Muktak dohori 6th part with devraj .
चुकुप्रकाश डट ब्लग द्वारा आयोजित छैंटौ मुक्तक दोहोरी
“आमा" विशेष मुक्तक दोहोरी सुरु___________________
हत्केलाले सूर्यलाई छेकेउ र तिम्ले कतै?
पत्थर पुजी मानवता भेटेउ र तिम्ले कतै?
आफु भोको बसेर नि , हामीलाई खुवाउने !
आमा भन्दा ठूलो ईश्वर देखेउ र तिम्ले कतै?
- देवराज भन्तना"पेन्सिल हराएको मान्छे"
++++++++++++++++++++++++++++++++++++++++++++++
भण्डारी दाइ

आकास तार के उल्का आमाको मुख हेरि
सन्सारकी सर्बशेर्स्ठ जिन्दगिकै स्वर्ग
के को कुरा त्यो फुलका आमाको मुख हेरि
____________________________________________________________
हरीहर कँडेल

भाग्य बिधाता हुन मेरी आमा
जीवनको गोरेटोमा हिड्न सिकाउने
महान ग्याता हुन मेरी आमा
______________________________________________________________
Ram Chandra Chhetri

मेरो फोटो हुन्थ्यो सँधै उन्कै आँखामा
वर्षौँ भयो भेट नभाको कस्ती हुनु भो
धोको फेरी रुने मन छ बसि काखमा
राम चन्द्र क्षेत्री
कास्की पोखरा हाल अफ्गानिस्तान
_____________________________________________________________
पेन्सिल हराएको मान्छे

मैले भोग्ने दुःख पिरमा आमा भन्दै रुन पाऔं
भेट्छु स्वर्ग मुस्कानमा तिम्रै पाउ छुन पाऔं
सदा खुशि राख्न सँकू आफू बरु मरेरनि
ति आँखाको आँशु हैन हाँसो ओठको हुन पाऔं
_______________________________________________________________
सुरज विबश

आफु लड्दै मेरो सफल यात्रा भेटाइ दिइन मेरी आमा !!
दु:ख के हो सुख के हो सधै मलाई हेरी भुल्ने गर्थिन !!
अफु घोडा टेकी मलाई मेरो खुट्टामा टेकाइ मेरी आमा !!
________________________________________________________________
हरीहर कँडेल

हाँस्न थाल्छ सेरोफेरो आमा हाँसेपछी
कठिन स्थिति जब आउँछ जीवनमा
टल्छ सबै अप्ठेरो आमा हाँसेपछी
_______________________________________________________________
पेन्सिल हराएको मान्छे
Ram Chandra Chhetriमैले
खबर ल्याएँ।आमा भन्दै हुनुहुन्थ्यो:-

बिरामी छु म घरमा छोरा, देश फर्केर कैले आउछस्
बाँच्या छु तेरै भरमा छोरा,देश फर्केर कैले आउछस्
लुटिन्छन् नारी दिन दाहडै,आफ्ना द्वारा नै बेचिन्छन् कठै
जनावरको दरमा छोरा, देश फर्केर कैले आउछस्
______________________________________________________________
Pa Chuks

आमालाई हामीले कहिले पनि रुवाउनु हुदैन
के के पो होला मनको आसा कुवाउनु हुदैन
आमालाइ भोकै राखेर हाम्ले खाएथ्यौं नभुल
असक्त हुदा मन-मर्जी खाना खुवाउनु हुदैन
- चुकुप्रकाश
_____________________________________________________________
हरीहर कँडेल

एक्लै छोडी प्रदेश छिर्यो नभन्नु आमा
खुसी ल्याउने लक्ष्य बोकी प्रदेशिएँ म
संसारको नजरमा गिर्यो नभन्नु आमा
____________________________________________________________
पेन्सिल हराएको मान्छे

नवौं मैना कोख राखी जन्म दियौं मेरी आमा
भोक पेट पटुकीले कस्दै जियौं मेरी आमा
तिम्रो आङ्को लुगा फाट्थ्यो मलाई नयाँ किनी दिन्थ्यौं
के गर्दैछ कहाँ मेरै पिरमा थियौं मेरी आमा
___________________________________________________________
Nepal Anup

Payar garne kam lagatar garnu hun6.
Rat din navani dukha garera wahale,
mera e6a chahana sakar garnu hunxa.
__________________________________________________________
Sisir Rai

परी आउदा हात उठाई पर पर सर्नेहरु
जन्म दिने माता पिता देब घाट मा छोड़ी
तीर्थ गए भन्दै मस्ती ले आफ्नो पेट भर्नेहरु
_______________________________________________________

devraj sir ko open gerako muktak ko lagi
मुर्ती होईन आमाको पाउ पुज्नेगर !!
कती रुन्छ हुर्काउदा मन बुज्नेगर !!
ब्यरथै आसु बगायर के माग्नु छ र !!
धर्म त्यहाँछ आमाको आसुमा रुज्नेगर !
___________________________________________________________________
पेन्सिल हराएको मान्छे

मरुभूमिमा पनि अचेल घाम प्यारो लाग्छ
मैसँग जोडीएको कसैको नाम प्यारो लाग्छ
"जननी जन्मभूमि स्वर्गाद्वपी गरियसी"पुकार
गुन्द्रुक ढीडो आमाले पकाएको माम प्यारो लाग्छ
_________________________________________________________________
मौलिक श्रीस

आमा तिमि छैनौ अनि बोल्न सकिन.!
बर्णन गर्ने शब्द हरु खोल्न सकिन.!!
अमुल्य छन स्नेहहरु आमाको माया..
यहाँ कति छ मूल्य भनी मोल्न सकिन.!!!
______________________________________________________________

Nepal Anup
Sisir Raiस्वार्थीहरुलाई के भनम्:-
जन्म दिने बाबुआमा वृद्धा श्रम लगी राख्यो
त्यसैले त नियतिले पल पल ठगी राख्यो
जब आफू थला पर्यो कठ्ठै भन्ने को नै छ र
छैनन् आँखा ओभाना ति अश्रुधारा बगी राख्यो
_____________________________________________________________

देवराज सर
मुख कसरी हेरु आमा तिमी गाउँ म मुग्लान
झर्यो आँसु सम्झनामा तिमी गाउँ म मुग्लान
जननी हौ तिमी मेरी इश्वर तिमी नै हौ
आज पुज्नुपर्ने बेलामा तिमी गाउँ म मुग्लान
___________________________________________________________
Pa Chuks

बिरामी आमा घर छोडी आएँ खै कस्ती भा होलिन
दुइ छाक टार्न सक्किन्न त्यहाँ बाँच्न के खा होलिन्
सकिन कत्ति धन कमाइ मैले पठाउन यहाँ बाट
बिचारी आमा दुईहात जोड्दै ऋणमाग्न धा होलिन्
- चुकुप्रकाश
________________________________________________________
Arun Regmi

सबै बाट धोका पाए , अनि आमा सम्झे
पिर बेथा आफै लिन्थौ,सधै हसाई मलाई
छोडी गयौ टाढा टाढा ,अनि आमा संझे
___________________________________________________________
पेन्सिल हराएको मान्छे

धेरै पिर नगर्नु है साग सिस्नु खान्छु आमा
तिम्रा ईच्छा पुरा गर्न मुगलान जान्छु आमा
धन छैन हामीसँग नसोच जीउन गाह्रो
मनको धनि बनेर तिम्रो ईज्जत धान्छु आमा
_______________________________________________________

असारको महिना गाउँघर अनी मेलापातमा छिन होला
टन्टलापुर गर्मी मा छिन या बर्षात मा छिन होला
म रुदैछु पल पल आफ्नै गाउँघर सम्झि सम्झी
घरमा आमा दुखै दुखको खातमा छिन होला
_________________________________________________________
Sisir Rai
Devraj सर

कैले भलो पनी हुन्न तिन्को मन दुखाएमा
हुनत कैले नि नराम्रो सोच्ने छैनन् आमा
तर भगवन हेरी रन्छ्न् सेवा गर्न चुकाएमा
_____________________________________________________
सरिस्मा बराल सरिस्मा

चन्द्रमाले सूर्यलाई नि एक दिन छोला बरु
भेट्या छैन मैले पनि आमा जस्तो देवता
आमा आमा भन्दै बितोस बाकी चोला बरु
________________________________________________________
पेन्सिल हराएको मान्छे

दुःखमा अनि सुखमा सदा हुन्छिन् मेरी आमा
मलाई चोट लाग्दा नि आफै रुन्छिन् मेरी आमा
अप्ठेरोमा छु भनि बोलि रहन पर्दैन
मनको व्यथा स्पर्शले झट्टै बुझ्छिन् मेरी आमा
_____________________________________________________
'देव' सागर

जन्मी खेली हुर्किएको, बाटो सम्झी रुन्छु ।।
जत्ती मीठो खाना पनि , मन पर्दैन यहाँ।
आमा तिम्लै पकाएको, आटो सम्झी रुन्छु ।
देव सागर, स्यङ्जा
__________________________________________________
Pa Chuks

नत इज्जत ढाक्न सकें नत धन भो हातमा
एक्लै गा’थे गोरी समेत ल्याउदै छु म साथमा
साग सिस्नो खान्छु भन्थें आमा तिमीलाई खुवाएँ
नजानेरै बेचिएछु आफै लाखौ लाखमा
- चुकुप्रकाश
__________________________________________________

डुले भौतारीदै कहि भेटिन तिम्रो जस्तो माया आमा ।
रोएँ भक्कानिदै कतै पाईन शितल छायाँ आमा ।।
रात ढल्दा अनिन्द्रामै तिम्ले झै के भो भन्ने छैन कोहि !
छोएँ सम्झिदै तस्विर हजुरको चुमें दाया बायाँ आमा
_____________________________________________________
पेन्सिल हराएको मान्छे

आमा तिम्रो माया बग्यो आँशु भेल सँग कतै
बदमासी हुन पुगें दैव खेल सँग कतै
निर्दोष थें हत्याराको आरोप पो लाग्यो आज
अर्को नाता गासिदै गो कैदी जेल सँग कतै
______________________________________________________________

'देव' सागर जी बाध्यता...............
आमाको मायासँगै जन्मभूमि छोडि आँए।।
रुदै थिन् प्रिया दुई आत्मालाई तोडि आँए।।
नङ्गमासु छुट्टिएको घाऊ बोकि मुटुमा,
सम्पत्तिको आशमा घरबार नि जोडी आँए।।
_____________________________________________________________

दिदीबैनि देखेँ भाउजू र बुहारी देखे
नारी को रुपमा आफ्नै प्यारी देखे
त्यत्ति महान हुँदोरहेनछ अरू कोही
जति महान माता महातारीलाई देखेँ
_____________________________________________________________
Ravi Khadaka Rodhan

तिम्रो मनका इच्छाहरु सबैपुरा गर्ने छु आमा ।।
कति दुःख भोगि हौँली तिमीले मलाई जन्म दिदा !
हास्नु पर्छ अब तिमी मनमा खुशी भर्ने छु आमा ।।
रवि खड्का रोदन
_______________________________________________________________

Dherai vayo naveteko vetna aau, van6in meri aama.
Parai gharama pako dukha metna aau van6in meri aama.
Ajhai ustai 6 tero babako bani,
arki lyaudai budheskalma chhekna aau van6in meri aama..!
___________________________________________________________

Devraj Bhantana जि
बिहे गर्दै रिन लाग्यो , घर बस्नै पाइन ।
रिन माथी दिन लाग्यो, घर बस्नै पाइन ।
रहर मलाइ कत्ती हैन, बिदेसिने आमा
सत्तुर मैलाइ किन लाग्यो, घर बस्नै पाइन ।
देव सागर , स्याङ्जा
__________________________________________________________________
Rashmi Rodan

मिठो मुरलिको धून हुन मेरी आमा।
कत्ती ममतामयी हुन्छ मात्रि स्नेह।
साच्चै नम्मरी सून हुन मेरी आमा।
rashmi 'rodan'
________________________________________________________________
पेन्सिल हराएको मान्छे

आमा तिमी नै सबैभन्दा ठूलो ईश्वर हौं
घुमी हेरें सारा ब्रहमाण्डको वर पर छौ
आमाबाट टाढा हुन खोज्ने होसियार
तिम्रो साथ र अर्ति बिना बाँच्ने कुन छ लौं
_______________________________________________________________

गाउँमा काम गर्छु आमा मान्दिन भो सरम
देशमै झार्छु इ पसिना गर्छु मेला परम
बिदेशमा त बास्मति नि रूच्दैन मलाई
गाउमै फर्की मकै भुटी खान्छु करम करम
______________________________________________________________
पेन्सिल हराएको मान्छे

सुनिदेऊ बुझिदेऊ आमाको पुकार
दोधारमा मन राखी कुरा न थुपार
नजाऊ भागी सबै यो दुनियाँ उस्तै छ
आमाको माया साथमा अड्या छ संसार
_____________________________________________________________

Rashmi Rodan ज्यु
हो आमाको महिमा अपरम्पार छ
उनको पाउमा मेरो संसार छ
आफै दुख सहेरनी सन्तान हँसाउछिन
हेर त उनको मन कति उदार छ
________________________________________________________________
सुरज विबश

Janma diyako chaora kakha ma bhaina aama !!
Chhori payaau arkaiko jima launa parne !!
Didi bahini pani janma ghar maa raina aama !!
Pa chuks
devraj bhantana
sir
______________________________________________________________
Pa Chuks

आमा कै रोग निको पार्न शहर पस्या हुँ
बुढेस कालमा सुख दिन कम्बर कस्या हुँ
यहाँ पनि सुख छैन, खा छु सुक्खा रोटि
आफ्नै घर समस्याले परदेस बस्या हुँ
- चुकुप्रकाश__________________________________________________________

त्यसैले त Rashmi Rodanजी
गतिला हुन् सन्तान ईश्वर पुज्थेउ मेरी आमा
मलाई ओती पानीमा आफू रुज्थेउ मेरी आमा
मेरो पाउमा चप्पल दिन्थेउ लुगा शरिरमा
खाली खुट्टा अभावसँग् सधैँ जुज्थेउ मेरी आमा
_________________________________________________________
Khuman Chhetry Muskan

आमा नै जिवन प्रदक
आमा नै सृस्टी हुन्
आमा नै सच्चा सार्थक ।
_________________________________________________________

Rashmi Rodan ji ...यसो भने हुने।।
राखेको छु मुटुभित्र, मेरि आमालाइ ।
गर्छु माया म बिचित्र, मेरि आमालाइ
बरु खोटी हुन सक्छ, चन्द्र्मामा हेर
बढि ठान्छु सपबित्र, मेरि आमालाइ ।
देव सागर, स्यङ्जा
_____________________________________________________

आमा भन्दा संसारमा ठूलो छैन कोही
बाँचुन्जेल सेवा गर पछि पाईन्न रोई
आफु बस्छु धर्तीमा त आमा स्वर्गमा
मन शान्त गर्छु आमाको तस्बिर छोई
सागर सिल्वाल
___________________________________________________________
Ravi Khadaka Rodhan

पसिना बगाउँ 2/4 रोपनी खेत छ बाउँको नाउँमा ।।
नमार माया म बुढीआमाँको निष्ठुरी बनेर!
न बस ऐ प्यारासन्तती हो प्रायी देशको ठाउँमा ।।
_________________________________________________________

Devraj Bhantana सर साँचो हो
जननी हुन आमा भगवान हुन आमा
तिर्थधर्म सबै आमा चारधाम हुन आमा
हो आमाको बर्णन गर्न को सक्छ र यहाँ
यो संसारमा सबैभन्दा महान् हुन आमा
________________________________________________________
Hariprasad Aryal

फर्क हे छोरा छिट्टै भनी मेरै तस्वीर छुन्छीन् अरे।
ऊ बेचिएको छु दुई वर्ष आउंन पाउंदैन भन्दा।
मलाई खोज्दै छाती पिट्दै रुँदा बेहोसै हुन्छिन् अरे।
हरिप्रसाद निरन्तर
______________________________________________________

बुढेस कालमा आमा बुवा छोडेर आए |
सुखि रहनु आमा भन्दै हात जोडेर आए||
घर मा सबै निराश थिए प्रदेश आउदा म|
रूदै छिन आमा मेरी मुख मोडेर आए||
#दिपक भण्डारी
________________________________________________________
Pa Chuks

अब त आमा म पनि छिट्टै घर फर्की आउदै छु
खुशी छु धेरै आमाको मैले त्यो काख पाउदै छु
प्रबास छोडी नेपाल आउछु आमाकै साथ् दिन्छु
अब त मैले पाल्पाली टोपी सिरमा लाउदै छु
- चुकुप्रकाश
_______________________________________________________
Khuman Chhetry Muskan

खाइ न खाइ भोकै बसी कर्म दिने मेरी आमा
सानो चोट लाग्दा पनि,के भो बाबु भन्दै
भए नभएको सबै थोक मर्मा लिने मेरी आमा ।
_________________________________________________________

बा आमाकै आँसु चुहाइ छोडी बजार धाउछौ ।
न कहिल्यै फोन गर्छौ, न घरमा आउछौ ।
बुढेस्काल्मा रुदै रुदै मेला पात गर्छन
अहिले आमा आमा भन्दै के को फुर्ती लाउछौं?
देव सागर, स्याङ्जा
_________________________________________________________
Nagendra N P Neupane

हप्प पोल्ने घामको बारे नसोध्नु है आमा
मेहनत मात्रै गर्छु उपलब्धी केही छैन
कमाइ र दामको बारे नसोध्नु है आमा
________________________________________________________
Saagar Pratapmansingh Silwal

आमालाई रुवाउँनेको कै'ले भलो हुन्न
नरकमा बास हुन्छ स्वर्गले कै'ले छुन्न
समय हुदै सोच नरुवाउँ आमाको मन
कर्म अनुसार फल मिल्छ नछोड गुन्न
सागर सिल्वाल
________________________________________________________
पेन्सिल हराएको मान्छे

हिड्न सिकायौं आमा कापी कलम च्याप्न
कस्ले सक्छ र तिम्रो त्यो मायालाई त्याग्न
सृष्टि हौ आमा तिमी दृष्टि दुनियाँ हेर्ने
तिम्रै उपदेशले सक्छन् संसार हाँक्न
___________________________________________________________
लीला उर्वशी
Van6u mata sansarkai gyaata hun aama.

Aafu rujhera pidako barsama,
santanlai ot dine amulya chhata hun..aama.!
Lila urvashi.
_________________________________________________________
Nk Ajnabhi

हत्केलाले शुर्य छेकिन कतै
हो यो जायज कुरा हो हजुर
आमाझै माया गर्ने भेटिन कतै
________________________________________________________
Rashmi Rodan

Devraj ji
मेरी माको पूजा गर्छु देउता कैले भाक्ने छैन।
मेरो लागि मेरो संसार सृस्टि नै मेरी आमा।
त्यसैले त मेरी मलाई कैले भोको राख्ने छैन।
रश्मी रोदन
_________________________________________________________
रम्श ब्रो

माली बिनाको बंगैचा जस्तै, 'अपूरो' छ आमा।।
चीनी बिनाको चाय अनी, नून बिनाको तरकारी
जिन्दगीको येथार्थता, हो येस्तै 'मधुरो' छआमा
_______________________________________________________

घर छोडेर हिँड्ने मन त थिएन आमा
साहुको रिणले घरमै बस्न दिएन आमा
जति दुख गरेरनी केही नलागेर गाउँमा
दुख पाउदै घरमा बस्न सकिएन आमा
___________________________________________________________

मेरो इज्जत मेरो सम्मान , मेरो शान हौ मेरी आमा !
त्याग तपस्या बलिदानकी , प्रमाण हौ मेरी आमा !!
जान्न मन्दिर पुज्दिन ढुङ्गा , पर्छु तिम्रै चरणमा !
मेरो इश्वर मेरो चारधाम , मेरो भगवान हौ मेरी आमा !!
ऋदम शिवराज
पोखरा
_______________________________________________________________

छाउनु चुइने होला धुरी घर आमा !!
बर्खा लागो घरको भिता जोगाउनु !!
ढल्ला फेरी घर माथिको बर आमा !!
सुरज बिबस गैह्रे
____________________________________________________________

गरियोस् पुजा बुझेर भाव आमाको शरण॥
ज्ञानकी देवि सरस्वति माता पुकार्दै चरण॥
बिराए भने गुरुलाई पनि दण्ड र सजायँ,
नैतिकता चरित्र असल बानि शिक्षा ग्रहण॥
-देवराज भन्तना"पेन्सिल हराएको मान्छे"
___________________________________________________________
Saagar Pratapmansingh Silwal

भगवानको रुपमा आमा देख्दा खुसी मनाए दैबले
सन्तान रुँदा रुन्छिन ती आमा सन्तान हाँस्दा हाँस्छिन
आमाभित्र ममताको बिशाल सागर खनाए दैबले
: सागर सिल्वाल
________________________________________________________________
Parbat Bhandari

अनी आमालाइ सम्झिन्छु॥
हो जन्मदिने आमा भन्दा प्यारो केनै छर,
बाल्यकालको क्षणले छुन्छ, अनी आमालाइ सम्झिन्छ||
_________________________________________________________
ईलामको चिया

पाको शरिर जाडोले काम्दा नि फ़ाटेको चोली फ़ेर्न सकिन//
वाध्यता नै यस्तै थियो त मैले तिमीलाई छोडनै पर्ने/
पानीले भिजाउदा नरुनु आमा घरको टाटी नि घेर्न सकिन//
कृष्ण "मार्मिक"इलामे हाल पर्देशी भुमीबाट
_________________________________________________________
दिपक साउँद अनमोल

आमा भन्दा ठुलो ईश्वर देख्न सकेन कहिले
ईश्वर नै आमा हुन पुजा गर्छु उनै को
यो पाना मा अरु को नाम लेख्न सकेन कहिले
_______________________________________________________
Ravi Khadaka Rodhan

आमाको नाममा मुक्तक मयी भयो साँझ ।।
छिट्टै घरतिर फर्किन्छु आमा अब म पनि!
बरु आफ्नै कुटो कोदाली गर्छु नमानी लाँज ।।
_____________________________________________________
Nagendra N P Neupane

तप्प आशू नबगाइ आशीर्वाद दीनुस् आमा
स्नेहका हात हरू सीरै माथी नपरेनी
शूभेच्छ्या का सन्देस पठाइ आसीर्वाद दीनुस आमा
_________________________________________________________

सम्पुर्ण रैति देबदास हुन आमा
जस्ले जे भनोस अहं म कत्ति मान्दीन किनकी
केबल एक मात्र स्वास्प्रस्वास हुन आमा
_____________________________________________________

नहेरे है केवल दाम, ख्याल गर है बाबू ।
दुख छ रे तिम्रो काम, ख्याल गरे है बाबू ।
रुख देख्न नि पाइदैन रे, मरुभुमी मा त
चर्को लाग्छन अरे घाम, ख्याल गरे है बाबू।
देव सागर, स्याङ्जा
________________________________________________________

आज भने सहि कुरा आईएछ यहा
सबैले आआफ्नो गुनगान गाईएछ यहा
खुसिको कूरा त यो हो कि जनाब
बल्ल ममताको आभास पाईएछ यहाँ
_______________________________________________________
साहित्य प्रेमी दिनेश धामी

सपनिमा बिपनिमा मेरी आमा भन्न पाँऊ
चाहिदैन प्रदेशको धन खुन पसिना बेची
सधै तिम्रो काखमा बसि आफ्नै खेत खन्न पाँऊ !!
दिनेश धामी बझाङ
_________________________________________________________
भीम मुस्काञ गाँउलेकाञ्छा

आमाकै कुरा सुन जाड रक्सी धेरै हानी छ
आमा भन्ने चिजै यस्तो दूध्को भारा तिर्न सकिन्न
बाध्यता ले आमा बाट टाढै भाको जीन्दगानी छ
_________________________________________________________
कल्पित पतझड

आजभोली गुमाए हरियाली पनी ॥
म जस्ता हजारौलाई आस्रय दिने ॥
आमै लाग्छ मलाई यो प्रिथीबी पनी ॥
कल्पित पतझड
अरुणोदय 4 तनहु नेपाल
___________________________________________________________
हरीहर कँडेल

म आफूलाई बेच्छु बरू तिम्रो दुख हर्छु आमा
तिम्रो खुशी चाहन्छु मलाई अरू चाहिदैन
तिम्रै लागी बाँच्छु अनि तिम्रै लागी मर्छु आमा
________________________________________________________
Khuman Chhetry Muskan

बिपक्षी हरुलाई सताउनै पर्छ
यो हो साहित्य दोहोरी धमाका
अब चाही माहौल तताउनै पर्छ ।
________________________________________________________

आमा बाबा बिना संसार अपुरो छ मान्नहोुला।
भलो हुँदैन कहिल्यै त्यस्को जो आमालाई रुवाउंछ।
म बिन्ती गर्दछु सबैमा सत्मार्गलाई छान्नुहोला।
हरिप्रसाद निरन्तर
_______________________________________________________

लौ भनम त कस्ले यहाँ हास्न सक्छ आमा बिना
रङी चङ्गी फुल को माला गास्न सक्छ आमा बिना
आमा नै भगवान हुन पुज्ने गरौ सधै
सत्रु बैरी कसले यहाँ मास्न सक्छ आमा बिना ।
______________________________________________________________
पेन्सिल हराएको मान्छे

बुद्धको आँखा सत्यता जगत हौ मेरी आमा
नसा नसा बग्ने शुद्ध रगत हौं मेरी आमा
शत्रु अघि डराउँदिन गोर्खेको छोरा हुँ म
ज्ञान दिने तागतिलो गहत हौं मेरी आमा
-देवराज भन्तना"पेन्सिल हराएको मान्छे"
_________________________________________________________________
सुरज विबश

मैनौ कम गर्छु आमा पैसो आयको छैन आमा !!
गाउबेशी को याद आउदा हरपल मनमा !!
रात दिन कम हुन्छ खाना खयको छैन आमा !!
सुरज बिबस गैह्रे
TO:
parbat bhandari ji
pa chukel sir
dev sagar sir
_________________________________________________________________

आमाको चर्चा गरि हामी थाक्नु पनि हुन्न !
आमा बिर्सी देबि देवता भाक्नु पनि हुन्न !
नपुगेमा आफु खान्नन दिन्छिन सन्तानलाई !
ईश्वोश झै आमालाई भोको राख्नु पनि हुन्न !!
________________________________________________________________
दिपक साउँद अनमोल

सोचे जस्तो कहिले हुदैन दुख कश्ट पाउनै पर्छ
खेत बारी खनी खाने कस्को सपना हुन्न र हजुर
रहन्न खेत त्यस्तै छोरा पर्देशी भए सि विउ लाउनै पर्छ
साहित्य प्रेमी दिनेश धामी जि
_________________________________________________________________
पेन्सिल हराएको मान्छे

अब लड्नुपर्छ मुगलान छिरेर मात्र काम छैन.......
तिमी बसेको स्वर्ग भन्दा म बसेको धर्ति प्यारो
सुस्ता बचाउ सपूत भन्ने आमाको अर्ति प्यारो
म मरेपनि मेरो देश बाँचिरहोस् र रहनेछ
सदैव आस्था चुक्ने छैन जन्मभूमी प्रति प्यारो
-पेन्सिल हराएको मान्छे
___________________________________________________________________

बस्नुहुन्न धेरै बिदेशमा घरमा आउनुपर्छ
काममा हात बढाउन बुहारी ल्याउनुपर्छ
मर्दा पर्दा मुग्लान मा हेर्ने को हुन्छ र बाबु
दुखसुख गर्नुपर्छ गाउँ घरमै रमाउनुपर्छ
____________________________________________________________________

आमा नै हुन ल्क्ष्मी देबि यो कुरा बुझ्ने गर|
आमा लाई अलग राखि नपर्नु है भगवान को भर||
परिवार बाट टाढा भई जिवन जिउनु को के औचित्य|
आमा को काख भन्दा ठुलो दुनिया मा के नै छर||
#दिपक-भण्डारी
_____________________________________________________________________
भीम मुस्काञ गाँउलेकाञ्छा

आमाकै साथ खुसी हुन्थे बाँजो खेत खन्न पाए
खै के गरौ टाढा बाट खुसी को त सिमानै छैन
संसारकै भाग्यमानी हुन्थे मेरी आमा भन्न पाए
_____________________________________________________________________
दिपक साउँद अनमोल

ईश्वर लाई पनि छोटो गर्यो उत्तर सबै चाईयो होला
खोज मा गएका मान्छे पनि हराए होलान कोही
बताई देउ यस्को अर्थ कुनै ले त लाईयो हालो
______________________________________________________________________

पोल्छ भित्र मेरो मुटु आमा नहुदाँ
चित्त बुझाउँनु पर्या'छ गर्दै मैले
फोटोसंग लुटुपुटु आमा नहुदाँ
सागर सिल्वाल
_____________________________________________________________________

नेपाली डेभिड ढकाल Hariprasad Aryal कल्पित पतझड
दिपक साउँद अनमोल
सुरज विबश
Khuman Chhetry Muskan
दशैं आयो भन्छन् आमा तर हाम्लाई आको छैन॥
पोहोर साल लाको ऋण अझै चुक्ता भाको छैन॥
नयाँ लुगा फेसन सबै पर सार्नु परेको छ
ओठमा हाँसो किन उठ्थ्यो टन्न पेट खाको छैन॥
-पेन्सिल हराएको मान्छे
________________________________________________________________________
Parbat Bhandari

के के चाहिन्छ ल्याउछु भनी आमालाई भने॥
मलाई नी थाहा छ आमा तपाईको दु:ख,
त्यहि सम्झेर दुख गरे अब सुख छाउछु भनी आमालाई भने॥
______________________________________________________________________

घरै बस नजाउ भन्दा नमानेर गयौ बाबू ।
मलाइ घर्मा छोडी तिमी, प्रदेश्मा भयौ बाबू ।
यहाँ मलाइ तातो पानी दिने पनि कोहि छैन
मलाइ यति मुस्किल पर्दा, तिम्ले हेरि रह्यौ बाबू
देव सागर, स्याङ्जा
____________________________________________________________________

मन सँग मन जोड्ने बाटो भए पुग्छ।।
चाहिदैन बर्गर पिजा बिदेशीका मलाई,
अामा तिम्रै हातको तातो आटो भए पुग्छ।।
बाल कृष्ण भट्टराई,
स्याङ्जा,पिडीखोला,९,स्यालबास,
हाल-मरुभुमीमा,
________________________________________________________________________
दिपक साउँद अनमोल

पर्देश मा सम्झना आउछ कैले आमा
के गर्नु पर्देश न धाए हुन्न गरिव लेत
सम्झी म रोही राछु अईले आमा
दिपक भण्डारी दाई
_______________________________________________________________________

सबै अग्रज साहित्यकार हरु मा नमस्कार ।
भाने जस्तो काम पाउन सकिन आमा ।
सोचे जस्तो घर छाउन सकिन आमा ।
दाम भन्दा काम को खटन बढी छ यहाँ,
रिन सम्झी फर्की आउन सकिन आमा ।
मन्दिप
____________________________________________________________________________

नसोध भो प्यारी आमा छुटिंदाको पिंडा
दैवबाट कठै एक्लो परी लुटींदाको पींडा
कति दुख्छ मुटु चर्किएको वेदनाको घाउ
नसोध भो खुशी सारा भुटिंदाको पिंडा
भिम मुस्कान एम. सी
________________________________________________________________________
हरीहर कँडेल

मेरो कारण तिम्रा आँसु झार्नेछैन मेरी आमा
जीवनदाता तिमी मेरी बिधाता पनी तिमी हौ
तिमीलाई जप्छु अरू देवता पुकार्नेछैन आमा
____________________________________________________________________
Nagendra N P Neupane

प्रवासलाइ केही बर्ष ढुक्नै पर्यो आमा
चाडै आउछु भन्दा भन्दै बर्षौ भइसक्यो
बाध्यताले अझै पनी रूक्नै पर्यो आमा
____________________________________________________________________
अम्बिका प्रसाद बन्जारा

हर गाँसमा आमाको हात फरक हुन्छ !
दुख सारा बिर्सिएर सन्तानमा बाँच्ने ,
अरु भन्दा यो शब्दको बात फरक हुन्छ ! अम्बिका प्रसाद बन्जारा
__________________________________________________________________

मैले देख्ने सपनिमा देश रोएको छ॥
आमाको सेतै कपाल केश रोएको छ॥
पत्थर पुज्यो अरे धेरै वर्ष छोराले,
कहाँ पायो पुण्य आमाको फेश रोएको छ॥
-पेन्सिल हराएको मान्छे
____________________________________________________________________

दशै महिना कोखमा राखि जन्म दियौ आमा
मलाई खुशि राख्न तिम्ले आँशु पियौ आमा
मरेपनि तिम्रो गुन तिरिदैन मेरि आमा
मेरै लागि घाम पानी नभनेर जियौ आमा
अनुरागी बिनोद
______________________________________________________________________
सुरज विबश

तिम्रो माया कही पाइन किन्न आमा !!
हजार काडा आय पनि यात्रामा नडराइ !!
बैरी लाई यो मेरो देश हर्न दिन्न आमा !!
सुरज बिबस गैह्रे
____________________________________________________________________
दिपक साउँद अनमोल

चाँड पर्व जेहो जेहो गरिव को लागी
यस्तै छ संगसार धनि रमाउछन् यहाँ
ईश्वर केही खुशी त देहो देहो गरिव को लागी
सबै मा
_________________________________________________________________

फर्क नेपाल जोत खेत , बारी अब युबा हो
धान फलाई कोदो फलाइ भर भखारी अब युबा हो
धेरै भयो रोएकी जननी यि नेपाल आमा
खुसि पार्न सिन्चन गर टारी अब युबा हो ।
__________________________________________________________________
साहित्य प्रेमी दिनेश धामी

आमाका पिर बेथा बुझ्न जान्नू पर्छ
आमा रुवाई खुसी हुने छोरा के छोरा भो
आमाको आशु संगै रुझ्न जान्नू पर्छ !!
दिनेश धामी बझङ
_________________________________________________________________

टारी खेत बाँझै बस्यो खन्न छिट्टै आउ छोरा।
अफ्ठ्यारोमा मलाई कठै भन्न छिट्टै आउ छोरा।
छिमेकी नि बाझ्न आउँछन बेसहारा देखि मलाई।
अशक्त छु मेरो सेवक बन्न छिट्टै आउ छोरा।
________________________________________________________________
Parbat Bhandari

अनी त्यो साहु रुण चुक्ता हुने भए॥
आउथे म आमा घर छिट्टै
भने जस्तो पैसो कमाउने भए॥
Devraj g
lai
_________________________________________________________________

नचाहे नि गुमाउन, आखिर गुमाउनै पर्ने ।
दुनियाका सामु आँसु, रैछ लुकाउनै पर्ने ।
हैन कस्तो नियम रचिस, दुष्ट पापी दैब तैले
मुटुमाझ कि आमा गुम्दा, मन बुझाउनै पर्ने ।
देव सागर, स्याङ्जा
_______________________________________________________________

जैले सम्म यो सास रहनेछ आमा
तपाईकै माया यो सरिरमा बहनेछ आमा
थाहछ रिणीछु म सधै तपाईको
त्यो रिन तिर्न अनेक दुख सहनेछ आमा
_____________________________________________________________
दिपक साउँद अनमोल

आज म यता कहा पुग्थे र पुरा संगसार देखायौ
शानो छदा मलाई नि के था हुन्थ्यो र आमा को हुन
मेरो हात समाई त्यो पहियो आमा भन्ने अक्षर लेखायौ
देवराज जि
__________________________________________________________

आमाको भनाई
तिमि भयत बाबु टालो पनि लाए हुन्छ
केहि छैन अर्को सालमा घर छाए हुन्छ
मेरो बाबु सन्चै छकि विसन्चो छ भन
साहुको पीरनगर बरू फर्की आए हुन्छ
भिम मुस्कान एम. सी
___________________________________________________________

मल मुत्र ,राल सिंगान पखाल्ने तिनै आमा !
बनी बुतो आफु नखाई खुवाएको बिर्सिएर ,,
तिम्रै बचनले आँसु खसाल्ने तिनै आमा !
अम्बिका प्रसाद बन्जरा
_________________________________________________________________
Anuragi Binod Gaire

अनि बाँझो खेतमा मल छर्कन्छु आमा
बल्ल खाईस भन्ने समाजका बैरि सगँ
शेर जस्तै निडर बनि जर्कन्छु आमा
hari aryal ko lagi
anurai binod
__________________________________________________________________

राम्रो लुगा लाउ भन्थ्यौ सम्झी रा छु आमा।।
बुढेसकालको तिम्रो लाठी टाढा भयो आज,
छिट्टै फर्की अाउ भन्थ्यौ सम्झी रा छु अामा।।
बाल कृष्ण भट्टराई,
पिडीखोला,स्याङ्जा,
हाल-मरुभुमीमा,
______________________________________________________________________

तिमीलाई पूज्छु अन्त डूल्नेछैन कहिलेपनि ,
महान छ तिम्रो काख लुटुपूटु खेल्नपाए ,
तै काखमा निदाउँछू अन्त झूल्नेछैन कहिलेपनि ।।
.
.
घनश्याम मुडभरी
एकलयात्री आँशु
नुवाकोट नेपाल ।
______________________________________________________________________

दुख कस्ट सहेर हुर्कायौ आमा मलाइ
आफु भोकै बसेर हुर्कायौ आमा मलाइ
तिम्ले देखेका सबै सपना म पुरा गर्छु
म नै सबै सोचेर हुर्कायौ आमा मलाइ
rg chintan.
_______________________________________________________________________
Anuragi Binod Gaire

डाली बाट चुडिएको फूल जस्तो हुन्छ
पाउने भए आमाको ममता किनी कतै
किन्थे आफू बेचि आफ्नो ज्यान सस्तो हुन्छ
Dev sagar ji
anuragi binod
_____________________________________________________________________

मेरो प्राण भन्दा प्यारा, तिमी नै हौ बाबू ।
करुणा को मुल धारा, तिमी नै हौ बाबू ।
जिन्दगी भर केही नहोस, रक्षा गर 'देव'
मेरो जिउने यो सहारा, तिमी नै हौ बाबू ।
देब सागर
___________________________________________________________________

गरिबलाई चाडपर्व नआएकै जाती आमा।
चाडबाडमा टाढा हुन्छन् संगै खेल्ने साथी आमा।
न पाईन्छ मिठो खान न छ शरीर ढाक्ने बस्त्र।
भोको पेटमा को खुशी होला पिङ बाटी आमा।
________________________________________________________________

साहुको रिन तिर्नु पर्ने बध्यता थियो मेरी आमा !!
रिनले घर छोड्नै पर्ने बध्यता पर्दियो मेरी आमा !!
भयको घर जग्गा हरु लगेर धितो राखेको लिनुछ !!
सहुले सबै एक्मुस्त पारी कगज बनाइ लियो मेरी आमा !!
सुरज बिबस गैह्रे
_________________________________________________________________

र तिनी बाट आफुले पाउने सम्मान कहाँ छ?
हामी जवान भयौँ र सबथोक बिर्सियौँ
आमाले सानोमा सिकाएको ज्ञान कहाँ छ?
__________________________________________________________________
Parbat Bhandari

हरपल सुख दिलाउछु भनी भन्दैछु आमा॥
छिमेकीको लागी दह्रो इज्जत दार भनी,
अशक्त ती कुराहरु पुरा गर्दैछु आमा॥
हरीप्रसाद जी लाइ
____________________________________________________________________
Shiva Ghiri

मलाई ताते ताते गर्दै हिड्न सिकाउनु भो।
थाहा छैन अामा मेरा लागि के के गुमाउनु भो।
ए अामा बुझ्ने भाको छ छोरा पिर नगर्नुस....
मेरो जिध्दिको अगाडि कत्ति दुख पाउनु भो।
_______________________________________________________________

खाए कसम तोण्ने छैन आमा
तिम्रो साथ छोण्ने छैन आमा
जता गए म पछि पछि आउँने छु
बिच बाटै मा बाटो मोण्ने छैन आमै
_______________________________________________________________

छिट्टै घर आउँदै छु पीर नगर्नू आमा
चुहिने छाना छाउँदै छु पीर नगर्नू आमा
पाखोबारी निखनी लालपुर्जा लिई
तिम्रै नाउँमा बनाउँदै छु पीर नगर्नू आमा।
________________________________________________________________

युद्ध जीत्न गाको छोरा सहिद बन्दै थियो
मर्ने बेला जीउँदैछु नरुनुस् आमा भन्दै थियो
अस्मिता धरापमा छ आमाको सपना पुरा गर्नु छ
चार किल्लामा सक्रिय दुश्मन हाबि फन्दै थियो
-पेन्सिल हराएको मान्छे
______________________________________________________________
भीम मुस्काञ गाँउलेकाञ्छा

आमा भन्दा ठुलो कोही छैन बुझ्दा बुझ्दै छुटेँ
सानै देखि आँसु संग खेलेको मान्छे हुँ म
ओभाएको छैन आँखा हरू रूझ्दा रूझ्दै छुटेँ
भिम मुस्कान एम. सी
दिनेश जी
_______________________________________________________________

आमाको सपना तुहाउनु हुन्न कैले
आमा हाँसेपो सन्तानमा खुशि छाँउछ
आमाको आँशु भेल चुहाउनु हुन्न कैले
RG CHintan
anuragi binod
__________________________________________________________________

जादैन मनको मैल आँशुले धोएर
अब त सम्झना बाहेक अरु क्यै रहेन
एउटा छ आमाको तस्बिर बस्या छू छोएर
दिनेश धामी बझाङ
दिपक जी
____________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११
1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक
Post a Comment