Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label दोहोरि. Show all posts
Showing posts with label दोहोरि. Show all posts

परदेश विशेष मुक्तक दोहोरि सातौँ शृंखला जगत आधिकारी 'अनमोल' को साथ मा

https://fbcdn-sphotos-h-a.akamaihd.net/hphotos-ak-xpf1/v/t34.0-12/1899939_508083646003833_1904551895192661068_n.jpg?oh=6af171a9b22df809ec0d0736327621f8&oe=53F3CCA3&__gda__=1408463324_da7b5becfce344f8a12406e0be0cf3bb मुक्तक दोहोरि सातौँ   शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि जगत आधिकारी 'अनमोल' को साथ मा भएको थियो ! परदेश बिशेस रहेको मुक्तक दोहोरिमा भब्य सहभागी थिए , कार्यक्रम मा ३००  भन्दा धेरै सर्जकहरुले ४३० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |

मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज सातौँ  सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक  : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला  Radio Vision 91.6 Mhz ) - झापा - कार्यक्रम डाउनलोड गर्नुहोस \
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - प्रतिक्षा गर्नुहोस
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - .प्रतिक्षा गर्नुहोस
गंगा बस्याल ( आधुनिक सरगम ) रेडियो सामर्थ्य   - प्रतिक्षा गर्नुहोस

  जगत आधिकारी 'अनमोल' को भूमिका र दोहोरि  
अनमोल को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम  उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ  संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक  छोड्न सक्नुहुनेछ  र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -


आमा तिम्रो फाटेको चोली टल्नलाइ परदेशीएँ
खरको छानो फाली जस्ता हाल्नलाइ पदेशीएँ
हामीलाइ बर्षौ देखि जेल्दै आ'को अभाव लाइ
उखेलेर जरै देखि फाल्न लाइ परदेशीएँ |
- जगत आधिकारी 'अनमोल'
 को हुन् जगत आधिकारी 'अनमोल' ?
https://fbcdn-sphotos-h-a.akamaihd.net/hphotos-ak-prn2/v/t34.0-12/10592058_508083679337163_2039583325_n.jpg?oh=40a50e1d63388aff4b9b37ba573c294f&oe=53F3A85F&__gda__=1408484186_557baaca47665ca9a5a537d8e811281eनाम: जगत अधिकारी अनमोल
 ठेगाना: खोटाङ बाक्सिला ४ खत्रिगाँउ सगरमाथा ,नेपाल |
 शिक्षा: आइ एड, सो सरह,,
 बाबाको नाम: पदम बहादुर खत्री 
आमाको नाम: नरमाया खत्री……
 

Continue Reading | comments

चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - २ )

  • Raj Yk  
    answered for superstar gagat anamol .....
     जे जे आए उस्तै उस्तै टार्नु पर्छ परदेश ,,,
     मन भरिका इच्छा आशा, मार्नु पर्छ पर्देश!!
     के गर्नु र नेपाली को कर्मै खोटी रैछ,, 
    आँखा बाटै याद,आँसु झार्नु पर्छ परदेश
    _________________________________________________________
  • युवराज वस्नेत @ भवानी जी लाई मेरो जवाफ

    के गरी वस्छौ विरानो ठाउ फर्केर आउ सानु
    जे पाक्छ झुपडीमा त्यही खाउ फर्केर आउ सानु
    भो पर्देन धेरै सपना नदेख महल वनाउने
    आफ्नो जे छ त्यसैमा रमाउ फर्केर आउ सानु ।।
  •  प्रदेश पस्नु,नर्क पर्नुउस्तै उस्तै हो
    बात सहनु,ज्युदै मर्नुउस्तै उस्तै हो
    प्रदेश पस्ने रहर होईन,बाध्यता हो हजुर
    मुटु दुख्नु,आशु झर्नु उस्तै उस्तै हो ।

    खुमन क्षत्री
    नयागाउ-३, गुल्मी
    हाल ~ दुबै (UAE)
    _________________________________________________________
  • कल्पित पतझड परदेशी पिडीतहरु लाइ है
    सधै भन्थी पैसा पठाइदिनुस पती ।
    परदेशबाट पैसा पठाए कती कती ।
    जब पाच सालमा घर फर्किएथे त ।
    न पठाएको सम्पती छ न श्रीमती ।
    कल्पित पतझड
    अरुणोदय 4खुदेपानी तनहु
    _________________________________________________________
  • भवानी हुमागाईं @देव सागर जी

    म पनि मुटुमा नेपाल लीएर पर्देशीए
    नीयतिले ठुलै चोट दीएर पर्देशीए
    नजाउ भन्दै मेरी आमा दैलो छेकी रुदापनी
    मुटु दुखाई अश्रुधारा पीएर पर्देशीए

    भवानी सुनामी
    _________________________________________________________
  • घायल दिपक कार्की सब्बैमा मुक्तकिला मनहरुमा
    मेरो नमस्कार...
    आमा सम्झंनाले रुनै पर्छ प्रदेशमा.!!
    आँशु संग संगै खुनै पर्छ प्रदेशमा.!!
    याद भुलाउँनलाई थनक्यानि झोलामा.!!
    घरिघरि तस्वीर छुनै पर्छ प्रदेशमा.!!

    घायल दिपक कार्की
    बनकटवा नौ लालपुर बाँके
    हाल-गुजरात भारत बाट
    _________________________________________________________
  • 'देव' सागर @ सबैमा
    हट्ने हैन डटी लड्न, एकता छ हाम्रो ।
    मुटुभरी नेपालकै, ममता छ हाम्रो ।
    प्यारो जन्मभुमी छोड्ने, रहर कस्लाई छ र ??
    बिदेशिनु रहर हैन, बाध्यता छ हाम्रो ।
    देव सागर, स्याङ्जा, हाल कोरिया
    _________________________________________________________
  •  म बिदेश रहरले होईन करले पर्देशिए
    ,घरभिट्टा लिलाम हुन्छ भन्ने पाजिको डरले पर्देशिए!
    कर्तब्य बढ्यो,समस्या झागियो,
    त्यससैले सुनौलो भबिश्य बनाउने भरले पर्देशिए! 
    अमीन "असफल"
    _________________________________________________________
  • जगत अधिकारी 'अनमोल' Nagendra N P Neupane sir..

    बाध्यता छ जसरी नि फेर्नै पर्ने चोली
    सम्झिएरै बस्नुपर्छ दशै तिहार होली
    बर्तमानमा दुख गर्यो भने पक्कै पनि
    सहज सफल उज्ज्वल बन्नसक्छ भोली |

    जगत अधिकारी
    _________________________________________________________
  • मौलिक श्रीस प्रथम देव सागर जी लाई

    परदेश नलागि त खानै हरायो
    गरिबिले खाली हुदा मानै हरायो
    एउटा सानो खरको झुपड़ीको पनि
    चैते हुरी आएपछि छानै हरायो

    मौलिक श्रीस
    नवलपरासी सुखौरा"
    _________________________________________________________

  • Continue Reading | comments

    चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - ३ )


    • युवराज वस्नेत @ भवानी जी लाई मेरो जवाफ

      के गरी वस्छौ विरानो ठाउ फर्केर आउ सानु
      जे पाक्छ झुपडीमा त्यही खाउ फर्केर आउ सानु
      भो पर्देन धेरै सपना नदेख महल वनाउने
      आफ्नो जे छ त्यसैमा रमाउ फर्केर आउ सानु ।।
      _________________________________________________

    • कल्पित पतझड #देव' सागर जी लाइ
      कहिलेकाही जित्न खोज्छ हरेश ले प्यारा ।
      र दुब्लाईछु गाउले परिभेशले प्यारा ।
      फर्कनुस अबत सगै दुख गरौला ।
      कतिन्जेल थाम्ला खर्च परदेशले प्यारा ।
      _________________________________________________
       
    • Shiva Subedi भित्री मन बेदनामा दुखाएर रोएं।
      नयनहरु रुदा रुदै सुकाएर रोएं।
      परदेश बस्दा बस्दै बित्यो जिन्दगानी ।
      बाबा आमा उपर शिर झुकाएर रोएं।
      Jagat Anmol
      _________________________________________________
       
    • जीबन 'उदास' Shiva Subedi
      सर
      हो हामी दुख लुकाएर रूनु पर्छ
      आशुहरू पनी सुकाएर रूनु पर्छ
      यस्तै छ हामी नेपलीको हाल हजुर
      प्ररदेशमा शिर झुकाएर रूनु पर्छ
      _________________________________________________
       
    • Krishna Saud Jharna मुक्तक -

      जागीर खोज्न प्रदेशको गल्ली गल्ली धाए आमा
      देश छोडी प्रदेश आउदा धेरै दुःख , खाए आमा
      खुसि कहाँ छु र आमा हजुरहरु देखि टाढा हुदा
      हात मुख जोर्ने बल्ल तल्ल नौकरी त, पाए आमा ||

      कृष्ण साउँद "झर्ना"
      _________________________________________________
    • Khuman Chhetry Muskan कसैलाई रहर छ, जान प्रदेश मा
      कसैलाई कर छ, जान प्रदेश मा
      ठुला ठुला महल मा,घुम्ने मन हुने लाई
      सपना को शहर छ जान प्रदेश मा ।

      खुमन क्षत्री
      नयागाउ-३, गुल्मी
      हाल ~ दुबै (UAE)
      _________________________________________________
       
    • 'देव' सागर @कल्पित पत्झड जि लाई
      बस्दिन यहाँ मरी-मरी, फर्कने छु प्यारी ।
      घरमा केही खुशी भरी, फर्किने छु प्यारी ।
      मेरो जन्मभुमी अनी,तिमिलाई भेट्न
      एकै बर्श दु:ख गरी, फर्किने छु प्यारी ।
      देव सागर , स्याङ्जा हाल कोरिया
      _________________________________________________
       
    • फर्कि अाउनु छिट्टै बाबु घर सम्झेर
      जिन्दगीको लामो लामो सफर सम्झेर
      अाफ्नै देशमा सुन फल्छ फलाउन सकियो भने
      नबस् बाबु अाफ्नै मुटु पत्थर.सम्झेर

      जलन समर्पण
      जाजरकोट

      # Jak Parkas Rai
       

    • युवराज वस्नेत @ शिव सुवेदी सरलाई मेरो जवाफ

      पलपलको समय ख्याल राखेर वाचेका छौ
      मनभरी पिडा लुकाई देखावटी हासेका छौ
      तिमी संग भेट होला र धोको फेरेर रोओला भन्दै
      यता हामी पनि गहभरी आशु साचेर वसेका छौ।।
      _________________________________________________
       
       Raj Yk  
      जे जे आए उस्तै उस्तै टार्नु पर्छ परदेश 
      मन भरिका इच्छा आशा, मार्नु पर्छ पर्देश!!
       के गर्नु र नेपाली को कर्मै खोटी रैछ,, 
      आँखा बाटै याद,आँसु झार्नु पर्छ परदेश!! 
      raj y.k. ५थर,मेचि नेपाल !!!
    Continue Reading | comments

    Total Desktop view for chukuprakash

    number of visits track
    Now online in this blog

    NOW IN NEPAL..
    Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

    चुकुप्रकाश मुक्तक दोहोरि

    हास्य-ब्यांगे प्रस्तुतिहरु

    World News

    Nepali News

    गजल

    थप गजलहरु पढ्नुहोस -

    कथा

    कविता

    चुटकिला

    Followers

     
    Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
    Template Design by Prakash aryal Proudly powered by Blogger