Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label आफ्नो कुरा. Show all posts
Showing posts with label आफ्नो कुरा. Show all posts

चुकुप्रकाश मुक्तक दोहोरी मा मेरो नजर

 लोकेन पि बि लोकेन्द्र 
डाँडागाउँ ४ चाइपाटा 
जाजरकोट
चुकुप्रकाश मुक्तक दोहोरी मा मेरो नजर !! अहिले को यो परिबर्तनशिल जमाना मा साथै साहित्य को प्रतिस्पर्धा को जमाना मा छुट्टै पहिचान बोकेको यस "चुकुप्रकाश मुक्तक दोहोरी" साँच्चिकै उपयोगी अनि उपलब्धि मुलक बनेर हामी माझ प्रस्तुत भएको छ । "चुकुप्रकाश मुक्तक दोहोरी" ले आज सम्म मलाइ मात्र हैन म जस्ता हजारौं मुक्तक सर्जक हरु लाई सहयोग र साथ दिएको छ । अझै भन्नू पर्दा हुन त म खास साहित्यकार हैन तैपनी मेरो यस साहित्य प्रती को झुकाव र अलिअली लगाव लाई यस "चुकुप्रकाश मुक्तक दोहोरी" ले मुक्तक मा अझै सहयोग र साथ दिएको छ । खास भन्ने हो भने मैले यस "चुकुप्रकाश मुक्तक दोहोरी" बाट मैले जानेको भन्दा ८५% अझै लेख्न जानेको छु । आशा छ म जस्तै अन्यलाइ पनि यस "चुकुप्रकाश मुक्तक दोहोरी" ले अझै मुक्तक लेख्न सहायोग गर्नेछ , साथ दिनेछ । अनि यस "चुकुप्रकाश मुक्तक दोहोरी" ले आज सम्म सन्चालन गरेका प्रत्येक  मुक्तक दोहोरी कार्यक्रमहरु अति भन्दा अति उत्कृष्ट छन र आउँदा दिन हरु मा पनि अझै यो भन्दा प्रगती गरोस भन्ने कामना गर्दछु । जिन्दगी भर सब को साथी , बनोस" चुकुप्रकाश ! सबको दिल मा फुल बनी , फुलोस चुकुप्रकाश !! यसरि नै छाओस सबको मन मन मा , जीवन बनेर ! मुटु को त्यो धड्कन बनी , रहोस चुकुप्रकाश !! शुभकामना !!

 लोकेन पि बि लोकेन्द्र 
डाँडागाउँ ४ चाइपाटा 
जाजरकोट
Continue Reading | comments

१४ औं मुक्तक दोहोरी कस्तो रह्यो क-कसले के के भने ? [ प्रतिक्रिया संगालो ]

शिव राज बि सि यकल यात्री

जाँदा जाँदै
बनायौ मजबुत बिजुली बत्ती मुक्तक दोहोरी बाटै/
निखारिला कलमी हरुको शक्ति मुक्तक दोहोरी बाटै//
यस्तो कार्य गरेका छौँ कि बिस्वस्नियता बढाउने/
लोडसेडिङ घटदै जन्छ कत्ती मुक्तक दोहोरी बाटै//

सर्ब प्रथम त Chukuprakash Muktak Dohori का संचालक  प्रकाश अर्याल ज्यु , कार्य समिताका सम्पूर्ण साथीहरु साथै उपस्थित सम्पुर्ण मुक्तकिला मनहरुमा हृदय देखि नै साधुवाद  प्रकट गर्न चाहन्छु  र  कार्य ब्यस्तताका बाबजुद  पनि भोक प्यास  थकाई को प्रभाह न गरि आफ्नो अमुल्य समय दिई खर्चिनु भो अथबा पाल्नु भएकोमा  मुरि मुरि धन्यवाद  र तपाईं हामी र म बिच धेरै सान्दर्भिक रोमान्टिक  र रमाईलो का साथ यो ३३ घन्टा कसरी पार गरियो अत्तो पत्तो भाको महसुस पनि भएन किन भन्दा हाम्रो जमघट ले नै सायद यस्तो पारिदियो  होला ।
र साथी हामी बिच कहिँ कतै जानी न जानी बादी प्रती बादी को  सवाल जवाफ  मा कमि कमजोरी तथा  गल्ती पनि भयो होला  त्यो गल्तिलाई यौटा साथी सम्झेर माफी गरि दिनु हुनेछ भन्ने पूर्ण आशा अनि बिस्वासका साथ बिदा हुन्छु |
Continue Reading | comments

साहित्य लेखन पनि एउटा नशा नै रहेछ - बेहोशी कृष्ण कार्की

बेहोशी कृष्ण कार्की 

हरेक शृङ्खलामा एउटा न एउटा रेकर्ड कायम गर्दै अघि बढी रहेको यो Chukuprakash Muktak Dohori को आजको शृङ्खलामा केही जटिल बिषय उठान गरिएको भए पनि र गत शृङ्खलाको तुलनामा यसपाली कमै मुक्तकहरु पोस्ट भए पनि सशक्त र दमदार मुक्तकहरु पोस्ट भएको मेरो अनुमान छ। त्यति मात्र होइन यति सशक्त विषयमा पनि समय सिमा भित्रै ३५५ वटा मुक्तक पोस्ट गरि सुजन क्षितिज याङ्मा राइले गत शृङ्खलामा सबैभन्दा धेरै मुक्तक लेख्ने रेकर्ड बनाउनु भएका मुक्तकमन प्रकाश मगर बियोगको रेकर्डलाई ब्रेक गरि आफ्नो नाममा पर्नु भएकोमा हार्दिक बधाई समेत भन्न चाहें।


मलाइ लागिरहेको थियो कि, आजको बिषयमा लगभग २००० को हाराहारीमा मात्र मुक्तक पोस्ट होलान तर त्यस्को झन्डै दोब्बर  ३७०० मुक्तकहरु पोस्ट भएछन। म स्वयं पनि चकित छु कि, मैले पनि यति जटिल बिषयमा अघिल्लो चोटिको आफ्नै रेकर्ड ब्रेक गर्दै ३८ वटा मुक्तकहरु पोस्ट गर्न सकें । बास्तबमा भन्नू पर्दा साहित्य लेखन पनि एउटा नशा नै रहेछ, जस्तो सुकै कठिन परिवेश तथा सन्दर्भ भए पनि नशाले छोपे पछि पार लाइदो रहेछ जुन आजको मुक्तक दोहोरिले साबित गरि दियो। यति भन्दै यस मुक्तक दोहोरीका संचालक प्रकाश अर्याल चकुप्रकाश तथा सम्पुर्ण सहयोगी हातहरु तथा आजको यस मुक्तक दोहोरीमा रमाउनु भएका सम्पुर्ण मित्रलाई धन्यवाद! भन्दै ओझेल पर्न चाहे, जय मुक्तक! जय साहित्य!! जय चकुप्रकाश!!! जदौ।



Continue Reading | comments

चुकुप्रकाश ११ औं दाइजो बिषयक मुक्तक दोहोरीको बारेमा बि बि तामांग घिसिंङ को खुल्ला पत्र

एकजना मित्रले दाइजो विरुद्ध मुक्तक दोहोरीको बारेमा केही प्रश्न राख्नु भएको रैछ उहाँको प्रश्न लाई जानीनजानी यसरी उत्तर दिए

छोटकरीमा  : 

चुकुप्रकाश साहित्यिक ब्लग द्वारा यहि मिती : २०७१/ मंसिरको पहिलो हप्ता ६ र ७ गते दाइजो विषय मुक्तक दोहोरी कार्यक्रम सामाजिक सन्जाल मार्फत अथवा फेसबुकको कमेन्ट बक्समा ३३ घन्टा चलेको थियौं
र दाइजो विषय मुक्तक दोहोरी खेल्न १७८ जान सर्जक मुक्तक मन मित्रहरूको सहभागी थियो र ११ औं पटकपटकको दाइजो विषेश मुक्तक दोहोरी को प्रमुख भुमिका निभाउन चुकुप्रकाश साहित्यिक ब्लग बाट  द्वारा म, र सम्झानी रेग्मी 'सानु' लाई जिम्मेवारी दिनु भएको थियो|
सो मुक्तक दोहोरी मा ३,४०० को हाराहारीमा मुक्तकहरु समावेश भएको थियो  र कुनै  साथीले आज भन्दा एक वर्ष अगाडि दाइजो कै कारण आफ्नै दिदीको हत्या समेत भएको दुखद खबर पनि  मुक्तक दोहोरोमा पस्कनु भएको थियो  र मैले सुनेको खबर विभिन्न अनलाइन मार्फत समाचारमा छापिएको नपढेको पनि हैन पढेकै हो र सुनेकै छु | विगत २ वर्ष भित्रमा हाम्रो देशको विभिन्न ठाउँ र समाजमा कुनै लाई आफ्नो लोग्ने सासु ससुरा समेत मिलेर जिउँदै जलाउने जस्तो खबर पनि सुनेको छु  र दाइजो कै कारण २५ जान भन्दा बढी चेलिबेटीको ज्यान गइरहेको खबर पनि पाएको छु र दाइजो कै कारण कति छोरी चेलिहरु पिडित भएको खबर पनि सुनेको छु| 
आखिर किन यस्तो गर्छन् त ? छोरी चेलि माथी हाम्रो समाजमा कि अरुको सम्पत्तिको आशा मा मात्र बिहे गर्छन् त मान्छेहरू दुई दिनको लागि  ? हो यहि विषय लाई लिएर हामीले फेसबुकको भित्तामा भएपनि दाइजो विरुद्ध आवाज उठाउन खोजेको मात्र हो कसैलाई दाइजो दिनु पर्दैनन् र लिनु पर्दैनन् भनेर जबर्जस्ती गर्न खोजेको चाहिँ हैन आफ्नो-आफ्नो विचार हो | मेरो व्यक्तिगत बिचारमा बाउमाइतिले आफ्नो छोरीलाई पछि हेला गर्छन् कि भनेर इच्छा अनुसार र छोरीले माइती घरमा हुदा दु:ख गरेको सम्झेर दिने होला तर यो केटा तिर बाट दाइजो किन माग्नु हुन्छ त्यो चाहिँ मलाई थाहा भएन र केटा तर्फबाट दाइजो माग्नु पनि गल्ती जस्तो लाग्छ किन कि अर्काको छोरी पनि दिनु सम्पत्ति पनि दिनुपर्ने चाहिँ अलि नहुने नियम हो| हुनत आफ्नो आफ्नो जातीय रीतिरिवाज अनुसार पनि हुन सकिन्छ म एउटा तामाङ को छोरा भएर जुन हिजोको दिनमा दाइजो विरुद्धमा आवाज उठाए तर मलाई यो दाइजो बारेमा त्यति थाहा पनि छैन र हाम्रो तामाङ हरुको रीतिरिवाज चाहिँ यस्तो छैन तामाङहरुले चाहिँ केटा तिर बाट दिनुपर्ने हुन्छ केटीको बुवाआमा लाई किन केटीको बुबाआमालाई दिनुपर्छ त भने पछि आफ्नो छोरीलाई हेला गर्छन् कि बिचमा गएर छोडिन्छ कि भनेर छोरीको बाउआमाले पैसा सुन भएपनि लिएको हुन्छ पछि केही भएर छोडिएमा या बिचमा अर्को सौतेनी ल्याएकोमा हेला गरेर छोडेर माइतीघरमा आएर बस्नुपर्नेमा त्यो पैसा सुन केटीले पाएको हुन्छ | जुन हिजोको दिनमा हामीले दाइजो विरुद्ध आवाज उठायौं  र यसरी दाइजो विरुद्ध आवाज उठाएर मात्र पनि समस्याको समाधान नहोला हामीले एउटा जनचेतनामूलक संदेश दिन खोजेको मात्र हौँ र भोलिको दिनहरूमा कुनै पनि छोरी चेलिले दाइजो कै कारण मार्न नपरोस् र जिउँदै जल्न नपरोस् भन्न खोजेको मात्र हो हुनत सबैभन्दा ठुलो कुरा मान्छेको मनै हो गरे के हुदैन र आफ्नो गाउँ छिमेकीमा जनचेतनामूलक कार्यक्रम राख्ने गाउँ समुह बनाउने जस्तो कार्यक्रमहरु थालनी गर्ने गरियो भने भोलिको दिनहरूमा पक्कै पनि छोरी चेलि यसरी पिडित हुनबाट बच्न सकिन्छ होला | मेरो बिचार यतिनै कुनै गल्ती भएमा माफी चाहे |

मुख्य पात्र
बि बि तामाङ घिसिंङ 
Continue Reading | comments

एक थुकि सुकि सबै थुकि नदी यो भनाईलाई हामीले मुक्तक मार्फत छर्लङ पारिदिएका छौ- मुक्तककार पुरन बियोग

"मुक्तक"
त्यो फक्रिएको फुल फल्न नपाई झर्छ
अनि संधैको लागि संसार बाटै मर्छ
दाईजो बिना बिहे न गर्नेहरु लाई
कि जन्म कैद कि मृत्यू दण्ड दिनु पर्छ

दर्शन नमस्ते तथा साहित्यिक अभिबादन
एक थुकि सुकि सबै थुकि नदी यो भनाईलाई हामीले मुक्तक मार्फत छर्लङ पारिदिएका छौ !

आज म निकै खुशी छु किन भने दाईजो प्रथाका कारण अकाल मै झुण्डिएर बिष खाएर मर्न बाध्य भएकी ति हाम्री छोरीको कथा ब्यथा अनि परिवार बाटै मट्टितेल डिजल पेट्रोल हाली आगो लगाएर कुटपिट गरी अपाङ भई मृत्यूसंग लडिरहेकी ति हाम्री चेलीको कथा ब्यथा मुक्तकमा बोल्न पाउदा ।। म एउटा कुराको स्पष्टिकरण दिन चाहान्छु । 21 औँ शताब्दीमा पनि हामी कुवा भित्रको भ्यागुता जस्तै भएका छौ ।। अब हामीले यो कुरा बुझ्न जरुरी छ ।हामी जन्मदा खाली हात यो संसारमा जन्म लिन्छौ अनि मर्दा पनि खाली हात यो संसारबाट बिदा लिन्छौ  यो प्रतिषप्रधाको जमाना हो यहाँ अब मागी बिबाह दाईजो प्रथा यि यस्ता कुरितिहरु चल्दैन्न । जो कोहि मान्छेले पनि आफुले मन पराएको मान्छेसंग बिबाह गरेर झुपडी मै खुशी साथ बाँच्न सक्छ । त्यसैले हामीले कहिल्यै पनि धनको घमण्ड नगरौ आफ्ना छोरा छोरीको इच्छा चाहानाको संधै कदर गरौ छोरा छोरीले मन पराएका मान्छेसंग मात्र बिबाह गरि दिँऊ हामीले दाईजो लिने दिने काम भुलेर पनी नगरौ । हुनेले त दाईजो दिन सक्छ तर नहुनेले दाईजो दिन सक्दैन । यो कुरा हामीले संधै बुझिराखौ म तपाई हामी सबै मिली जुली दाईजो प्रथाको अन्त्य गरौ अनि हाम्रो मानब भएको कर्तब्य पुरा हुने छ ।
दाईजो बिशेष 11औँ मुक्तक दोहोरी सञ्चालन गर्नु हुने आत्मिय साथी प्रकाश अर्याल ज्यू प्रति म निकै आभारी छु । र मुक्तक दोहोरी समय अबधिभर आफ्नो अमुल्य समय खर्च गरेर मुक्तक दोहोरीलाई साथ दिनु भएकोमा सम्पुर्ण मुक्तक मनहरु प्रति पनि निकै धेरै आभार प्रकट गर्न चाहान्छु मुक्तक दोहोरीमा मेरा मुक्तकहरुको सवाल जबाफ दिनु हुने नरेन्द्र दाई. संगित बिरही.ईन्द्र बि.टी .बि बि तामाङ घिसिङ. सम्झना रेग्मी सानु . भबानी अधिकारी नेपाल . साहित्यप्रेमी तेज बोहरा .सुभद्रा जि एम .हरिशरण अर्याल र नाम छुट्नु भयका समस्त सबैमा हार्दिक धन्याबाद ज्ञापन गर्दछु ।।
यो टोली अगाडी बढ्ने छ पक्कै
अन्धोले पनि यहाँ पढ्ने छ पक्कै
हाम्रा यि हजारौ मुक्तकहरु मार्फत
हो दाईजो "प्रथा" हट्ने छ पक्कै

पुरन बियोग
पुरन्धारा आठ पश्चिम दाङ

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger