Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

नेपाली कथा - अन्धो बूढो

- परशु श्रेष्ठ
छामछाम, छुमछुम गर्दै एउटा बूढो मानिस मेरो अघिल्तिर आइपुग्यो । उमेर त्यस्तै पचास या पचपन्न हुनुपर्छ । उसको हातमा एउटा लौरो थियो, जो उसको एकमात्र बाटो पहिल्याउने सहारा थियोे । उसका दुबै आँखा टालिएका थिए । काँधमा एउटा थोत्रो उनी धागोको बुनुवा झोला भिरिराखेको थियो ।
“कता जान खोज्नुभएको बाजे ?” मैले उसलाई सोधें । लठ्ठीको मात्र सहारा लिएर हिंडिरहेको उसलाई बाटो पहिल्याउन गाह्रो भइरहेको बुझ्न मलाई समय लागेन ।
“ट्वाइलेट्,” झर्किए जस्तो आवाजमा उसको छोटो उत्तर आयो ।
Continue Reading | comments

यथार्थ कथा : मोटरसाइकल संग सुहागरात

केहि समय अगाडिको कुरा हो । म काम बिशेषले एकान्तकुना बाट नयाँ बानेश्वर जानु पर्ने थियो । एकान्तकुना चोक बाट नेपाल यातायात चढे र पछाडिको सिटमा गएर बसे । अगाडिको सिटमा दुई युवति नगरकोटमा गएको डेटिङ्गको बयान गर्दै थिए । सायद उनि हरु ११-१२ मा पढ्ने बिध्यार्थी थिए ।
त्यतिकैमा एउटिले भनि नगरकोट त बाइकमा जादा रमाइृलो हुन्छ ।
अर्किले निन्याउरो अनुहार लगाउदै भनि हुन्थ्यो नि यार तर उ संग बाईक नै छैन ।
फेरी एउटीले प्याच्च भनि "जाबो एउटा बाईक पनि न हु ने संग के लभ गरेकि त" । उनि हरुको यो कुरा सुनेर मलाई .....

(१) हासो लाग्यो
(२) चिन्ता लाग्यो र
(३) रिस पनि उठ्यो ।

(१) हासो यस अर्थमा कि यो बैस भन्ने चिज कस्तो हुदो रहेछ । होस् यो बैस र हासोको कुरा थप्दिन ।
(२) मा उनि हरुको, यो देशको र यूवा पुस्ताको भबिस्य देखेर चिन्ता लाग्यो ।
(३) मा यस अर्थले रिस उठ्यो कि उनि हरु
को कुराले करिब ५-६ बर्ष अगाडिको घाउ बिझायो ।

हुनत त्यो बेलामा पनि म आफ्नै कमाईले राम्रो मोटरसाईकल किनेर चढ्न सक्थे । त्यसमा मेरो चासो नै भएन त मेरो के दोष । झन पुरानो कुरा सम्झियो झन दिमाख खल्बलिएर आउछ । त्यसैले यो कुरालाई यहि बिट मारें ।
त्यो रात कोठामा आएर राम्रो संग निदाउन सकिन मनमा अनेक तर्कना खेलि रहयो र आफ्नो पुरै व्यक्तित्व नै बदल्ने बिचार गरे । भोलिनै गएर सो-रुम बाट मोटर साईकल किन्छु र थप आडम्वरी का सामाग्री पनि किन्छु । नया बाईक र मेरो फेरीएको नयाँ खोल देखे पछि त अचेलका मै हुँ भन्ने युवति पनि पक्का म संग आर्कषित हुनेछन् । त्यस मध्ये राम्री एउटि संग बिहे गर्छु । तर सुहाग रातको दिन उस्लाई म संग होईन त्यही बाईक संग छिंडीमा सुताउछु । किन भने उनि मलाई होईन मेरो बाईकलाइ देखेर नै म संग आर्कषित भएकी हेो ।
फेरी एक छिन पछि cool भएर सोचे ।
अरु मूर्ख भए भन्दैमा म पनि मूर्ख हुनु हुदैन ।
म जे छु आफैमा ठिक छु ।
यतिकैमा निदाएछु ।
भोलि बिहान केहि टेन्सन नै भएन !!
बिन्दास काफ्ले ज्यू ...



Continue Reading | comments

आधुनिक कथा (अरुणिमा...)

नेपाल सुन्दर, शान्त, विशाल । आफ्नो मुलुकको परिभाषा गर्न महाकविका यी शब्द मैंले चोर्नै पर्योप, सायद ममा यति साहस छैन कि यस पवित्र धराको व्याख्या मैंले गर्न सकूँ । जीवनको २५ बसन्त पार गरिसक्दा ममा व्यग्र चिन्ता व्याप्त भयो, मगज रन्थनियो । मगज रन्थनिनु स्वाभाविक कुरा हो किनकि साथीहरू प्रगति गरिरहेछन्, म अवनति । म आफ्नो मगजलाई रन्थनिएको देख्न सक्तीन । म मगज-मन्थनका लागि डुल्न चाहन्थे । साउन माह थियो । मेघहरू गड्याङ्ग-गुडुङ्ग गर्दै थिए । इन्द्रदेव पृथ्वीवासीका निम्ति उदार भएका थिए । कोठाको झ्यालबाट पानीको एक बाछिटोले मेरो निद्रा भङ्ग गर्यो र म एक बेनाम, गन्तब्यविहिन यात्राका लागि हानिएँ ।
मुलुक श्रावण माहको वर्षाले नुहाइरहेको थियो । म पनि नुहाउँदै-नुहाउँदै धनकुटा पुगेछु । पाखाहरू रुझेका थिए, सडक पनि रुझेका, असीमित चाहनाले मन पनि रुझेको । लालीगुराँस बारीका कान्ला-कान्लामा मुस्काइरहेका थिए, सडक छेउ ती सल्लाका बोटहरू पनि श्रावणको यस सुन्दर वातावरणमा रमाइरहेका थिए, तिनका हाँगाहरू देख्ता लाग्थ्यो मानौं कुनै युवतीले भर्खर स्नानपछि आफ्ना केशहरू फिँजाएर स्नान-घरबाट बाहिर निस्केकी हो ! ती सल्लाका बोट उन्मादित थिए, कता-कता पिरतीमा गाँसिन पुगेछु म तिनीहरूसित । म नारायण गोपाल गीत सुन्दै अघि बढें, 'साउनको झरी बनी तिमी आऊ न..'।
धनकुटालाई छोएर बग्ने अरुण नदीको आयतन बढेको थियो । अरुण उद्वेलित थिए, अभिमानित थिए । हिँउद मासमा स-साना सिङ्घाने बालकहरू अरुणको छातीउपर निर्वस्त्र भै विचरण गर्छन, तर अहिले भनें ती बालकहरू सचेत छन । अरुणको त्यो उग्र-रुप देख्ता स्वयं इन्द्रदेव पनि त्रसित हुन्थे, त हामी कसो त्रसित नहुनु, हाम्रा बाल-बालिका किन त्रसित नभउन? म पनि केही चाहना बोकेर पुगेको थिएँ, त्यहाँ । म खोजी गर्दै पुगेको थिएँ । मेरो खोज के हो, म जान्दिन, बुझ्दिन, परिभाषित गर्न सक्तीन तर मेरो मगजभित्र मेरो खोजी स्पष्ट रुपमा आफ-से-आफ परिभाषित भै बसेको छ ।
श्रावणको त्यस उग्र वर्षामा, अरुण किनारका सारा बस्तीहरू खाली भैसकेका थिए, कारण- बस्तीका मानिसहरूको मगजभित्र त्रास लिप्त थियो; अरुण भोको अजिङ्गर झैं हुँकार जो गरिरहेका थिए । म खाली भएका ती बस्तीहरू देख्छु, उजाड लाग्छ । मानिसविहीन बस्ती विरक्तिलो हुँदो रहेछ । प्रकृति जति नै सुन्दर भएतापनि, मानिस बगैरको सुन्दरता व्यर्थ छ ।
यौटा स्त्रीले आफ्नो लोग्ने गुमाएपछि जति सुकै साज-सज्जा किन नगरोस, उसको भित्री सुन्दरता कदापि झल्किन सक्तैन । उसको मन खिन्न नै रहन्छ, उसले स्वेत वस्त्र पहिरेर केवल एक कल्पना गर्छे । उसको कल्पनामा ऊ आफ्नो लोग्नेसँग आलिङ्गनबद्ध भै डुलिरहेकी हुन्छे । हो, अरुणको भाव मैंले बुझिरहेको थिएँ । अरुणले अभिमानित भै जति सुकै हुँकार गरेपनि उनको भित्री मनमा मानिसरुका निमित्त प्रेम थियो । उनी मानिस बिना एक्लो भएका थिए । सायद त्यो हुँकार एक्लोपनको उपज थियो क्यार ! मलाई अरुणसँग डर लागेन, म बगर-बगर, रेतउपर डुल्न थालें । पवनको एक शीतल लहरले मलाई छोयो । म पुलकित भएँ । वातावरण सौम्य थियो । पारी-पाखामा हुस्सु लागेको थियो । पवन बग्दै थिए । आफ्नो वेगसँगै पवनले त्यस हुस्सुलाई पनि ऊँबो-ऊँबो लगिरहेका थिए ।
बिस्तारै पारी-पाखाको हुस्सु, त्यहाँबाट पलायन भएर अन्तै सर्यो । पारीको हरित पाखा देख्दा मन उज्यालो भयो । मगजका तन्तुहरूले स्पन्दन गर्न थाले, अनायासै। अरुण किनारको यस पवित्र भूमिउपर बसेर ईशको आराधनामा म रमाउन चाहन्थे । मरुका कणहरू वर्षाले गर्दा ओस्सिएका थिए । ढुङ्गाहरू चिसा भएका थिए । सूर्योदय कामना गर्दै चरा-चुरुङ्गी ओत लागेर चिर्वीर गर्दै थिए.... ।
***
म ईश्वर भक्तिमा लीन भएँ । बादल गड्गड्याउन थाल्यो । झरीले शनै: शनै: उग्र रुप लियो । म अविचलित भै डटिरहें । सायद मेरो बहादुरी देखेर ईश्वर समेत नतमस्तक भए क्यार मसामु । केही बेरको ठुलो वर्षा आफ-से-आफ रोकिन पो पुग्यो । सूर्यदेव अम्बरमा देखा परे, धेरै दिनपछि । चरा-चुरुङ्गी ओत लागेको ठाऊँ छाडेर आ-आफ्नो गन्तब्यतर्फ अग्रसर हुन थाले । म ध्यानमा डुबें, डुबिरहें ।
मेरो ध्यान भङ्ग गर्न भनीं यौटा स्त्रीले अरुण नदीको पल्लो छेऊ नृत्य गर्न थाली । उसको पाउजुको स्वर सुनेर म उसप्रति लालायित भएँ । मलाई अरुण पारी जान मन लाग्यो । तर, म पारी कसोरी पुग्न सक्थें र त्यस दम्भित जलवेगलाई चिरेर ? ऊ मसमीप आउन थाली, अरुणको उग्र जलवेगमा पौडी खेल्दै । म त्रसित भएँ । अनायासै म चिच्याएँ, "आफ्नो ज्यानको माया छैन तिमीलाई ?"
अर्को क्षण त्यो स्त्री मेरो बाहुपाशमा बेरिन पुगेकी थिई । उसलाई देख्ता मलाई यस्तो लाग्यो, मानौं हाम्रो जन्म-जन्मान्तरको साइनो छ । मैंले प्रश्न गरें, "तिमी को हौं ?"
"म अरुणिमा", उसले भनीं, "अरुण-नदीकी पुत्री अरुणिमा!"
Continue Reading | comments

अदितिको साथी [कथा]

“मलाई अदितिको नङ्ग टोक्ने बानि मन पर्दैन।” अदितिसँगको मेरो पहिले गुनासो यही थियो । आज म हजार कोशिस गर्दछु, तर अँह त्यो जस्तो निश्चल मन दुखाई गर्न सक्दिन । त्यस्तो मीठो उजुरी उठ्दैन । भोगाइका एउटा होला, पात्र एउटा होला, घडि एउटा होला तर यहाँ भाव सापेक्षिक हुदाँ रहेछन् । अभ्यस्थ भोगाइका भावना ब्यवसायिक भईदिँदा रहेछन । घटिमा मेरा लागि ।
Aditi-ko-Saathiउ बायोलोजी ग्रुपमा रहिनछे । मेरो अंग्रेजीको क्लास सँगै भएर मनमा निकै घिउ पोखिसकेको थिए । पहिलो मन पराइ, पहिलो माया डरलाग्दो हुन्छ । रन्कोमा कसो म फिजिक्स ग्रुपमा सरुवा भइन । हुन त नगएर पनि लछारपाटो केहि लागेन । ‘बायोलोजी’ पढ्ने सबै डाक्टर कहाँ भइदिदाँ रहेछन र । एक हेराइ मनग्गे थियो, अदिति मन परिन् । माया लागे जस्तो भयो । शुरुमा अंग्रेजी कक्षा मात्र थियो । बिस्तारै ल्याब रिपोर्ट, फिजिक्स ट्युसन, क्यान्टिनका खाजाले मेरो मायाका डोरा बाट्दै गए । झन हेर्यो झन माया लाग्ने । अल्लारे बैंश अनि बैंशको सपना, म निकै पुलकित थिए ।
टोलाएको हेराइ र ओल्सिएको बोलाइले मात्रै मायालुका मनमा माया प्रसारित हुने भए संसार अर्कै हुन्थ्यो होला । यहाँ व्यक्त नभएका माया कतिले नै पो बुझ्दछन र! संसार किन पो सजिलो भइदिन्थ्यो । २० भन्दा अगाडि कोहि मन पराउनु, मन पर्यो भनेर भन्नु, केहि प्रयास पछि जवाफ पाउनु एउटा मेलो । तर मनपरेकि केटीलाइ आफ्ना धेरै जसो साथीभाइले मन पराउनु, दुइ-चार ले चाँहि उही सामु गएर भनि टोपल्नु अनि त्यस्ता मायाका अनेक प्रस्ताव खाएर थेत्तरी भएकि केटीलाई आफ्नो बनाउनु चाँहि ठाडो भिर जोत्नु भन्दा गाह्रो । तर बैशंको आँट नै बेग्लै, माया बेग्लै अनि मायाका कसरत बेग्लै । म बिना प्रयास हार किन पो स्वीकार्थे !
मैले निकै तयारी गरे । पहिले माया हार्ने आँट कसको हुन्छ र! अदितिका काकालाई नमस्कार ठोकियो, उसका साथीको बस भाडा तिरियो । कलेजका बाटा फेरिए । दौंतरीका गुनासा खेपिए । अनेक तान बुनियो । म माया जित्ने दौडमा थिए, निकै ब्यस्त थिँए ।
दिन आयो, मौका आयो । अदितिका नजानिँदा इशाराले हौसला दिए । मैले आँट जुटाँए । तपशिल काटेर भन्दा उनले लजाएर स्वीकारिन् । म पास भए ।
मायाको स्वीकारोक्ति बढो अप्ठेरो अनुभव थियो । एकोहोरो पिरोलिएको अल्लारेलाई मायाले हुन्छ भनिदिदाँ नचाहिंदो हलुंग्गो भयो । न आकाश, न धर्ति केवल मायाको स्वीकारोक्ति मात्र बाँकि हुँदोरहेछ । एउटा असहज निर्वाण पाए मैले । तर त्यो अनुभव क्षणिक मात्र । पलभरमै बर्षिने अनेक जिम्मेवारी थिचेर जस्ताको त्यस्तै । आखिरमा बच्ने सावाँको संघर्ष ।
अदितिले स्वीकारेपछि मेरो रुटिन फेरियो । अनि मायाका नियमित भेट, कलेजका हिंडाइ, छड्के हेराइ, मस्केका ठुस्काइ, लबस्तरो हाँसो, के-के हो के-के । त्यो समय त के बित्यो बित्यो । क्या जीवन बित्यो ।
मेरो आई एस्सी, सकियो । उनि फिजिक्स ग्रुप, ‘प्रोग्रेस’ तिर लागिन् । आफू ‘नेम’ धाइयो । भेटघाट केहि कम भयो, स्वभाविक थियो । एन्ट्रान्स कोचिङ्गका दिन चल्दै गए । फुर्सद अनुसार अदितिसँग भेटहुन्थ्यो । बाँकि संसार ‘नेम’ मै आउँथ्यो । समय चलेकै थियो । केहि महिना पछि कोचिङ्ग सकियो । उनले इन्जिनियरिङ्गको पढाइ थालिन ।
मेरो नाम महाराजगन्जमा निस्केन । बिपिमा पनि निस्केन । शिक्षा मन्त्रालयमा पनि पुछार तिर ।
‘इन्जिनियरिङ्गको पनि एन्ट्रान्स दिन पर्ने !’ घरमा पनि यहि राग, अदितिको पनि यहि राग । जोश थियो, आफूमा बिश्वास थियो । मैले पहिलो पटकमै किन हार मान्थे र । घुँडा जोतेर मेहनेत गरे । अदितिलाई कम भेटेर पनि एन्ट्रान्स तयारीमा लागें अनि दोस्रो पटक एन्ट्रान्स दिंए ।
अँह, यो पटक पनि नाम निस्केन । न महाराजगन्जमा, न बिपिमा । अनि इन्जिनियरिङ्गको राग फेरि शुरु ।
बैंशमा हजार तान बुनेर मायाको संघर्ष जित्नु एउटा कुरा । तर महाराजगन्जको एन्ट्रान्स मा २-२ चोटी पछारिएर बैक्लपिक पढाइ रोज्नु अर्कै कुरा । मेरो पीर दीप श्रेष्ठकै भाकामा सँग मिलेको थियो । उपाए थिएन, मैले पनि शुरु गरे “इन्जिनियरिङ्ग” ।
कहिले काँहि समय यस्तो उत्ताउलो भइदिन्छ, गुनेका सबै कुरा उत्तानो पर्छन् । उमेर सोह्र होस या सत्तरी, कतिले यहाँ मायाका लागि आनन्द मनले संसार हारेका छन्, हार्दैछन्, फेरि पनि हार्नेछन् । तर हारेको लडाँईमा माथि माया हार्न पर्दा भने नमिठो बिझाउँछ । मैले अदितिलाई हारि नै हालेको त होइन तर उनि पढेको कलेमा भन्दा अर्कै कलेजमा भर्ना हुन पर्ने भयो । बाउले चिनेका मान्छे ठाउँमा भइदिंदा तन्नेरी छोरालाई अनेक अफ्ठेरा पर्दछन् । बुवाको चिनजानले मेरो ‘इन्जिनियरिङ्ग’ निकै सस्तोमा मिल्ने भयो, तर बिडम्बना अर्को कलेजमा । कहाँ मेरा मायाका सपना, कहाँ इन्जिनियरिङ्गका मोलतोल । मैले निकै तर्क राखे, सबै फोस्रा भइदिए । एकपछि अर्को ठेस, समाजले आफूलाई चिनाउँदै थियो । म समाजलाई चिन्दै थिए ।
मेरो पहिलो बर्ष शुरु भयो । पढाइ घस्रिन थाल्यो । मायाका भेटहरु हाट सरह हुन थाले । हामी कि शनिबार कुर्दथ्यौं कि उपत्यका बन्द । हामीलाई भेटन बहाना चाहिन्थ्यो, कहिले जुट्थ्यो कहिले जुटाउन पर्दथ्यो । म महाराजगन्जको ठोकर पछि गमी भएको थिंए । तन्नेरी जोश पछारिएको थियो, अदिति भन्दा एक ब्याच जुनियर थिए । कैयन पटक भाले अस्तित्वको सोचाइ नआएको होइन । तर यहाँ बार्नेलाई रुघा लाग्छ । सुस्केराले उडाइ जाने माया थिएन मेरो, मैले जानेको त्यहि हो । मैले मेरो माया त्यति हलुको हुन किन दिन्थे र । मैले डाक्टरी सपना हारेको अवस्य थियो । तर अदिति मेरो सत्य थिइ । मैले उसलाई जितिरहेको थिंए, उसले मलाई जितिरहेकि थिइ ।
अदिति लगभग उस्तै थिइ, बोलिरहन पर्ने । अझ उसका बातमा ‘इन्जिनियरिङ्ग’ छिरेको थियो । उ कुरा पोख्दथि, फिंजाउँथी, चलाउँथि । म एकनास उसका कुराहरु टिपिरहन्थे । बेला बेला म उसका कुरा पक्रन्थे, उ रिसाउँथि । एकै छिन बोल्दिन थिइ, म फकाए झैं गर्दथे, उ फकिइदिन्थी । समय निमेषमै बित्दथ्यो । हिड्ने बेलामा म अदितिका सबै कुरा बटुल्थे, पोको पार्थे अनि उ बाट पर हुँदा एकान्तमा फुकाएर मिलाउँथे, सजाउँथे ।
माया पनि भाग हुँदा रहेछन । अध्याय हुँदा रहेछन । अनुच्छेद हुँदा रहेछन । म सम्झंछु, हो त्यहि बेला, मेरो मायाको त्यहि अध्यायमा मलाई आइ एस्सीको मायाको अध्याय सांकेतिक लाग्दथ्यो । जाबो छड्के आँखा हेराइ, २-४ लबस्तरा हाँसो अनि मायाको स्वीकारोक्तिलाई के सम्पूर्ण माया भन्नु । मैले मायाको त्यो अध्यायबाट अघिल्लो अध्यायलाई त्यस्तै देखे । तर बिडम्बना कथा नसकिएसम्म अध्यायका जोखाइ चोखा भन्न के सकिन्छ र! यहाँ भोगाइले जोख्ने सत्य र तिनका अनुभवले जोख्ने सत्य फरक भइदिन सक्दा रहेछन । भोगाइ भन्दा तिनका अनुभवको भार बढि हुँदो रहेछ ।
‘इन्जिनियरिङ्ग’ चल्दै गयो । म अब्बल बिद्धार्थी भने भइन । धाएको खेती, धाएको माया उस्तै उस्तै रहेछ । मायामा लागेका तन्नेरीका अनेक जिम्मेवारी थिए । म जसोतसो धान्दै थिए । तर पनि हाम्रो मायाको कुरो हामीले सकेसम्म लुकाएर नै राखेका थियौं । चुनिएका केहि र पुराना केहि साथीहरुलाई मात्र थाहा थियो । कलेज फरक भएकाले पनि धेरैले थाह पाउन सकेका थिएनन् । साथीभाइका मायाका कुरा चुहिंदा म मन्द रुपमा दंग पर्दथे । मेरो कुरो लुकाउन सकेकोमा ।
विचारहरु स्वतन्त्र मनमा धेरै उम्रिन्छन्, ब्यस्त मनमा भन्दा । मेरो मन व्यस्त थियो, मेरा सपना व्यस्थ थिए । म खुसी थिए । तर मनलाई परिवर्तन हुन घटना घट्न पर्दैन । एउटा झिनो तरंगले छोइयोस, निमेषमै मन एक ब्रम्हाण्ड बाट अर्कोमा ब्रम्हाण्डमा पुगिदिन्छ । हामी मनको यो गतिको अगाडि निरिह छौ । अनि एउटा भावना गोड्दै गरेका हामीलाई सरक्क लगेर शंका, तर्क र अविस्वासको घना जंगलमा छोडिदिन्छ । अनि ति भाव हामी छाँट्न खोज्छौ, तिनले हामीलाई बेर्दै जान्छन् ।
हामी कक्षा चढ्दै गयौं, बिषयहरु साँघुरा र ठाडा हुँदै गए । अदितिले मलाई ‘कोर्स मेटरियल’मा सहयोग गर्दथी । म पढे झैं गर्दथे, बुझे झैं गर्दथे । कुरो उ तेस्रो बर्षमा हुँदाको हो । उसले मलाई दिएका मेटरियलमा नचिनेका अक्षर देखे । मनमा चस्स भयो ।
विश्वास पातलिदा आगो सल्कन बेर लाग्दैन । जितेको भूगोल मायाले मागुन्, दोस्रो सोचाई बिना अर्पिन्छ । तर तिनै माया एक भित्ता टाढा हुने छनक मिलोस, मनले लाख सोचिदिन्छ । माया आफैमा पवित्र हो । तर प्रेमीहरु लोभि हुन्छन्, प्रेमीकाहरु लोभी हुन्छन् ।  भाकल नपुग्दा ईश्वरको अस्तित्वलाई त शंका गरिन्छ, झन म त मायालु भन्दा एक कक्षा तल बाँचेको प्रेमी ।
ती अक्षरहरु नचिनेका मात्र थिएनन् । त्यहाँ शब्दहरु थिए, बाक्यहरू थिए, संवादहरु थिए । त्यहाँ छेडाइहरु थिए, मस्काइहरु थिए । मैले ति अपरिचित लेखाइमा माया जित्न गरिने परिचित दाउहरु देखे, बुन्दै गरेका घरहरु देखे । म  कसरी चिन्दिन थिए होला र, ति सबै अनुभवहरु मेरा अंश-अंशमा थिए ।
उ जो थियो; उसले आफ्ना दाउ राख्दै थियो- माया जित्ने । यहाँ एउटै नारीमा हजार प्रेमीहरु पागल   हुन्छन् । म एक थिए, उ अर्को हुँदो हो । तर अदिति त जानकार थिइ । हामी माया बुन्ने हरेक गोरेटो सँगै हिंडि सकेका थियौं । व्यक्त-अव्यक्त मायाका पद, चाप सबैसँग अभ्यस्त थियौं । तर मैले अदितिलाई फेरि तिनै गोरेटाहरु हिड्दै गरेको भेट्टाए, अर्कै सँग । मायाको बाटोमा अनेक डाँडा काटेर एक घुम्तीमा म सँगै भएको प्रेमी, अर्को सिरामा फेरि किन यात्रा शुरु गर्दछ? यात्रा एउटै, यात्री एउटै, समय एउटै तर फरक पदयात्रीसँग भिन्न मोडमा यात्रा कसरी सम्भव छ? म खङग्रङ्ग भए । मन चिसो भयो ।
ति नचिनेका अक्षरले नाम पाए । ति नचिनेका अक्षरहरु अब बाक्य भए, मुक्तक बने, कविता बने । ति कबिताहरु अदितिका पुस्तिकाबाट उठेर उसका भाकामा गाँसिए ।  ति शब्दका, ति हरफका कोलाहलले मलाई क्रुद्ध बनाउँदै लग्यो । म मनबाट बिरामी हुँदै गए ।
अदिति त्यो साथीका कुराहरु सुनाउन थाली । जान्ने मान्छे, गुरुवर्गको प्यारो, मिजासिलो, सहयोगी आदि-आदि । उसका प्रतिभाहरु पनि कति हुन् । म मनबाट आफैंसँग कमजोर हुन थाले । अदितिका बातमा सँधै उसको साथी हुँदैन थियो, तर पनि म घरि-घरि ति बातमा उसलाई खोज्दथे ।
मैले भित्र मनको तापलाई मेरा ब्यवहारमा प्रसारित हुन नदिन भरमग्दुर प्रयास गरे । अदिति मेरी मायालु थिइ, मेरो आधिपत्य होइन । यहि भावले मलाई सम्हाल्यो । म निको हुन थाले ।
अदितिले इन्जिनियरिङ्ग सकि, म चौंथो बर्षमा पुगें । इन्जिनियरिङ्गको एउटा औषत विद्दार्थीले चार बर्षमा पाठ्यक्रम  मात्र पढ्दैन, समाजका दाउपेच पढ्छ । परिक्षाका साथै जीवनका समस्या सामना गर्न सिक्छ । अनि तिनबाट पछारिदा, उठ्न सिक्छ, तिनलाई छ्ल्न सिक्छ । म पनि सिक्दै गए, व्यवहारमा छिप्पिदै गए ।
ब्यक्त/अब्यक्त मायालाई जीवन सुम्पिने आँट मायाको एउटा अध्याय हो । तर मायाका सबै पोटीहरु सगरमा हुँदैनन् । कति मनको खाडलमा बसिदिन्छन्, कतिले सपना बिझाउँछन् । यी सबै अनुभवलाई पचाएर मायालुलाई मनको सगरमा राखिराख्नु मायाको अर्को अध्याय हो । मैले त्यहि जान्दै थिए, त्यहि बुझ्दै थिए ।
अदितिको साथिका प्रतिभाहरुसँग म सन्तुलित हुँदै गए, उसका बिशेषणहरुसँग म सहज हुँदै गए । समयको कुरो हो, मौका मिल्दा उ एकदिन भेटियो । अदितिले चिनाइन, मैले भर्खर चिने झैं गरे । चिनजान पनि अचम्मको हुन्छ । पात्र भेटिनु अगाडि नै उसका तमाम ब्याख्याहरु बटुलेर हामी एउटा बिम्ब बनाई सक्छौं अनि साक्षात पात्र  भेटिदा उसलाई जेनतेन बिम्बसँग जोड्ने प्रयत्न गर्छौं । मैले पनि अदितिको साथीलाई, उसको बिम्बसँग जोड्ने प्रयास गरे । हामी यहि त मात खान्छौं । बनाई सकेको बिम्ब फोर्नै सकिदैन । अनि हाम्रा ब्यवहारहरु चोखा हुँदैनन् । म अपवाद भइन ।
अग्लो केटो, छोटो कपाल, फोस्रो जिन्स, हलुका भाषा आदि । उमेरले/व्यवहारले एउटा घुम्ती काटेपछी लवाइको खासै महत्व हुँदैन। उसले पनि त्यो बुझिसकेको पाए । अदितिले हाम्रा व्यक्तित्व जोड्ने प्रयास गरि । उ हामीलाई समभुज बनाउन खोज्दै थिई, तर म भावनाका विषमकोणमा उभिएको थिए । त्यसैले त्यो सम्भव भएन । म उसँग गह्रौं नै भइदिए ।
अदिति जागिरे भइसकेकि थिइ । उसको पहिलो जागिर, मेरो चौथो बर्षका ब्यस्तता । हाम्रा भेटहरु राम्रैसँग पातलिएका थिए । ति भेटमा मायाका चिचिला हाँसो, जिस्काई, ठुस्काई, फकाइ भन्दा पनि ब्यवहारका सल्लाहहरु, समाजका अवलोकनहरु, अवलोकनका बिषयगत छलफल हुन्थे । अनि तिनै छलफलमा हामी एक अर्कालाई उडाउँथ्यौ, रिसाउँथ्यौ अनि फेरि तिनै माथि हाँस्थौ । उसको साथी उसका बिषयका बातमा एउटा नियमित उपस्थिति लिएर आउँथ्यो । म मिलेसम्म उसलाई पन्छाउँथे ।
समय बतासियो, मैले इन्जिनियरिङ्ग सक्दा-नसक्दा अदिति विदेश जाने भइ । मैले उसलाई नजाउ भन्ने तर्क थिएन । गाह्रो त उसलाई पनि उत्तिकै भएको थियो । उसले मलाई जसरी पनि विदेश आउने बाचा गराई । हामीले बिवाहको बारेमा नसोचेको, सल्लाह नगरेको होइन । तर दुवैले आफूलाई “तयार” पाएनौं ।
संघर्षले सम्बन्धहरु, सम्बन्धका निर्णयहरु कस्तो सम्म प्रभाव पार्छन् भने हाम्रो बिवाह एउटा  “विकल्प” को रुपमा उभियो । जसको सपना हामीले बर्षौ देखि बुन्दै बसेका थियौं, आज सबैथोक हातमा  हुँदा हामीले आफूलाई “तयार” भेट्टाएनौं । यो ब्यवहारले छिप्प्याएको परिणाम हो या समय सँगै परिष्कृत  अद्दतन माया !! मलाई थाहा छैन, म जान्दिन पनि । तर मेरा देवता साक्षी छन्, त्यो निर्णय लिदाँ मेरो माया बिसको उन्नाइस पनि भएन । अनि मलाई थाहा छ, अदितिको मन पनि चोखो नै थियो । उसले गाह्रो गरि जान्छु भनि, मैले बोझिलो हुन्छ भने । हामी धेरै पछी सँगै रोयौं ।
उ विदेश गइ । म नेपालकै जागिरमा अलमलिए । विदेशको पढाई, छात्रवृत्तीको ताकमा उ उसको साथीकै विश्वविद्दालयमा पुगी । परदेशीका हजार समस्या हुन्छन, मैले के नै गुनासो गर्नु थियो र । मैले गरिन । उसले छात्रवृत्ती पाई, खुशी भइ । मलाई सन्तोष नै भयो ।
म पनि विदेश जाने ताकमा लागे । अदितिले सहयोग गरि । छ-आठ महिना त्यसै लाग्यो । पहिलो प्रयास गरे, ‘भिसा’ लागेन । केहि तामझाम मिलाए, दोस्रो पट्क पनि लागेन । तेस्रो पटक पनि नलाग्दा मैले हारे!  मैले महाराजगञ्ज सम्झें । कहाँ डाक्टरी सपना चकनाचुर भएको ठिटो, कहाँ मायासँग जीवन जोडिने सपना छिनेको लोग्नेमान्छे । महाराजगञ्जको नतिजामा म रिसाएको थिए, उफ्रेको थिए । यहाँ म बाहिर शान्त भए, भित्र-भित्र रोए ।
अदिति अत्तालिइ । मैले पछि बिद्दावारिधि गर्न आउँछु भनि कुरो पल्टाँए । संघर्ष छोडेर अतिदि फर्कन गाह्रो थियो । म जाने उपाय तत्काल देखिन, उसलाई फर्क भन्न सकिन । ब्यवहार बुझ्दै जाँदा म नेपाल नै बस्ने छाँट भयो । अदितिलाई दुबिधा भयो, गाह्रो भयो। मैले त्यहि अनुभव गरे ।
मायामा त्याग पनि हुन पर्दछ । मेरा विचारले यस्तै दिशा लियो । म अदितिको साथीको पुरानो बिम्ब फोर्न थाले । उसका बिशेषणहरु बटुलेर म नयाँ बिम्ब बनाउँन थाले ।
-by meaninglessthinkings@somewhereondearth
Continue Reading | comments

मेरो बिहे [कथा]



“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए।

“खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ ।

“एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें ।

म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोले उनका पाखुरा राम्रो सँग देखिएको थियो । गोरो रंगमा खुलेको । ग्लामसर जस्तो । चस्मा लगाएकी, गोरी, मोटी-मोटी। मैले त्यो फोटोमा मेरी दुलही खोज्न थालें ।

आमा खाजा लिएर आउनु भयो । फेरि त्यही उसिनेको तरुल र टमाटरको चट्नी । मीठो लाग्छ भन्दैमा दिनै पिच्छे खुवाएर हैरान ।

मैले मुख फोरेर भने । पहिले म भेट्छु, कुरा गर्छु अनि मात्र हजुरहरु । आमा मान्नुभयो ।

म पनि दंङ्ग परे । खोजे जस्ती श्रीमती पाईने भयो भनेर । खाजा त्यसै मीठो भयो । बुवा पनि ढिलो ढिलै आउनु भयो । ‘बूढाले बियर दन्काएछन्’ थाहा भइहाल्यो। ‘केटी त अर्कै खोजौँ है” बुवाले खाना पछि भन्नुभयो । “किन नि” आमाले अलिक कडा स्वरमा सोध्नुभयो । “आऽऽऽऽऽऽ अर्की खोजौ न, मलाई अलिक मन खाएन" । “बिहे तपाईंले गर्ने कि कान्छाले” आमा रिसाउनुभयो ।

कस्तो कस्तो कल्पना गरिसकेको थिँए, त्यो फोटो कि दुलहीसंग । बुवा, बूढा खुब संसार उनैले बुझेको जस्तो । मेरो मन कुडिंयो ।

“मैले त उ बेला नै ल्याएको नि तँलाई । कान्छाकै लागि भनेको । अझै राम्री खोज्न पर्यो भनेको ।" बुवा हाँस्नु भयो । यसपछि आमाले पनि हुन्छ भन्नुभयो । मैले कुरा बुझिन, त्यसै मन खिन्नभयो ।

रातभरि खट्पटि भईरह्यो । किन बुवाले मन बटार्नुभयो । के भएछ । केटी त गतिलि जस्ति छे । पढाइ पनि ठिक छ । राम्री पनि हो । बुवा आमाले आश गरेको जति देलान नै, नत्र म के काम । फेरि त्यतिको लागि मेरो बिहे के रोक्नु हुन्थ्यो बुवाले । किन किन, मैले पत्तो लगाउन सकिन ।

बिहान ४-५ बजेको हुंदो हो । त्यसै बिउंझिए । आमा बुवा गुनगुनाउदै हुनुहुन्थ्यो । मैले कान थापेर सुनें ।

“कहिले रहेछ?” आमाले सोध्नु भयो ।

“खोई BA पढ्दा अरे"

“नेवार केटो थियो रे । खुब संगै हिड्थे रे । टोल छिमेकमा कुरा उठेछ । के के भयो दैब जानुन । अर्काकी छोरी नदेखि नसुनि बात लाउनहुन्न । अनि पढाईको बिचमा नै दाजुसंग काठमाण्डौं पठाएका रे"

“होस, किन हामी अघि बढ्ने । कुरा उनैले राखेका हुन् । छोरो मानेन भनिदिउंला” आमाले भन्नुभयो ।

“कान्छालाई नभन्नु, चित्त दुखाउँछ । फेरि यति सानो कुरा भन्दै उफ्रन्छ । केटा केटी नै छ, एसो केही भनेर टारिदे न”

मलाई बिस्मात त भयो । तर हांसो पनि लाग्यो । मन मनै सोचें “अब म I Sc, BE, M Sc पढ्दा जति केटी साथी संग हिँडे, डुँले, खाजा खाएँ, बरै कसैको बिहे नहुने भयो । कठै मेरा केटी साथीहरु ।" जित्नु केहि थिएन । त्यसैले बुवा, आमाको कुरा मैले प्रतिवाद गरिन । बिहान अफिसको लागि निस्कन लाग्दा आमा फोनमा कुरा गर्दै हुनु हुन्थ्यो ।

“एएऽऽऽऽऽ, सापकोटा? हो हो चिने । ल ल म भरे आँउछु। अनि कुरा गरौंला ।"

-----------------------------------------------------------------------------------------------

नाकको फुली फुकालेकी रहिछन् । उनी बानेश्वरको क्याफे छिर्ने बित्तिकै मैले उनको नाक याद गरे। चिन्न गार्हो त भएन ? उनि नबसुन्जेल म उठिरहे । ‘भएन’ उनि मुस्काइन् । दाँत मिलेका रहेछन् । मेरो पनि सफा गर्नु पर्ने । मैले मेरो अधुरो काम सम्झिहालें ।

‘कफि लिने?’
‘होइन, म त चिया लिन्छु ।‘ उनले आफ्नो ईच्छा राखिन् । म ब्लाक कफिमा अडिग भए । मैले उनलाई जसरी हेरको थिँए, वेटरले मलाई त्यसरि नै हेर्यो । ‘अरु पछि भनौला’ यति भनेपछि मात्र वेटर गयो ।

केटा र केटी पहिले भेट्ने अनि मिल्यो भने मात्र कुरा अगाडि बढाउने भनेर कुरा मैले नै राखेको थिँए । केटी B Sc को जाँच दिएर बसेकी । बिराटनगर कि केटी । सापकोटा, उपाध्याय बाहुन । आमाले को साइनोबाट कुरा मिलाउनु भएको । हाम्रो जस्तै परिवार छ रे । आमाले भन्नुभएको । कान्छी छोरी, दिदीहरु भन्दा राम्री । पुड्की नै त होईन तर हाइट कम । म पो कौन सा अग्लो छु र? जोडी त मिल्छ । मैले मन मनै गुने ।

‘अनि फुर्सदमा के गर्दै हुनुहुन्छ?’ निकै सोचेर मैले प्रश्न सोधें ।

‘बफेलोको मेटाबोलिज्मको बारेमा एउटा पेपर फलो गर्दैछु । “मेरो उडेको प्रश्नलाई उनले गह्रौं उत्तर दिइन् । मैले एब्स्ट्याक्ट एक्सप्रेसन देखाएँ । केटी कडा रहिछ । निचोड संगै मैले कफि घुटुक्क पारे ।

‘क्यारियरको मेन टर्निङ पोइन्टमा बिबाह सोच्नु भएको?’ मैले पनि वजनदार प्रश्न फालें ।

उनी एकछिन सोच्न थालिन् । मलाई कता कता खुसी लाग्यो । राम्रो प्रश्न गर्न सफल भएकोमा । कपाल खेलाउँदै निकै बेर अन्कनाएपछि उनि बोल्दै थिइन् । त्यति नै बेला वेटर आइपुग्यो ।

‘केहि अर्डर गर्नु न ल’ उनले मेनु मतिर फर्काइन् ।

‘दुईवटा चिकेन रोल र एउटा फ्रेन्च फ्राई ।' अर्डर गरेपछि आफैलाई गालि गरे । बानेश्वरको क्याफेको रोल एकदम झुर हुन्छ ।

‘एउटा चाहीँ भेज गर्नु ल’ उनले यस पटक पनि अर्डर चेन्ज गरिन् ।

‘चिकेन मिठो लाग्दैन?’ मैले केही नसोची, केटा साथिलाई जस्तो प्रश्न गरें ।

‘आइएम भेजिटेरियन" !

‘एएएऽऽऽऽ' मलाई नराम्रो पनि लागेन । मेरो रियाक्सन न्युट्रल थियो ।

उनले आफ्नो भनाई सुरु गरिन् । ब्याग टेबलमा थियो । टिस्यु पेपर झिकेर हातमा लिइन् । ‘म मास्टर्सलाई एप्पलाई गर्दैछु, अष्ट्रेलिया, यो सेसनमा’ । ‘अब गएपछि फेरि ३-४ बर्षमा मात्र आइएला । दिदीहरुको बिहे भइसक्यो । घरमा मेरो मात्र बाँकी, ममी बाबाको मन पनि राखिदिनुपर्यो । फेरि पछि आफूलाई पनि ढिला हुन्छ । त्यसैले अहिले गर्ने सोचेको ।"

उनि भन्दै गइन् । कफि वा उनको कुरा, के ले मलाई झुम्म बनायो, थाहा भएन ।

‘युनिभर्सिटिले अफर लेटर पठाइसक्यो । एडिबीको स्कलरसिप पाएकीछु । त्यसैले राम्रो छ चान्स । अष्ट्रेलियामा डिपेन्डेन्टले काम गर्न पाउँछन ।  सो, टेक्निकल लाइनको पार्टनर भयो भने सजिलो हुन्छ भनेर,
Continue Reading | comments

धन कमाउने सपना (वियोगान्त प्रेम कथा)

झुपडिकै बास भए पनी छहारी मिलेकै थियो, खोले फाँडो भए पनी पेट भरिएकै थियो । त्यो दिन थियो जुन दिन धन पैसाको लालचमा लाग्दा जिन्दगी किनाराले छाडेको बगर जस्तै भयो । मिठो सपनाको संसारमा डुब्दा त रमाईलो हुन्छ, सपनाको धाजामा खुट्टा टेक्दा त्यो दलदलमा भासीए पछि जिन्दगी अर्थहिन बन्न पुग्छ.. आज मेरो ब्यथा भनौ या धन पैसा कमाउने सपना बोकी बिदेश लाग्नेको कथा भनौ त्यस्तै भएको छ ।
उमेश मेरो जिबन साथी हो । हामी दुईको बैवाहीक जिवनपछि हाम्रो घर दु:ख
Continue Reading | comments

मुखियाबाको बखान- बाल कथा

पूजा हमाल
शिवमन्दिर, नवलपरासी

कुनै एउटा गाउँमा एक दाजु र बहिनी एक-आपसमा साह्रै मिलेर बस्थे । उनी दुइको मेलमिलाप देखेर गाउँलेहरू सब छक्क पर्थे । कुनै कुनैले त झिजो मानी डाहा समेत गर्थे भने कतिपय उनीहरूसँग खुशी पनि थिए । उनीहरूका बुबा-आमा पनि थिएनन् न त सम्पत्ति नै जोडजाम गरेका थिए । त्यसैले आर्थिक अवस्था एकदमै कमजोर थियो । एकदिनको कुरा हो- आफ्नै गाउँका थुप्रै केटाकेटीहरू पढ्न स्कुल जाँदै गरेको दृष्यलाई देखेर बहिनी अञ्जुलाई पनि पढ्ने चेतना जागृत भएछ । यो कु
रा उनले मौका छोपेर आफ्ना दाजु रमेशलाई बताइन् -
"दाजु, मलाई पनि विद्यालय पढ्न जाने मन लागेको छ । विद्यालयमा हाम्रा उमेरका धेरैजसो दाजुभाइ दिदीबहिनीहरू पढ्न स्कुल जाँदा रहेछन् हामी कति अभागी रहेछौं।"
Continue Reading | comments

नेता - सामाजिक कथा


शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्ड टप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमा
ण्डौंको नजिक भक्तपुरमा कोठा लिएर बसेको थियो । त्यस्तै सूर्यशङ्करले पनि गाउँबाट एस. एल.सी.मा राम्रो अङ्क ल्याइ उत्तीर्ण गरेपछि काठमाण्डौं नजिक ललितपुरमा कोठा लिएर आफ्नो पढाइ सुचारु गरिरहेको थियो ।
शीरध्वजलाई सरकारले बोर्डमा आएकोलाई दिइएको सुबिधाले शहरमा कोठा लिएर बसी खान-लाउनलाई पर्याप्त थिएन । अनि शीरध्वजको घरबाट पनि पर्याप्त पैसा नपठाइदिएकोले गर्दा शीरध्वजले प्राइभेट कम्पनीमा काम गथ्र्यो । बिहान सबेरै क्याम्पस पढ्न जान्थ्यो । क्याम्पसबाट फर्किसकेपछि अफिसमा काम गर्न जान्थ्यो अनि कोठामा बेलुकी अबेर घर फर्कन्थ्यो । कोठामा फर्किसकेपछि एक छाक राम्ररी खानका लागि स्टोभ बाल्ने काम गथ्र्यो । स्टोभ दम दिँदाको ट्याङ-ट्याङ आवाजले रातको सत्राटालाई खल्बल्याइदिन्थ्यो । अनि घर-पट्टी साहू बेखामानदाइ आएर हेर्न आउँथ्यो । भात पाकिसकेपछि तरकारी नराखी त्यत्तिकै भातमात्र खान लागेको देखी तरकारी नभएको देखेर, बेखादाइले बाबु यस्तो उमेरमा पनि तरकारी नभइ खाने हो ? भन्दै हामीले माथि तरकारी बाँकी गरिराखेका छौं जा छोरी शीरध्वजलाई हाम्रो तरकारी दे दे भन्दै सहयोग गर्दथ्यो । घर-पट्टीले म भनेको तिम्रो बुबानै हुँ भनेर परीआएका धेरै कुराको मद्दत गर्दथ्यो र यी तिम्री बहिनी हुन् भनेर छोरीलाई देखाउँदै कुनै अप्ठेरो नमानी सबै कुरा छोरीसँग सहयोग मागे हुन्छ भनी भन्दथ्यो र छोरीले पनि आफ्नो दाइ सम्झेर गृहिणीको रुपले सघाउँदथी ।
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger