Listen Our Online Radio

~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label भाषा/साहित्य. Show all posts
Showing posts with label भाषा/साहित्य. Show all posts

जे सागरको ठट्यौली स्टाटसमा सबल उदाहरण र गजल सिद्धान्त

जे.सागर
घरीघरी त परिवारलाई सिंगो गजल सम्झेर यसरी नामाकरण गर्दिउँ कि जस्तो पनि लाग्छ !

बुढी (रदिफ)= नहुँदा पनि खल्लो लाग्ने ,भएपनि सधैं एउटै कुराले किचकिच गर्ने !
छोराछोरी (काफिया)=साह्रै पृथक र जमेर आओस्
जस्तो लाग्ने तर सोचेजस्तो बनाउन साह्रै मुस्किल !
आमा (मिसरा ए उला)= कौतुहलता ,अन्योल,उत्सुकता,शंका पैदा गर्ने !
बा (मिसरा ए सानी)=सकिनसकी भए पनि आमाले उब्जाएको कौतुहलता मेटाउँदै विषयलाई पूर्णता दिने !
म (तखल्लुस) = यसोउसो गर्यो जस जति आफैं लिन आफ्नै नाम ठोस्न मन लाग्ने !

Continue Reading | comments

ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू

ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
पदादिमा ह्रस्वः
१.       झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै - कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै - बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी, आदि ।
३.       उपसर्ग वा प्रत्यय लागेका व्युत्पन्न शब्दमाः जस्तै - विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण, निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।
४.       मूल वा व्युत्पन्न सर्वनाम शब्दमाः जस्तै - तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।
५.       संख्यावाचक शब्दः जस्तै - दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।
६.       आगन्तुक शब्दमाः जस्तै - इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात, मिसन, बिगुल, लिची आदि ।
७.       धातु वा क्रिया शब्दमाः जस्तै - दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ, बिर्सिन्छ आदि ।
८.       व्युत्पन्न वा अव्युत्पन्न शब्दमाः जस्तै - उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु, चिम्म, फुत्त आदि ।
पदमध्यमा ह्रस्व
१.       झर्रा तद्भव र देशज शब्दमाः जस्तै - कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस, मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै - भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी, देउरानी, बहिनी आदि ।
३.       उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण शब्दमाः जस्तै - अनुमान, अतिरिक्त, अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया, बटुवा, कसिङ्गर, जिताउरी आदि ।
४.       अव्यय शब्दमाः जस्तै - अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।
५.       सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै - उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको, लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।
६.       सबै आगन्तुक शब्दमाः जस्तै - तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा, चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।
७.       केही संख्यावाचक शब्दमाः जस्तै - उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना, बाइसौँ आदि ।

पदान्तमा ह्रस्व
१.       पुलिङ्गी नाम शब्दमाः जस्तै - दाजु, भाइ, नाति, पति, गुरु आदि ।
२.       कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने भाववाची नाम शब्दमाः जस्तै - पढ्नु, लेख्नु, सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्‍याइँ, मुर्ख्याइँ आदि ।
३.       स्थान जनाउने नाम शब्दमाः जस्तै - बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
४.       नपुंशकलिङ्गी उकारान्त नाम शब्दमाः जस्तै - आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।
५.       परिमाणबोधक विशेषण शब्दमाः जस्तै - यति, उति, त्यति, कति, जति आदि ।
६.       उकारान्त बिशेषण शब्दमाः जस्तै - दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।
७.       मूल अव्यय शब्दमाः जस्तै - मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।
८.       सामान्य क्रियाको अन्तिम उकारः जस्तै - जान्छु, गाउँछु, खान्छु आदि ।
९.       देखि र निम्ति विभक्ति लागेका शब्दः जस्तै - मदेखि, तिम्रानिम्ति आदि ।
१०.   अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम शब्दमाः जस्तै - सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि, प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।
११.   प्रथम पुरुषवाची एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै - गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।

पदादिमा दीर्घ
१.       दुई अक्षरले बनेको नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै - पूर्ण, घुर्की, कीर्ना, मूर्ख आदि ।
२.       विशेषण शब्दमाः जस्तै - पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।
३.       संख्यावाचक शब्दमाः जस्तै - तीन, बीस, तीस आदि ।
४.       केही तत्सम (संस्कृत) शब्दमाः जस्तै - पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य, सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।

पदमध्यमा दीर्घ
१.       केही नाम शब्दमाः जस्तै - अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच, सन्दूक आदि ।
२.       ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै - जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय, नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।
३.       संख्याबाचक शब्दमाः जस्तै - चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।
४.       विध्यर्थ क्रियामाः जस्तै - बसून्, गरून्, जाऊन् आदि ।

पदान्तमा दीर्घ
१.       स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै - छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।
२.       नपुंशक शब्दको अन्तिम इकारः जस्तै - पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।
३.       सर्वनाम शब्दमाः जस्तै - हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।
४.       ईकारान्त विशेषण शब्दमाः जस्तै - धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।
५.       ऊकारान्त विशेषण शब्दमाः जस्तै - उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।
६.       संख्यावाचक विशेषण शब्दमाः जस्तै - दुई, साठी, सत्तरी, असी आदि ।
७.       विध्यर्थ जनाउने क्रियामाः जस्तै - खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।
८.       सर्वनामबाट निर्मित शब्दको पछाडि आउने 'ही' जस्तै - यही, उही, त्यही आदि ।
९.       'एर' अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः जस्तै - खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।
१०.    की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै - मेरी, तेरी, रामकी, उसकी आदि ।
११.    'लाई' विभक्ति लागेका शब्दः जस्तै - मलाई, रामलाई, उसलाई आदि ।
१२.    'अरी', 'तरी' प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै - यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।
१३.    आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः जस्तै - श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू, उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।
१४.    जात, थर, पेशा जनाउने शब्दमाः जस्तै - कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी, व्यापारी, खेती आदि ।
१५.    स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।
ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - भारतेली, पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।

नेपाली व्याकरणमा शिरविन्दु र चन्द्रविन्दुको नियमहरू र प्रयोग

शिरविन्दु र चन्द्रविन्दुको नियमहरू
शिरविन्दु प्रयोगका नियमहरू
१.       कहिलेकाहीँ डिकमाथि वर्ण छ भने चन्द्रविन्दुको ठाउँमा शिरविन्दु लेखेर पनि काम चलाउने गरे तापनि चन्द्रविन्दुकै प्रयोग गर्नु राम्रो हुनेछः जस्तै - औँला/औंला, चुलेँसी/चुलेंसी आदि ।
२.       तत्सम र तद्भव शब्दमा क्, च्, ट्, त्, प्, अघि शिरविन्दु दिएर क्रमशःङ्, ञ्, ण्, न्, म् को काम चलाइन्थ्यो तर यी शब्दमा भन् पञ्चम वर्णहरू नै लेख्नुपर्दछः जस्तै - शंका/शङ्का, लांछना/लाञ्छना, कंठ/कण्ठ आदि ।
३.       य्, र्, ल्, व्, श्, ष्, ह् अघि आएको शिरविन्दुले पनि म् को अर्थ दिन्छः जस्तै - संयम (सम्यम्), संवत् (सम्वत्), संहार् (सम्हार) आदि तर यी वर्णको अघि शिरविन्दुको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४.       नेपाली झर्रा शब्द र आगन्तुक शब्दमा शिरविन्दु प्रयोग हुँदैनः जस्तै - रम्घा, मान्छे, लडन्त, भिडन्त, चम्चा, सम्झना, सिन्की आदि ।
चन्द्रविन्द्र प्रयोगका नियमहरु
१.       नाके बोलीबाट उच्चाहरण हुने शब्दहरु खासगरी अ,,, उ आदि स्वर र ती मिलेका व्यञ्जनको टाउकामा चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - अँजुली, अँध्यारो, आँखा, आँगन, काँस, बाँस, जाँच, साँचो, हाँस, नाउँ, जाँगर, भुँडी, दायाँ, वायाँ आदि ।
२.       क्रियाको प्रथम पुरुषको रूपमा पनि चन्द्रविन्दु प्रयोग गरिन्छः जस्तै - गएँ, लिएँ, जान्छौँ, गरूँला, छौँ, लेखेँ, लेख्थेँ आदि ।
३.       उहाँ, जहाँ, त्यहाँ, आउँलाजस्ता अव्यय शब्दमा चन्द्रविन्दुको प्रयोग गरिन्छ ।
४.       दुईवटा स्वरमा चन्द्रविन्दुको प्रयोग गरिन्छः जस्तै - गाउँछ, लगाउँथ्यो, देखाउँछन्, गराउँथी आदि
Continue Reading | comments

नेपाली व्याकरणमा हलन्त र अजन्तको प्रयोग

हलन्त र अजन्तको प्रयोग
Pa Chuksहल् भनेको व्यञ्जन वर्ण हो र अज् भनेको स्वर वर्ण हो । हलन्त शब्दको अन्त्यमा व्यञ्जन वर्ण हुन्छ । अजन्त शब्दको अन्त्यमा स्वर वर्ण हुन्छ । व्यञ्जन अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिन्छ भने स्वर वर्ण अन्त्यमा आउने शब्दको अन्तिम वर्णको खुट्टा काटिदैन ।
हलन्तसम्बन्धी नियमहरू
१.       मान्, वान् प्रत्ययबाट निर्मित शब्दमा हलन्तको प्रयोग हुन्छः जस्तै - श्रीमान्, विद्वान् भगवान्, धनवान्, बुद्धिमान् आदि ।
२.       अन्त्यमा त्, द्, म् भएका तत्सम शब्दमा हलन्तको प्रयोग हुन्छः जस्तै - अकस्मात्, आपत्, कदाचित, भविष्यत्, चित्, जगत्, दण्डवत्, बृहत्, यावत्, विद्युत्, सभासद्, अहम्, आपद्-विपद्, संसद्, एवम्, स्वयम्, स्वागतम्, आदि ।
३.       अनुष्टुप्, पृथक्, महान्, सम्राट, षट् जस्ता तत्सम शब्दमा हलन्तको प्रयोग गरिन्छ ।
४.       द्वितीय पुरषवाचक अनादर एकवचन कर्ताको क्रियामा हलन्तको प्रयोग हुन्छः जस्तै - गर्, बस्, खाइस्, गइन्, हेरेस्, गएस्, जालास् आदि ।
५.       उस्, उफ्, कैयन्, क्याबात्, झन्, धत्, स्याबास्, इस्‌जस्ता अव्यय शब्दमा हलन्तको प्रयोग हुन्छ ।
६.       तृतीय पुरुषको बहुवचन क्रिया हलन्त लेखिन्छः जस्तै - जान्छन्, भन्नेछन्, गएछन् आदि ।
अजन्तसम्बन्धी नियमहरू
१.       नाम, सर्वनाम, विशेषण, अनुकरणात्मक शब्दहरू हलन्त उच्चाहरण भएपनि अजन्त लेखिन्छः जस्तै - कपाल, काट, दालभात (नाम), उस, त्यस, उन (सर्वनाम), उदेक, दस, इमान(विशेषण), गडबड, झलझल(अनुकरणात्मक) आदि ।
२.       एक अक्षरी शब्द अजन्त लेखिन्छः जस्तै - छ,, तँ,,,,, ह आदि ।
३.       केही संख्यावाचक शब्दहरु अजन्त लेखिन्छः जस्तै - छ, एघार, बाह्र, तेह्र, चौध आदि ।
४.       अब, जब, तब, पर, तल, नत्र, निर, बाहिर, सँग, सित, जान, आउन, बसेर, हेरेरजस्ता अव्यव शब्दमा अजन्त प्रयोग गरिन्छ ।
५.       पढ, लेख, डुल, सुनजस्ता द्वितीय पुरषका बहुवचनबोधक विध्यर्थ क्रियामा अजन्तको प्रयोग हुन्छ ।
६.       , जान्छ, हुनेछ, हुँदैन, हुने छैन, थिएन, गरेन, भेननजस्ता तृतीय पुरुषका एकवचन बुझाउने क्रियाको अनादर रूप अजन्त लेखिन्छ ।
७.       गर्न, खर्च, पर्ख, मर्द, हर्र, सर्रर, झ्वाम्म, झिक्न, फर्क, लाग्न, पन्ध्र, झुस्स झलमल, भिडन्तजस्ता संयुक्त वर्ण भएका शब्दमा अजन्तको प्रयोग गरिन्छ ।
८.       दनादन, दन्दनी, चसचसीजस्ता उही वर्ण दोहोरिएर निर्मित अनुकरणात्मक शब्द अजन्त लेखिन्छ ।

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger