- निकुञ्ज तिवारी
जीवनको आधाभन्दा बढि समय नेपाली साहित्यका लागि नै लगाउनुभयो । विद्यार्थी जीवनदेखी नै उहाँले थाल्नु भएको साहित्यिक यात्रा ले झण्डै चारदशक समय पुरा गरिसकेको छ । नेपाली साहित्यको मुक्तक, कविता, गजल, नाटक, कथा र उपन्यास विद्यामा निरन्तर लाग्दै आउनु भएका सरुभक्तका साहित्यिक यात्रामा कहिलै थाक्नु भएन । सायद थाक्नु भएको भए पछिल्लो सयमसम्म आइपुग्दा ३७ वटा कृति प्रकाशित पनि हुने थिएनन् । अझै एउटा महाकाव्य प्रकाशित गर्ने तैयारी गरिरहनु भएको छ ।

