![]() |
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
M.A.(आचार्य) फलित ज्योतिष,
B.A(शास्त्री)इतिहास पुराण #नेसवि
दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७
skype online.jyotish1
|
वि.सं.२०७२ साल वैशाख ४ गते शुक्रबार
इ.स. २०१५ अप्रिल १७ तारिख,
नेपाल संवत् ११३५ चौलागा
वैशाख कृष्णपक्षको चतुर्दशी तिथि रात्रि ३:०१ बजे सम्म उपरान्त अमावश्या,
उत्तरभाद्रपदा नक्षत्र साँझ ७:०३ बजेसम्म उपरान्त रेवती
ऐन्द्र योग अपराह्न २:१३ बजेसम्म उपरान्त वैधृति
भद्रा करण अपराह्न ४:१० बजेसम्म शकुनि करण,रात्रि ३:०१ बजेसम्म,उप्रान्त चतुष्पद।
आनन्दादि योगमा ध्वज योग,
चन्द्रमा मीन राशीमा
काठमाडौंमा सूर्योदय– ५:४० बजे, सूर्यास्त– ६:२९ बजे
दिनमान ३२ घडी ०२ पला।
पर्व– भक्तपुरस्थित छुमागणेश यात्रा।
साँझ ७:०३ बजेउप्रान्त सर्वार्थसिद्धि योग।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
अनाबस्यक खर्च बढ्नेछ,बिस्वसिला भनिएकाहरुबाट बिस्वासघात हुन सक्छ,आर्थिक पाटो कमजोर रहला,शरीरमा आलस्यता आउनाले काममा अबरोध आउन सक्छ,बिबाद बाट टाढा नै रहनु होला इष्ट देबको दर्शन पूजा-आजा गरेर अगाडी बढ्दा राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धनको संचय हुनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ,मनोरन्जनात्मक यात्रा तथा मिष्ठान्न भोजनक गर्ने अवसर मिल्नेछ,पूराना साथि संगी संगको भेटघाटले मनमा प्रशन्नता छाउनेछ,स्वास्थ्यमा केहि गडबडी आउन सक्छ।


