सन्तोश मेहता |
आकाशकी इन्द्रेणी हौकी स्वर्गकी पारी हौ तिमी
अबोध यो मनले अझै बुझ्नै सकेन ||
खाली हात, रित्तो निधार, बिना कुनै श्रृङ्गार पनि
सोर्है श्रृङ्गारले सुसज्जित देखिने को हौ तिमी||
शायद इन्द्रेणीका रङ्गलाई फिक्का पारिदिने पारी हौ तिमी
त्यसैले होला उजाड यो धर्तिमा तिमीलाई पाउन सकिन||
आलिसान सिङ्गमरमरका महलमा रमाउने तिमीलाई
आफ्ना भत्केका झुपडिमा बसाउन सकिन ||
अनगिन्ती ताराहरुका बीच चम्किने जुन तिमी
अन्धकार मेरा मनका महलमा तिमीलाई सजाउन सकिन||
बैजनी ती रङ्गमा तिमी सजिएकी देख्दा
मनका यि भावहरुलाई थाम्नै सकिन ||
आकाशकी इन्द्रेणी हौकी स्वर्गकी पारी हौ तिमी
अबोध यो मनले अझै बुझ्नै सकेन ||
सन्तोश मेहता
भोक्राहा, सुनसरी
No comments:
Post a Comment