकमरीमै बिते पनि हाम्रा बिगतहरु
    धनकमाई हाम्रो आउने भोलि फेर्ने मन छ आँमा||
    शुभरात्री सम्पूर्ण मनहरुमा


    ____________________________________________________________________
  • दिपक भण्डारी 'मायालु' सबैमा√√√√
    भोकमारी र मङगी गाउँमा बाचेका छौ|
    गरीबी ले घेरे पनि रङ्गी न ठाउँमा बाचेका छौ||
    आमा ले नै प्रचिलित छ हाम्रो प्यारो नेपाल|
    आमा को यो प्यारो नाँउमा खुशी हुदै बाचेका छौ||
    #दिपक-भण्डारी


    ____________________________________________________________________
  • आमा तीमी नहुदो त मानवता हुने थीएन संसार हुने थीएन
    सबै भन्दा ठूलो कुरा साँच्चै यहाँ प्यार हुने थीएन  
    छातीबाट झीकेर संसार यो नदेखाएको भए गगनमुनी आज
    लाखौ करोडौ दम्पती जीवन यतीका घरबार हुने थीएन


    ____________________________________________________________________
  • दिपक भण्डारी 'मायालु' प्रकाश सर......
    आमा आमा नाम जप्दै|
    खुसी माग्छु पिडा थप्दै||
    कति प्यारो लाग्छ हजुर|
    आमा भन्ने शब्दै||
    #दिपक-भण्डारी


    ____________________________________________________________________
  • Nagendra N P Neupane चोली फेर्ने मन भए चाडै फर्की आउन त
    फर्की आइ छीट्टै अब घर्को छानो छाउन त
    बर्षौ भयो आउछु आउछु भन्दै ढाटी रह्यौ
    मेरो बाबू अलीकती खुसी बोकी ल्याउन त

    मगर मोहन सर


    ____________________________________________________________________
  • प्रकास पाठक #दिपक भण्डारि जिको लागि
    "शब्द प्यारो भएर हुदैन"
    "दुख नपरि ति आमा रुदैन"
    "मुखले लोकचार मात्रै पार्छौ तिमि"
    "सत्ते ति आमाको कुराले मन तिम्रो छुदैन"!!!!!


    ____________________________________________________________________
  • Janak Paudel आफ्नै आमा रुवाएर हुन्न चैन मलाइ ।
    आमा भन्दा ठूलो देबि कोहि छैन मलाइ ।।
    पुज्न पाँउ सधैभरि आमाको चरणमा ,
    मन्दिरको मुर्ति पनि केहि हैन मलाइ ।।


    ____________________________________________________________________
  • Loken B PS Lokendra सबैको लागि र
    बिशेष त आमा को लागि

    मुटु भित्र दनदन आगो , बलेको छ मेरी आमा
    हाँस्दै रुदै जिन्दगानी , चलेको छ मेरी आमा

    सुख साथ रमाउने , आशा थियो हजुर सङ्गै
    तर आज त्यही आशा , ढलेको छ मेरी आमा

    लोकेन पि बि एस लोकेन्द्र
    डाँडागाउँ-४,चाइपाटा जाजरकोट
    हाल : प्रवास बाट


    ____________________________________________________________________
  • प्रकास पाठक साहित्यपारखि जिको लागि

    ~के फेरौला चोलि मेरो उतै तिमि रमाएर~
    ~घरमा बुडि छ हिन्छौ कान्छि समाएर~
    ~पोहोर आउदा एक जोर कपडा ल्याएनौ~
    ~भन्छौ अहिले कुन मुखले तिमि रमाएर ~!!!!


    ____________________________________________________________________
  • प्रकास पाठक लोकेन जि को लागि
    ~जिन्दगि यहि हो चल्न जान्नु पर्छ बाबु~
    ~अध्याँरोमा पनि तिमि बल्न जान्न पर्छ बाबु~
    ~छोडेर अडान जिन्दगिका तिन~
    ~मोम झै मन्द रापमा गल्न जान्नु पर्छ बाबु ~!!!!!


    ____________________________________________________________________
  • Khagisara Kala आधारातमा रक्सी पिई बाजे आउँदाखेरी
    मेरी आमा कुटाई खाइन् छोरी पाउँदाखेरी
    लोग्ने टोकिस् भन्थिन् अरे सासु सौतेनी
    अश्रुधारा पिइन् कति आरोप लाउँदाखेरी ।

    च्याँच्याँ गर्थेँ मध्यराती सुन्थिन् मेरी आमा
    काखमा लिई सुक्कसुक्क रुन्थिन् मेरी आमा
    रित्तो पेट कस्थिन् अनि खुवाउन मलाई
    कचौरामा बाख्रीको दूध दुन्थिन् मेरी आमा ।


    ____________________________________________________________________
  • दिपक भण्डारी 'मायालु' प्रकाश सर
    आमा लाई चोट लाग्दा सधै रूने गर्छु|
    तस्वीर हेर्दै रात दिन छुने गर्छु||
    आमाको आशीर्वाद ले अझै खुशी छु|
    समझिए र रूदा आमा सधै साथमा हुने गर्छु


    ____________________________________________________________________
  • भीम मुस्काञ गाँउलेकाञ्छा हात पाखुरी खीए पनि बाँचेको छु अझै आमा
    विरानोदेश खाई नखाई हाँसेको छु अझै आमा
    चिच्याएर करायर हुँदैन केही टाढा बाट
    भुल्या छैन मन्मा याया साँचेकोछु अझै आमा

    भिम मुस्कान एम. सी
    रात्रि कालीन को दर्शन सबै मा


    ____________________________________________________________________
  • Shiva Subedi दर्शन सबैमा
    मन भित्र ममताको आभास छ कति कति,
    सन्तानमा प्यारको सुवास छ कति कति
    आसु पिउदै घरी घरी जीवन गोरेटोमा
    सप्त रङ्गी ईन्द्रेणीको आकास छ कति कति..।


    ____________________________________________________________________
    • अम्बिका प्रसाद बन्जारा Devraj Bhantana,,स्वास्नी र आमामा पक्षपात हुन्छ बुझ्नुस !
      आमाको बिश्वासको घात हुन्छ बुझ्नुस !
      आधा भन्दा धेरै काहानी छन् यस्तै यस्तै ,
      सन्तान बाटै आमालाई साढे सात हुन्छ बुझ्नुस !
      अम्बिका प्रसाद बन्जारा


      ____________________________________________________________________
    • अम्बिका प्रसाद बन्जारा Shiva Subedi,जी हैन त ???????
      खै काहाँ छ स्वर्ग भन्ने ठाँउ ?
      सम्झनुमा छ आमाको नाउँ !
      आमा भन्दा ठुलो हुन्न कुनै स्वर्ग ,
      आमाकै पाउमा शिस नुगाउँन पाउँ !
      अम्बिका प्रसाद बन्जारा


      ____________________________________________________________________
    • लक्ष्मण 'मिलन' विष्ट यो मुक्तक सबैका लागि..

      हुर्काको बढा'को गुण बिर्सियो..
      लेखाको पढा'को गुण बिर्सियो..
      यो कस्तो सन्तान जन्माएछु..
      मैले बुँई च'ढाको गुण बिर्सियो..!!


      ____________________________________________________________________
    • भीम मुस्काञ गाँउलेकाञ्छा पाउनु पाईयो दु:ख नपाउनु नि पाईयो आमा
      विरानो यो देशमा गाली पनि खाईयो आमा
      कैले फर्कि जानेछैन भनि घर सम्झी आँए
      तिम्रै काखमा भोग्छु दु:ख भनि आईयो आमा

      भिम मुस्कान एम. सी↓↓
      दिनेश धामी सर नमस्कार


      ____________________________________________________________________
    • Shiva Subedi अम्बिका प्रसाद बन्जारा
      सर..।
      स्वर्ग भन्दा प्यारो आमाको त्यो मायामा छ,
      असिम प्यार यो मुटुको दाया बायामा छ,
      बुझ्नेले मात्र बुझ्छ दशधाराको अभिभारा,
      पिरतिले भरिएको प्रतिबिम्भ छायामा छ..।


      ____________________________________________________________________
    • Janak Paudel धन्न धरति हेर्न पाइयो आमा भैदिएर ।
      मानब चोला फेर्न पाइयो आमा भैदिएर ।।
      ममताले लहडले न्यानो काख नछोडेरै ,
      जिबन रेखा केर्न पाइयो आमा भैदिएर ।।


      ____________________________________________________________________
    • प्रकास पाठक आमाको गुणगान गाउने देखे हजार _हजार
      बुढे सकालमा उनैलाई दोष लाउने देखे हजार _हजार
      सराप्दै लगेर छोड्छन आमालाई ब्रिद्दाश्रममा
      पुण्य कमाउन काशि धाउने देखे हजार _हजार


      ____________________________________________________________________
    • Nk Ajnabhi #all
      किनहो याद आउछ घरिघरि
      तेहि यादले सताउछ घरिघरि
      आज टाढै हुदा मेरि आमालाई
      हेर्न मन यो लाउछ घरिघरि


      ____________________________________________________________________
    • Prakash Acharya कोहि कोहि मात्र अति मायाँ गर्छन आमालाई
      आँफु रित्तो बनि बनि खुसि भर्छन आमालाई
      दुनियाँको सामु धेरै देखावटि बन्नेनै छन
      मायाँ गरे जस्तो गरि आँखा तर्छन आमालाई

      @ दिपक सरलाई


      ____________________________________________________________________
    • दिपक साउँद अनमोल Khagisara Kala,,,,जि लाई भने

      छोरी को सम्मान गर्ने आज भोली धर्म छ
      बुझिदिने मान्छे छैन मनै भरी लुके को मर्म छ
      किन हेला लाउँ छन् कोही छोरि लाई खै
      हाम्रो देशमा कुनै आमा को किन यस्तो कर्म छ


      ____________________________________________________________________
    • सुरज विबश गाउमा मेरी आमालाइ सन्देश पुराइदे है च रि !!
      भन्न नभुल है तिमी नै छौ रे उस्को मन भरी !!
      सामाजिक सन्जाल थहा छैन सन्देस पढन !!
      आफै खोली दुइचार सब्द छोड्दे है बाचन गरी !!

      सुरज बिबस गैह्र


      ____________________________________________________________________
    • अम्बिका प्रसाद बन्जारा Shiva Subedi,,प्रकास पाठक,, Devraj Bhantana जी हैन त ???????आमा शब्दको अर्थ बुझ्न सक्नुपर्छ !
      आमाको आँशु आफै पुछ्न सक्नुपर्छ !
      किन चुहे आँसु मोति ? कारण पहिल्याई ,
      तिनै आँसु मोति संगै जुध्न सक्नुपर्छ !


      ____________________________________________________________________
    • Janak Paudel छोरा सम्झि कोहि आमाको आँखा नरसाउन ।
      आमालाइ हेला गरि दुनियाँ नहँसाउन ।।
      जन्माएर हुर्काएर लगाएको गुण बिर्सि ,
      श्वास्नि टिपि शहरतिर घर नबसाउन ।।


      ____________________________________________________________________
    • Shiva Subedi बाबा आमा बृद्द आस्रम पुर्यएर सन्तान ले,
      सबेरैमा मन्दिर जान्छन के देलान र भग्वान ले
      यस्तै यस्तै पृथक घटना घट्दै छ है समाजमा,
      के सन्देश बोकी ल्याउला रात चिर्दै बिहान ले???
      सबैमा है...।


      ____________________________________________________________________
    • निरज एस.पी. 'जलन' छोरो प्रदेश गाछ भनी नरुनु है मरि आमा ।
      भोको छ की खाछ भनी नरुनु है मेरि आमा ।
      दुःखि जिवन जिउदै छकी पराई त्यो भुमीमा भन्दै ।
      रुदैछकी हाशी राछ भनी नरुनु है मेरी आमा ।
      निरज परियार


      ____________________________________________________________________
    • Prakash Acharya आमा भुलि प्रवासमै रमाउँछन छोरा
      ह्विस्कि ब्राण्डि कुन्नि के के समाउँछन छोरा
      ढिकि जाँतो गर्छिन आमा , केहि मतलब छैन
      आँफु भने डिस्को डानस जमाउँछन छोरा

      @सबैलाई


      ____________________________________________________________________
    • Khagisara Kala दिपक साउँद अनमोल सरलाइ

      कसलाई के भनौँ हजुर बुझ् पचाउँछन्
      छोरी भए पतन अरे छोरो बचाउँछन्
      निरक्षरको कुरै छाडौँ डिग्री पढ्ने पनि
      स्वस्थता र आमा होइन भ्रूण जचाउँछन् ।


      ____________________________________________________________________
    • दिपक भण्डारी 'मायालु' प्रदेशी पिडाको अन्तिम मुक्तक
      सबैमा√√√√आमा
      हजुर को यादमा तडपि तडपि मर्छु कि आमा|
      धन कमाउने आशमा आई अलप्रत्र मा पर्छु कि आमा||
      घर मै बसि सधैँ तिम्रो काखमा रमाउने मन थियो|
      कसैको भ्रममा परि स्वर्ग तिर सर्छु कि आमा||
      #दिपक-भण्डारी


      ____________________________________________________________________
    • Sarin Kumar Rai 2Devraj sir,
      प्रेमकी खानी हुन् आमा
      घरकी रानी हुन् आमा
      आफ्नो सन्तानको लागि
      आँखाकै नानी हुन् आमा
      -सरिनकुमार राई 'ज्वाला'


      ____________________________________________________________________
    • Jak Parkas Rai दुख पिडा सबै आफू भित्री अटाउछिन आमा
      दुख पिडा लुकाइ खुशी मात्र बटाउछिन आमा
      सन्तान लाई खुशी पार्न हाशिखुशी ज्यान दिन्छन्
      सन्तान दूध चुसाइ शरीर घटाउछिन आमा

      जक प्रकाश राई
      पाँचथर सिदिन
      हाल:मरुभूमि तिर धुलो उडाउदै


      ____________________________________________________________________
    • Sarin Kumar Rai 2Devraj sir,
      प्रेमकी खानी हुन् आमा
      घरकी रानी हुन् आमा
      आफ्नो सन्तानको लागि
      आँखाकै नानी हुन् आमा
      -सरिनकुमार राई 'ज्वाला'


      ____________________________________________________________________
    • Nagendra N P Neupane नजर बदलीयो व्यवहार बदलीयो
      बीहे पछी छोराको घरवार बदलीयो
      आमा बूबाको सधै गुनासो हून्छ यस्तै
      हामी माथीको छोराको प्यार बदलीयो

      यथार्थ है हाम्रो समाजको


      ____________________________________________________________________
    • रमेश् 'गोठालो' उनिहरुको लागी

      बा-आमालाई सन्तान भन्दा अर्को ठुलो सम्पति खोई ?
      हाम्रो निम्ति भोकै बस्ने आमाको झैँ पिरति खोई ?

      हरेक साँझ भट्टि पसि जाँड धोक्ने हे छोरा हो !
      घरमा आमा सिकिस्त छन् उनको निम्ति ओखति खोई ?

      रमेश"गोठालो"
      उदयपुर


      ____________________________________________________________________
    • Ravi Khadaka Rodhan बाटो हेर्दा आँखा पनि थाक्यो भन्छिन हाम्री आमा ।
      बाबु तिम्रो माया अति लाग्यो भन्छिन हाम्री आमा ।।
      अब त बुढि भ ए हिडडुल गर्न सक्दिन म !
      चाडै भेट बनले पनि डाक्यो भन्छिन हाम्री आमा ।।
      ___रवि रोदन ___


      ____________________________________________________________________
    • सम्झना रेग्मी 'सानु' निद्रा बिर्सिन्छन भोक बिर्सिन्छन सन्तानका लागि |
      घाउ बिर्सिन्छन रोग बिर्सिन्छिन सन्तानको लागि |
      हामीलाई खुसी मिल्छ भने जे गर्न नि तयार हुन्छिन ,
      साच्चै आमाले सबथोक बिर्सिन्छिन सन्तानको लागि |

      सम्झना रेग्मी ' सानु'
      पोखरा


      ____________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger