Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

अबसरलाई सहि सदुपयोग गर्न सकेमात्र सन्ततिको शिर ठाडो पार्न सकिन्छ - राजेश अधिकारी

राजेश अधिकारी
भूकम्पले तहस नहस पारेर बिध्वसं मात्र निम्त्याएको छैन् ,मुलुक संचालनको संयन्त्र भित्र पनि ठूलो हलचल ल्याएको छ। मैले भूकम्प पश्चात देश चल्ने ठाँऊका प्रमुख प्रधान मन्त्री देखि वहाँका दरीला भनाऊदा मन्त्रीहरु र थुप्रै नेताहरु संग भेंट गरें, निरन्तरता पनि छ। बिपत व्यवस्थापनमा विदेशी सहयोग देखि नेपाली सेनाको उद्धार र राहत सामग्री बितरण व्यवस्थापनमा सरोकारवाला कर्मचारीतन्त्रको कार्याविधि हुदै सी.डी.ओ.,स्थानिय निकाय र सर्वदलीय संयन्त्र मार्फत पिडितको हातमा राहत पुर्याईएको देखियो।
Continue Reading | comments

विनाशकारी भूकम्प २०७२ र विडम्बना - दिप्तेन्द्र भावहीन

भूकम्प २०७२ 
यो नेपालीहरुको कस्तो बिडम्बना हो | जताततै भोकमरी अनि अभाबै अभाब छ | विदेशबाट पठाएको राहत खोइ त ? विभिन्न देशले लगभग सात अरब सहयोग गरेको सि.एन.एन . न्युजले बताएको छ | प्राप्त सूचना अनुसार त्रिभुवन बिमानस्थलमा क़ुइण्टलकाक़ुइण्टल विदेशबाट आएको खाद्द्य सामग्री जस्तै रोटी,पाउरोटी,चामल अनि फलफूल कुहिने अवस्थामा छ तर सरकारले बाँड्ने काम सुरु गरेकै छैन | सही समयमा खानेकुरा मात्र पुगेपनि हजारौको पेट भरिन्थ्यो | कैयौं ठाउँमा पिउने पानीको अभाब छ |कति ठाउँमा त त्रिपालहरु पुगेकै छैन र जहाँ पुगेको छ त्यहाँ पनि पाँच परिवारले एउटा त्रिपालमा दिन-रात बिताउनुपरेको छ | विभिन्न देशहरु तथा ठाउँबाट आएका टेन्टहरु अनि त्रिपालहरु कहाँ गए ? कतै त्रिभुवन बिमानस्थलमै हरायो कि बेचियो ? मीनभवनमा केही दिन अघि मात्र बाँड्न दिएका ब्लान्केटहरु सुरक्षाकर्मीहरुले एकको रु. १५०० को दरले बेच्दै गर्दा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएको घटनाबाट म स्वयम् अवगत छु |

रिबन काट्न एबम उद्घाटन समारोहमा नेताहरु हेलिकप्टरमा धेरै चोटी उडेका हामीले नदेखेका होइनौं तर राष्ट्रिय संकटका बेला कहाँ गए ती हेलिकप्टर ? आकाशले खायो कि जमीनले निल्यो ? नेताहरुले हामीलाई यसको उत्तर दिनुपर्यो ?कहाँ हराए नेताहरु....पक्कै विदेशीले पठाएको पैसाको बाँडफाँडमा ब्यस्त होलान् | ए हुतिहारा हो! आँट छ भने जनताका अगाडी जाओ | तर तिमीहरु त नैतिकता हराएका मान्छे त हौ के जान्थ्यौ र | पैसाका लागि आमा, दिदी-बहिनी,स्वास्नी अनि छोरी बेच्ने तिमीहरुलाई यो भूकम्प एउटा संबिधान बनाउनबाट उम्किने मौका भएको छ , अर्को आन्द्रा चुटिञ्जेलसम्म लुछ्ने अवसर भएको छ | धन्य छौ तिमीहरु र धन्य रहेछ तिमीहरुको आन्द्रा | हेर नेताहरु हो ! यदि तिमीहरुले विदेशबाट पठाएको पैसामा आँखा मात्र लगायौ भने हामी नेपाली जनताहरु मिलेर तिमीहरुलाई बर्बाद गरिदिनेछौं | पर्ख नेताहरु हो मतदान त आउंदै छ नि ......तिमीहरुले देख्नेछौ |

दिप्तेन्द्र भावहीन
Continue Reading | comments

मार्च ८ संग जोडिएको महिला आन्दोलन [ कल्पना पौडेल “जिज्ञासु” ]


-कल्पना पौडेल “जिज्ञासु” 
गैडाकोट-४,नवलपरासी 
हाल: इजरायल
ज भन्दा १०५ बर्ष अगाडि नुर्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरुले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहा“ महिलाको उपस्थिती नरहेको होस् । बर्सेनि मनाउदै आइरहेको “नारी दिवस” नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास बर्ष अघि भेटेको अन्तरिक्ष होस या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेरी क्युरीले मिश्रण्ँ गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय बर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् । समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छैनन् ।

१ दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
२ सामुहिक बलत्कारको बड्दो विकृती ।
३ छोरी जन्म्याएको कारण्ँ घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
४ अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोरीको संख्या कमी हुनु ।
५ छोरीको जात हु“दा घरमा स–साना भाई बैनी हेर्नु पर्ने र काममा सघाउनु पर्ने हु“दा स्कुलमा छात्राको संख्या न्यून हुनु ।
Continue Reading | comments

नेपाली लेख : भोगाई र देखाई [ सर्जक : विवश एस.वि ]

भोगाई र देखाई

यो अर्थहिन रंगिन संसार को कुनै मोड
मा यस्तो लाग्छ कहिलेकाही तेहि भिर बाट
गुल्टीदिउ, जिन्दगी को यात्रा समाप्त पारिदिन
मन लाग्छ। खै किन हो कुन्न यो समय नै
स्वार्थि लागिरहेको छ। किन संसार लाई धनी र
गरिब गरि दुई भाग मा विभाजन गरियो? अनि किन
मलाई गरिबीको शुचिमा राखियो? प्रश्न तेर्साउन
मन लाग्छ आफै सँग। २०५१साल देखि आज सम्म
आइपुग्दा बाबा आमाको मुहारमा एक
छिटो खुसीको पल देख्न पाएको छैन। २०६३ तिर
को कुरा हो ।म तेति बेला श्री नव
ज्योति प्राथमिक विद्यालय मा कक्षा ५ मा पढ्थे ।
विद्यालय बाट हेटौंडाको सहिद स्मारक लगिदै
थियो ।त्यो अवस्था मा मैले ५०रुपैयाँ जुटाउ न
सक्दा मेरो यात्रा नै स्थकित गर्नुपर्ने
अबस्थामा पुग्यो।आखिर यो दुनियाँमा यति धेरै
गरिबीको खाडल किन बद्दै गयो। मन लाग्छ कहिले
काहीँ यो संसार मरुभूमि बनाईदिन।
जसो तसो बुबा आमाले
मेरो शिक्षा एस.एल.सि सम्म त दिनु भयो त्यस पछि म
सहारा बिहिन भएर २०६८ सालमा slc पास गरेर
प्रमाणपत्र का साथ हेटौंडा को भिडभाड
मा जागीर को खोजीमा भौतारिन थाले।
ऐलेको समय परिस्थिति अनुसार slc कुन नै ठुलो छ र?
यहाँ मास्टर पढेर तरकारी खेती गर्ने,बाङ्गुर पालन गर्ने
युवाहरू को जमात धेरै छ।आखिर याँहा अशिक्षित
बेरोजगारी भन्दा पनि शिक्षीत
बेरोजगारि बढिरहेको देख्न सकिन्छ।
याहा अर्बौं रुपैयाँ भ्रष्टाचार, अनियमित
रुपमा दुरुपयोग गरिन्छ तर किन गरिबीनिवारण
को लागि खर्च गरिन्न ? प्रश्न छ यो सरकार सगँ?आज
धनी र गरिब बिचमा बनाईएको पर्खालमा रङ्गाउने
हरुले मेरो भविष्य माथि खेलवाड गर्दै छन।
मेरो जिन्दगी अन्धकार बनाउनेतर्फ बढीरहेका छन।अझ
यथार्थमा भन्नु पर्दा दुई कौडी साट्न मोलमोलाइ
गरिरहेका छन र म त्यही दुई कौडी बिक्न विवश छु
कारण गरिबी नै हो।
आखिर
सिसाको महलमा सजिने हरुको मात्र जिन्दगी हो?
दिन रात न भनी थाप्लोमा भारी बोक्ने
हरुको चाहिँ जिन्दगी हैन? आज विश्व मा सबै
धानी हरुको जमात भएको भए संसार कुन
अबस्थामा हुन्थ्यो होला? दैनिक प्रयोग गर्ने
खाद्यबस्तु हरु कस्ले उब्जाउथो होला ?आखिर दुई
पैसाको लागि दिन रात पसिना बगाउने
हरुको लागि किन यो समाजमा स्थान छैन?
सम्झदा अनौठो लाग्छ।
आखिर गरिबी निवारण को लागि किन सरकार
नीतिनिर्माण गर्न तत्परता देखाउदैन? देशमा उद्योग
कलकारखाना प्रसस्त मात्रामा संचालन गर्ने हो भने
यो सारा समस्या हटेर जान्छ । दैनिक
लाखौं युवा युवती हरु सुन्दर मुलुक नेपाल छोडेर
खाडी मुलुक जान बाध्य छन। तर सरकार टुलुतटुलु हेरेर
बस्न बाहेक केही गर्न सकेको छैन। सधै
युवा स्वोरोजगार को लागी बजेट यति छुट्टाएको छु
उति छुट्टाएको छु भन्दै अर्थमत्री भाषण दिन्छ्न तर
त्यो बजेट युबा सम्म आइपुदा कति आइपुगेको छ सरकार
लाई कुनै चासोको विषय बन्दैन ।
जनुद्धकाल छोरा गुमाए
का गोर्खा का नन्दप्रसाद अधिकारी अन्सनमै बिते
दुई चार दिन सबैलाई चासोको विषय बन्यो तर रात
रहेपछि अग्रख पलाउछ भने झै आज तीन
महिना बितिसक्दा पनि उहाँको शरीर अन्तिम
दाहसंस्कार हुन सकेन।यस्को पछाडी पनि गरिबी कै
कारण हुन सक्छ । एउटा ग्रामीण
समाजमा रहेको परिवार मा छोरा ले
राम्रो नतिजा ल्याएर slc पास गर्यो भने उस्ले
चाहेको विषय पढ्न पाउदैन ।उस्ले साहूको भाँडा मझेर
हुन्छ कि बिहान बिहान पत्रीका बेचेर पढ्न खर्च
जुटाउनु पर्छ। जस्को सिकार म स्वयम भोगिरहेको छु।
यस्ता समस्य धेरैका छन तर सुनिदिने
निकाय भने कमै मात्रामा छन।आसा छ यी र
यस्ता अन्य समस्या हरु जस्तै
गरिबी निवारण ,शिक्षा मा अनियमितता ,शिक्षा मा सरकारी छात्रवृत्ति जस्ता क्षेत्र
हरुमा पनि अनियमितता जस्ता समस्याहरुको को छिटो भन्दा छिटो समाधान
हुनेछ।
यी र यस्ता अनगिन्ती समस्य हरु
देख्दादेख्दै पनि किन मौन बस्छ सरकार ? एउटा गरिब
परिवार कि बालिका बलत्कृत भएर कानुन
को सहयोग माग्दा समेत दोसि लाई सजाय दिन
तत्परता देखाउदैन अदालत ।देश हाक्नेहरु औँठा छाप
लगाउने हरु भए हुन्छ तर दुख गरेर खाने ड्राइभर
हरुको योग्यता तोक्छ सरकार । आखिर
नेपालको शैक्षिक प्रणाली कुननै गतिलो छ र ?
उहीँ किताब घोकाउने नै त हो नि।खै ब्यबहारिक
शिक्षा ?
यी र यस्ता अनेकौं लुकेका तर असर हरु भने ठुला पर्ने
समस्यहरु अनेकौं छन ।यस्ता सरकार
वा सम्बन्धि निकाय हरु को समयमै अँखा पुगोस।
युवा स्वरोजगार लक्षीत कार्यक्रम हरु ले
प्राथमिकता पाओस। समयमै संविधान जारी होस र
सुन्दर समुन्नत नेपाल बनोस।सारा तीन करोड
नेपाली अभिलाषा यहिनै छ।
Continue Reading | comments

नेपाली लेख : दशैं ( सर्जक : शिव सुबेदी )

--शिव सुबेदी
दशै
परा पुर्बकालमा दैत्यहरुले देव गणमा निकै हैकम र सास्ती दिन थाले पछी उनै चतुर मुख ब्रम्हको ध्यान तपस्या पछि अध्बुध शक्ति पाएको मैसासुर लाई बध गर्नका निम्ति दुर्गा भवानी नव दुर्गाको रुप धारण गरि मैसासुरको बधगरि यो पर्व हर्षउल्लसका साथ मनाईदै आएको मानिन्छ ।
अत:
भगवान रामले रावणको बधगरेको कथा पनि यदा कदा सुन्नमा आउँछ ।
यो पर्वले मानव जातिमा पनि निकै ठूलो महत्त्व बोकेको छ ।बिशेशत यो पर्वमा एक सरो नयाँ लुगा कपडा लाउने मिठो मसिनो खाने आफू भन्दा ठुला बाट टीका जमरा लगाई आशिर्वाद लिने चलन छ ।यसै बेला गाउँ घरमा लिङ्गे पिङका ती मचाई हरु यो परदेशमा पनि उत्तिकै झझल्को नबसेको भने होईन बिबिन्न कारणले परदेश पस्नु भएका बिशेशत हिन्दू धर्माल्बी दाजुभाइ दिदीबहिनी हरु परदेशमै रहेर पनि एक दिन रमाइलो हुने गरि भेटघाट गरिएको देखिन्छ ।
सबै पक्षका सकारात्मक र नकारात्मक दुबै पक्ष समेटिएको हुन्छ ।यश पर्वका पनि विभिन्न नकारात्मक पक्ष पनि छन ।दशैको नाममा जुवा तास मदिराका भट्टि लगाई समाजमा लगायत परदेशमा पनि यस्ता नकारात्मक क्रियाकलाप हरु नदेखिएको भने हैन ।
विशेषत समाजमा अर्काको देखासिखिले पनि यो पबित्र पर्वलाई निकै नकारात्मक पुगेको छ ।
अन्ततः जेहोस जसरी होस स्वदेशमा चाहे परदेशमा होस यश महान पर्वले भाईचारा को सम्बन्ध प्रगाढ बनोस स्वस्थ रहनुहोस फुर्त रहनु होस बिकृति बिसंगती रहित चाडपर्व मनाउनु र भावी पिडीमा सफलताका साथ यी पर्वहरु हस्तान्तरण गर्न पाईयोस र जोगाउनु पर्छ हामी सबैको मिले महतो हुन जरुरी छ ।।
आयु द्रोण सुते श्रीयम् दशरथे शत्रु क्षयं राघवे ! ऐश्वर्यम नहुषे गतिश्च पवने मानंच
दुर्योधने !!
सौर्यम् शान्तनवे बलं हलधरे सत्यमच कुन्ती सुते ! विज्ञाने विदुरे भवन्त भवताम कृतिश्च
नारायणे !!
स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली जन जनमा बिजयादशमी २०७१ सालको अवसरमा सुख, शान्ति, समृद्धिको कामना सहित सु-
स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ- कामना ब्यक्त
गर्दछु ।
शान्तिनगर एक
जुनेली बस्ती
झापा
अचेल:-मलेसिया

Continue Reading | comments

राजनीति

डोरी आफैँले किन्न नपरेसम्म
कुनै बेला एउटा राज्यमा ठूलो तानाशाहले शासन
गथ्र्यो। आफ् नो राज्यमा सबै मान्छे खुसी छन् भन्ने
उसलाई लाग्थ्यो। किनभने, कसैले
केही कुरामा कहिल्यै पनि कुनै गुनासो गरेको उसले
सुनेको थिएन। गुनासो नगर्नु भनेको सन्तुष्ट हुनु
होइन भन्ने कुरा उसले बुझेको थिएन। कसैले

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger