Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label Nepali News. Show all posts
Showing posts with label Nepali News. Show all posts

राजधानीमा फेरि अर्को साहित्यिक रौनक : डा.परिश्रमिका गजलमा डुबे गजलकार

काठमाण्डौ फाल्गुन २९
राजधानीले आज नयाँ आवाज पाएको छ ।  संगितिक गजल गाएनको रौनकमा आज  राजधानिका गजलकार मग्न भएको देखिन्थें । रेडियो छाहारी र मिर्मिरे मा ट्युन गरेका हरुले सायद अर्को स्टेसन बदलेनन । कारण आज राजधानीको सर्वनाम थिएटरमा सम्पन्न भएको
परिवर्तन सरगम साहित्य प्रतिष्ठान को आयोजना र विन्ध्यवासिनी फाउन्डेसनलको सह-आयोजनामा बरिष्ठ गजलकार डा घनश्याम परिश्रमिको   एकल बहरबद्ध  गजल गायन  कार्यक्रमले राजधानी ततायो ।एकै थलोमा बिभिन्न प्रस्तुतिहरु रहेको कार्यक्रममा अग्रज देखि अनुजसम्मको सर्जकहरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गजलकार प्राध्यापाक डा. सनतकुमार कुमार वस्तीले सोहि कार्यक्रमका नायक बरिष्ठ गजलकार डा.घनश्याम परिश्रमिको गजल गएर उतघाटन गरेका थिए ।नवलपरासी देखि आएर गजल गायन समूहले डा.परिश्रमिका बिभिन्न गजलहरु गएका थिए ।  भने स्थानिय बिभिन्न गायकहरुले पनि आफ्नो आवाजमा परिश्रमिका गजल गएर कार्यक्रम सभ्य बनाएका थिए । सोहि अबसरमा नारी गजलकार सुनिता सापकोटाको गजल संग्रह “एक दिन” र परिवर्तन सरगम साहित्य प्रतिष्ठानको गजल पत्रिका “समर्पण”पनि बिमोचन गरिएको थियो ।कार्यक्रममा बिभिन्न अग्रज गजलकार तथा बिभिन्न गायक गायिकाहरुलाइ एकै थलोमा सम्मान गरेको छ ।बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, ललिजन रावल,डा.कृष्णहरि बराल ,मानन्धर अभागीलाई गजल सम्मान गरिएको थियो भने सुशील श्रेष्ठ ,सुबास अगम,श्रीजना दाहाललाइ गजल गायनबाट सम्मान गरिएको हो । कार्यक्रमका नायक घनश्याम परिश्रमीलाई अबिनान्दन गरे संगै उहाले आफ्नो भनाइहरु राख्ने क्रममा भन्नु भयो “जति उत्कृष्ट क्रार्यक्रम भनीए पनि आज सम्म राजधानीमा एति भब्य कार्यक्रम भएको थिएन” ।
स्वागत मन्तब्य सस्थाका सचिब गोबिन्द लामिछानेले गर्नुभएका थिए भने कार्यक्रमको बिसर्जनको क्रममा सभापति कमल सरगमले कार्यक्रम भब्य भएको बताउदै आगामी दिनहरुमा पनि यसरीनै साथ् रहे यस्ता धेरै कार्यक्रम गरिने बताउनु भयो ।

Continue Reading | comments

गायक सुधन ढकाल नयाँ गितको तयारिमा

नेपाली सांगीतिक क्षेत्रमा सुधन ढकाल नचिन्ने कमै होलान् । ढाकाल एक कुसल गितकार मात्र होइनन् एक सक्षम गायक पनि हुन । २०६८-२०७० ताका बाट निकै चर्चामा रहेका ढकालले अहिले सम्म आधा दर्जन भन्दा बढी म्युजिक भिडियो सहितको गितहरु बजारमा ल्याइसकेका छन । ढाकाल देशका बरिस्ठ गाएक गायिकाको पंतिमा कसरी रहे भन्ने चासो सुल्झाउन गाह्रो छैन । उनको गितमा अञ्जु पन्त , सिन्धु मल्ल लगाएतका गायिकाहरुको बेजोड प्रस्तुति रहेको छ । त्यसैमा उनले पनि आफ्नै स्वर बाट स्रोता नचाउन सक्षम भएका छन । ढकालले ल्याएका म्युजिक भिडियोमा राजेश बोहोराले छायांकन गरेका थिए भने सौरव नेपालले क्यामेरामा साथ दिएका थिए । उनको टिममा रहेका चर्चित ब्यक्तित्व , कला, गला र गितको सन्तुलनले पनि उनलाइ ह्वात्तै चर्चाको शिखर सम्म ल्याइदियो । उनले कोरियोग्राफी क्षेत्रमा दिल बहादुर गुरुङ लाई बिस्वासिलो पात्र ठान्छन । उनको हरेक भिडियो मा दिल बहादुर गुरुङ ले नै काम गरेका छन । त्यसै गरि उनको अर्का बिस्वासिलो पात्र हुन संगितकार बिजु बज्र । सुधनका संपुर्ण गितमा बिजुकै संगित र एरेन्ज रहेको छ । सुक्रबारको भेटमा सुधनले आफ्ना अन्य गितहरु पनि तयारीमा रहेको र समकालीन स्रोताहरुको रुचिको बिसयमा गित  रहेकाले यसमा पनि अपार सफलता पाउने कुरामा आफुँ बिस्वस्त भएको बताए ।

Continue Reading | comments

देवराज भन्तनाले ल्याउने भए दिलको ढोका लाएपछी

काठमाडौ । गायक देवराज भन्तना यतिबेला जलेको दिलको यात्रा गरिरहेका छन । विभिन्न स्टेज कार्यक्रममा देखिएका भन्तना अहिले आफ्नै गीति एल्बम जलेको दिलबाट उदाउने भएका हुन । जलेको दिलकै तयारिमा ब्यस्त रहेका भन्तना कस्तो रुपमा स्रोता सामु आउलान त भन्ने चाहिँ प्रतीक्षाको बिषय बनेको छ । आफ्नै शब्द संगीत र स्वरमा आउन लागेको उनको पहिलो एल्बमको एक गित "दिलको ढोका लाएपछी" मा बिजु बज्रको एरेन्ज रहने भएको छ । त्यसैगरी बाध्यबादनमा बिमल थापा र राजकुमार भण्डारी रहने छन भने  एल्बमको अन्य गित हरुको पनि प्रकृया निकै माथी पुगिसकेको छ ।

      साहित्यलाइ मन मुटुदेखि माया गर्ने भन्तना गित, गजल, कविता, उपन्यास र मुक्तक बिधामा पनि निकै अग्र स्थानमा देखिन्छन । फुटकर रचना र संयुक्त पुस्तकमा रचना प्रकाशित गरेर आफ्नो बलियो परिचय बनाएका भन्तनाले चुकुप्रकाश बृहत् मुक्तक दोहोरिको मुख्य भुमिका  समेत निभाइसकेका छन । २०६३ साल देखि साहित्य लेखनमा बाक्लिएका भन्तनाले क्रेजी लभर्स नामक उपन्यासको सम्पुर्ण काम सकिएको र अब छिट्टै बजारमा आउने समेत बताएका छन ।

Continue Reading | comments

चुकुप्रकाश बृहत मुक्तक दोहोरी (भूकम्प विशेष ) १६ औँ शृंखला सम्पन्न , ३३ घण्टामै ३७०० मुक्तक जम्मा

यहि साउन २ र ३ गते चुकुप्रकाश बृहत मुक्तक दोहोरी (भूकम्प विशेष ) १६ औँ शृंखला सम्पन्न भएको थियो | प्रिन्स याख्खा र नानु मगरको प्रमुख भूमिका रहेको उक्त कार्यक्रममा ३७०० मुक्तक जम्मा भएका थिए जस मध्य अधिकांश मुक्तक दोहोरीको शिलशिलामा नै पोस्ट भएका थिए भने केहि मुक्तक एकल सहभागीतामा केन्द्रित थियो | कार्यक्रममा बिभिन्न साहित्यिक संघ संगठनहरुको ठुलो साथ र उपस्थिति रह्यो | प्रवासी कलम मलेसिया , साहित्यिक चौतारी परिबर्तन सरगम साहित्यिक प्रतिस्ठान र नवज्योति नेपाली साहित्य समाज ले घोषित रुपमा नै पूर्ण सहभागीता जनायो | कार्यक्रमलाई रेडियो छहारी , रेडियो हिमालय , रेडियो शिवशक्ति र रेडियो बिन्दास बाट लामो समय सम्म प्रत्यक्ष प्रसारण गरिएको थियो भने देशका भिभिन्न २१ वोटा रेडियो ले मुक्तक दोहोरी बिशेष रेडियो कार्यक्रम बनाउने प्रतिबद्धता दिएका छन् | हामी उल्लेखित सम्पूर्ण संघ संस्था रेडियो कार्यक्रम प्रति बिशेष आभार ब्यक्त गर्दछौं साथै कार्यक्रम लाइ माया गरेर बिभिन्न काम काज लाइ थाति राखी "मुक्तक बिकास र प्रबर्धन हाम्रो अभियान , आउनुहोस गराऔं भूकम्प पिडितको पहिचान " भन्ने नारालाइ आत्मसात गर्दै कार्यक्रममा पाल्नुहुने , प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण प्रति हामी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं | कार्यक्रममा १०० भन्दा धेरै मुक्तक समाबेश गर्नुहुने मुक्तककार को नाम सुची र मुक्तक संख्या यसप्रकार छ |

Continue Reading | comments

गाएक सन्तोष अधिकारी नया गीतको तयारीमा

नेपाली सुगम संगीतको क्षेत्रमा  सन्तोष अधिकारी अपरिचित नाम भने पक्कै होइन | २०४९ सालमा धादिङ नलाङ ७ बैरेनी मा जन्मेका गाएक अधिकारी २०६७ साल देखि गुरु चण्डीप्रसाद काफ्ले संग आधुनिक तथा सत्रिय संगीतको औपचारिक रुपमा प्रशिक्षण थालेका अधिकारीले हाल राम्रो गीतकार तथा संगीतकारको रुपमा पनि परिचित छन् | उनले २०६९ सालमा   'प्रवेश'  र  २०७० सालमा मज्जा छुट्टै नामक गित तथा गजलहरूको एल्बम  स्रोताहरु सामु पस्किसकेका छन् | 


प्रवेश एल्बमले खासै चिनाउन नसकेता पनि मज्जा छुट्टै नामक एल्बम भित्र का शिर्ष गित मज्जा छुट्टैले उनलाई नेपाली संगीत क्षेत्रमा राम्रैसंग परिचित गरायो | सोहि गीतको म्युजिक भिडियो निकै चर्चित भयो र सबै स्रोता तथा दर्शकहरुको मनमा बस्न सफल गाएक अधिकारीले २०७० मा सोहि मज्जा छुट्टै गीतबाट उत्कृष्ट नवगाएक अवार्ड पाउन पनि सफल भए साथै धेरै सांगीतिक कार्यक्रम पनि व्यस्त देखिन थाले | आफ्ना गीत बाट आफुलाई चिनाउदै दर्शकहरुको अथाह माया पाएका अधिकारीले हालसम्म केहि कलेक्सन एल्बम हरुमा पनि स्वर दिएका छन् | यसरी सबैका माया पाउन सफल अधिकारी आफ्नो नया गीतको तयारीमा रहेको बताउछन् |  आफ्नै सब्द स्वर तथा संगीतमा रहेको नया गित छिट्टै श्रोताहरु माझ प्रस्तुत गर्ने बताएका छन् | धेरै मेहनतका साथ उक्त गित तयार भएको हुनाले नेपाली संगीत प्रेमी स्रोता हरुको अझै माया पाउछु भन्ने कुरामा गाएक अधिकारी बिस्वस्त छन् | 
Continue Reading | comments

Check EDV 2016 Lottery Result - 2016 Entrant Status Check






EDV 2016 Lottery Result



2016 Entrant Status Check


DV-2016 Entrants may enter their confirmation information through the link below starting at noon (EDT) on May 5, 2015. The DV-2016 registration period opens on October 1, 2014, and closes on November 3, 2014. DV-2016 Entrants should keep their confirmation number until at least June 30, 2016.


तपाइले ऐले खोज्दै गर्नु भएको रिजल्ट EDV 2016 को हो ! तसर्थ यसको लागी 
Confirmation Number:भएको  ठाउमा  2016xxxxxxxxx को उदाहरण  दिएको छ  वा  छैन  हेर्नुहोस !! 

For checking your entered information/details, you must know the following.

1: Conformation Number. type the confirmation number that was given when you applied.
2: Last name/Family Name:
3: Year of birth: Provide the year of birth for the primary entrant. Format: YYYY.

तलको तालिका भर्नुहोस् 
(खाली देखिएमा Server व्यस्त भएको बुझ्नु होला  ) 






यदि  तपाइको Conformation Code छैन  भने ( बिर्सनुभएको छ भने )  के गर्ने ?? 
- माथिको तालिका  राम्रोसंग हेर्नुहोला !!   Forgot Confirmation Number लेखिएको ठाउमा थिच्नु होला |
- आफ्नो बिवरण भर्नुहोला र Submit गर्नुहोला , तपाइको Code त्यहीं भरिएर आउछ / त्यहिं देखिनेछ |
Continue Reading | comments

चुकुप्रकाश बृहत मुक्तक दोहोरीको १५ औं भागको तयारीमा मुक्तककारहरु व्यस्त - जो कसैले पनि भाग लिन मिल्ने

केहि दिन अगाडि चुकुप्रकाश बृहत मुक्तक दोहोरी युनिटले १५ औं भागको लागि  सुचना प्रकाशित गर्यो | सुचना बाहिरिए लगतै मुक्तककार हरुको जोश अझै बढेको पाइएको छ | आउदै गरेको नयाँ बर्ष २०७२ को स्वागतमा यस मुक्तक दोहोरीले आफ्नो अभियान यसैमा समर्पित गरेको छ | १५ औं मुक्तक दोहोरी अझै बिशेष रहने छ | नयाँ बर्ष मनाउनु पर्ने खास कारण र महत्व माथि मुक्तक बाट छलफल , फाइदा  र बेफाइदाहरु बीच छलफल , शुभकामना आदानप्रदान र समन्वय जस्ता बिशेष कुरा लाइ जोड दिने योजना युनिटको छ | कार्यक्रम यहि चैत २८ गते दिउसो ३ बजे बाट भोलिपल्ट (२९ गते ) रातको १२ बजे सम्म लगातार (३३ घण्टा ) चल्ने छ |  

कार्यक्रम संचालक तथा निर्देशक प्रकाश अर्याल चुकुप्रकाश हुनुहुन्छ भने व्यवस्थापन तर्फ अम्बिका प्रसाद बन्जारा , मौलिक श्रीस र अरुण रेग्मी हुनुहुन्छ , सल्लाहकारमा सुनिल अधिकारि , मदन भण्डारी र सम्झना अर्याल 'दर्पण' रहनु भएको छ भने बिशेष सहयोगी हरिशरण अर्याल हुनुहुन्छ | यो १५ भागमा सुजन क्षितिज राई र प्रतिमा केशी को मुख्य भूमिका रहने छ |

मुक्तक दोहोरीमा जो कुनैले पनि जहाँ सुकै रहेर पनि अनलाइन पद्दति बाट यस कार्यक्रममा भाग लिन पाइने व्यवस्था छ | जसको लागि फेसबुकमा Chukuprakash Muktak Dohori सर्च गरेर वा | www.facebook.com/c.muktakdohori  मा गएर मुक्तक दोहोरी पेज लाइक गरि सजिलै सदस्य बन्न सकिने छ र दोहोरी खेल्न अनुमति पाइने छ | 

Continue Reading | comments

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीको सारांश साथै बिमला शर्मा"शोभा" र दीपक"दीयालो"ढुंगाना बिचको मिठो मुक्तक दोहोरी

चुकुप्रकाश मुक्तक दोहोरी हरेक महिना हुने गर्दछ | चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका बाट संचालन हुने यस कार्यक्रम मा धेरै भन्दा धेरै साहित्य पारखीहरु रम्ने गरेका छन् | ३३ घण्टा सम्म लगातार मुक्तक दोहोरी लाइ समय दिएर रम्ने सर्जक हरुको हकमा बोल्नु पर्दा मुक्तक दोहोरी उनीहरुको ढुकढुकीमानै रहेको छ | मुक्तकलाई दोहोरीको मध्यम बाट प्रस्तुत गरि सवाल जवाफ गर्दै अघि बढ्ने यो तरिका अर्को रमाइलो पक्ष हो | लेखेर खेलिने साहित्यिक दोहोरी नेपालकै पहिलो प्रयास हो भने सबैभन्दा ठुलो साहित्यिक जमघट पनि हो | भर्खरै सम्पन्न मुक्तक दोहोरी मा भगवती लामा र हरिशरण अर्याल प्रमुख भूमिकामा रही अन्य २३४ जनाले भाग लिनु भएको यस कार्यक्रमले ३३ घन्टामा ५००० मुक्तक जम्मा गर्न सफल भएको छ | भारत बाट प्रकाश मगरले ३३७ वोटा मुक्तक समय सिमामै प्रस्तुत गरेर मुक्तक दोहोरी इतिहासकै सबैभन्दा धेरै मुक्तक लेख्ने मुक्तककार घोषित भएका छन् | त्यसैगरी , रतन राज टुहुरो र प्रकाश पाठक प्यासी आत्मा पनि थोरै अन्तरमा संगै संगै नै छन् | यस  कार्यक्रम संचालक तथा प्रबन्ध निर्देशक प्रकाश अर्याल चुकुप्रकाश लाइ कार्यक्रम अघाडी बढाउन ब्यबस्थापन तर्फ बाट मौलिक श्रीस र  अम्बिका प्रसाद बन्जारा सल्लाहकार तर्फ बाट सम्झना अर्याल दर्पण , मदन भण्डारी र सुनिल अधिकारी त्यसैगरी हरिसरण अर्याल र अन्य थुप्रै सर्जकहरुले साथ दिदै आएका छन् | 


१३ औं मुक्तक दोहोरी प्रेम बिशेष मा प्रस्तुत भएको बिमला शर्मा र दिपक दियालो ढुंगाना बिचको मुक्तक दोहोरी झलक 


Continue Reading | comments

चुकुप्रकाश ११ औं दाइजो बिशेष मुक्तक दोहोरीको E-BOOK सार्बजनिक | सहजै डाउनलोडको ब्यबस्था

दाइजो बिशेष मुक्तक दोहोरीको E-Book

दाइजो प्रथा एक कुरीति हो जसलाई हामी सबै मिलेर त्याग्नु पर्ने हुन्छ | हामीले एक अर्काको अनुहार हेर्न थाल्यौ भने यो जस्ताको तस्तै वा अझ मौलाएर समाज रास्ट्र र देशलाई नै घातक बनाउन सक्छ | अर्काको सम्पत्तिमा र्याल चुहाउने घुस्याहा कुकुरको त्यो जमातबाट स्वतन्त्र हुन कसैको पाउ पर्न पर्दैन , अब आमी आफै स्वतन्त्र हुन सक्छौं त्यसको लागी आफ्नै घर बाट माथी उठ्नुपर्ने हुन्छ | सामाज अन्धबिस्वास र रुढीवादीको दलदलमा फसेको छ | यस्ता कयौं बिषय छन् जसको मुक्ति आफैबाट सम्भव छ भने दाइजो प्रथा एक उदाहरण मात्र हो |


चुकुप्रकाश मुक्तक दोहोरी यिनै र यस्ता बिषयमा मुक्तकको माध्यमबाट बोल्दै आएको छ | एक आपसमा रहेको कौतुहलताको बर्णन यहाँ गरिन्छ खुलेर कुरा गरिन्छ | यसको मतलव यो हैन कि यसैबाट समाज पूर्ण रुपमा बदल्न सकिन्छ, यो एक पथप्रदर्शक र सानो दियो मात्र हो | यहाँ दियो बालेर मात्र यस्ता कुराबाट पूर्ण मुक्ति पाहिदैन यसकालागी त्यै दियो बाट राँको बाल्नु पर्ने हुन्छ | 

यस्तै यस्तै कुराको बहस गर्दै समाजमा भएको कुप्रथा जरैदेखि अन्त्य गरौँ | दाइजो होइन शिक्षा दे भन्ने जस्ता नारा मुक्तकको माध्यम बाट आए |
सबै मुक्तक दोहोरी हरु निकै सुन्दर छन् , सबैलाई सुरक्षित राख्ने उद्देश्यले E-BOOK तयार गर्ने सोच भयो | अब हरेक भागको मुक्तक दोहोरी का मुक्तकलाइ E-BOOK को माध्यम बाट तपाइँलाइ नै सुम्पने छौं भने यहाँ सधैकालागी सुरक्षित रहनेछ | 

EBOOK के हो र कस्ता उपकरणबाट पढ्न मिल्छ त ?

Portable Document Format (PDF) फर्म्याट मा बनेको छ चुकुप्रकाश मुक्तक दोहोरीको  इ -बुक | अनलाइन पुस्तक अथवा विधुतीय पुस्तक लाइ [E-Book] भनिन्छ | सामान्यतय adobe's PDF format मा यसलाई पाहिन्छ | Adobe File चल्ने जुनसुकै मोबाइल अथवा कम्प्युटर मा यसलाई सजिलै पढ्न सकिन्छ | ऐले बजारमा भएको Android OS ,Apple IOS, Windows Phone , Blackberry र अन्य मोबाइल मा सजिलै चल्छ जसको लागी Adobe Reader डाउनलोड गर्नु पर्ने हुन्छ | यदि Adobe Reader  छैन भने पहिले Adobe Reader नै  डाउनलोड गर्नुहोस जुन अति सामान्य भन्दा माथीका मोबाइल हरुमा सजिलै Support गर्छ | कम्प्युटरमा हरेक Browser हरुले यो सेवा राखेका छन् त्यहाँ अझ Adobe Reader नै Download गर्नु भयो भने सजिलै प्रयोग गर्न सकिन्छ | 

खोज तलास (Search ) कसरि गर्ने ? 

तपाइँ मोबाइलमा हुनुहुन्छ भने Search बटम मा गएर आफ्नो नाम टाईप फर्नुहोस अथवा तपाईलाई मुक्तक दोहोरीमा अंकित गर्नुभएको वाक्यांश द्वारा तपाईका सबै मुक्तक एकै साथ पढ्न सक्नुहुन्छ | साथै अन्य साथीहरुको मुक्तक छोटो समयमै खोजेर पढ्न सक्नुहुनेछ | र कम्प्युटर मा हुनुहुन्छ भने Ctrl+F गरेर Search गर्न सक्नुहुनेछ | 

नक्कल (Copy) गर्न मिल्छ ? 

यहाँ तपाइको हरेक मुक्तक तथा वाक्यांश Copy गरेर छुट्टै ठाउमा राख्न पनि सकिन्छ | 

Lets Download 

अब डाउनलोड गर्नुहोस | अझै कुनै समस्या देखिएमा वा अन्य कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने तलको कमेन्ट बक्स मा कमेन्ट गर्नुभयो भने  हामीलाई प्रेरणा ,हौसला र पथप्रदर्शन हुने छ | 

About Complete E-Book of Daijo C Muktak dohori Part-11:


Continue Reading | comments

पूर्ण बिस्वास को उपन्यास जिवान समर्पण विमोचन

राजधानीमा प्राय सनिवार साहित्यिक कार्यक्रमहरु हुने गर्दछ | बिभिन्न संगठन द्वारा आयोजित  चियापान , बिद्यार्थी भेला, , रचना वाचन, पुस्तक बिमोचन आदि जस्ता कार्यक्रमले नेपाली साहित्य फाँटमा गोडमेल र पालुवा फेर्ने मात्र होइन  नया बिरुवा  उत्पादनमा पनि उत्तिकै सहयोग गर्दछ |

हिजो सनिवार परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालले पनि स्रष्टा भेटघाट तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न गर्यो | प्रतिष्ठानका अध्यक्ष कमल सर्गम ले चुकुप्रकाश अनलाइनलाइ खबर गर्दै भन्नु भयो -
Continue Reading | comments

फेसबुकमा शुरु भयो बहर पाठशाला - पेज जसले गर्नेछ बहरको छलफल र अभ्यास

चुकुप्रकाश अनलाइन , 

नेपाली गज़लको विकाशमा ठाँउ ठाँउमा प्रयास भईरहेको छ | फेसबुक तथा वेबसाइट बाट पनि  नेपाली गजल लेखन को अभ्यास हुने भएको छ | त्यसै बीच बहर पाठशाला-पेजले पनि नया प्रयास थालेको छ | उक्त पेजमा आह्वान गरिएको छ - 
सकेसम्म यो पेज हामी बहर पाठशाला समूहमा क्रियाशील साथीहरू बीचमा नै अभ्यास गर्न कार्यशालाको रूपमा विकाश गरौँ । यसमा विभिन्न बहरका नाम तिनीहरूको परिचय सहितका थ्रेडहरू राखिनेछन् । आफ्ना सोही बहरमा भएका रचनाहरू त्यही थ्रेडमा राखिएमा भोलि अध्ययन गरेर अभ्यास गर्नेलाई सजिलो हुने छ । आफूले पनि अरू साथीहरूका रचना हेरेर थप कुरा सिक्न सकिन्छ ।

पेजबाट नवसर्जकहरुले भरपुर ज्ञान हासिल गर्न सक्ने दावी गर्दै यसरी भनिएको छ - 

पेज सबैको लागि खुला गर्ने । जसले जहाँ भेटिन्छ त्यहीँ टिप्पणी र तिनका प्रतिक्रिया दिने । सबैले समान अवशर पाउने ।
फाइदा : यसो गर्दा धेरै भन्दा धेरै साथीहरूले आफ्ना छुट्टा छुट्टै थ्रेड सुरु गर्न पाउनु हुनेछ । सबैले पेजलाई आफ्नो महशुश गर्नु हुनेछ ।
विषयवस्तु व्यवस्थापन गर्न सजिलो हुन्छ । खोजेको कुरा सजिलै भेटिन्छ । 

उसो त भर्खरै भएको एक सर्वेक्षणमा भनिएको छ नेपालमा २ लाख भन्दा धेरै गजल लेख्न प्रयास गर्ने हरु  छन् भने लाखौं को मात्रामा गजल मन पराउने र माया गर्ने व्यक्तिहरु छन् | सबैलाई यसले समेट्न सक्ला ? सबैको सुनुवाई गर्न  सक्षम होला ? फेसबुकमा यस्ता पेज थुप्रै भेटिन्छन् र यसलाई कसरी बिस्वास गर्ने त ? 
 हामीसंग जवाफ मुलक थुप्रै भनाइहरु सुरक्षित छन् जसले यस पेजको विश्वास उचा गरिदिएको छ , फेसबुकमा करुण थापाले बहर पाठशाला नामक एक ग्रुप निर्माण गरि त्यहीबाट अनलाइन प्रशिक्षण सेवा गर्दै आउनु भएको थियो | त्यहाँ भनिएको छ -  

बहरका बारेमा छलफल गर्ने मञ‍्च तथा बहरमा गजल सिक्न चाहने हामी सबैको साझा पाठशाला । यस पाठशालामा बहरका पाठ, छलफल र छलफल या अभ्यासको निम्ति राखिने बहरवद्ध गजल बाहेकका अन्य गजल, शेर र सूचना आदि तुरुन्त हटाइनेछ । गजल र शेरहरु पोष्ट गर्न अन्य ग्रुप सञ्चालित छन् ।
तसर्थ बेबहर गजल, शेरहरु र यो समूहसित असम्बन्धित सूचनाहरू यहाँ पोष्ट नगर्नुहोला ।

सबैको साझा पाठशाला भनेपनि यो समुह भने गोप्य राखिएको छ | यहाँ बहर लेखन अभ्यासमा भने बाधा देखिन्छ | यसैलाई मध्यनजर गर्दै सामुहिकरुपमा खुल्ला पेज सन्चाल गरिएको छ  बहर पाठशाला - पेज 

जहाँ बहरमा अभ्यास शृङ्खला यसरी गरिएको छ - 

नेपाली गजलमा आफ्नो कलम तिखार्दै रहनुभएका जिज्ञासु र प्रतिभाशाली साधकहरूको चासो र जिम्मेवारीवोधले नेपाली गजलमा फेरि नयाँ युगको उदघोष गर्दैछ । हिजो बहर र छन्द नबुझेर, नजानेर वा आफ्नो क्षमताले नभ्याएर गजलमा लय आवश्यक छैन, नेपाली भाषाले लय थेग्न सक्दैन भन्नेहरूलाई यी प्रतिभाशाली हातहरूले 'नेपाली भाषा गरीब छैन, नेपाली गजलकारहरू खुबीहीन छैनन् ' भन्ने पुष्टि गरिदिएका छन् । यो अभियानमा बहर पाठशाला समस्त साधक हरू सितै छ र रहनेछ ।

आज हामी अर्को एउटा बहरमा अभ्यास गर्ने छौं ।
अघिल्लो पाली हामीले तबील बहरमा अभ्यास गरेका थियौँ । आज अर्को मुरक्कब बहरको अभ्यास गर्छौँ । 
२२१२ मुसतफ्इलुन बहरे रमलको रुक्न हो । यस्तै २१२ फाइलुन मुतदारिक बहरको रुक्न हो । यी दुई रुक्नको मेलबाट बहरे 'बसीत' बन्छ । बहरे बसीत को अर्कान २२१२ २१२ को आवृत्ति हो । एउटा मात्र आवृत्ति भए बहरे बसीत मुरब्बा सालिम र दुईओटा आवृत्ति भए बसीत मुसम्मन सालिम भनिन्छ । यद्यपि चिन्नेबेलामा यी दुबै अवस्थालाई बहरे बसीत मात्रै भनेको पाइन्छ । झण्डै हाम्रो लोकभाका लोरीसित मिल्ने यो बहर साङ्गीतिक हिसाबले पनि मीठो बन्ने देखिन्छ ।

ल जाऊँ अब अभ्यास तर्फ
बहर : बसीत
मात्रा : २२१२ २१२//२२१२ २१२
लय : लालालला लालला, लालालला लालला
रुक्न : मुस्तफ्इलुन फाइलुन, मुस्तफ्इलुन फाइलुन
वर्ण सङ्ख्या : १४ 
मात्रा सङ्ख्या : २४
मध्यविश्राम अनिवार्य त हैन तर मध्य विश्राम नभएका मिसरा भन्दा भएका मिसरामा मिठास धेरै देखिने हुँदा त्यसमा सचेत भइदिनुहुन निवेदन गर्दछौँ ।
Continue Reading | comments

मुक्तक दोहोरिले मुक्तक विस्तारमा ठुलो टेवा पुर्याएको छ (समालोचक : अरुण रेग्मी अवि )

अरुण रेग्मी 

- अरुण रेग्मी (आश्विन ८ ) 

विगत केहि महिना देखि फेसबुकका भित्ताहरु, विभिन्न एफ.एम तथा रेडियोका कार्यक्रममा साहित्यको एउटा विधा “मुक्तक” निकै फस्टाएको देखिन्छ, विभिन्न साहित्यक ब्लगहरु पनि मुक्तक भरिदै गएको छ | नेपाली समाजमा  साहित्य प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ| पुराना सर्जक साथै नब-सर्जकहरुको जमातले निकै तताएको छ अहिलेको साहित्यिक माहोललाई |

मुक्तक के हो? यसको संरचना कस्तो हो? भन्ने  जस्ता विभिन्न प्रश्न, विचार, विमर्श, बहस मुक्तकमा  बढ्दै गईरहेका छ | नेपाली साहित्यको मुक्तक विधामा लामो समय बिताउनु भएका ब्यतिहरुले मुक्तक बारेको नियमहरु  औल्याईदिनु भएकाले नि मुक्तक बारेको भ्रममा केहि मात्रामा कमि आएको देखिन्छ तर सबै नब-आगान्तुक सर्जकहरुले यसबारेको ज्ञान पाउन सकेको अवस्था छैन | किताबका पानामा सिमित रहेका नियमहरु देश-बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण सर्जक समक्ष पुग्न सकेको अबस्था छैन |


यहि अबस्थालाई मध्य-नजर गर्दै बिगत केहि महिना देखि मुक्तकको बिकासको लागि चुकुप्रकाश डट साहित्यिक ब्लग ( www.chukuprakash.blogsport.com) ले गर्दै आएको कार्य निकै सह्रानीय छ| चुकुप्रकाश डट साहित्यिक ब्लग ले हरेक महिना मुक्तक दोहोरि संचालन गर्दै आईरहेको छ | मुक्तकको सिंगो विकासको लागि गरिएको यो कार्यमा पुराना तथा नव सर्जकहरुको बाक्लै उपस्थिति रहको छ | यसले के फाइदा पुगेको देखिन्छ भने पुराना सर्जकहरुबाट नव-सर्जक हरुले पनि नजानेको कुराहरु सिक्ने अवसर पाएका छन् | आफ्ना गल्ति कमजोरी कहाँ छ भन्ने स्वाध्ययन नव-सर्जकले गर्न सकेका छन् | चुकुप्रकाश डट साहित्यिक ब्लग ले छरिएर रहेका मुक्तक मनहरुलाई जोड्ने साँघुको रुपमा काम गरेको छ | प्रत्येक पल्ट विभिन्न श्रष्टाहरुलाई मुख्य भूमिकामा राखिन्छ भने  उहाँहरु संग नजिकिँदै मुक्तक सिक्ने अवसर नव श्रष्टा पाएका छन्  |
प्रकाश अर्याल 'चुकुप्रकाश'
ब्लगले आयोजना गरेको मुक्तक दोहोरीमा धेरै भन्दा धेरै सर्जकले आफ्ना मुक्तक प्रस्तुत गर्नु भएको देख्दा नेपाली साहित्य पनि फराकिलो हुदै गएको महसुस गर्न सकिन्छ | केहि सिमित ब्यतिहरुमा निहित रहेको मुक्तकले आज  निकै ठुलो फड्को मारेको छ | यहि खाडल कम गर्न लागि परेको चुकुप्रकाश डट साहित्यक ब्लग आज मुक्तकलाई मन पराउने जमातहरू बीच निकै रुचाईएको एउटा साहित्याकि ब्लगको रुपमा आफुलाई चिनाएको छ|
ब्लगले संचालन गरेको मुक्तक दोहोरि आज ९ औ भाग सम्म आईपुगेको छ | बिगत ९ महिना देखि सुरु भएको मुक्तक दोहिरिलाई फर्केर हेर्ने हो भने मुक्तक विधा खासै रुचाइएको देखिदैन थियो तर आज समय परिबर्तन भएको छ ९ महिनाको यो अवधिलाई मात्रै हेर्ने हो भने पनि मुक्तक बारे जान्न चाहने अनि आफु पनि मुक्तक लेख्ने जमातमा निक्कै बढेको देखिन्छ 

|
मुक्तक दोहोरि को अवधारणा सिर्जना गरेर मुक्तक बिकासमा बलियो मेरुदण्डको रुपमा चिनिनु भएको छ ब्लग का एडमिन तथा कार्यक्रम  संचालक प्रकाश अर्याल ‘चुकुप्रकाश’ | यति छिटो समयमा मुक्तक दोहोरीको प्रभाव सम्पूर्ण साहित्य पारखीमा परेको छ | ऐले फेस्बुकका भितामा मुक्तक दोहोरि , दुइ स्रस्टाबीच मेसेजमा मुक्तक दोहोरि हुन थालेको छ | चुकुप्रकाशको यो कार्य प्रसंशा योग्य छ | मुक्तक दोहोरिले  अझै प्रगतिका खुड्किला उक्लिदै जावोस् सम्पूर्ण टिमलाई मेरो सुभकामना ! जय मुक्तक !! जय साहित्य !!
अरुण रेग्मी ‘अवि अविरल’ 


Continue Reading | comments

अञ्जु पन्तले हिन्दूआधारित गीत गाउन इन्कार गरेपछि देवी घर्ती मगरले गइन् गित

नेपाली लोकप्रिय आधुनिक गायिका अञ्जु पन्तले यो गीत गाउन  इन्कार गरिन् । गीतकार सहदेव कोइराला द्वारा लेखिएको गीत। "“Religion is the opium of the people”" जर्मन अर्थशास्त्री कार्ल मार्क्स को चर्चित भनाइ   हो।  मालाश्री  स्टूडियो काठमाडौं मा अन्तिम बुधबार अञ्जु पन्तले गाउन मानिनन् । ऐले नेपाली लोक गायिक  देवी घर्ती मगर द्वारा यही गीतको गायन भएको छ |
गीत नेपाली सबै भन्दा ठूलो चाड दसैं आधारित थियो। पति संग छोडपत्र पछि, अञ्जु पन्त क्रिश्चियन बनेर  हिन्दू देखि उनको धर्म परिवर्तन भएको छ। 'गीत   हिन्दूआधारित थियो' ', त्यसैले म गाउन सक्दिन ', अञ्जु भन्छिन्।


ऐले कस्तो बन्यो त यो गीत .. तल हेर्नुहोस |







Continue Reading | comments

चुकुप्रकाश तीज विशेष मुक्तक दोहोरि आज साझ ४ बजेबाट सुरु हुने , प्रमुख भूमिकामा कल्पना जिज्ञासु

नेपाली कविता फाँटमा अलि व्यापक ढङ्गले मुक्तकका बारेमा अध्ययन भएको देखिँदैन । अध्ययन गरेकाले पनि यसका बारेमा जाँगर गरेर लेखिदिएका छैनन् । यसले गर्दा मु्क्तक भनेपछि हुरुक्क हुने जमात आज मुक्तकलाई चिनाउने सैद्धान्तिक आलेखका अभावमा भ्रमको कुहिरोमा निसास्सिरहेको छ । नेपाली साहित्य जगतमा निकै फस्टाएको विधा गज़ल हो भने मुक्तक पछी पछी नै देखिन्छ | तर नेपालीमा मुक्तक कविताको लेखन वि.सं. १८३९ तिरबाटै भएको देखिन्छ । शक्तिबल्लभ अज्र्याल (पृथ्वीनारायण शाहदेखि रणबहादुर शाह कालका कवि) अहिलेसम्मको खोजद्वारा प्रमाणित पहिलो नेपाली मुक्तककार हुन् । उनका ‘तनहुँ  भकुन्डो’ शीर्षकका दुई श्लोकलाई नेपालीमा लेखिएका सर्वप्राचीन मुक्तक मानिन्छ ।

  मुक्तक फेरी ऐले अन्तिम समयमा आएर निकै चासोको बिषय बनेको पाइएको छ | आज यसको लेखन र विभिन्न पत्रपत्रिकाले देखाएको चासो लाइ मान्ने हो भने यो विधा निकै अगाडी आउने आँकलन गर्न सकिन्छ | 

चुकुप्रकाश डट ब्लग बाट पनि  यस विधालाइ निरन्तरता दिने कोशिस गरिएको छ | यसै ब्लग बाट आयोजना हुने विभिन्न कार्यक्रम मध्य "मुक्तक दोहोरि धमाका" सबैको  बलियो सुझाब , साल्लाह तथा  प्रतिक्रिया  बाट अघि बढ्दै आएको छ | हरेक महिना हुने यो मुक्तक दोहोरि कार्यक्रमको सातौँ  शृंखला सम्म सकिएर  आज २०७१ साल भाद्र ४ गते साँझ ४  बजेबाट आठौँ  भाग सुरु हुदै छ |

प्रकाश अर्याल  'चुकुप्रकाश '
पहिलो, दोस्रो र तेस्रो भाग चुकुप्रकाश डट ब्लग मै संचालन भएको थियो  भने बाँकी भाग   विभिन्न अतिथिको साथमा संचालन गर्दै आइरहेको छ | मुक्तक दोहोरिको सुरुको तिन भाग सम्म ब्लगका एडमिन चुकुप्रकाशबाट बै संचालन भएको थियो  भने , चौथो बिमल राज ढकाल , पाँचौ भण्डारी दाइ "अचम्म " , छैटौं  देवराज भन्तना"विवश अश्रुमालि" , सातौँ जगत अधिकारि अनमोल मुख्य भूमिकामा रहेका थिए | आजको यो कार्यक्रम तीज विशेष बनाइएको छ | महिलाहरुको विशेष चाड तीज को अवसरमा संचालन हुन लागेको यो  कार्यक्राममा महिला नै प्रमुख भूमिकामा रहनुहुने छ | 

बाग्लुङ को छिस्तीमा जन्मेर गैडाकोट,४,नवलपरासी लाइ कर्मभूमि बनाउनु भएको  कल्पना पौडेल 'जिज्ञासु ' हाल इजरायलमा हुनुहुन्छ | आजको कार्यक्रम उहाले इजराइल बाटै संचालन गर्दै हुनुहन्छ | 
पिता टिकाराम पौडेल तथा  माता  मनिकर्ण  पौडेलकी  सुपुत्रीका रुपमा बि .सं. २०३२ साल बैशाख २९ मा जन्मनुभएकी जिज्ञासुले बि.ए. सम्मको अध्ययन गर्नु भएको छ |उहाको समाज सेवा र साहित्य प्रतिको योगदान  उल्लेखनीय छ | उहाँ  
https://fbcdn-sphotos-g-a.akamaihd.net/hphotos-ak-xaf1/t1.0-9/10553565_905782779438984_4474498694305567710_n.jpg
कल्पना पौडेल 'जिज्ञासु'
 कल्पना फाउन्डेसनको संस्थापक अध्यक्ष ,  विश्व  नेपाली  साहित्य महासंघ इजरायल शाखा(GFNL) को
सह - सचिव  तथा नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा  को सदस्य समेत हुनुहुन्छ |पहिलो गज़ल संग्रह " भावनाका भेलहरु ' २०६९ ,  र दोस्रो गज़ल संग्रह ;जून हराएको रात ' २०७१  गरी उहाँको हालसम्म दुइ वटा कृति प्रकाशित भएको छ भने उहाँका गीत गज़ल मुक्तक कविता कथा र लेखहरु बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् 
दोहोरीमा सहभागी हुन केहि दिन आगाडी नै ब्लग मा धेरै भन्दा धेरै टिप्पणी आएको छ | फेसबुकका भित्ता यिनै प्रसङ्ग ले भरिएका छन | 
"दोहोरीमा  रमाइलो गर्नकै लागी धेरैले मुक्तक लेख्छन  र निखारता पाउँछन , कतिपयले  त पहिलो मुक्तक नै यहीं लेखेका छन् | यो कार्यक्रमको मुख्य लक्ष्य नै नेपाली साहित्य जगतमा मुक्तकको चम्किलो ज्योती बाल्नु , सिघ्र प्रतिउत्तरको क्षमतामा वृद्धि गर्नु , रचनामा निखारता ल्याउनु  र अरुको रचना पढ्ने बानी  बसाल्नु हो |"

चुकुप्रकाश आठौँ तीज विशेष मुक्तक दोहोरि कल्पना जिज्ञासुको व्यक्तिगत फेसबुक  वाल मा संचालन हुँदैछ |  उहाँलाई  कल्पना पौडेल 'जिज्ञासु'    
 https://www.facebook.com/kalpana.sharma.376/ मा गएर सम्पर्क राख्न र मुक्तक दोहोरि मा भाग लिन सकिन्छ |




Continue Reading | comments

सौतेनी आमा बाटै २ छोराछोरीको हत्या गर्ने प्रयास

 'आमाबुवाको मन छोरा छोरी माथि , छोराछोरीको मन ढुंगा मुडा माथि ' यो नेपाली प्रचलित उखान आज निर्दयी आमा रिता कुमालले गर्नेको यो घिन लाग्दो घटनाले  झुटो हो कि जस्तो बनाएको छ | महिलाहरु हृदयको निकै कोमल हुन्छन , कतै कतै कुकुर बिरालोको बच्चा एक्लै रोइरहेको देखेमा आफ्नै सन्तान झैँ घरमा ल्याई पाल्छन , किनिकी उनीहरुलाई थाहा छ आमा को हो भनेर  तर हामीकहाँ यस्तो समाचार छ जुन हामीले हत्तपत्त सोच्न सम्म पनि सक्दैनौं  |
लालमटिया बाट प्रकाश सुबेदीले पठाउनु भएको समाचार अनुसार देउखुरि लालमटिया ३ पाखापानी मा बस्ने बल बँकुमाल कि कान्छी श्रीमती  रिता कुमाल ले बाबु घर नभयको मौका पारि कमल कुमाल कि जेठी श्रीमती  का ९ बर्षिय सरिता कुमाल र ६  बर्षिय रातेश कुमाल लाई राप्ति नदि स्थित प्रगन्ना कुलो बाँदको ४०० मिटर पछाडि पश्चिम तर्फ एउटा ढिक बाट धकलेर आफु फरार भएकि छिन |

 तर ठुलो दुर्घटना बाट बचाएका छन् त्यहाँको स्थानीय बासिन्दाहरुले ,  असार मासमा खेतमा काम गरिरहेका केहि कृषकले अचानक बग्दै गरेका शंकास्पद पोकाहरु देखेपछी हतपत पानी बाहिर झिकेर थिए र ति बालबालिकालाई जिवितै उद्धार गरेका छन् | ऐले बालबालिकालाई प्रहरी कहाँ बुझाइएको छ भने , दोषी रिता कुमाल अझै फरार छिन |




Continue Reading | comments

चुकुप्रकाश छैटौं मुक्तक दोहोरि आज साँझबाट चर्किने

(चुकुप्रकाश)
नेपाली कविता फाँटमा अलि व्यापक ढङ्गले मुक्तकका बारेमा अध्ययन भएको देखिँदैन । अध्ययन गरेकाले पनि यसका बारेमा जाँगर गरेर लेखिदिएका छैनन् । यसले गर्दा मु्क्तक भनेपछि हुरुक्क हुने जमात आज मुक्तकलाई चिनाउने सैद्धान्तिक आलेखका अभावमा भ्रमको कुहिरोमा निसास्सिरहेको छ । नेपाली साहित्य जगतमा निकै फस्टाएको विधा गज़ल हो भने मुक्तक पछी पछी नै देखिन्छ | तर नेपालीमा मुक्तक कविताको लेखन वि.सं. १८३९ तिरबाटै भएको देखिन्छ । शक्तिबल्लभ अज्र्याल (पृथ्वीनारायण शाहदेखि रणबहादुर शाह कालका कवि) अहिलेसम्मको खोजद्वारा प्रमाणित पहिलो नेपाली मुक्तककार हुन् । उनका ‘तनहँँ भकुन्डो’ शीर्षकका दुई श्लोकलाई नेपालीमा लेखिएका सर्वप्राचीन मुक्तक मानिन्छ । 
  मुक्तक फेरी ऐले अन्तिम समयमा आएर निकै चासोको बिषय बनेको पाइएको छ | आज यसको लेखन र विभिन्न पत्रपत्रिकाले देखाएको चासो लाइ मान्ने हो भने यो विधा निकै अगाडी आउने आँकलन गर्न सकिन्छ | 

प्रकाश अर्याल "चुकुप्रकाश"
चुकुप्रकाश डट ब्लग बाट पनि  यस विधालाइ निकै चासो दिइएको पाइन्छ , यसै ब्लग बाट आयोजना हुने विभिन्न कार्यक्रम मध्य "मुक्तक दोहोरि धमाका" ऐले सबैको हाइ-हाइ भएको छ | हरेक महिना हुने यो मुक्तक दोहोरि कार्यक्रमको पाँचौ श्रीन्खला सम्म सकिएर  आज साँझ ५ बजेबाट छैटौं भाग सुरु हुदै छ | 

पहिलो, दोस्रो र तेस्रो भाग चुकुप्रकाश डट ब्लग मै संचालन भयो भने चौथो र पाँचौं भागमा  फेसबुकको बलियो आड लिइएको छ थियो | आज बाट हुन गइरहेको कार्यक्रममा पनि फेसबुककै सहयोगमा मुक्तक संकलन गरिने छ | 

मुक्तक दोहोरिको लगातार तिन भाग सम्म ब्लगका एडमिन चुकुप्रकाशले मुख्य भूमिकामा बसेर नै संचालन गरे भने , चौथो बिमल राज ढकाल , पाँचौ भण्डारी दाइ "अचम्म " मुख्य भूमिकामा रहेका थिए | आजको यो कार्यक्रम मा देवराज भन्तना"विवश अश्रुमालि" के धामाका गर्ने छन् | 

देवराज भन्तना"विवश अश्रुमालि
अश्राङ्ग-३,गोरखामा जन्मेका भन्तना ऐले मलेसिया मा छन् , उनले आज मलेसिया बाटै कार्यक्रम चलाउनेछन् |माता गोमा भन्तना र  पिता लोक प्रसाद भन्तना को कोखबाट २०४७कार्तिक१७ गते जन्मेका भन्तना बि.बि.एस्(प्रथम वर्ष) सम्म को अध्यन गरेका छन | गरे के हुन्न(बालकथा लेखन)2064- तृतिय मेरा गाँउलेहरु(कविता वाचन)2065-प्रथम पुरस्कार जित्न सफल उन्को , १.तिर्सनाको खोलि-गजल संग्रह २.आवाज-गजल संग्रह ३.मेरो देश र मेरी आमा-कविता संग्रह ४.मनै त हो-नाटक ५.असफल जीन्दगीमा म र ऊनि-आत्मपरक निबन्ध ६.जलेको दिल-गीति एल्वम ७.क्रेजी लभर्स-उपन्यास गरि ७ वोटा कृति प्रकाशोन्मुख सुचिमा छन |

दोहोरीमा सहभागी हुन ५ दिन आगाडी नै ब्लग मा धेरै भन्दा धेरै टिप्पणी आएको छ | फेसबुकका भिता यिनै प्रसङ्ग ले भरिएका छन | ब्लग का एडमिन तथा कार्यक्रम निर्देसक प्रकाश अर्याल "चुकुप्रकाश" भन्छन - "दोहोरीमा  रमाइलो गर्नकै लागी धेरै ले मुक्तक लेख्छन , र निखारता पाउछन , कतिपयले  त पहिलो मुक्तक नै यहि लेखेका छन | यो कार्यक्रमको मुख्य लक्ष नै नेपाली साहित्य गजतमा मुक्तकले ज्वोती बाल्नु र सिघ्र प्रतिउत्तरको क्षमतामा वृद्धि गर्नु , रचनामा सुधार ल्याउनु , अरुको रचना पढ्ने बानि बसाल्नु हो |" 

अब आउने आउने श्रीन्खलामा व्यक्तिगत वालमा नभई चुकुप्रकाश डट ब्लग कै फेसबुक पेज मा रहने छ |


Continue Reading | comments

नेपाली बालिका तेरिया फौजा मगरले पाइन् डीआईडी लिटिल मास्टर्स ३ को उपाधी - उपाधिसँगै ५० लाख नगद र कार पुरस्कार

Teria काठमाडौ, असार ७ - नेपाली बालिका तेरिया फौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।
५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।
दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए। 
- इ-कान्तिपुर 
Continue Reading | comments

कान्तिपुर ले फौजा लाइ मौजा लेखेपछी ......

Teria
कान्तिपुर ले फौजा लाइ मौजा लेखेपछी ...
सच्याइएको लिंक यहाँ राखिएको छ |
http://chukuprakash.blogspot.in/2014/06/blog-post_792.html







पहिले ...


काठमाडौ, असार ७ - नेपाली बालिका तेरिया मौजा  मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।
५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।
दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए। 
- इ-कान्तिपुर 


Continue Reading | comments

तेरीया पुगीन DID को फाईनलमा, अर्को चरणको भोटिंग सुरु , यहाँ बाट भोटिंग गर्नुहोस |





Teriya Performs on Allah Duhai Hai 
तेरीया पुगीन DID को फाईनलमा।

DID Lil Masters को नेपाली प्रतीयोगी तेरीया मगर अत्याधीक भोट प्राप्त गदै फाईनलमा पुगेकी छिन। अब फाईनलमा उनिसहीत चार प्रतिर्स्पधी रहेका छन। फाईनलका लागी आज राती (2014-0614 ) को      9:15 बजेदेखी भोटिङ खुल्नेछ।

# नेपालकी गौरब तेरीयालाई बधाई स्वरुप धेरै भन्दा धेरै लाईक तथा शेयर गरौ।

बधाई छ तेरीया...! 


समस्या आयो ? भोट गर्न मिलेन ? यहाँ क्लिक गर्नुहोस ...


Continue Reading | comments

चुकुप्रकाश ब्लग मार्फत आयोजना भएको खुल्ला ओंलाइन साहित्य रचना प्रतियोगिताका नियम र पोइंटिंग बिधि हरु

नीति नियमहरु :
१ )चुकुप्रकाश डट ब्लग मा रचना प्रकाशन गर्न निम्नलिखित लिंक मध्य कुनै उपयोग गर्नुपर्ने छ |
  1.  सिधै ब्लग मा पठाउनुहोस  
  2. इमेल गर्नुहोस  
  3. चुकुप्रकाश नेपाली साहित्यिक ब्लग (chukuprakash.blogspot.com) Facebook Page मा रचना पोस्ट गर्नुहोस | 
  4.  फेसबुक पेज युवा जगाउने हाम्रो अभियान मा मेसेज गर्नुहोस | 
  5. तोकिएको समय र स्टाटस मा आफ्नो रचना कमेन्ट गर्नुहोस |

२ ) उपयुक्त रचना ब्लग मार्फत पोस्ट हुनेछ |
३ ) आफ्नो पोस्ट को पोइन्ट बढाउँन आफ्ना धेरै साथीलाई हेर्न आग्रह गर्नुहोस | पोइन्ट यसरि हिसाब गरिन्छ -


पोस्ट को फेसबुक लाइक (प्रति १ ) = १० पोइन्ट 
पोस्ट को ट्वीट (प्रति १ ) = ५० पोइन्ट 
पोस्ट को शेहेर (प्रति १ ) = ५० पोइन्ट 
पोस्ट को गुगल प्लस (प्रति १ ) = २० पोइन्ट 


४ ) नतिजा चुकुप्रकस ब्लग मार्फत र फेसबुक पेज , ग्रुप आदि बाट सार्बजनिक गरिन्छ | 
५ )प्रथम हुनुहुने लाइ चुकुप्रकाश ब्लग को तर्फबाट प्रमाणपत्र दिइनेछ |


Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger