Pages

Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 10

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 10

  • Nk Ajnabhi पानि मुल सबै सुकायर केपाउछौ?
    मन भरि पाप लुकायर केपाउछौ?
    जस्ले जन्माई हुर्काईन संसार देखाईन
    ति आमाको मुटू दुखायर केपाउछौ?
    _______________________________________________________________________
  • Arjun Thapa आमा आमा सधै तिम्रै आस छ
    यता उति सबै तिम्रै सुबास छ
    ताली दिएउ, गाली दिएउ मनमा
    मेरो अल्झिएको तिम्रै मिठास छ

    _______________________________________________________________________
  • अम्बिका प्रसाद बन्जारा सम्झना रेग्मी 'सानु ----मन दुख्छ आमामा खेल हुन् थालेपछि !
    आमालाई पन्छाउन ठेलम ठेल हुन् थालेपछि !
    हुर्काउनलाइ बढाउँनलाइ गरेका ति कष्ट बिर्सी ,
    आमाको भागमा आँशुको भेल हुन् थालेपछि !

    _______________________________________________________________________
  • Jak Parkas Rai मुटु को टुक्रा भनी दस धारा दुध पिलाउछिन आमा
    आफू भोकभोकै बसि खोजीखोजी खिलाउछिन आमा
    भित्रीभित्री जलेर पनि सहेर हास्छ हसाउछीन सधैं
    अन्य अत्याचार सहेर पनि खुशी दिलाउछिन आमा

    जक प्रकाश राई
    पाँचथर सिदिन
    हाल:मरुभूमि तिर धुलो उडाउदै

    _______________________________________________________________________
  • Arjun Thapa देउती हुन मेरी आमा सधै आशिस दिन्छिन
    आफु बिर्सी मेरा सबै दुख हरि लिन्छिन
    मेरै निम्ति बाची, सुख खुसि ल्याउन मलाई
    उनि सधै अर्का कै मेल पर्म हिन्छिन

    _______________________________________________________________________
  • Manoj Giri छोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमा
    ढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमा

    कस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिन
    हेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा

    मनोज गिरी
    छापहिले ५ गुल्मी
    हाल बुटवल बहुमुखि क्याम्पस बुटवल रुपन्देहि

    _______________________________________________________________________
  • Sarin Kumar Rai NK Ajnabhi sirको समर्थनमा..
    =>
    कु-कार्य गरेर आमाको शीर झुकाउनु किन?
    व्यर्थै-व्यर्थै आमाको आँशु फुटाउनु किन?
    भनेको नसुनी मनमर्जीको बेउरा(व्यवहार) देखाई,
    जन्म दिने आमाको मन दुःखाउनु किन?
    -सरिनकुमार राई 'ज्वाला'
    सिक्किमबाट..

    _______________________________________________________________________
  • सम्झना रेग्मी 'सानु' चोट मलाई लाग्छ तर दुख्ने गर्छिन आमा |
    मलाई दुख दिनेलाई थुक्ने गर्छिन आमा |
    मेरो खुसी बाहेक अर्को चाहा छैन उन्लाई ,
    त्यसैले त रुदाँपनि लुक्ने गर्छिन आमा |

    _______________________________________________________________________
  • अम्बिका प्रसाद बन्जारा #सम्झना रेग्मी 'सानु' ---शब्द रुपी बचनले आमा कुट्छन अचेल !
    आमाका भावनाको अस्मिता लुट्छन अचेल !
    सम्झिएर सन्तानका बाल्यकाल ऎले,
    कुनापसी आमाको भक्कानो फुट्छन अचेल !
    अम्बिका प्रसाद बन्जारा

    _______________________________________________________________________
  • Raj Dhakal आमानै नारी हुन नारी नै आमा हुन
    आकास हुन अनी धर्ति नै आमा हुन
    किन धाउनु मन्दिर पथ्थर पुज्न
    मन्दिर हुन आमा भगवान आमा हुन

    _______________________________________________________________________
  • आँशु एकलयात्री आँशु @सबैका लागी

    आमा तिम्रै चरणमा सधैँ पर्ने रहर छ ,
    सारा खूशी त्यही काखमा भर्ने रहर छ ,
    जन्म दियौ कर्म दियौ यहाँसम्म डोहोर्यायौ ,
    अन्त्यमा त्यै काखमा मर्ने
    मर्ने रहर छ ।

    शुभरात्री ।

    _______________________________________________________________________
  • Anuragi Binod Gaire अम्बिका जी लाई
    ति आमाको श्राप लाग्छ आमा कुट्ने पापीलाई
    जीवन भरि पाप लाग्छ आमा कुट्ने पापीलाई
    जन्म दिने आमाको आँशु झार्ने निर्दयीलाई
    दुःख पिरको धराप लाग्छ आमा कुट्ने पापीलाई
    Anuragi

    _______________________________________________________________________
  • भीम मुस्काञ गाँउलेकाञ्छा संसारमै एउटा धर्म मान्छु आमा
    हजुरलाई नै भगवान ठान्छु आमा
    सानो छंदा हुर्काउनु भो बढाउनु भो
    फाट्या चोली स्यून जान्छु आमा

    भिम मुस्कान एम. सी
    छुटिनु पूर्व सबैलाई एक एक सलाम सम्पूर्ण मान्यजन प्रति शुभ रात्रि ।। फेरीको बसाईमा भेटौंला छुट्टीन्छु धन्यवाद ।

    _______________________________________________________________________
  • सुरज अधिकारी अविरल आमा बिशेष मुक्तक:
    सवालको जवाफ---

    जिन्दगीमा आमा जस्तो ठुलो कोहि भेटिदैन
    सजाएर दिलमा राखे खुसी कहिल्यै मेटिदैन।
    यिन्कै ज्ञान उपदेशले पुग्छौ हामी गन्तब्यमा
    फूलै फूलको बाहार छाउँछ काँडा कहिल्यै टेकिदैन।।

    नमस्ते शुभ पल
    सम्पूर्ण मुक्तक मनहरु प्रति मिठो सम्झनाको साथै सुखद दिनको कामना

    सुरज अधिकारी 'अविरल'
    चितवन
    (गुञ्जानगर 5)

  • _______________________________________________________________________
     bubu mam khuwae nunu bhani khakha ma sutauthin aamale
    10aula bhachdai 1/2 bhanna sikauthin aamale
    padi lekhi dhulou manxe banuparxa bhandai hatama kitab thamyauthin aamale

    _______________________________________________________________________
  • प्रकाश मगर बियोगी बाबु नराम्रो काम नगर्नु भन्थिन आमाले
    राम्रो काम मा सर्नु अघि भन्थिन आमाले
    लर आज पनी देश को लागी तिमी हरु
    कोही दुस्मन देखी नदर्नु भन्थिन आमाले

    प्रकाश मगर बियोगी
    हाल
    मरीभुमी देश भारत

    _______________________________________________________________________
  • Npr Kisi's Lhāpu छोराको सहानुभूति आमालाई …

    सपनामा सधैं देख्छु मेरी आमालाई ।।
    सधैं जसो पत्र लेख्छु मेरी आमालाई ।।
    ममतकी खानी हुन् यी आँखाको नानी ।
    बाधा अट्चन सधैं छेक्छु मेरी आमालाई ।।

    • पर्शुराम प्रधान
    खोटाङ्ग

    _______________________________________________________________________
  • सुरज अधिकारी अविरल मेरो मुटु ढुकढुकीको शास हुन् मेरी आमा
    भोक प्यास मेटाउने गास हुन् मेरी आमा
    कैयौँ पिडा सहेर नी मलाई खुसी राख्नी
    संसारको सबैभन्दा खास हुन् मेरी आमा।

    नमस्ते शुभ बिहानी

    सुरज अधिकारी 'अविरल'
    चितवन
    (गुञ्जानगर 5)

    _______________________________________________________________________
  • पेन्सिल हराएको मान्छे सम्झना रेग्मी 'सानु' जी....हो है
    अनि सबैलाई.....

    तिम्ले पुज्ने पत्थरमा ईश्वर देखिन्न
    आमाद्वारा हो भाग्य भाविद्वारा लेखिन्न
    पैसामा बेचिए छ भगवान् मन्दिरमा
    नदाँज धनसँग कदापि आमा भेट्टिन

    _______________________________________________________________________
  • Binod Limbu Devraj Bhantana ज्यू, को
    #यस्तालाई के भन्नुहुन्छ माथि सहमत जनाउँदै यो मुक्तक है त.......

    दायाँ बायाँ नसोचि घात गर्नेहरू छन्,
    अामाको सपनामाथी उत्पात गर्नेहरू छन्।
    हिजो जिवित हुदा सताउने महाशयहरू!
    अाज फूल चढाएर याद गर्नेहरू छन्।।

    विनोद 'ज्वलन्त'
    यस्तो पनि छ हाम्रो समाज भित्र ।।

    _______________________________________________________________________
  • Rasmi Bhandari Goma बेलामा मेरी आमालाई चिन्न सकिएन
    आमाले भनेको बाटोमा हिन्न सकिएन

    जब आमाको अभाव खड्कियो मलाई
    किन्छु मैले आमा भनेर किन्न सकिएन

    _______________________________________________________________________
  • Sisir Rai #जम्मै को लागी

    आमा नै हूँ देवता नपुजेनी हुन्छ मूर्ती
    ममताको छाहारिमा जन्मी ठुलो भयौं हुर्की
    आमाको मात्र हुन्छ निस्वार्थ प्रेम संसारमा
    सन्तानकै निम्ति आफ्नो सारा जीवन तुर्थी

    झुलुक्क देखिनु बितिकै ओझेल परें ब्यस्तताको कारन
    रमैलो दोहोरी खेल्ने धोको अपूरो भो 

    _______________________________________________________________________
    • Sisir Rai #rasmi bhandari जी

      चीनी राख्नु आमालाई पछुताउनु पर्ला फेरी
      आमाको न्यानो माया सम्झी अश्रु धारा झर्ला फेरी
      समय मै आमाको मन खुसी राखी पुन्य कामाउं
      नत्र धर्मं कमाउने मौका पर सर्ला फेरी

      _______________________________________________________________________
    • Nk Ajnabhi #zz
      हास्ने अनि हसाउने धेरै हुन्छन
      रुने पछि रुवाउने धेरै हुन्छन
      यहा सबैलाई एउटै भन्न मिल्दैन
      आमाका आसु झराउने धेरै हुन्छन

      _______________________________________________________________________
    • Janak Paudel आमाको त्यो सबै खुसि खुल्छ सन्तानमा ।
      आफ्नो इच्छा आकाङ्क्षा नि घुल्छ सन्तानमा ।।
      सबै कष्ट दबाएर फुल फक्रिएझै ,
      फक्रिएर ममता त्यो फुल्छ सन्तानमा ।।

      _______________________________________________________________________
    • Keshab Chapagain Nk ji
      मुक्तक------>>

      रुवाउने धेरै हुन्छन् होसियर भै हिन्नु पर्छ।।
      अचेल याहा मया पनि पैसाले किन्नु पर्छ।।

      त्यो येस्तो माया हो निस्वार्थ र निसुल्क पाइन्छ
      हरेक सन्तान्ले आमाको माया चिन्नु पर्छ।।

      केशब चापागाई

      _______________________________________________________________________
    • Nk Ajnabhi #ksb g
      बिना पानि मान्छे रुझिदियकोभय
      मनकि देबि ठानि पुजिदियकोभय
      कहा ति आमाको आसु झर्थ्यो होला
      त्यो ममता सबैले बुझिदिएकोभय

      _______________________________________________________________________
    • Khagisara Kala गुनासो थ्यो अनेकथरी आमाप्रतिको
      श्रद्धा पाएँ मुक्तकभरी आमाप्रतिको
      तिम्रो सप्ना पूरा गर्छु माथि बाटै हेर
      बल्झियो याद घरिघरी आमाप्रतिको ।

      _______________________________________________________________________
    • Shailendra Thapa ....
      हत्केलाले सूर्यलाई सकिएन छेक्न कवै
      ढुंगा पुजि मानवता सकिएन भेट्न कवै
      जन्माएर दश धारा दुध पिलाई हुर्काउने
      आमा झैँ इश्वर अरु सकिएन देख्न कवै॥

      जननी जन्मभूमि ति श्वर्ग सरि हुन्छ भन्छन्
      ठेस लागे तिनलाई त भित्री मन रुन्छ भन्छन्
      किन नहोस् कुपुत्र नै भए पनि आमा हुन ति
      मुसार्दा प्रेमि हातले मनको मैलो धुन्छ भन्छन्!!

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल
      Khagisara Kala,,,,जि यसरी जवाब काटे है

      आमा पनी चेली थिन कुनै बेला
      बुम्झनु पर्छ कुनैले नलाउ हैत हेल
      बुझौ सब्को मर्म सबै ले हजुर
      कश्ट पाई हुर्कायो हामी चेली चेला

      _______________________________________________________________________
    • सम्झना रेग्मी 'सानु' आमा जस्तो जाती अरु हुनै सक्दैन |
      त्यस्तो असल साथी अरु हुनै सक्दैन |
      जिवनसाथी , प्रेमीसँग तुलना नै नगर ,
      आमा भन्दा माथि अरु हुनै सक्दैन |

      _______________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा दर्शन नमस्ते । हजुर _____ शुभ-पल

      ----
      मागेर खाएको गाँसले यो भोक मेटिन्न आमा ।
      मृत्युको योग लाई टारेर टार्न सकिन्न आमा ।
      बरु यी हात र पाउ का औंला हरु झरेरै जाउन,
      अरु को सामु यी हात कदापि जोडिन्न आमा ।

      मन्दिप

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल सम्झना रेग्मी 'सानु' जि लाई

      माने मैले पनि त्यो कुरा हजुर
      गरे हर सपना आमा को पुरा हजुर
      देवी बनाई पुज्नु छोरा ले आमा लाई
      पछी पछाडी कसैले नहान्नु छुरा हजुर

      _______________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा दिपक साउँद अनमोल सर ।।।

      छुरा चलाई को पो खुशी हुन सक्छ र हजुर ।
      आमाको माया त्यागी कस्ले ढुंगा पुज्छ र हजुर,
      मठ - मन्दिर ढुंगा पुजि खुसी हुन सकिन्न,
      ती ममता मय आमाको काख कस्ले छाेड्छ र हजुर ।


      _______________________________________________________________________
    • Anuragi Binod Gaire Anuragi binod
      दुःख पिडा सहि मलाई हुर्काएकि आमा सगँ
      सधैँ माया ममताले फुर्काएकि आमा सगँ
      तिम्रो गुनको भारा तिर्न सक्दिन म यो जुनीमा
      मैले गलत गर्न लाग्दा घुर्काएकि आमा सगँ

      शुभ बिहानी
      जय माँ

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा जि लाई

      कुनै छोरा ले त आमा लाई सारै दुख दिन्छन
      हिम्मत जुटाउन कुट्न को लागी रक्सी पिन्छन
      कोही मात्र छन् महोदय आमा को शाथ दिने
      कोही त आमा लाई छोडी कस्तो जिन्दगी जिन्छन

      _______________________________________________________________________
    • Arjun Thapa सबै भन्दा संसार मा आमा नै जाती
      चहारे लोक पुरै तर भेटे आमा नै माथि
      मिठो ,चोखो, राम्रो भागमा मेरो पार्न
      दिन, रात नभनी गर्थिन भातिभाती !!

      _______________________________________________________________________
    • Anish Bista हाजिर लगाए

      मेरी आमाको हर ममता मेरो प्राणमा छ
      मैले पुज्ने मध्ये उनको नाम शिरानमा छ
      जति धन भए पनि मन खुशी कहा हुन्छ
      जुन मेरी आमाको एक मुस्कानमा छ

      कालिकोटे अनिश

      _______________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा दिपक सर माने है __

      पैसा पैसा भन्ने कुलाङ्गार छोरा लाई के भनुम ।
      आफ्नो स्वार्थ पूरा गर्ने गद्दार छोरा लाई के भनुम ।
      बुझ्दैन पक्कै दिपक सर तेस्ताले आमाको माया,
      रक्सी खाई आमा कुट्ने बफादार छोरा लाई के भनुम ।

      _______________________________________________________________________
    • Khagisara Kala दिपक साउँद अनमोल सरलाई जवाफ...(सन्दर्भ आमा)

      माया गर्छु हेलाको भाग कत्ति पनि होइन
      आमाप्रति रिसराग कत्ति पनि होइन
      कष्टपूर्ण हुर्काइन् त गर्छु सङ्घर्ष
      सुखै देऊ भन्ने माग कत्ति पनि होइन ।

      _______________________________________________________________________
    • Binod Limbu सम्झना रेग्मी 'सानु' बाट दिपक साँउद अनमो हुदै मन्दिप खेबाङ्ग लुङ्वासम्म अाइपुगेको सवाल जवाफमा मन्दिप खेबाङ्ग लुङ्वालाई जवाफ फर्काउने कोशिश गरे है त...

      जानी जानी केही बाचा तोड्न बाध्य छु म,
      टुक्र्याएर आफ्नै मुटु जोड्न बाध्य छु म ।
      घरमै बस्दा मुखमा माड नलाग्ने भएपछि ,
      त्यो न्यानो आमाको काख छोड्न बाध्य छु म।।

      विनोद 'ज्वलन्त'
      परदेशिएको छोराको म....न।।

      _______________________________________________________________________
    • Arjun Thapa माफी पाउ आमा काखमा बस्न पाईन
      रहर थियो ति पाउमा तेल घस्न पाईन
      समय र परिस्थिति कस्तो कोल्टे परो
      छेउ मै बसी तिमीसंग मैले हास्न पाईन

      खेद कत्ति नगर्नु है टाढा भयो भनि
      यता को पिर सबै अड्कलले जानी
      नबस्नु है भोकै प्यासै मनमा कुरा गुनी
      बुढो ज्यान रोगी होला गर्ला फेरी हानी

      _______________________________________________________________________
    • Nagendra N P Neupane 
       छोडी आए आमालाइ पाप मलाइ नलागोस
      दुस्ट अनी कुपूत्रको छाप मलाइ नलागोस्
      के गरौ त वीवसताले कराएर खेदी हाल्यो
      आमाका आशू खसे भने श्राप मलाइ नलागोस्

      _______________________________________________________________________
    • Anuragi Binod Gaire dhan kamauna ako xoro asu haina asis lag6a
      jati para vaye pani ti ama lai daya jagxa
      ti aamako sapna pura garne kosis garnu
      ani tye punye le dukha pir tadha vagxa
      nagendra ji lai

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल Khagisara Kala जि यसरी जवाब काटे है

      शासना चल्थ्यो सधै देशमा तपाई जस्ती छोरी भए
      कहिले पनी फुग्ने थिएन मायाले बादेको डोरी भए
      धन्य भयो मन पनि आज मेरो तपाई को कुरा ले हो
      मेरो हैन सबै को मन धन्य हुनेथ्यो सधै यशो दोहोरी भए

      _______________________________________________________________________
    • पेन्सिल हराएको मान्छे आमा र बच्चा ...............

      ढुङ्गा अन्न हुनु पथ्र्यो त्यो मेहनतले
      तब श्रम पुज्ने थीए सारा जगतलेे
      घाम होस् या पानि आफ्नी आमासँग हुँदा
      अनौठो सोच राख्दो हो बच्चाको हर्कतले

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा ,,जि लाई

      जो छोरा आमा लाई हेला लाउँ छन्
      शोर्गा मा हैन नर्क मा बाश पाउँ छन्
      पछी थाहा हुन्छ तिनी लाई बे मतवब
      के फाईदा भक्त भनी गित गाउँ छन्

      _______________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा पसिना र परिश्रम को धारो बगाउदै छु आमा ।
      पुरानो भोटो सिउने सपना सजाउदै छु आमा ।
      गरिब भनेर कति हेप्लान आमा दुख नमान्नु है,
      त्यही दुख पिडा भगाउन पैसा कमाउदै छु आमा ।
      ---------

      आमा कै ममता को छहारीमा हुर्केको छु ।
      त्यही पल सम्झी दुख पिडा भुलेको छु ।
      गार्‍हो सारो पर्दा कोहि हुन्न रैछ प्रदेशमा ,
      आमा तिम्लाई सम्झी धुरु धुरु रोएको छु ।

      -------

      _______________________________________________________________________
    • Arjun Thapa जन्म दिस हे दैब भनि ढुंगा ढोग्न जाने
      नौ महिना र प्रसव पिडा खै कसले माने
      तिर्थ, बर्त ,दान गर्न मरिमेटी लाग्ने कुलंगार
      सन्तान हुन् ति बा,आमालाई बृदा आश्रम लाने !!

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल हर्नुस् आमा,,,,,,,
      टन्न ख्वायौ छोरा लाई आफु नी भोकै रहेर
      आज यत्रो ठुलो भयो तिम्रो छोरा आमा लहेर
      टन्न कमाई ल्याउने छु धन बसी खाउँली सधै
      धेरै रोएँ अलग भै बस्दा आँशु सकिए आफै बहेर

      _______________________________________________________________________
    • दिपक साउँद अनमोल मेरी आमा,,,,,,,
      सयौ जुनी सम्म मेरी आमा को शाथ पाउँ
      कालो हैन हर दिन जुन लागे को रात पाउँ
      सफल्ता को सिणी चण्थे म सधै आमा
      यो सिर मा सधै मेरी आमा को हात पाउँ

      दिपक साउँद डडेल्धुरा


      _______________________________________________________________________


हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger