Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label ब्यङ्ग्य. Show all posts
Showing posts with label ब्यङ्ग्य. Show all posts

नेपाली झटारो - आलु जस्तो (ब्यङ्ग्यकार - कोमल नाथ रिमाल(साधुराम )

Sadhuram Komalnath Rimal
कोमल नाथ रिमाल(साधुराम )
फलहरुको राजा आँप भनिन्छ भने तरकारिको राजा भनेर आलु लाइ चिनिन्छ।
तरकारिको राजा नै भएपनि आलुको खासै इज्जत भने गरिंदैन। नराम्रो चिजको उदाहरण दिनुपर्यो भने आलु जस्तो भनिन्छ। २०४६ साल फागुनमा हाम्रो घर बनाउँदै गर्दा बहादुर दाइले माटो मुछ्थे। डकर्मिले माटो अल्लि मुछिएन, नरम भएन भने ।बहादुर दाइले भने यो माटो नै आलु जस्तो छ। मैले दङ्ग पर्दै निकैबेर हातमा माटो खेलाएँ तर आलु जस्तो लागेन।तेतिखेर म ६ बर्षको थें,गाउँघरमा कसैले पनि आलु रोप्दैनथे।श्राद्दको लागि या भोज भतेर शुभकामको लागि साँखुबाट लेराउने गरिन्थ्यो र गर्थे।घर बनाउने बेलामा कर्मिहरुलाइ बिहानको खाना खुवाउँनु पर्ने,भात रोटी ढिंडो जे पकाएपनि तरकारिको ठूलो सम्स्या पर्थ्यो ।रायोको सागको सिजन सकिसकेको हुनाले गुन्द्रुक संग मिसाउनको लागि बाले साँखुबाट ४,५ धार्नि आलु ल्याउनु भाको थियो। आलु लाइ किलोमा जोखिंदैनथ्यो या भनौ धार्निको मात्र हिसाब हुन्थ्यो। कतिपय ठाउँमा अझै पनि किलोमा भन्दा धार्निमा हिसाब गरिन्छ।
खाना खाने बेलामा सम्झें, मुछेको माटोलाइ आलु जस्तो भनेको। गुन्द्रुक मन नपर्ने हुनाले झोलमात्र माग्थे र बा आमाको भागबाट आलु छानेर २,४ टुक्रा मेरो बटुकामा हाल्दिनुहुन्थ्यो। गुन्द्रुकको अमिलो झोल मिठो लाग्थ्यो। आलु त मन पर्नेनै भैहाल्यो। आलु खाइयो तर माटोलाइ किन आलुजस्तो भनियो ? मनमा खुल्दुलि परिनै रह्यो। दिउँसो चाँपाबोट तिर खैलाबैला भएको सुनियो जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै थिए। हामि बच्चा बच्चिहरुले चाहिं ठुलै झगडा परेको भन्ने सोच्यौं। गोठालोमा दाजु हरुको पछि पछि लाग्दा खसी बोका जुधाएको हेर्न खुब मजा हुन्थ्यो।कैले काहिं सुसेलेर लाइलाइलाइलाइ भन्दै गोरु जुधाएको पनि देखेको थें,तर मान्छे जुधेको देखेको थिइंन। २,४जना रमाइलो हेर्न चाँपाबोट तिर दौडिए ,म पनि पछि लागें।सानाकिसान कार्यालय नजिक पुग्दा जन्ति भन्दा पनि धेरै मानिषहरु जिन्दाबाद र मुर्दाबाद भन्दै थिए। सायद् फागुन ८ गते होला । धेरै जसो भुराभुरिको टुकिमा गाँसेको हात्ति छाप् चप्पलका लोता चुंडिएका थिए र हातमा झुन्ड्याइएका थिए। म भिड भाडमा जान मानिन ।पल्लो घरको दाजुले प्याच्च भनिगो कस्तो आलु जस्तो रछ हिंड माथि पाङ्ग्रेबास सम्म जाने। बिहान मुछेको माटोलाइ आलुजस्तो,,, अहिले म आफैंलाइ? आफ्नो शरिर पुरै हेरें अहं कतैबाट आफुलाइ आलुजस्तो महसुस गर्न सकिन। नारा लगाउँने जन्तिसंगै उनिहरुले जिन्दाबाद भन्दा हामि मुर्दाबाद भन्थ्याउं। मुर्दाबादको ठाउँमा जिन्दाबाद। कतिखेर के भन्नुपर्नेहो थाहा थिएन। उनिहरुले भनेपछि अर्को पटकमा हामि दोहोर्याउँथौँ।
पाङ्ग्रेबास बाट हामि घर फर्कियौं। तर जिन्दगिमै भर्खरै आलु चिनेको मान्छे तेस्माथि पनि आलु जस्तो भन्ने शब्दले अनौठो लागिनै रह्यो र धेरै दिनसम्म सोचिरहें,आलु जस्तो।

मैले थाहा पाएको बेलादेखि अरु सब्जि भन्दा आलु महँगै छ तैपनि मान्छे बिग्रिएको र नराम्रो चिजसंग आलुको तुलना गर्छन। ५،६ कक्षामा पढुँन्जेल सम्म स्कूल नजिकैका दुइ पसलमा भएका आलुचप लाइ दिनमा ३ पटक हेरिन्थ्यो।जाँदा, हाफटाइममा र घर फर्कदा।किनकि त्यो आलु चप् तेति मिठो लाग्थ्यो। आज पनि दुनियाँमा आलुको फ्रेन्च कट र चिप्स जति लोकप्रिय अरु छैन होला भन्ठान्छु तैपनि मान्छे आलुजस्तो भन्दै आलुको बदनाम गर्न पछि पर्दैनन। यी आलु जस्ता मान्छेहरु।
अब यसको बुझाइमा परिवर्तन् हुनुपर्छ भन्ने मेरो मान्यता छ।कोहि निकै मिलन्सार छ,सबै सङ मिल्छ ,साथी बनाउँछ भने उस्लाइ तपाइँ अब तरकारिको आलु सम्झेर सह्रै मिलन्सार मेरो साथी आलु जस्तो भन्न सक्नुहुन्छ। कसैको आनि बानि हेरेर र आलुका परिकार हेरेर तपाइं चिप्स संग तुलना गर्न सक्नुहुन्छ र भन्न सक्नु हुन्छ कि वाह क्या आलु जस्तो मान्छे।मोटो घाटो छ, आलु जस्तो,नरम स्वभावको छ,आलुजस्तो,मिठो बोल्छ वाह क्या आलु जस्तो ।यबं तरिकाले मान्छेको वर्णन गर्नुस वाह क्या आलु जस्तो!

कोमल नाथ रिमाल(साधुराम )
नाङ्ले भारे ५ काठमाडौं
हाल यु ए इ दुबइ




Continue Reading | comments

भैरब अर्यालको - भान्सा भो हजुर?

"भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो
लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरू पुलिसको आवाज सुनेका जुवाडेहरूझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरिएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- ‘कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्‌ठू !’ तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइन, ऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरूले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको ‘भान्सा गर्नुभो’ भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवी अधिकृत, पसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अँझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? उधारो, रीन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्‌ध्याए पनि हुन्छ रे । यसरीरहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।

भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलि बीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको सम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो । साँच्चै भनूँ भने आजको जटिल त व्यस्त जीवनमा शौचालयजस्तो आनन्दी ठाउँ अर्को कुनै छैन, कारण यहाँ उधारो उठाउन आएको साहूले मात्र होइन, उधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो । त्यसैले म आश्रमभित्र पसी आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु- मानौँ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ ।

भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्‍वारबाट प्रवेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुर्‍याउनु हो । तर खानुसित बढी मोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरूले यसको अर्थविस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नै भनिदिन्छन् । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ । पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ । तर अरु खानुसित त्यति चासो हुँदैन, हाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- ‘भात खानुभो ?’

भात खानु भनेको ज्यूनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु र धोकय्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरू ज्यूनार गर्छन्, हलो जोतेर खानुपर्ने परिश्रमीहरू सायद हसुर्छन्, धोक्रो बोकेर ज्याला कमाउनेहरू सायद धोक्य्राउँछन् र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेका मान्छेहरू घिच्छन् । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पानेरोटी धोक्य्राएको भए पनि, सुक्खा रोटी टोकेको भए पनि रिसाएको साहूले कमसेकम यसरी त सोधिदिएन- ‘घिच्यो बाज्या ? धोक्य्रो साहेब ? हसुर्नुभो हजुर ?’

अर्थ उही भए पनि ज्यूनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुको ध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौँ-दर्जन रिकापीहरू वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ । भान्सा गर्नुभन्दा कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक-दुईओटा फलफूलको बास्ना आउँछ । भोजन गर्नुभन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँ, भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षोणासमेत लिई खीर, मालपुवा वा इक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्रभन्दा सिलाबरको वा पित्ले थालमा पस्केर रातोरतो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांश भद्रभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनि नियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ । यसैले प्राय: दालतरकारी खाएनखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ- ‘भात खायौ ?’ त्यही भात पनि उसिनाको पर्‍यो वा चामलको कायममुकायम मकै, कोदो, फापर या चनाले गराउनुपर्‍यो र जिभ्रामा अड्काईअड्काई निल्नुपर्‍यो भने त्यसलाई घिचेको भन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई ‘भान्सा गर्नुभो ?’ भनी सोध्नुसट्टा ‘घिच्नुभो ?’ भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ ।

त, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु, साहूजी गनगनाइरहेको सुनिन्छ- “हजुरहरूले यस्तो गरिदिएपछि हामीले के खाने ए ?”

भनिदिऊँ जस्तो लाग्छ- ‘तिमीले नाफा खाने हामीले उधारो खाने’, तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु- “तिम्रो पैसा हामी खाँदैनौँ साहूजी ! अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन, आउनेबित्तिकै पुर्‍याउन पठाउँला !”

मेरो भद्र आश्वासनले साहूजी त आश्वस्त भएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदेशार्थ प्रस्तुत हुन्छ- चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टीतेल, हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबदाना, स्टोभको वासर र सल्फागुनाइडिन । अफिसको मागफारम हुँदो हो त म त्यसलाई यस्तरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा, खोज्नै फेरि एक महिना लागोस् ! तर माग पर्‍यो बूढीकै; सार्दाम पर्‍यो भुँडीकै । जहानको समस्या पनि जनताको समस्याजस्तो टारेर टर्ने हो र ? न आश्वासनले टर्छ, न भाषणले, न योजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रै दिएर पुग्दैन, निकासा नै दिनुपर्छ नत्र एकछिनपछि ‘भात पाक्यो ?’ भनी सोध्ने अधिकार पनि मेरो हुने छैन; मलाई ‘भान्सा गर्नुभो’ भनी सोध्ने कर्तव्य पनि कसैको बाँकिरहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै म सम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छ कि ? या सापट नलिएको कुनै साथी वा सज्जन बाँकी छन् कि ? तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरै चढेछ- छोरो भन्छ । पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टी ठोक्छ- टिन्न ।

आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्‍यो । प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओर्लेथेँ, नर्स दिदीले टिङ्‌रिङ्ग घण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे ! त्यसैले स्कुल-कलेजदेखि घर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाको यो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिऊँ ? तर कुनै भाग्यविधाताको घण्टिरहेछ भने के गर्ने ? त्यसैले उठाउँछु- भान्जीमैयाँको मधुर स्वर गुञ्जिन्छ- “उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसो भेट हुँदैन भनेर हामी अहिले तीँ’ खाने गरी आउँदै छौँ, माइजूलाई भनिदिनुहोला- उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !”

आफैँलाई सुन्न धौधौ परेको सन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु- “होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी, भान्सा त्यहीँ ठिक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन, मट्टीतेलमा बनाएको पनि मिठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।”

भान्जीमैयाँ खिलखिलाउँदै टेलिफोन राख्छिन् । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाक भान्सा चुलेनिम्तो माग्ने नकच्चर्र्‍याइँमा आफू सफल भएकोमा मलाई टिएडिएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो ।

यही खुसीमा आरामकुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ । एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरे स्वरमा पाती पढ्न थाले- ‘आब्रह्मन् ब्राह्मणो-ब्रह्मवर्च....’ त्यसको मूल अर्थ न उनले बुझेका होलान्, न मैले बुझेको छु, तर भावर्थ भने भात खानु हो । यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन् । त्यसैले उनीहरूले चुपचाप लागि एक मुठी भात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतरित भयो, त्यो अवतार थियो- दही दाजुको । दुई हातमा बडेबडे घैँटा झुन्डयाएको, बीचमा घ्याम्पिएको गाँठाले सकिनसकी हिँड्नुपर्ने दहिंदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । झ्यालमुनि घैँटा बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्‍यो– “तीन बिस ११ वर्ष खाइहालियो, अब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पर्‍यो हजुर !”

सुनेको नसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु, केटाकेटीहरू उसलाई ‘ठग बूढो, हन्डे बूढो, घ्याम्पे बुढो’ भन्दै गिज्याउँछन् । ‘दहीमा च्याउ मिलाएर लयाउँछ’ भन्छन् । तर ऊ यस्ता टीकाटिप्पणीको कुनै वास्ता गर्दैन; न गिज्याइको वास्ता गर्छ, न खिज्याइको । खानको लागि यस्ता उपेक्षा र अपमानहरू पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० वर्षदेखिको अनुभवमा खारिएको दर्शन हो । सामान्य रुपमा ‘दही चाहिँदैन बूढाबा’ भन्यो भने एकपल्ट राम्रै भाषण गर्छ- “आज एकादशी, भोलि आइतबार, यो दही अघिपछिको जस्तो होइन, खावा दूधको दही, खावा दूधको ।” धेरैजसो ऊ जित्छ हामी हार्छौँ र दही किन्छौँ । थोरैजसो ऊ हार्छ- रन्कन्छ, फन्कन्छ फेरि अर्को दिन टुपलुक्क आइपुग्छ ।

दहिंदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखो मतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्व गाउँछे- “आमालाई जाऊँ न भनेको, तँ गए मालिकहरू खुसाउँछन्, धेरै दूध किन्छन् भन्छिन् । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेब छ नि, आमाले लगेको बेला आधा माना दूध लिन्छ, म गएको बेला दुई माना लिन्छ र दूध ल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।”

दूधवाल्नी बूढीको भान्सा गर्ने बेलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन । तर चुरोट बेस्कन तान्नेसिवाय अरु केही बोल्दिनँ । दूधमैयाँ झ्यालमुनिबाट फेरि एक नजर मास्तिर चढाई लचकदार पैतला चाल्छे- म हेरिरहन्छु, हेरिरहन्छु । हेर्दाहेर्दै धूवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवक, बियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिसअफिसमा चहार्ने बहिरा बागेश्वर पण्डित, दिनभरि होटेलको कप पखालेर साँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वाय, छेपारा बटुलेर उसिनी हरेक रोगको औषधी भन्दै दिनभर चिच्याउँदै हिड्ने मुसहर सबै उही भान्सा भगवतीका उपासक हुन् । यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने- “भान्सा भो हजुर ?”

बरु नेपथ्यबाट आफैँ फेरि सोधिन्छु- “भान्सा भो बाबू ?”

मुन्टो बटार्दा जुम्लुङ्ग उनै ठाहिँला बाजेका छोरा उपस्थित देखिन्छन् । म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु- “तपाईंको भान्सा भयो नि ?”

पढेगुनेका नभए पनि ५२ हन्डर ५३ ठक्कर खाएका ठाहिँला बाजेका छोरा भन्छन्- “भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाई झिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !”
अनि उनी भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्- “हाम्रो मूल व्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उहीसँग भान्सा गरेको-नगरेको नसोध्नु नै राम्रो बाबू, नसोध्नु नै राम्रो !” त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ- नसोध्नु नै राम्रो !

                                                                                                                      - भैरब अर्याल 
Continue Reading | comments

गाईजात्रा २०७० को लागि गजल

Pa Chuks
Prakash Aryal
गाईजात्रा २०७० को लागि हजुर हरु माझ सानो प्रयास स्वरुप "ठुलो भुँडी" को व्ययङे   गर्ने जमर्को गरेको छु कृपया प्रतिकृया तथा सुझावको पर्खाइ मा छु ।

के के हाल्छन् त्यो भुँडीमा चिर्नै पर्ने भो
भुँडी पाल्न जनताले कर् तिर्नै पर्ने भो

सेरे दाइले भुँडी पाल्न मेलन्चिलाई हेरे
कत्ती घिच्या ति भुँडीमा किर्नै पर्ने भो

माधव ओली झाले माले सबै भुँडी वाले
अख्तियारनै त्यै भुँडीमा छिर्नै पर्ने भो

लाटो लड्छ १ बल्ड्याङ बाठो चार अरे
प्राधीकरण घोटला मा गिर्नै पर्ने भो

हिस्स भए बाबुराम हिसिलाले गर्दा
तिन्लाई सुहाउन पेटे भारी भिर्नै पर्ने भो


-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Continue Reading | comments

अक्षरको बिस्कुन

साहित्यसंसार डट कम :




मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन । धेरै, थोरै जति मनलाग्छ पोखिए भयो, जस्तो मनलाग्छ छर्किए भयो । अक्षरमा पोखिएको बेला अलिकति उकुसमुकुसको अनुभव भने हुने गर्छ तर त्यो उकुसमुकुस आफै पोखिइसकेपछि आफै हराउछ तर फेरि अर्को आशङ्का सँगसँगै उत्पन्न हुन्छ । आफुले मिलाएर राखेका अक्षरहरूलाई अरुले लत्पतिएका बाँङ्गाटिङ्गा भनिदिने हुन् कि, अक्षरका ताँती मात्रै लामो भएर ती कतै पनि नपुग्ने पो हुन् कि, ख्याउटिएर मरञ्च्यासे जस्तै धुक्धुकी मात्र रहने हुन् कि, वा गजधम्मे मोटिएर अरुले छुन पनि हिच्किचाउने हुन्, अक्षरमा पोखिने बेलामा निकै तारतम्य मिलाउनु पर्नेरहेछ । जसरी तसरी पोखयो, सुकायो, फेरि आफूलाई ठीकै लागेका अक्षरका बिस्कुनहरू अरूलाई, देख्नेलाई पनि ठीकै लाग्छन् भन्ने छैन । देख्नेले उसको इच्छाअनुसार देखिदिन्छ र पो मार्यो । आफुले ठानेअनुसार देख्नेले दृश्य ठानिदिए त पुगिहाल्थ्यो नि । तर उस्को मन र आफ्नो मन कहाँ एउटै हुन्छ र ।

आ ! जसरी उस्को खुशी भन्दै जागर लागेको बेला मनलाई अक्षरमा पोखिदिने गरेको छु । यसरी मनलाई पोखेपछि केहीबेर हलुका अनुभव हुँदोरहेछ । आखिर अलिकति सन्तोष त हो नि । फेरि पनि केहीबेरलाई यही मन भुइँमा न भाँडामा भएर अरुलाई सुनाउनु पर्ने, देखाउनु पर्ने, देखिदेवस, बोलिदेवस र लेखिदेवस् भन्नुपर्ने ! केके न गरेजस्तो गरेर उफ्रिनु पर्ने, सगरमाथाको टुप्पैमा चढेर रेकर्ड राखेजस्तो गरी स्वाँग पार्नु पर्ने ! काम भने केही होइन है आफ्नो, २/४ हरफ केही केही कोरिटोपलेको हो । त्यतिकै भरमा त्यत्रो उखरमाउलै मच्चाउनु पर्ने त केही जरुरी होइन, तर यही मन न हो त्यस्तै गर्न तम्सिइहाल्दो रहेछ ।

बेलाबखत, कसैले आफ्ना अक्षरमाथि 'राम्रो' भनिदिएको छ भने पुक्किएको छु । बेलाबखत, कसैले छेउ न टुप्पाका अक्षरका ताती ! के कलम घिसारेको त्यस्तो भनेर छड्के हानेको छ भने थच्चिएको छु । बेलाबखत, कसैका नजरमा मेरा अक्षरहरू अड्केर, बिझाएर अक्षरको बदला लिन मलाई नै सत्तोसराप गरेको छ भने झस्किएको छु । पुक्किए पनि, थच्चिएपनि र झस्किए पनि बानी लागेपछि लाग्यो लाग्यो, नानीदेखिको बानी पो त, कसले सजिलै छोड्न सक्छ ! अक्षरलाई छर्न पाए बेग्लै आनन्द । सक्नेले छोड्ला उसको खुशी । आफू त कुनै महाशक्ति आएर हातमा अँठ्याउछ, घाँटीमा समातेर घोक्र्याउँछ भने पनि जसोतसो कलम घिसारेर अक्षरको टाटाटुटी बनाउन पछि हटिँदैन भन्ने साहस पो आइसकेको छ । कसको तागत मेरो कलमलाई बन्द गर्न ? हेरौँ त ! आदि इत्यादि भन्दै मन दह्रो पारेर बसेको पनि छु ।

फेरि अर्को मनले कताकताबाट शङ्काको सिस्नु ल्याएर छ्याम्म हान्छ । धाक् लाउन त सजिलो छ, जसले पनि सक्छ । अरुलाई धाक लाएर मात्र के गर्ने ! आफूले लेखेको कुरा राम्रो, छरितो, फुर्तिलो, खाइलाग्दो, आशलाग्दो, लोभलाग्दो र हेर्दै धपधप् बलेर तप्तप् रस चुहिरहेजस्तो भए पो अरूका अगाडि फुइँ लाएर नाक घोक्र्याउन सुहाउँछ, होइन भने फुइँ लाउनुको कुनै तुक नै छैन । यसो आफूले यसअघि सुकाइटोपलेका अक्षरहरूको बिस्कुनलाई टिठ्याउँदै हेर्छु, कतै ढुङ्गा मिसिएको देख्छु, कतै बालुवाका कण टल्किरहेको देख्छु, कतै घुन लागेर अक्षर मक्काइसकेका छन्, कतै भुसुना झुम्मिएका छन्, कतै झिँगा भन्किरहेका छन् त कतै धुलियाले खाइसकेका छन् । आफूले राम्रा, आला अक्षरका बिस्कुन भनेर, गजक्क परेर यसबेलासम्म ढुक्कले बसिरहेको त त्यस्तो होइन पो रहेछ । आफूले सुकाएको बिस्कुन देखेर आफैलाई खल्लो लाग्न पो थालेको छ आजकल । आफ्नु बिस्कुनसम्बन्धी कहीँ कसैसँग कुरा गर्न पनि मन लाग्न छोडेको छ ।

अरुका आँखाको तातो रापमा रापिएर, अरूका मगजको चाल्नीमा चालिएर, अरुका बुद्धि र विवेकको तराजुमा तौलिएर मात्र पो अक्षरहरूको वजन निर्धारित हुँदोरहेछ । तिनको शक्तिको परीक्षण हुँदोरहेछ । आफूले बल्लतल्ल बटुलबाटुल गरेर, गेडा गेडा गनेर बिस्कुन लाएका अक्षरहरूको पुचुर्कोलाई म निकै वजनदार, दमदार र रौनकदार भनेर गजक्किन्थेँ । किन त्यसो हुन्थ्यो र ! मैले त लेख्नुको नाममा नाउँ मात्रैका अक्षरहरू मात्रै बग्रेल्ती थुपारेँछु । सिर्जना गरेँ भनेर सिर्जनाकै इज्जतलाई आफ्नो अनुकूल अर्थ्याउँदै घाममा टट्यँाएछु, आफूले सुकाएको सानु नाङ्ले बिस्कुनलाई ठूलो खलामा सुकाएको भन्ने भ्रम छरेको रहेँछु, आफ्नो मात्र बिस्कुन अब्बल दर्जाको भन्दै डुक्रँदै छरछिमेकका, इष्टमित्रका, साथीसङ्गीका मिहिनेत र पसिनाले भिजेको बिस्कुनलाई तथानाम गाली गर्दै, हेप्दै हिँडेछु ।

ठूला ठूला लेखक स्रष्टाका अगाडि यसो २/४ वटा सिर्जना नामका टुहुरे, पिलन्धरे अक्षरहरू शिला खोजेर मरिचे पोको पार्दैमा, सोहोरसाहार गरेर एउटा नाममात्रको पुस्तकरूपी कागजको बिटो निकाल्दैमा लेखक भइने भए किन अर्थोक गर्ने त्यतिकै भरमा ठूलो साहित्यकार, लेखक, विद्वान् भइहालिन्थ्यो नि ! त्यतिकै भरमा ती महान् स्रष्टाहरूलाई सम्झिएको हो र ! त्यसै हुने भए भानुभक्त, मोतीराम, देवकोटा, पौडेल, सम, सूधपा, रिमाल, घिमिरे, पारिजात, सिद्धिचरण आदि महान् साधकहरूलाई किन सम्झिनु ! उनीहरूलाई बिर्से भइहाल्थ्यो नि !

यो तत्वज्ञानको सानु झिल्कोले चस्स पोलेको पनि हो । सिर्जनामा सत्य, शिव र सुन्दरको त्रिवेणी बग्नुपर्छ, अक्षरहरूमा जीवन, समय, कला र अनुभूतिको एकीकृत संगम फैलिनुपर्छ भन्ने अलिकति बोध भएर पनि किन तिनले आफ्ना अक्षरहरूलाई छुन सकेनन् ? यही कठिनतम् प्रश्न अहिले भर्भराउँदो बनेर उभिएको छ । त्यसैको तापले डामिरहेको छ । त्यही तापमा रन्थनिँदै आफ्नै अल्पज्ञान, अल्प बुझाई र अल्प अध्ययनको कारणले पो यसो भएको हो कि भन्ने ठानेर यतिबेला घोसेमुण्टो लाएर बसेको छु । सामुन्नेमा आफ्नै अक्षरको बिस्कुन छ ।

कतैबाट अलिकति बतासको सानु झोक्काले फुर्र उडाएर लैजाने खाल्का अक्षरको बिस्कुनले मेरो हातको कलमलाई गिज्याइरहेको छ । मलाई सुकाएका अक्षरहरूले आँखामा घोचिरहेका छन् । आफैंले जन्माएर सुकाएका अक्षरहरूप्रति बडो करुणा उम्लेर आइरहेको छ ।

हातपाखुरामा जाँगर हराउँदै गएर समातेको कलम भुइँमा झर्ला कि जस्तै भएको छ । आँखा अन्त जाँदैनन्, बिस्कुन तिरै र्फकन्छन् । भन्न त मनमनै भन्दैछु नि - कमसेकम यिनलाई हावाले नउडाइदिए हुन्थ्यो, आफैले केही नभई दिए हुन्थ्यो ! आफ्नालागि मात्रै प्यारो लागेर नहुने रहेछ-अक्षरहरू । के मेरा अक्षरहरू पनि घाममा सेकिएर, रापले खारिएर, पोलिएर खिरिला, तेजिला भएर बाँचिरहनु सक्लान् त ? के तिनले चर्को घामको पोल्दो तापलाई सहिरहन सक्लान् त ? आजभन्दा भोलिको घाम झन् चर्को हुनसक्छ, त्यसलाई मेरा अक्षरहरूले खप्न सक्लान् त ?

अलि पुट्टझैँ देखिएको दानामा आँखा अडिन्छन् । कतै यसको पनि चिरफार, अप्रेसन भयो वा एक्सरे गरियो भने अर्कैको गुदी मिसाएको पो रहेछ भन्ने बात लाग्ला कि ? कसैले अर्घेल्याइँ गर्दै, सत्तो सराप गर्दै अँगेनामा हालेर खार्न खोज्यो भने त्यहीभित्र खरानीको घूलो पो बन्ने हो कि ? बिस्कुनका अलि नचाउरिएका दाना हेर्दा हेर्दै अनेक चाहिने-नचाहिने आशङ्काले झन् बढी सताउन थालेको छ ।

फेरि मन दह्रो पारेर अरु नै दानातिर आँखा डुलाउँछु । मनलाई अलिकति थामथुम पार्ने कोसिस गर्छु । कसैले नक्कलै गरेको रहेछ भन्यो भने पनि आफूले जानी जानी त गरेको होइन नि ! अन्जानमा भयो होला, अरुले पनि त्यसो नगर्ने हुन् र ? आफूमात्रै दोषको भागी त पक्कै हुँइदैन होला पनि भन्छु ।

अरुको बिस्कुन पनि हेरौं न त भन्दै उठेर यसो अन्यत्र पनि आँखा सोझ्याउँछु । केही बेरलाई चित्त बुझाउँछु । फेरि पनि खुल्दुली लाग्न छोड्दैन । अरुकै जस्तो त हुनु भएन नि आफ्नो बिस्कुन ! एउटै ड्याङको मुलाजस्तो भयो भने त्यसले के सन्तुष्टि देला र ! कसरी फरक देखाउने त, कि भित्रभित्रै माक्किएकै अक्षरहरू भए पनि बाहिर बाहिर रंग रोगन दलेर परबाट हेर्दा चिरिच्याट्ट परेको, आकर्षक पार्नुपर्यो । भोजभतेर गरेर केही छिनलाई राम्रो ! राम्रो !! भनाएर पनि सँधैलाई थेग्ने कुरा भएन । एकैछिनलाई त त्यसो गरेर भए पनि बोक्रे इज्जत राख्नु हुन्थ्यो, तर अर्को दिन त फेरि सक्कली कि नक्कली छुट्टइिजान्छ । यसो गर्नु पनि त्यति भरलाग्दो लागेन ।

यसो उसो कसै गर्दा पनि उपर्युक्त समाधान अझै निस्किएको छैन । मन गह्रौँ भएको छ । हात चिसाजस्तै भएका छन् । के गरौँ, के नगरौँ भएको छ । मन भारी भएर उठ्नै गाह्रो भएको बेला हातले समाएको कलम त भुइँमा पो खसिसकेछ । उठाउन खोज्छु, जाँगरै चल्दैन । बलतल गरेर भुइँबाट कलम टिपेर फेरि केही कोर्न खोज्छु, अगाडिको बिस्कुन झन्झन् खिइँदै गएझैँ देखेर कोर्न मन लाग्दैन । आफ्नै अक्षरको बिस्कुनले यसबेला आफैंलाई भन्दैछ- 'होशियार ! जे पायो त्यही ल्याएर यहाँ नमिसा ।' बिस्कुनरूपी अक्षरहरू भन्दैछन्, अरु मरञ्च्याँसे अक्षरहरू थपेर बिस्कुन नलगा, सक्छस् भने खँदिला अक्षर लेख, नत्र तेरो कलम मिल्काइदे ।


* जीवनाथ धमला
* मधुपर्क
Continue Reading | comments

व्यँग्य~ बाशीफल

  from: साहित्यसंसार डट कम :

तपाईं पात्रो हेर्नुहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न की ? खैर, मावलमा हजुरबा/मामाहरुले र घरमा काका र काकाका छोराहरुले पात्रोको पितृ बुझ्ने अनि ब्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता/सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्नु भएको थियो । बर्षौदेखि यही विद्यालाई पेशा बनाउदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड/प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र ब्याख्या गर्ने युवापिढी भेट्टाउन । युद्धकालमा अधिकांश युवा नासिएपछि र बचेखुचेका युवा विदेश भासिएपछि गाउँमा पात्रो मात्र हैन आफ्नै घरदलिन हेर्ने युवा समेत छैनन् ।



ज्योतिषी/पण्डितहरु जो छन् ति सवै कालको नजिक पुगिसके । बुढाखाडा ज्योतिषीहरुले ज्योतिष विद्याको लत्रेको नाक माथि उठाउन धेरथोर योगदान दिएका छन् । भर्खरै सम्मन्न विश्व फुटवलको भविष्यवाणी गरेर महान हुनुभएका ज्योतिष श्री अक्टोपस पर्लज्युले पनि यो विद्यालाई माथि उठाउन दुर्लव योगदान दिनु भएर परमधाम हुनु भयो । अक्टोपसज्युको निधनपछि ज्योतिष विद्या नै लोप होला भनेर पीर परेको छ । त्यसैको पूर्व संकेत स्वरुप मेरा घुँडाबाट आँशु झरेकाले पनि यो विद्याको मोहले मलाई तानेको छ । फलस्वरुप यो मरुभूमिमा ज्योतिष विद्यालाई घुनपुत्ली नलाग्ने ब्यापारका रुपमा थालनी गर्न मन लागेर आएकाले यसबारे अध्ययन गर्न थालेको छु । तपाई पनि यस विद्यामा जिब्रो चलाउ“न चाहनुहुन्छ भने मैले जाने बुझेसम्म सःशुल्क कोचिङग/ट्युशन दिन तयार रहेको सर्वत्र जानकारी गराउन चाहन्छु ।


तपाई पत्रपत्रिका कत्तिको हेर्नुहुन्छ ? हेर्नुहुन्छ भने पक्कै पनि राशीफल हेर्नुहुन्छ होला । एक महिनाका एउटै पत्रिका पल्टाउनु भयो भने मेषको मिनमसँग, मकरको बृषसँग, कुम्भको मिथुनसँग, कर्कटको धनुसँग, कन्याको बृश्चिकसँग र तुलाको सिंहसँग राशीफल ठ्याक्कै मिल्छ । अर्थात् तपाईको राशीमा अघिल्ला कुनै अंकमा जे लेखिएको छ त्यही कुरो पछिल्ला कुनै अंकमा अरु कसैको राशीमा लेखिएको हुन्छ वा तपाईकै राशीमा लेखिएको हुन्छ । त्यसरी राशीफल दोहोरिने र त्यो पढेपछि पढ्ने पाठक एकोहारिने भएकाले मैले राशीफललाई बासिफल भन्ने गरेको छु । राशीफलको यस्तो कन्तबिजोक देखेपछि म पनि ज्योतिष हुन सक्ने मनमनै ठोकुवा गरे । र नै यसमा हामफालेको हुँ । ज्योतिष विद्याको थालनी स्वरुप यो बासीफल पस्किएको छु । यो बासीफल तपाईको यो जन्म भरिका लागि हो र शतप्रतिशत साँचो हो । टिप र चिना पछि कसैले सम्पर्क गरे बनाउला । —ज्योतिषी पं. चर्चित उपाध्याय ढुंगेल ।


मेश— मेष राशी हुनेहरुले देश छोड्नेछन् र सेतै केश फुलुञ्जेलसम्म हात जोड्नेछन् साथै विदेशीको खेत गोड्नेछन् । घरमा बसेर चार माना घिऊ खाँदा पनि नलागेको भाटो जस्तो जिऊ हुनेहरु मोटाएर बाँस जस्तो हुनेछन् । मेश राशी हुनेहरुका दर्जन सन्तान हुने देखिएकाले विवाह नगर्नु नै बेस हुनेछ । सिस्नुलाई साग देख्ने र विरालोलाई बाघ देख्ने भएकाले यि र यस्ता चिजहरुबाट टाढा बस्नु लाभदायक हुनेछ । हवाइ यात्रा गर्दा तारा र अग्नि एयरका जहाजमा नगर्नु शुभ देखिएको छ, कथम्कदाचित गरिहाले मकवानपुरतिरका आफन्तलाई खबर गरेर मात्र यात्रा गर्नु बेश होला ।


बृष— बृष राशी हुनेहरुले बाँचुञ्जेल बाशी खाना खान पाउनेछन् र यसरी नै जीवन बिताउनेछन् । बृष राशी हुनेहरुलाई झनक्क रिष उठ्ने भएकाले कसैलाई कुट्ने र कुटाइ खाने योग छ । झिना मसिना कुरामा छुरासम्म चल्ने र ज्यानसम्म ढल्ने देखिन्छ । आफन्तले बाँचुञ्जेल घृणा गर्ने भएकाले पीडायुक्त जीवन रहनेछ । कुरा काट्नेहरुले खेति पाउनेछन् र आयुभरि जिस्काउनेछन् । मनले खाकाहरु पाखा लाग्नाले रिषले आँखा देखिने छैन र बिषको प्याला पिउने सम्भावना प्रवल देखिन्छ ।


मिथुन— मिथुन राशी हुनेहरुले सुनलाई नुनको भाउमा बेच्ने देखिन्छ । ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ’ भन्ने उखानलाई मिथुन राशी हुनेहरुले सार्थक पार्नेछन् । मिथुन राशी हुनेहरुको दिमाखको नट खुकुलो हुने भएकाले बेला बेलामा कस्नु पर्ने देखिन्छ । चन्द्रमा देब्रेतिर फर्किएर बसेकाले चिताको काम बितेको पत्तो पाइने छैन । प्रेममा धोका खानाले भिरबाट खसौ लाग्ने देखिन्छ भने गलामा पासो कसौ लाग्ने पनि देखिन्छ । अंशको झगडाले बंशको विनाश नहोला भन्न सकिएन ।


कर्कट— कर्कट राशी हुनेहरुले नर्कट आँडेर बस्ती बसाउनेछन् र देश/निया हसाउनेछन् । दशौ थलामा बसेको साढेसातको दशाले नशाको बिमार निम्त्याउनेछ । ग्याष्टिकले कर्कट राशी हुनेहरुलाई गाँजेको देखिएकाले ग्याष्टिक बिग्रिएर प्लाष्टिक हुने जुर छ । अझ ध्यान नदिएको खण्डमा इलाष्टिक जसरी मान्छे तन्किने देखिन्छ । विदेश बसेकाले घरमा पठाएको पैसा स्वास्नीसहित हराउनेछ । यही पीरले घरको न घाटको हुने र चिउडामा हात राखी रुने कुरालाई विश्वकै ज्योतिषीले नकार्न नसक्ने देखिन्छ । होस् गर्नु होला ।


सिंह— सिंह राशी हुनेहरुको ब्याबहार बाघको र बोली कागको जस्तो हुनेछ । छिमेकीसँगको झगडाले उग्र रुप लिएपछि त्यसैको पीरले बसाईसम्म सार्ने देखिन्छ । अढैयाले नराम्ररी गाँजेकाले सम्पत्ति नासिने र सन्तान भासिने देखिन्छ । सिंह राशी हुनेहरुकी छोरीले पोइ फेर्ने र छोराले जोइ फेर्ने देखिन्छ । त्यसपछिका दिनमा तिनका घरमा महाभारत शुरु भइहाल्छ । नतिजा स्वरुप मेला गएकी छोरी बजारमा भेटिन्छे र बजार गएको छोरो जंगलमा भेटिने अनौठो दशा देखिन्छ ।


कन्या—कन्या राशी हुने कन्याहरुले बन्यासँग झ्याँई पार्नेछन् र सिरक/सना बनाएर जीवन गुजार्नेछन् । त्यसो त दलालको फेला परेर दिल्ली पुग्ने पनि देखिन्छ । कन्या राशी हुनेहरुलाई कसैसँग जग्गा किन्दा शहरको देखाउनेछन् र खोलाको धारमा पार्नेछन् । यो राशी हुनेहरुका ज्वाई गाँजा तान्ने र बुहारी कराँटे हान्ने खालकी पर्नेछिन् । सधियार आधा आली ताछ्ने खालका पर्नेछन् भने छिमेकी दिनै झगडा गर्ने खालका पर्नेछन् । पिउनमा, जिउनमा भन्दा बेसी बल गर्ने भएकाले कन्या राशी हुनेहरुले ‘रियल जुस’ मा मुख नगाड्लान् भन्न सकिन्न ।


तुला— तुला राशी हुनेहरुले सधै ठूला कुरा गर्ने देखिन्छ । लुला मान्छेलाई मान्छे नगन्ने र आफ्नै जोइलाई भान्छे नगन्ने स्वभावले हानी गर्नेछ । परायी नारी र परायी धनमा मन जाने भएकाले प्रगति झन् नहुने देखिन्छ । अर्काकी स्वास्नीले मुस्काउदा, जिस्काउन अघिसर्दा तिनका पोइले बाँङगारा फुस्काउन बेर लाग्ने छैन । दिनै भट्टीको बास हुने र हातमा तास हुने देखिएकाले उठीबास लाग्ने कुरालाई नकार्नु नजाती हुनेछ । यो राशी हुनेहरु अल्छीको राजा हुने भएकाले अल्पायुमै सम्पत्ति आधा हुने देखिन्छ ।

बृश्चिक— बृश्चिक राशीका मान्छेमा महत्वकांक्षाले जरा गाडेर बसेकाले छोटो समयमा छलाङग मार्न खोज्ने देखिन्छ । यसो गर्नाले ‘अल्प विद्या भयंकरम्’ भने जस्तो परिणाम प्रतिकुल निस्किने देखिन्छ । यिनले ‘निरन्तरतामा क्रम भंग’ गर्ने कोशिष गर्नेछन् तर सफल हुने छैनन् र ‘हात लाग्यो शुन्ना’ हुनेछन् । त्यही भएर ‘लुटी ल्याऊ, भुटी खाऊ’ को नितिमा अडिने र जुनीभर जेलमा सडिने कुरालाई कमैले नपत्याउलान् । ‘हरी विजोक’ हुनु अघि होस् गर्नु होला ।


धनु— धनु राशी हुनेहरुले जेसुकै किने पनि डुप्लिकेट पर्नेछ । किनमेलमा महिलालाई अघि लाएर गर्नु होला । लैनु भैंसी थारिने र दुधौलो पाडो मारिने भएकाले गाई किन्नु राम्रो रहनेछ । दिन बिग्रेकाले त्यही गाईले लात्ती हान्ने र खुट्टा बाँध्नु पर्ने हुन सक्छ । असारका बेला हल गोरु मर्ने र अर्को हल किन्नु पर्ने देखिन्छ । त्यही पनि झनझनाउने, हान्ने परिदिने भएकाले औडाहा लागेर खेत कौडाका भाऊमा बेचेर हिंड्नु पर्ने हुन नसक्ला भन्न सकिदैन ।


मकर— मकर राशी हुनेहरुलाई सदाबहार चक्कर लाग्ने र सडकका पेटीमा हिड्दा पनि गाडिको ठक्कर लाग्ने भएकाले खेतैखेत हिड्नु बेश हुनेछ । ब्यापारमा अपार घाटा हुने देखिएकाले कम खर्चमा बढि नाफा हुने सामाग्रीको ब्यापार गर्नु शुभ रहनेछ । नेपालको परिवेशमा ढुंगा, इट्टाका टुक्रा, पुराना टायर आदिको ब्यापार गर्नु लाभदायक हुनेछ । नेपाल बन्द र आन्दोलनका बेलामा समेत हारालुस् बिक्रि हुने भएकाले फिक्रि लिनु पर्दैन । मकर राशी हुनेहरुका छोरा छोरीले मन लाग्दो विहे गर्ने भएकाले विवाह खर्च जोगिने तर स्वास्नी चै रोगिने देखिन्छ ।


कुम्भ— कुम्भ राशी हुनेहरुका दिन कठिन देखिन्छन् । अनायासै नोकरी जाने र बुढेसकालमा ल्याएकी ‘छोकडी’ पनि गरिखाने नपरि दिनाले मनभरि पीरको पोको बोकेर बाँच्नु पर्ने देखिन्छ । ब्याजमा लाएको धन नउठ्नाले मन खिन्न हुने र ब्याबहार छिन्नभिन्न हुने देखिन्छ । ‘लोभले लाभ र लाभले विलाप’ भन्ने उखान यो राशी हनेहरुलाई र्‍याङगको ठयाङग मिल्ने देखिन्छ । यो राशी हुनेहरुलाई यस्तो कालो दिनले छोपेको छ कि ‘डाक्टर बन्न जादा कन्डक्टर’ बनेर फर्किने गरी ।


मिन— मिन राशी हुनेहरुले अमेरिकाका लागि आवेदन दिदा चिनको भिषा पाउनेछन् । मिन राशी हुनेका दिन बिग्रिएकाले ऋणको भारीले किचिक्क हुनेछन् र त्यो ऋण तिर्न नसकेर जूनिभर रुनेछन् । सर्पलाई सपेराको विनले घेरे जसरी मिन राशी हुनेहरुलाई दिनदशाले घेरेको देखिन्छ । कालो खसी र रातो भाले काली मातालाई चढाउ“दा पनि ग्रहदशा नसप्रिने देखिएकाले त्यो जन्झट नगरेकै राम्रो, कानमा तेल हालेर बस्नु जाती । अर्को जुनिमा दिन सप्रिने कुरालाई नकार्न नसकिएकाले युरोपमा पुनर्जन्म नहोला भन्न सकिन्न । ईति ।

चर्चित ढुंगेल
हाल, दोहा, कतार ।
Continue Reading | comments

व्यंग्य- जय झापड

Copy: साहित्यसंसार डट कम :


स्वम् वा अन्य कसैका गालामा नाडीदेखि मुन्तिर र नङदेखि मास्तिर सुल्टोपट्टिको हत्केलाको भागले कस्सेर बजाउनुलाई झापड भन्दछन् । ‘झापड’ मुक्का, घुस्सा, बक्सिङग, लात्ती आदिको समकक्षी ब्यावहार जनाउने गतिलो शब्द पनि हो । हात छोड्नु, हात चल्नु जस्ता वाक्यहरुले पनि झापडसँग निकटको नाता राख्छन् । चढ्काउनु, हान्नु, बजाउनु, ठोक्नु, गोद्नु, पड्काउनु आदि शब्दहरु झापडसँग ठ्क्कै मिल्नेगरि प्रयोग हुन्छन् । अर्थात् अंग्रेजी अक्षर ‘Q’ पछाडि ‘U’ लागेर जसरी शब्द बन्छन् त्यसरी नै झापड पछाडि माथि उल्लेखित शब्दहरु प्रयोग हुन्छन्/गरिन्छन् ।
झापडलाई अथ्र्याउने केही भनाइहरु पनि छन् । जस्तैः एक झापड खाएपछि तोरीको फूल देख्लास्, तिरिमिरि झ्याँई हुनेगरी झापड खालास्, एक झापडमा बाबुको विहे देख्लास्, एक झापडमा स्वर्ग पुर्‍याईदिउँला आदि । यि भनाइहरु भन्न जसले थालनी गरे पनि झापड हान्ने र झापड खानेहरुका लागि ‘ढुंगा खोज्दा देउता’ मिले जत्तिकै सार्थक छन् ।
नेपालको इतिहासमा झापडले सुनौलो अक्षरको स्थान पाएका कतिपय उदाहरणहरु जिउदा छन् । बिस्तारै नेपालीको संस्कार बन्दै गइरहेको परिप्रेक्षमा झापडले चितवनमा गोली चलाएका पारस शाह र काठमाण्डौंमा भिओआइपि चलाएका रुवेल चौधरीकै वा सोसरहको चर्चा अखवारका पानामा पाएको छ । जसरी विगतमा ‘अग्रगामी छलाङग', ‘निरन्तरताको क्रमभंग’, ‘पुरानो सत्ता’, ‘प्रतिगमनका पृष्ठपोषक’, ‘अराष्ट्रिय तत्व’ आदि शब्दले नेपालको राजनितिक बृत्तमा उच्च स्थान र अखबारका पानामा मान पाएका थिए, त्यसरी नै झापडले पनि सोहीसरहको मान पाएर सान कमाएको छ । यसउसले अहिलेको चिसो मौसममा तातो सुर्को भएर आएको यो झापडलाई भेट्न पापड वा अन्य कुनै पनि शब्दलाई हम्मेहम्मे परेको छ ।
चित्त नबुझ्दा, चित्त दुख्दा, रिस उठ्दा, निहु खोज्दा, जोरी खोज्दा, ‘मै हु’ भन्दा आदि कारणले चरमविन्दु छोएपछि कसैले कसैलाई झापड हान्ने गरेको देखिन्छ । कुरा गर्दै गर्दा वा कुरा सुन्दै बस्दा भएका कुरा वा गरिएका ब्याबहार देखेर/सुनेर रिसको पारोले सगरमाथा छोएपछि झापड हान्न मन लाग्ने रहेछ ।
झापडको प्रसंगले एकपटक भारतको नागाल्याण्ड राज्यको दयापुर भन्ने ठाउको स्कुलमा २ कक्षामा पढ्दाको घटना ताजा भएर आयो । सानो लात्ते भकुण्डो नदिएको झोकमा सहपाठी मित्रको नाकबाट रगत झर्नेगरी बजाएकाले कछाडी हेड मास्टरले बेतको लौरोले मेरो सेखी झारेका थिए । त्यसपछि आजका मितिसम्म म हिंसा विरोधी शान्तिकामी नागरिक भएको छु । त्यो झापडले मलाई झापडको विमुख बनायो तर नेपालको राजनितिक बृत्तमा झापडले धेरैलाई हिरो बनाएको छ ।
त्यसो त झापड खानेहरु ठूलाठूला मान्छे भएका छन् । त्यसैको अघिल्लो उदाहरण हुन् नेपाली कांग्रेसका एकजना नेता रामचन्द्र पौडेल । उनका चिल्ला गालामा कुनै बेला गोल्छे सार्कीले झापड हानेका थिए । त्यही झापडका परम्कृपाले उनी उपप्रधानमन्त्रीसम्म भएका थिए । भर्खरै सोह्रौपटकको प्रधानमन्त्रीको लज्जाजनक हारको चटक पनि उनले नेपाली रंगमञ्चमा देखाएका थिए । यो देखेपछि आफुले झापड नखाएकाले कुनै ठूलो भाग भेट्न नसकेको गुनासो केहीमा रहेको छैन भन्ने आधार नभएको हैन । झापड खाने र झापड हान्नेहरु रातारात चर्चाको चुलीमा उक्लिएकाले पनि धेरैलाई झापड नखाएको वा नहानेकोमा खेद प्रकट गर्दै हिडेको देखिएकै हो । रातो अबिर र थुङगे फुलको मालाले सम्मानित हुने र अखबारका पानामा मानित हुने झापडवाजहरुको कृति देखेर जल्नेहरु पनि प्रसस्त छन् ।
त्यस्तै ¤यासमिसे मन्त्री करिमा वेगमले मन्त्रीमण्डलकै गरिमा घट्नेगरि एक जना सिडियोका गालामा चड्काएकाले नेपालका टेलिभिजनमा भिडियो हेर्न पाइएकै हो । थोत्रो गाडी पठाएकाले मन्त्रीले रिष पोखेको खबर सत्य भए पनि उनले भने सिडियोले हात समाएर साडी उचाल्न खोजेको आरोप लगाएकी थिइन । त्यो सुनेर नेपाली जनता खित्का छोडेर हाँसेका थिए । मन्त्रीले ‘पावर’ कसरी देखाउछन् र निर्दोष जनताका ढाड कसरी सेकाउछन् भन्ने कुराको गतिलो जवाफ करिमाले दिएकी थिइन् ।
सुनसरीको इटहरीमा एउटा आमसभामा एक जना बाम पार्टीकै कार्यकर्ता किसान देवीप्रसाद रेग्मीले झलनाथ खनालको रुवाजस्तो गालामा झापड हानेकाले उनी प्रधानमन्त्री भएका छन् । झापड नखाएका भए उनको प्रम हुने सम्भावना त के झिनु आशसम्म पनि नहुदो हो । झापडमा कति शक्ति छ भन्ने कुराको प्रमाण अहिलेका प्रमले बाहेक कस्ले दिन सक्छ ? झापडको यस्तो चमत्कार देखेर र सुनेर अन्य नेताहरु सुनसरी नजालान् भनेर ठोकुवा गर्ने कोही छ भने त्यो ब्यक्ति ‘प्रतिगामी’ मात्र हो ।
त्यस्तै काठमाण्डौको एउटा भेलामा एमालेकै अर्का नेता खगराज अधिकारीले गालामा दुई झापड खाएका थिए । तर नाम बद्नाम हुने डरले झापड हान्नेको नाम सार्वजनिक गर्न तिनका कार्यकर्ताले दिएनन् भन्ने भनाइ आएको छ । अब हेर्दै गनुहोस्, ति नेताले पनि कुनै ठूलो भाग नपालान् भन्न सकिने अवस्था छैन । आगामी मन्त्रीमण्डलमा उनले कुनै ‘सुत्केरी मन्त्री’ हुने निर्विरोध पक्कापक्की छ ।
इराकको एउटा पत्रकार सम्मेलनमा तात्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई जुत्ता प्रकार गर्ने इराकी पत्रकार मुन्तजार अल जैदीले यो संस्कारको विश्वब्यापी थालनी गरेका थिए । त्यसैको पछिल्लो संस्करण नेपालमा देखिएको झापड हो ।
जे होस् झापडले रेग्मीलाई हिरो र खनाललाई प्रम बनाएकाले यो झापड खाने मोह धेरैलाई पलाएको सा“चो हो । रेगिस्तानमा बसेर धन कमाउन नसकेकाले मलाई पनि झापड खाने मोह पलाएको छ । तर एउटा कुरो स्पष्ट हो कि नेपालमा खाएको झापडले नै महान् बनाउने देखिएकाले म चाही गाला देखाउदै सुनसरीतिर जान लागेको । तपाई“लाई पनि ठूलो मान्छे बन्नु छ भने छिटो गर्नुहोस् । देवीप्रसाद रेग्मीसँग झापड सिमित छ रे । झापड सकियो भने तपाई“स“ग गुनासो बाहेक केही रहने छैन । साथै तपाई यो जूनीभरि केही हुनुहुने छैन । जय झापड !!

-चर्चित ढुंगेल
हाल, दोहा, कतार ।
Continue Reading | comments

बडा चाड नेपालबन्द

हामी नेपालीहरु थप गुणस्तरीय बनुन भन्ने विश्वाशमा मनाउदै आइएको बडा चाड नेपालबन्द नजिकिदै गर्दा काठमाडौको गल्ली गल्लीमा भिड लगेको छ । यस दिन सवारी साधन नचलाऊने चलन छ , हिन्दू धर्म अनुसार देवी को महादेव र पार्वती को झै-झगडा भएको र येसैको सम्झना स्वोरुप यो चाड मनाउदै आइएको किम्बदन्ती छ ।
यो चाड अली फरक छ ,प्रया चैत-बैशख देखी जेठ १४ सम्म ग्रह दसा बिग्रने भएकले यो चाड धेरै नै बक्लिएको र विश्वाशनिय बन्न पुगेको छ
,
बिदेसी सिको को करण होला यो चाड आस्थिक भन्दा पनि नास्थिक ले नै बडी मनाउने गरेको पाहिन्छ।
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger