तलको सम्पूर्ण गज़लहरु सामुन्द्रिक छल्का संयुक्त गज़ल संग्रहमा प्रकाशित गज़लहरु हुन् |
गजल १
साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म ।
दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।।
रावा सावा साप्सुसँगै लुकामारी खेल्दै ।
मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।
हलेसी र बाराहाको आशिर्वाद थापी ।
अन्यायको जरै मास्ने खोटाङ्गे हुँ म ।।
आफ्नै सिमा भोजपुरको सिरुपाते खुकुरीले ।
तप्कन दिने रुख छाँस्ने खोटाङ्गे हुँ म ।।
दुधकोसिको चिसो पानी अन्जुलिले खाई ।
सगरमाथा शिरमा बास्ने खोटाङ्गे हुँ म ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु