जीवन
 |
| Prakash Aryal |
तिम्रा समर्थनमा पनि हामी आउँदैनौ गाईजात्रामा तिम्रो कथन अब गाऊदैनौ
झन्डा हाल्ने टालोले पुरा शरीर ढाक्थ्यो
तिम्रा नाउका पट्टीहरु हामी लाउदैनौ
आज सम्म नोकर अनी हली बस्या रैछौँ
शोषकी र सामन्तीको हलो साउँदैनौ
नेता आइ चर्का चर्का भाषण ठोक्दैमा
चिल्लीबिल्ली भाका हाम्ले खान पाहुदैनौ
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
जीवन,
प्रेम

प्यारी चुनमुने,
तिमी हराए देखि मेरो मन एक तमासको भएको छ|तिमी थियौ र पो सब थियो,तिमी छैनौ सबैतिर बन्दै बन्द छ|
चुने ,तिमी हराएको अनुभब राती हतार हतार घरको ढोकामा पुगेपछी मात्र भो| सधै जसो छुनमुन गर्ने तिमी त्यतिखेर तिम्रो छुन मुन न सुन्दा म ट्रेनको ट्रयाकबाट खसे जस्तो भएँ| तिमी संग बिताएको अन्तिम क्षणहरु ब्रेकिंग न्युज जसरी मेरो मनमा खेल्न थाल्यो| बिहान देखि नै तिमी म संग थियौ,काम बाट म कलेज जादा सम्म पनि तिम्रो छुनमुनको मलाई सम्झना थियो| तिमी संग हातमा हात मिलाई हिडेको संझना ताजै थियो ……त्यस पछी सोचे तिमी कतै न्यानो कुनामा बसी रहेकी हौली!
जान्नैपर्ने कुराहरु,
जीवन
1) सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
2) आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
3) आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
4) आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
5) धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
6) जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
7) आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
9) आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
10) आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
11) आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
12) जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
13) यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।