Pages

Home » » आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 11

आमा बिशेष छैटौ मुक्तक दोहोरि देबराज भेन्तनाको साथ रमाइलो भाग (Aama Bisesh Muktak Dohori) - 11

  • Khagisara Kala दिपक साउँद अनमोल सर, जवाफ स्वरुप..

    मातृत्व नी सँगै पाएँ मात्रै मुक्तक नभएर
    रुन्छिन् आमा गतिलो यहाँ शासक नभएर
    प्रण गरिसकेको छु आमासामु मैले
    उदाउनेछु आशिर्वादमा पृथक नभएर ।

    • ___________________________________________________________________

    • Manoj Giri दिपक साउँद अनमोल जवाफ स्वरुप..
      जवाफ स्वरुप.

      जन्मे देखि पाएका छौ साथ आमाको
      अघि बढोस भन्ने सधै बात आमाको

      सफलताको सिढी चढ्न भनिन आमा सधै
      गल्ति कम गर्दा खाईएन लात आमाको

      ___________________________________________________________________
    • Manoj Giri बिनोद लिम्बु जवाफ स्वरुप..

      जानी जानी होइन मित्र तोड़नुहुन्न बाचा आमाका
      टुक्रियेनी आफ्नो मन मोड्नुहुन्न बाचा आमाका

      एक छाक खानुबरु आमाको साथ् नछोड्नु है
      मर्नु बरु न्यानो काखमा नछोड्नु बाचा आमाका
      #BinodLimbu

      ___________________________________________________________________
    • दिपक साउँद अनमोल सबै लाई एक मुस्ट बिदा माग्दै,,,,,,,,,

      तिमी लाई मन्दिर मा राखी पुजा गर्छु आमा
      तिमी भन्दा टाढा जादा लाग्छ अब मर्छु आमा
      रहड ले हैन दुर जाने हामी बाद्यताले हुन्छु
      अब यो मर्भुमी छोडेर गाउँ तिर सर्छु आमा

      ___________________________________________________________________
    • Anuragi Binod Gaire आमा तिम्रो मैलो चोली फेर्न पाउँदिनकि?
      झम्टि झम्टि अगाँलोमा बेर्न पाउदिन कि?

      पराईको बन्धक भाछु मर्छु बाँच्छु पत्तै छैन,
      अन्तिम पटक तिम्रो मुख हेर्न पाउदिन कि?

      अनुरागी बिनोद

      ___________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा नमस्कार । हजुर ।

      दुख पिडा को गम भुलाउने मेरि आमा ।
      आँसु पिई हासोले सजाउने मेरि आमा ।
      आमा कति महान हुनुहुन्छ ,यो सृष्टि मा,
      काडा पन्साई फुल फुलाउने मेरो आमा ।

      _______
      आमा कै ,सम्झानामा, यो मन गलेको छ ।
      आमाकै आशिर्वाद ले यो ज्यान चलेको छ ।
      आमा मलाई छाडि कहि कतै नजानु है ,
      आमा न - हुदा यो जीवन जीउँदै ढलेको छ।

      12:57 pm . at saudi time
      मन्दिप ।

      ___________________________________________________________________
    • Prakash Acharya आव्हान सबैलाई

      मेरे प्रिय भाई अनि मेरा प्रिय दाजै
      चर्तिकला देखि तिम्रो लागिसक्यो लाजै
      अति भयो सुध्रने पो हो की अब केहि
      आमालाई खुसि पार्न कम्मर कसौँ आजै

      ___________________________________________________________________
    • Prakash Acharya बिनोद सर नेपालबाट आमाको जवाफ यस्तो छ

      मैलो चोलि तिम्ले मेरो फेर्नु पर्दैन
      मैलो ज्यान त्यो अँगालोमा बेर्नु पर्दैन
      फर्कि आउ चाहन्न क्यै , आमा हुँ म तिम्री
      फर्किन्न की भनि पत्र केर्नु पर्दैन

      ___________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा prakash sir .......

      कसि सकेको छु दाजै यी हात र पखुरा ।
      सधै भरी पुछ्ने छु ,ती आँसु का धारा ।
      कसै गरी टाढा हुन दिने छैन आमालाई,
      अब म सधै भरी बन्छु आमाको सहारा ।

      मन-दिप _____

      ___________________________________________________________________
    • Prakash Acharya अब भने पक्कै पनि आमा हाँस्नेछिन
      छोरोलाई ममताको माला गाँस्नेछिन
      सुन्नुभयो मन्दिप अब रुने छैनन आमा
      हासि हाँसि कलेजिमा छोरो टाँस्नेछिन ।

      ___________________________________________________________________
    • शेर्पीनी कान्छी यो टुहुरोको जीवन हेर जता ततै त्रास छ
      आमा बिनाको जिबन जिउदो लास छ।।
      कहा खोजु कहा सोधु मेरो प्रस्नको जबाफ
      दउता भनाउदा आफैको ढुङगामा बास छ।।
      शैर्पीनी कान्छी ( निम)
      हाल - इजराइल

      ___________________________________________________________________
    • Khagisara Kala बाचुञ्जेल यो आमाको जुक्ति पाउने छौ
      मरेपछि प्यारबाटै मुक्ति पाउने छौ
      जति ठूली भए पनि सानै देख्छु नानी
      कच्चो दिमाग खै कस्तो उक्ति पाउने छौ ।

      तिम्रा सबै दुःख जति शोषण गर्नेछु
      गिट्टी कुट्छु अनि पालन पोषण गर्नेछु
      आँखा बेच्छु रगत दिन्छु बचाउँनेछु आमा
      मृगौला र मुटु प्रत्यारोपण गर्नेछु ।

      ___________________________________________________________________
    • मन्दिप खेबाङ्ग लिम्बू याक्थुङ्बा आफूलाई जन्म दिने आमा देख्न सकिन ।
      कर्मदिने आमाको मन कतै बुझ्न सकिन ।
      आमा तिम्ले छाडि जादा,टुहुरा छु यहाँ म,
      सौतेली आमाको काखमा हास्न सकिन ।

      मन्दिप ___
      हाल - मरुभूमि ।

      ___________________________________________________________________
    • पेन्सिल हराएको मान्छे कोही कोही.............

      आमा जल्दैछिन् सन्तानको खुशि माया ममतामा
      मर्दैछ छोरा बाँचेर आमाको स्वप्ना विपननमा
      आमा तिम्रो दूधको भारा खै खस्ले तिर्ला र भोलि
      दाग नै लागेपछि मेटिन्न कदापी करुणामा

      ___________________________________________________________________
    • पेन्सिल हराएको मान्छे शत्रुलाई मास्नुपर्छ अब...............

      ती बुढी आमा रुदै भन्नुहुन्छ सुस्ता हाम्रै हो
      नक्सामा हात छुदै भन्नुहुन्छ सुस्ता हाम्रै हो
      पुर्खाको सम्पत्ति हो त्यो जोगाउनु पर्छ छोरा
      विरही मन हुदै भन्नुहुन्छ सुस्ता हाम्रै हो

      ___________________________________________________________________
    • पेन्सिल हराएको मान्छे प्रिय मुक्तक मनहरुलप्रति यति आभारि रहें
      निर्वाक्य छु।यो साथ सदैव रहोस्
      र रहनेछ
      आमा साँच्चिकै महान् छिन्
      देवि हुन्
      प्रमात्मा हुन्
      आमा भन्दा ठूलो ईश्वर छैन
      आमा भन्दै रुन पाऔं.......आआआमामामाम........मामनाम....

      ___________________________________________________________________
    • Anuragi Binod Gaire आमा भन्ने लात्ति हान्ने यस्तापनि छन
      मुखले ठिक्क पार्न जान्ने यस्तापनि छन
      बिर्सिएर बाआमाको देन हो आफु ठूलो हुनु
      बा आमालाई बोझ मान्ने यस्तापनि छन

      ___________________________________________________________________
    • अम्बिका प्रसाद बन्जारा Anuragi Binod Gaire,,,,,पेन्सिल हराएको मान्छे----((((((आजकलको निर्दयी घटना )))))))
      कुनै आमा निर्दयी टोकरीमा बच्चा फाल्ने !
      कुमारीत्व गुमाएसि पोखरीमा बच्चा फाल्ने !
      लुटाएर , लुटिएर जवानी मै कठोर बनि ,,
      कुमारी आमा नाला अनि झोपडीमा बच्चा फाल्ने !
      अम्बिका प्र. बन्जारा

      ___________________________________________________________________
    • Anuragi Binod Gaire ambika ji
      यि आमाको कलकं हुन जस्ले बच्चा फाल्छन
      तिनै मात्र यि आमा हुन जस्ले बच्चा पाल्छन
      आमा नामलाई अपवित्र बनाउने त्यो नारि हुन
      जस्ले आफ्नो पेटको बच्चा तुहाएर फाल्छन
      Anuragi binod

      ___________________________________________________________________
    • मोहन रावल अनमोल 'अस्तु' तिम्ले स्कुल पठाएको याद आउँछ आमा....
      रुदै मैले आँसु बगाएको याद आउँ आमा...

      धुलो मैलो पाटी पौवा गाउँ वेसी कठै बरा...
      अचेल सानैमा रमाएको याद आउँछ आमा

      ___________________________________________________________________
    • Binod Limbu बाले यसो भन्दै हुनुहुन्थ्यो .....

      दुई दिनलाई भए पनि आइदिराखे हुन्थ्यो ,
      ढिडो गुन्द्रुक जे पाकेको खाइदिराखे हुन्थ्यो ।
      दिन रात मेला पातले हैरान हुन्छे सधैं अामा,
      तिम्रै मनले खाको बुहारी ल्याइदिराखे हुन्थ्यो ।।

      विनोद 'ज्वलन्त'
      हाल: खाडी मुलुकबाट

      शायद ! आमाले भन्न नसकेर बाबालाई भन्न लगाउनुभएको हुनुपर्छ ....

      ___________________________________________________________________
    • अम्बिका प्रसाद बन्जारा Anuragi Binod Gaire ,,Binod Limbu ,,--प्रदेशलाई टाटागरि आमा सम्झी आऊ !
      दाजुभाइ इष्टमित्र मामा सम्झी आऊ !
      काम धेरै दाम थोरै तडपमा बाँच्नु भन्दा ,
      आमाको हातको गुन्द्रुक र तामा सम्झी आऊ !
      अम्बिका प्रसाद बन्जारा

    • ___________________________________________________________________
      Npr Kisi's Lhāpu गाउँ घर छोडेर शहरमा बस्ने छोरालाई यसो भन्छिन् अामा !
      (सबैको लागि )

      गाउँ घर छोडि शहरतिर किन ? गयौ भन्छिन् आमा ।।
      चट्टै भुली माया मारी पराई ...भयौ भन्छिन् आमा ।।
      मन बुझाउछु फोटो हेरि भेट्ने आशा कम छ अब हेर ।
      मर्ने गरि दुख्छ छाती यादमा मात्र रह्यौ भन्छिन् आमा ।।

      • पर्शुराम प्रधान
      खोटाङ्ग

      ___________________________________________________________________
        
      Raj Yk  
      आमाले मागेर भएपनि मलाई बचाएकी छिन्
      यो दुनियाँमा सबैभन्दा ठुलै बनाएकी छिन् 
       
      जननी जन्म भुमि यो नारा र नारी देवी मेरी आमा,
      मेरो हृदयमा छुट्टै स्वरग मेरी आमाले नै बसाएकी छिन्ll  
      दर्शन नमस्ते सम्पूर्ण मित्र मन गुरुहरुमा!!
      म सुदुरपुर्बि नेपाल बाट राज वाई.के. ५थर मेची नेपाल !!!!

      ___________________________________________________________________
हरेक अंश हेर्नुहोस ..
                              १०   ११
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger