Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label समालोचना. Show all posts
Showing posts with label समालोचना. Show all posts

"क्रेजी लभ" भित्रको क्रेजहरु

- नवीन प्यासी

म तेस्तो कुनै समिक्षक त होइन र समीक्षा गर्न पनि जान्दिन तर एउटा पाठकको नजरबाट भेेटेको केही कुरा भन्न मन लाग्यो।

आत्मीय मित्र देवराज भन्तनाको उपन्यास सिध्याइसकेपछि मनमा अनेकन कुराहरु उब्जे जसलाई लेख्ने जमर्को गरेको छु। उहाँको यति सानै उमेरमा उपन्यास लेख्ने हिम्मत चानचुने कुरा होइन जस्तो लाग्छ। र यो प्रयासले नेपाली साहित्यमा उहाँ भित्र भएको सम्भावनालाई पनि खोतलखातल गरेको जस्तो लागेको छ।
उहाँले विषयवस्तु पनि आफ्नो उमेर अनुसार नै छनोट गर्नुभएको रहेछ तेहि भएर न्याय पनि गर्नुभएको जस्तो लाग्यो। उपन्यास पनि मलाई औसतमा राम्रै लाग्यो। यो उपन्यासको शक्ति भनूँ या जेसुकै भनूँ पाठकको ध्यान तानिरहन सक्नु हो। नेपालीहरुको बाध्यता विबसता पनि मजैले पोखिएको छ। हाम्रै उमेरहरुको कथा भएकोले क्रेजी लभले बजार पिट्नेमा दुइमत छैन। तर उपन्यासमा उपकथाहरुको प्रस्तुति तेति दमदार लागेन र लेखकले पनि अलि हतार गरेजस्तो पनि लाग्यो। लेखकको लेखनीमा प्रकाश कोविद, युधीर थापा, सुविन भट्टराई जस्ता लेखकहरुको गन्ध अलिअलि पाइन्छ हुन त अरुले हिडिसकेको बाटो हिँडे चाडै शिखर पुग्न सकिन्छ र आफैले बाटो खन्दै हिड्न अलि गाह्रो हुन्छ तर साहित्यमा त्यो चाहिन्छ जस्तो पनि लाग्छ अस्तित्व बचाउनको लागि। उहाँको यो पहिलो प्रयास सबै कुरा खोज्न पनि भएन अरु त बिस्तारै निखारिदै जाने कुरा हो जस्तो लाग्छ मलाई। र उपन्यास यति हूदाहुँदै पनि दमदार लाग्यो। अलिअलि गल्ती त भैजान्छन् नि(अन्याथा नलिनु होला यो मेरो नितान्त ब्याक्तिगत बिचार)। अनि उपन्यासको अन्तअन्त तिर पाठकलाई सम्बोधन नगर्नु भएको भए झनै शक्तिशाली हुन्थ्यो कि!(पेज नं १४८ र १५२) यथार्थको बाटो छोडेर काल्पनिकता तिर लम्किएको छ।

समग्रमा उपन्यास एकदमै राम्रो छ कारण यो पनि होकि उहाँको यो पहिलो प्रयास हो र यसमा नेपालीहरुको यथार्थ चित्रण छ मुग्लानको र अहिलेको युवापुस्ताले गर्ने सस्तो माया प्रेममको प्रतिफल। उहाँले यो उपन्यासबाट यो पनि भन्न खोज्नु भएको छ कि हामी कति सम्म भौतिबदी भइसक्यौँ। यती बेला मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको "पागल" कविताको कवितांस याद भयो " तिमी एकमा एक जोड्दा दुई देख्छौ तर म एकै देख्छु।"

Continue Reading | comments

मुक्तक दोहोरिले मुक्तक विस्तारमा ठुलो टेवा पुर्याएको छ (समालोचक : अरुण रेग्मी अवि )

अरुण रेग्मी 

- अरुण रेग्मी (आश्विन ८ ) 

विगत केहि महिना देखि फेसबुकका भित्ताहरु, विभिन्न एफ.एम तथा रेडियोका कार्यक्रममा साहित्यको एउटा विधा “मुक्तक” निकै फस्टाएको देखिन्छ, विभिन्न साहित्यक ब्लगहरु पनि मुक्तक भरिदै गएको छ | नेपाली समाजमा  साहित्य प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ| पुराना सर्जक साथै नब-सर्जकहरुको जमातले निकै तताएको छ अहिलेको साहित्यिक माहोललाई |

मुक्तक के हो? यसको संरचना कस्तो हो? भन्ने  जस्ता विभिन्न प्रश्न, विचार, विमर्श, बहस मुक्तकमा  बढ्दै गईरहेका छ | नेपाली साहित्यको मुक्तक विधामा लामो समय बिताउनु भएका ब्यतिहरुले मुक्तक बारेको नियमहरु  औल्याईदिनु भएकाले नि मुक्तक बारेको भ्रममा केहि मात्रामा कमि आएको देखिन्छ तर सबै नब-आगान्तुक सर्जकहरुले यसबारेको ज्ञान पाउन सकेको अवस्था छैन | किताबका पानामा सिमित रहेका नियमहरु देश-बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण सर्जक समक्ष पुग्न सकेको अबस्था छैन |


यहि अबस्थालाई मध्य-नजर गर्दै बिगत केहि महिना देखि मुक्तकको बिकासको लागि चुकुप्रकाश डट साहित्यिक ब्लग ( www.chukuprakash.blogsport.com) ले गर्दै आएको कार्य निकै सह्रानीय छ| चुकुप्रकाश डट साहित्यिक ब्लग ले हरेक महिना मुक्तक दोहोरि संचालन गर्दै आईरहेको छ | मुक्तकको सिंगो विकासको लागि गरिएको यो कार्यमा पुराना तथा नव सर्जकहरुको बाक्लै उपस्थिति रहको छ | यसले के फाइदा पुगेको देखिन्छ भने पुराना सर्जकहरुबाट नव-सर्जक हरुले पनि नजानेको कुराहरु सिक्ने अवसर पाएका छन् | आफ्ना गल्ति कमजोरी कहाँ छ भन्ने स्वाध्ययन नव-सर्जकले गर्न सकेका छन् | चुकुप्रकाश डट साहित्यिक ब्लग ले छरिएर रहेका मुक्तक मनहरुलाई जोड्ने साँघुको रुपमा काम गरेको छ | प्रत्येक पल्ट विभिन्न श्रष्टाहरुलाई मुख्य भूमिकामा राखिन्छ भने  उहाँहरु संग नजिकिँदै मुक्तक सिक्ने अवसर नव श्रष्टा पाएका छन्  |
प्रकाश अर्याल 'चुकुप्रकाश'
ब्लगले आयोजना गरेको मुक्तक दोहोरीमा धेरै भन्दा धेरै सर्जकले आफ्ना मुक्तक प्रस्तुत गर्नु भएको देख्दा नेपाली साहित्य पनि फराकिलो हुदै गएको महसुस गर्न सकिन्छ | केहि सिमित ब्यतिहरुमा निहित रहेको मुक्तकले आज  निकै ठुलो फड्को मारेको छ | यहि खाडल कम गर्न लागि परेको चुकुप्रकाश डट साहित्यक ब्लग आज मुक्तकलाई मन पराउने जमातहरू बीच निकै रुचाईएको एउटा साहित्याकि ब्लगको रुपमा आफुलाई चिनाएको छ|
ब्लगले संचालन गरेको मुक्तक दोहोरि आज ९ औ भाग सम्म आईपुगेको छ | बिगत ९ महिना देखि सुरु भएको मुक्तक दोहिरिलाई फर्केर हेर्ने हो भने मुक्तक विधा खासै रुचाइएको देखिदैन थियो तर आज समय परिबर्तन भएको छ ९ महिनाको यो अवधिलाई मात्रै हेर्ने हो भने पनि मुक्तक बारे जान्न चाहने अनि आफु पनि मुक्तक लेख्ने जमातमा निक्कै बढेको देखिन्छ 

|
मुक्तक दोहोरि को अवधारणा सिर्जना गरेर मुक्तक बिकासमा बलियो मेरुदण्डको रुपमा चिनिनु भएको छ ब्लग का एडमिन तथा कार्यक्रम  संचालक प्रकाश अर्याल ‘चुकुप्रकाश’ | यति छिटो समयमा मुक्तक दोहोरीको प्रभाव सम्पूर्ण साहित्य पारखीमा परेको छ | ऐले फेस्बुकका भितामा मुक्तक दोहोरि , दुइ स्रस्टाबीच मेसेजमा मुक्तक दोहोरि हुन थालेको छ | चुकुप्रकाशको यो कार्य प्रसंशा योग्य छ | मुक्तक दोहोरिले  अझै प्रगतिका खुड्किला उक्लिदै जावोस् सम्पूर्ण टिमलाई मेरो सुभकामना ! जय मुक्तक !! जय साहित्य !!
अरुण रेग्मी ‘अवि अविरल’ 


Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger