Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label हाँस्य-व्यंग्य. Show all posts
Showing posts with label हाँस्य-व्यंग्य. Show all posts

नेपाली व्यंग्यात्मक मुक्तक : ..... चोर नेताहरु जन्मायो सिल्ली लोकतन्त्रले [ बिकि सुधा ]

मुक्तक 
रोग, भोक शोकले आक्रान्त उडायो खिल्ली लोकतन्त्रले
मेरो देशको शार्वभौम सत्ता सुम्पियो दिल्ली लोकतन्त्रले
तन्त्र धेरै आए देश र जनताको बिकासको मन्त्र आएन
गुण्डा, भ्रष्ट र चोर नेताहरु जन्मायो सिल्ली लोकतन्त्रले

बिकि सुधा
बागलुङ बलेवा
दक्षिण कोरिया
Continue Reading | comments

लागूभागू नबन फागु, जय होली नबिगार चोली !

- बद्री प्रसाद दाहाल

पारस्परिक सद्भाव , सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली ,फ्रक , म्याडी ,अम्ब्रेला र चुरीदार कसिला पहिरनमा हमला बोल्दै आइपुग्यो । हिरण्यकश्यपुकी बहिनी होलिका जसले विष्णुभक्त आफ्नै भाइ प्रल्हादलाई दाजुको आज्ञा तामेली गर्न आगोमा जलाउने दुष्प्रयास गरिन् र अर्की सर्वनाशकी प्रतीक ढुण्डा राक्षसी जसले मानव बस्ती बस्तीलाई उजाड बनाएर सिध्याइन् , तिनै दुच्छर तत्वहरुको समाप्तिमा खुसी हुँदै मनाइएको गर्व भरिएको पर्व हो फागु । बिडम्वना ! हिजोआज भने यस्ता गर्वले भरिएका पर्वलाई अनर्थ गरेर ‘ अर्थ न बर्थ गोविन्द गाई ’ भनेझैं व्यर्थ बनाउने गलत विकृतिले संस्कृतिमाथि बिखालु अङ्कमाल गरेको हुँदा बुज्झकीहरुले — ‘‘ लागूभागूू नबन फागु , जय होली नबिगार चोली ’’ भनेर अपील गरेको ग¥यै छन् । रीति , संस्कृति , प्रथा र पर्वहरुलाई कुरीति , विकृति , व्यथा र खर्ब खर्च गर्ने बनाएर यता केही सम—यदेखि हाम्रा सनातन परंपरामा एसिडको गोला बर्साउन फागुको लोलालाई माध्यम बनाउने जमातको बिगबिगी बढ्दो छ ।
Continue Reading | comments

केहि तिता मिठा नेपाली गज़लको व्यंग्यात्मक आधुनिक उखान [ लेखक : प्रकाश अर्याल चुकुप्रकाश ]

नेपाली गज़ल क्षेत्र निकै धरापमा परेको देखिन्छ , जहाँ बिकास त्यहाँ बिनास भन्ने प्रचलित नेपाली उखानको ब्याख्या यिनै नमुनाहरुले छर्लङ्ग पार्दै आएको छ | नेपालमा छ्यास्छ्यास्ती उम्रिएका गज़लकार जसले आफु दक्ष नभई गुरु भन्ने काम वा गजलको नाम राखेर अ-गज़ल प्रकाशित गर्ने गर्नाले पनि यस्ता घटना बारम्बार दोहोरिन थालेको छ | त्यसैले पैले गज़ललाइ नजिकबाट नियालेर मात्र  सार्बजनिक रुपमा प्रस्तुत हुन पनि आग्रह गर्दछु | मैले देख्दै आएको केहि तिता मिठा नेपाली गज़लको व्यंग्यात्मक आधुनिक उखान पढेर प्रतिक्रिया दिनुहुनुनेछ भन्ने आशामा छु | 
प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ


1. एक शेरले गज़ल बन्दैन
2. कच्चा गज़ल यात्रा हाँडी गाउको जात्रा
3. गज़ल लेख्दै गईन्छ कमेन्ट आउदै जान्छ
4. आफ्नै गज़लमा आफ्नै कमेन्ट
5. साहित्य नबुझ्नेलाइ गज़ल न मुक्तक
6. लाइक गर्नेलाई फ्रेन्डलिस्ट नत्र ब्ल्याक लिस्ट
7. तेत्रा तेत्रा गज़ल त लेखियो जाबो मुक्तक
8. गज़ल लेख्नेलाई रदिफले रोक्दैन
9. जहाँ धोका त्यहाँ गज़ल
10. गज़ल काटी मुक्तक
11. काफिया हेरी गज़ल कोर्नु
12. गित सम्पादन गरेर गज़ल बन्दैन
13. गज़ल चोरलाई कैले सान्ति मिल्दैन
14. जसले लेख्छ छोटो उसकै हुन्छ मिठो
15. के खोज्छस गज़लकार ? काफिया
16. कविले गज़ल हेर्या जस्तो
17. रात भरि गज़ल लेखियो, मुक्तकमा टुंग्याईयो
18. रदिफ सोच्दा गज़ल फुर्यो
19. पोस्ट नगरौँ त मिट्ठो गज़ल, पोस्ट गरौ त ब्रेकप हुने डर
20. एक्लो गज़लकार उल्लु
21. गज़लको शेर विधा न काब्य
22. गज़ल लेख्ने लाइ पो कफियाको डर , फजल लेख्नेलाइ के को डर
23. कवि गोस्टिमा गज़लकार
24. आउदैन भन्छ कुनै अक्षर , लेख्न थाले गज़लका शेर
25. फजलकार देखेर गज़लकार डराउछ
26. बाह्र बर्षमा गज़ल लेखियो , धेरै तिर गल्ति देखियो
27. दुई दिन गज़ल लेखिन साथी कोही देखिन
28. मतलामा राम राम मकतामा रावण
29. हिजो गजलकार मानेन , आज लेख्न जानेन , प्रतियोगिता भोली छ बल्ल मुटु पोलिछ |
30. नम्बरी गज़ललाइ ट्याग गर्न पर्दैन
31. लेख्न जान्दैन काफिया दोष
32. जुन शेर पढेपनि रदिफ यौटै
33. ताल परे गज़ल नत्र मुक्तक
34. आजको गज़लकार भोलिको जोगी
35. गज़ल लेख्ने म पोस्ट गर्ने तँ
36. गज़ल नलेखी ब्यबाहार देखिन्न
37. मिसरा मिसरा मिलेर गज़ल बन्छ
38. बरिस्ठको गज़ल र खेलको पज्जल बुझ्नै गार्हो
39. राम्रो गजलको मतला नै मिठो
40. काफिया भए गज़ल कत्ति कत्ति

-प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ

Continue Reading | comments (2)

नेपाली हाँस्य-व्यंग्य : जय– संस्कार ! [ लेखक : बद्री प्रसाद दाहाल ]

- बद्री प्रसाद दाहाल
बूढापाकाहरु भाखा फिराएर रुखा स्वरमा भन्छन् ‘ संस्कार व्यक्ति र समाजलाई अलङ्कृत पार्ने स्वस्थ र विज्ञानसम्मत सुकर्म हो । ’ शब्दकोषका पोथीहरु पनि धोती फेरेर बोल्छन्— ‘संस्कार’ भनेको अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम , सुधार वा शुध्दता हो । अझ लामो र गनगनजस्तो लाग्ने शब्दमा भन्नुपर्दा—‘ रहन–सहन, मर्यादा, सम्पर्क शिक्षा आदिका कारणबाट मान्छेका मनमा पार्ने प्रभाव वा धारणा नै संस्कार हो । ’ वास्तवमा ‘संस्कार’ मानव जीवनको विशाद, विकार, धि–क्कार, अभिशाप र उठीबास पार्ने रमिता भने होइन । बिडम्वना ! दिनानुदिन नेपालका नव –धनाढ्यहरु भने संस्कारमाथि अपकार गर्दै खकारबराबर पार्न नचॉहि‘दो ढासा र ढर्रामा यसलाई विशाद, विलाप , विखण्डन र विभ्रममा परिणत गराएर उपहासको पगरी गुताइदिएका छन् । त्यसैले त यो भदौरे जात्राको भक्कूजस्तो लगनका दिनहरुमा हगनजस्तो भएर सुन्दर सनातन परंपरामा चक्कू झिकेर धक्कू लाइरहेछ ।
Continue Reading | comments

ब्यंग्यात्मक प्यारोडी राष्ट्रिय गान : जय जय नेपाल [ प्रेषक : प्रेम लिम्वु ]


ब्यंग्यात्मक प्यारोडी

<(( राष्ट्रिय गान ))>
सयौँ खाले नेता हामी एउटै कुर्सी तानातान।
चक्काजाम नारा जुलुस ढुंगामुडा हानाहान।।
लोडसेडिङले गर्दानै त बडेको छ हाम्रो शान ।
कमाउ खाउ जीवन चलाउ किन चाहियो संबिधान ?
ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल ।
खण्ड खण्ड पारी छाड्छौँ अबिकसित नेपाल।।
धर्म भाषा मोदी जी लाई संस्कृति छन् बिशाल।
यो देशमा रजाई गर्छौं जय जय नेपाल ।।

      
शुभ अपरान्ह, शुभ दिन।
शुभ पल, शुभ समय ।
Continue Reading | comments

नेपाली हास्यव्यंग्य - गफै गफ ( सर्जक : शालिग्राम अर्याल )

शालिग्राम अर्याल 
गफै गफ
आज मेरो भेट कहिल्यै नचिनेका,नसुनेका र नभेटेका आ.ग.सं.काअध्यक्ष  भनिने मान्छेसंग भयो।उनले मलाइ एक्कासीयस्तो मल्टीपल च्वाइस खालेप्रस्नहरु सोधे , जहाँ मेरो उत्तर कुनै मिलेन।अनि मैले सोधें- तपाईं रेडियो ,टि.भि.बाट आउनु भा हो ? किनभने त्यहांपनी उन्कै प्रस्न र उन्कै उत्तरमाएस.एम.एस. गरि उत्तर माग्छन ।हाम्रो मनले छानेको उत्तर त्यहा हुदैन । उनले भने- यो जबर्जस्ती आफ्नो खुसीले छान्ने उत्तर हो । हामी पनि
एफ.एम.जस्तैनै हो । उनले तलका प्रस्न र उत्तर दिदै मलाइ छान्न लगाए ।
पर्सि सम्ममा उत्तर छानीकमेन्टबाट पथाउनु पर्ने रे ।तपाइहरुले मलाइ पठा-
उनु म उत्ता पठाउला ल !धेरै उत्तर मिलाउनेलाइ पु रस्कार र अन्य वेवास्ता
गर्ने रे ! उन्ले दिएका प्रस्न उत्तर यी हुन । त्यही तपाइलाइ दिन्छु ।

१) आ.ग . सं. को पूरा अर्थ के हो ?
क) आगलागी गराउने संगठन
ख) आभाराहरुको गफाडी संगठन
ग) आपराधिकगतिबीधी गराउने स्संगठन
घ) माथीका सबै

२) सार्क भनेको के हो ? 
क) नेताहरु देखाउने पार्क 
ख) आठ देसको मार्क 
ग) देसलाई बनाउने डार्क 
घ) माथीका सबै

३) नेपालमा संविधान बन्ने छांट छैन । किन ?
क) ससक्त र ससस्त्र आन्दोलनको कमी 
ख) आठ र बाह्र बुंदेले आठ बाह्रको अलछिन लगाएर 
ग) जनयूद्धकालमानै हालका सबै नेताहरु एक - अर्काको गोलीबाट मारिन बिर्सिएर 
घ) माथीका सबै

४) सम्विधान नबने माघ ८ पछि के हुन्छ ? 
क) ४७ को संविधान व्यूतिन्छ 
ख) पार्टीका नेताहरु देस निकाला हुन्छन 
ग) ठूलो रण संग्राममच्चिन्छ 
घ) माथीकासबै

५) अरुले भ्रस्टाचार गरे अख्तियारले समात्छ , अख्तियारलेनै घुस खाए वा भ्रस्टाचार गरे के हुन्छ ? 
क) अख्तिरका कर्मचारी धनी हुन्छन 
ख) अरु भ्रष्टाचारी लाई कारवाही छुट हुन्छ 
ग) नेताका मुखबाट राल चुहिन्छ 
घ) माथीका सबै

६) सर्वोच्च अदालतले गलत फैसला गरे के हुन्छ ? 
क) सबैले चुप चाप बस्नुपर्छ
ख) अपराधिलाइ मस्ती हुन्छ 
ग) अपराधको नजिर बसी सधैंलाइ काम लाग्छ
घ) माथीका सबै

७) हाल नेपालका नेता,मन्त्री र ठुला कर्मचारीका खान्की कति छ ? 
क) ठूला सेता हात्तीको जति 
ख) आफ्नो र नातेदारको घरमा अटाए जति 
ग) बैंकमा अटाए जति
घ) माथीको सबै

८) चोर बुद्धि सिक्न कहाँ जानुपर्छ ? 
क) कर्मचारीका संगतमा 
ख) नेताहरुको संगतमा 
ग) एन.जि.ओ. र आइ.एन. जि. ओ. को संगतमा
घ) माथीका सबै

९) डन र गुण्डा कहाबाट संचालित हुन्छन ? 
क) राजनेताहरुबाट 
ख) प्रहरी तथा प्रशासनबाट 
ग) साहु महाजनबाट 
घ) माथीका सबै

१०) तपाइको बानी कस्तो छ नि ? 
क) चाकडी र चाप्लुसी गर्ने 
ख) मुखमा राम बगालीमाछुरा 
ग) ताक परे तिवारी नत्र गोतामे 
घ) बो राम्रो आत्मा चाम्रो

११) तपाइले पार्टीहरुलाइ कस्तो ठान्नुभाछ ?
क) मुखले देउताजस्तो काममा ठग
ख) दुनिया ठगेर धनी बन्ने 
ग) कर्मचारीका हतियार मात्र 
घ) नामर्दहरुको जत्था

१२) मलाइ कस्तो देख्नु भा छ ? 
क) आफैं जस्तो 
ख) नेता जस्तो 
ग) कर्मचारी जस्तो
घ) पागल जस्तो

अन्त्यमा, सबै नंबरका सबै रोजाइहरु मध्ये एक एकमा चिनो लगाइ कमेन्ट्गरी 
पर्सीसम्ममा पठाउनु पु. पाउनु हुनेछ ।
Continue Reading | comments

भैरब अर्यालको - नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

म थिएँ त्यस बेला बेनामी अड्डाको बहिंदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहिंदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।

मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा ‘टर’ नझुन्डिएको जागिर के खानु ? किनभने जमानै ‘टर’ को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा ‘टर’ त झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहिंदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- “नेताजी कता ?”

“एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले हालसाललाई नेताजी न यता न उता !” नेताजीले नाक मुसार्दै भने । अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- “तपाईंजस्ता नौजवानले पनि बहिंदारमा भुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न । सेक्रेटरी गराइदिन्छु । अहिलेलाई चिया-चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछि चप-चुस्कीको चमेना पनि गर्नुहोला ।”

सेक्रेटरी, हँ ! ‘टर’भन्दा पनि ठूलो टरी ! उनको कुरा सुन्नेबित्तिकै के खोज्छन् काना ? आँखो भनेझैँ मलाई लाग्यो र झोला र झन्डा काँधमा हालेर हिँडे त्यहीँदेखि चन्दा उठाउने धन्दामा । जोजो जेजे चाहन्छन् त्यहीत्यही मिलाइदिन आशा देखाएपछि चन्दा झर्न कति बेर ! हाम्रो घोषणापत्रमै लेखेको थियो-

“व्यापारीलाई दर, सुकुमवासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पन्डालाई भेटी, गुन्डालाई केटी, इत्यादि ।”

तर के गर्नु- नेता थिए नम्बर वन, जति चन्दा उठाए पनि आफैँ च्वा म । आखिरमा गएर मलाई जङ्बहादुरको पालाको एउटा जडाउरी कोटमा टारिदिए । चौटा खान गएको सम्धि झोलमा डुबेर मर्‍यो भनेझैँ म हिस्स बूढी हरिया दाँत भएँ । तर उद्दोग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्ने सम्झेर तुरुन्तै ज्वाइन गरेँ अर्को पार्टी ।

पार्टीको नाम त के हो कुन्नि, अङ्ग्रेजीमा थियो, तर नेताको नाम भने रेशमवीर पाँडे हो ! नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्- “तपाईं पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाई भनेर अफिससेक्रेटरी गराइदिउँला ।” के गरुँ-

“नेतानां नेतीनां चवै वचनं नैव लंघयेत्,
संसदीये प्रजातन्त्रे पार्टीनेतैव ईश्वर: ।”

यही ठानी गएँ उही दिन काम्लोकुम्लो बोकेर देउपुरतिर । तै, घिउ बोकेर आउँदै थिएँ, भाग्यमानीको भूतै कमारा भनेझैँ अर्को नेताले समाएर भने- “त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अडर मै दिउँला तिमीलाई, मेरो पार्टीको सङ्गठन गर ।” कुरा मलाई ठीकै लाग्यो र थालेँ उनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रो मान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डाले लोभ्याएर, कसैलाई डन्डाले सोझ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नून पाउला भनेर, कसैलाई सुन लाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजीसाथ पार्टीको सदस्यबुकमा सही गराएँ । यसको फलस्वरुप कैयौँ पटक जुलुस, भाषण, हडताल, पिकेटीङ गरियो ।

“जहाँसम्म हाम्रो अखिल नेपाल दु:खमोचन पार्टीको सरकार हुँदैन, त्यहाँसम्म सङ्घर्ष जारी नै रहन्छ” भन्दै सभापति श्रीबिकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दु:खजति कालमोचनमा लगी म बगाइदिन्छु ।

नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्, मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्का ल्वाङ पनि पाएनन् वा अरु जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको, कतै सालाको पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा ।

तर त्यो रहेछ गजब पार्टी । जानासाथ मेरो इन्टरभ्यु पो लिन थाल्यो ! प्रश्नोत्तर यिनै थिए-

“हूलदङ्गामा तँ कति पटक पक्रिएको छस् ?”

“छैन ।”

“हतियार चलाउन केके जान्दछस् ?”

“जान्दिनँ ।”

“चोरी, रहजनी इत्यादिमा बात लागेको छ कि छैन ?”

“छैन ।”

“परेको बेलामा चर्पीको प्वालबाट भाग्न सक्छस् कि सक्तैनस् ?”

“सक्तिनँ ” इत्यादि । अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो-

“चोरिचकारी नगरी चतुर्‍याइँ हुन्न
दङ्गाफसाद नगरे इजतै रहन्न ।
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।”

यो सुनेर म अक्क न बक्क परी फर्के वरैतिर । तर पार्टीको नशा अफिमकोभन्दा पनि कडा हुने रहेछ । बाबुआमा गाली गर्थे- पार्टीमा कुद्नुभन्दा पाटीमा एउटा नाङ्ले पसल थाप्नु नि बाबू ? तर के भन्या यस्तो ? नेता हुने मान्छेले नाङलाँ तिलौरी बेचेर बस्नु ? तिलौरिको सट्टा बरु स्वास्नीको तिलरी बेचुँला नि भनेजस्तो लाग्यो । अनि मैले धमाधम एकपछि अर्को, अर्कोपछि अर्को गर्दै भएजति पार्टी चहारेँ । दुई-चार वटाको नाम पनि सुनिहाल्नोस्-

१) राष्ट्रिय छलछाम परिषद् ।
२) अराष्ट्रिय पेडाजुल्फी दल ।
३) अन्तर्राष्ट्रिय खुर्पा पार्टी ।
४) अराष्ट्रिय जम्बुक दल ।
५) सुराष्ट्रिय कन्याखोज मण्डल ।
६) कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि ।

श्राद्ध गर्दा बिकारलाई घोप्ट्याएको दुनो पनि पछि गएर पुरेतले सोभ्याउन लाउँछन्, तर मेरो घोप्टिएको दुनो कतै पनि सोझिएन । एक सुयवटा नेताको सङ्गत गरेँ, जुत्ता बोकेँ, आखिरमा आएर न यता न उता । तयसैले झोकै शान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो- ‘अखिल नेपाल भस्याङभुसुङ दल’ । जसले जे भने पनि आखिर म पनि एउटा नेता भैहालेँ । अन्त्यमा, मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने बङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोला अथवा जग खन्ने मुसा, घुरी खोस्रने बिरालाको कानमा झुन्डयाइदिए पनि हामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेराको कानमा सुटुक्क भनी पठाए पनि हुन्छ । नोट गरी राख्नोस्- नेता नम्बर – एक सय एक ।

"जयभुँडी"
.............................................................................................भैरब अर्याल ,
Continue Reading | comments

भैरब अर्यालको - भान्सा भो हजुर?

"भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो
लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरू पुलिसको आवाज सुनेका जुवाडेहरूझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरिएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- ‘कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्‌ठू !’ तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइन, ऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरूले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको ‘भान्सा गर्नुभो’ भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवी अधिकृत, पसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अँझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? उधारो, रीन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्‌ध्याए पनि हुन्छ रे । यसरीरहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।

भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलि बीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको सम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो । साँच्चै भनूँ भने आजको जटिल त व्यस्त जीवनमा शौचालयजस्तो आनन्दी ठाउँ अर्को कुनै छैन, कारण यहाँ उधारो उठाउन आएको साहूले मात्र होइन, उधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो । त्यसैले म आश्रमभित्र पसी आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु- मानौँ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ ।

भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्‍वारबाट प्रवेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुर्‍याउनु हो । तर खानुसित बढी मोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरूले यसको अर्थविस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नै भनिदिन्छन् । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ । पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ । तर अरु खानुसित त्यति चासो हुँदैन, हाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- ‘भात खानुभो ?’

भात खानु भनेको ज्यूनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु र धोकय्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरू ज्यूनार गर्छन्, हलो जोतेर खानुपर्ने परिश्रमीहरू सायद हसुर्छन्, धोक्रो बोकेर ज्याला कमाउनेहरू सायद धोक्य्राउँछन् र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेका मान्छेहरू घिच्छन् । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पानेरोटी धोक्य्राएको भए पनि, सुक्खा रोटी टोकेको भए पनि रिसाएको साहूले कमसेकम यसरी त सोधिदिएन- ‘घिच्यो बाज्या ? धोक्य्रो साहेब ? हसुर्नुभो हजुर ?’

अर्थ उही भए पनि ज्यूनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुको ध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौँ-दर्जन रिकापीहरू वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ । भान्सा गर्नुभन्दा कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक-दुईओटा फलफूलको बास्ना आउँछ । भोजन गर्नुभन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँ, भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षोणासमेत लिई खीर, मालपुवा वा इक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्रभन्दा सिलाबरको वा पित्ले थालमा पस्केर रातोरतो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांश भद्रभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनि नियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ । यसैले प्राय: दालतरकारी खाएनखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ- ‘भात खायौ ?’ त्यही भात पनि उसिनाको पर्‍यो वा चामलको कायममुकायम मकै, कोदो, फापर या चनाले गराउनुपर्‍यो र जिभ्रामा अड्काईअड्काई निल्नुपर्‍यो भने त्यसलाई घिचेको भन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई ‘भान्सा गर्नुभो ?’ भनी सोध्नुसट्टा ‘घिच्नुभो ?’ भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ ।

त, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु, साहूजी गनगनाइरहेको सुनिन्छ- “हजुरहरूले यस्तो गरिदिएपछि हामीले के खाने ए ?”

भनिदिऊँ जस्तो लाग्छ- ‘तिमीले नाफा खाने हामीले उधारो खाने’, तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु- “तिम्रो पैसा हामी खाँदैनौँ साहूजी ! अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन, आउनेबित्तिकै पुर्‍याउन पठाउँला !”

मेरो भद्र आश्वासनले साहूजी त आश्वस्त भएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदेशार्थ प्रस्तुत हुन्छ- चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टीतेल, हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबदाना, स्टोभको वासर र सल्फागुनाइडिन । अफिसको मागफारम हुँदो हो त म त्यसलाई यस्तरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा, खोज्नै फेरि एक महिना लागोस् ! तर माग पर्‍यो बूढीकै; सार्दाम पर्‍यो भुँडीकै । जहानको समस्या पनि जनताको समस्याजस्तो टारेर टर्ने हो र ? न आश्वासनले टर्छ, न भाषणले, न योजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रै दिएर पुग्दैन, निकासा नै दिनुपर्छ नत्र एकछिनपछि ‘भात पाक्यो ?’ भनी सोध्ने अधिकार पनि मेरो हुने छैन; मलाई ‘भान्सा गर्नुभो’ भनी सोध्ने कर्तव्य पनि कसैको बाँकिरहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै म सम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छ कि ? या सापट नलिएको कुनै साथी वा सज्जन बाँकी छन् कि ? तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरै चढेछ- छोरो भन्छ । पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टी ठोक्छ- टिन्न ।

आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्‍यो । प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओर्लेथेँ, नर्स दिदीले टिङ्‌रिङ्ग घण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे ! त्यसैले स्कुल-कलेजदेखि घर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाको यो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिऊँ ? तर कुनै भाग्यविधाताको घण्टिरहेछ भने के गर्ने ? त्यसैले उठाउँछु- भान्जीमैयाँको मधुर स्वर गुञ्जिन्छ- “उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसो भेट हुँदैन भनेर हामी अहिले तीँ’ खाने गरी आउँदै छौँ, माइजूलाई भनिदिनुहोला- उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !”

आफैँलाई सुन्न धौधौ परेको सन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु- “होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी, भान्सा त्यहीँ ठिक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन, मट्टीतेलमा बनाएको पनि मिठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।”

भान्जीमैयाँ खिलखिलाउँदै टेलिफोन राख्छिन् । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाक भान्सा चुलेनिम्तो माग्ने नकच्चर्र्‍याइँमा आफू सफल भएकोमा मलाई टिएडिएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो ।

यही खुसीमा आरामकुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ । एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरे स्वरमा पाती पढ्न थाले- ‘आब्रह्मन् ब्राह्मणो-ब्रह्मवर्च....’ त्यसको मूल अर्थ न उनले बुझेका होलान्, न मैले बुझेको छु, तर भावर्थ भने भात खानु हो । यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन् । त्यसैले उनीहरूले चुपचाप लागि एक मुठी भात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतरित भयो, त्यो अवतार थियो- दही दाजुको । दुई हातमा बडेबडे घैँटा झुन्डयाएको, बीचमा घ्याम्पिएको गाँठाले सकिनसकी हिँड्नुपर्ने दहिंदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । झ्यालमुनि घैँटा बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्‍यो– “तीन बिस ११ वर्ष खाइहालियो, अब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पर्‍यो हजुर !”

सुनेको नसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु, केटाकेटीहरू उसलाई ‘ठग बूढो, हन्डे बूढो, घ्याम्पे बुढो’ भन्दै गिज्याउँछन् । ‘दहीमा च्याउ मिलाएर लयाउँछ’ भन्छन् । तर ऊ यस्ता टीकाटिप्पणीको कुनै वास्ता गर्दैन; न गिज्याइको वास्ता गर्छ, न खिज्याइको । खानको लागि यस्ता उपेक्षा र अपमानहरू पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० वर्षदेखिको अनुभवमा खारिएको दर्शन हो । सामान्य रुपमा ‘दही चाहिँदैन बूढाबा’ भन्यो भने एकपल्ट राम्रै भाषण गर्छ- “आज एकादशी, भोलि आइतबार, यो दही अघिपछिको जस्तो होइन, खावा दूधको दही, खावा दूधको ।” धेरैजसो ऊ जित्छ हामी हार्छौँ र दही किन्छौँ । थोरैजसो ऊ हार्छ- रन्कन्छ, फन्कन्छ फेरि अर्को दिन टुपलुक्क आइपुग्छ ।

दहिंदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखो मतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्व गाउँछे- “आमालाई जाऊँ न भनेको, तँ गए मालिकहरू खुसाउँछन्, धेरै दूध किन्छन् भन्छिन् । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेब छ नि, आमाले लगेको बेला आधा माना दूध लिन्छ, म गएको बेला दुई माना लिन्छ र दूध ल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।”

दूधवाल्नी बूढीको भान्सा गर्ने बेलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन । तर चुरोट बेस्कन तान्नेसिवाय अरु केही बोल्दिनँ । दूधमैयाँ झ्यालमुनिबाट फेरि एक नजर मास्तिर चढाई लचकदार पैतला चाल्छे- म हेरिरहन्छु, हेरिरहन्छु । हेर्दाहेर्दै धूवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवक, बियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिसअफिसमा चहार्ने बहिरा बागेश्वर पण्डित, दिनभरि होटेलको कप पखालेर साँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वाय, छेपारा बटुलेर उसिनी हरेक रोगको औषधी भन्दै दिनभर चिच्याउँदै हिड्ने मुसहर सबै उही भान्सा भगवतीका उपासक हुन् । यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने- “भान्सा भो हजुर ?”

बरु नेपथ्यबाट आफैँ फेरि सोधिन्छु- “भान्सा भो बाबू ?”

मुन्टो बटार्दा जुम्लुङ्ग उनै ठाहिँला बाजेका छोरा उपस्थित देखिन्छन् । म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु- “तपाईंको भान्सा भयो नि ?”

पढेगुनेका नभए पनि ५२ हन्डर ५३ ठक्कर खाएका ठाहिँला बाजेका छोरा भन्छन्- “भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाई झिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !”
अनि उनी भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्- “हाम्रो मूल व्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उहीसँग भान्सा गरेको-नगरेको नसोध्नु नै राम्रो बाबू, नसोध्नु नै राम्रो !” त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ- नसोध्नु नै राम्रो !

                                                                                                                      - भैरब अर्याल 
Continue Reading | comments

Nepali fun: Funny comedy and rimix song , udreko chioli

उध्रेको सिरक छ है, त्यै पनि ओढिन्छ !
फाटेको तन्ना माथि बङ्लङ्ग लडिन्छ !!
एस्तो मिठो न्यानो निद्रा अन्त
कहाँ पाइन्छ !
दिउँसो होस् कि राती होस
फर्की फर्की आइन्छ !!
जाडो बढेर बा...लै.. भो र, झन मज्जाले
सुतिन्छ !!
ओछ्यान मै घाम आएसी बल्ल बल्ल उठिन्छ.
Continue Reading | comments

हामीले बोर्डर पार गरिसक्यौं र ?


Photo: पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?

कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।

पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं

त्यतिखेरै डिक्किबाट आवाज आयो
"गुरु ! हामीले बोर्डर पार गरिसक्यौं र ?" :):Pपुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?


कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।


पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं


त्यतिखेरै डिक्किबाट आवाज आयो
Continue Reading | comments

मजाक

सर्वाच्चको पत्र ?... सात दिनभित्र


 हाजिर हुनुपर्ने रे ?... सात


दिनभित्रै ?... अलि म्याद थप्न


मिल्ला कि सोधिहेर्नु त !
Continue Reading | comments

सिधै -सभासद्

नेपाली उखान टुक्का र जोक
रामे -- श्यामे लाई गाली गर्दै: चोर, डाँका,
फटाहा, बलात्कारी, ज्यानमारा,
राहदानी बेचुवा, अल्छी, भातमारा, सुतुवा,
ट्वाँके ...
श्यामे -- के बाह्र सत्ताईस कुरा गर्छस?
सिधै भन् न "सभासद्" भनेर!!


Continue Reading | comments

मुसोको टुसो


श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न सक्थ्यो ? त्यसैले कुमारजी विश्व भ्रमण गरेर फर्कंदा मुसोले आफ्ना मातापितालाई एक फन्को लगाउनसम्म भ्याए भनौं । छोरो टाठोबाठो होला, विश्व यात्रा गर्ला भनी महादेव पार्वतीले परीक्षा लिएको त आफ्नो पिलन्धरे वाहन देखेर गणेशजीले मातापितालाई नै विश्व बनाए ।
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger