छाक टार्नलाई मानो कहिल्यै देखिन !
घरको नचुहिने छानो कहिल्यै देखिन !!
मैले उनलाई भेटेको दिन देखी नियाल्दा,
उनका आँखा ओभानो कहिल्यै देखिन !!!
सुरज पराजुली
पोखरा
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts
मुक्तक
मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
मुक्तक
नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
.......……………………………
जिवन मा तिम्रो कमी सधै भयो सानु
माया अभाव मा जुनि यसै गयो सानु
फुल्दै थियौँ तिमी यो मनको बगैचामा
कपिलामै कुन पापिले टिपी लयो सानु
-------------
सन्तोष भट्टराई
हाल मलेसिया
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
मुक्तक
मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]
मुक्तक
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।।
नानू मगर
किचनास ८ स्याङ्जा
नारी दिवसको शुभकामना सदाबहार आउँछ
दिवस कै भोली पल्ट नारीमा अत्यचार आउँछ
आजको दिन मात्र किन सम्मान गर्छौ नारीको
पटकपटक नारी नै लुटिएको अखबार आउँछ।।
नानू मगर
किचनास ८ स्याङ्जा
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
यति धेरै कोहि मान्छे मन पर्छ किन ?
खाएनी लाखौ चोट नजिक सर्छ किन ?
आँखा,मुटु,मस्तिष्क सबै दोषी देख्छु म,
हर पल उनकै सम्झना गर्ने गर्छ किन?

आँखा,मुटु,मस्तिष्क सबै दोषी देख्छु म,
हर पल उनकै सम्झना गर्ने गर्छ किन?
कोहि सङ्ग मेरो साथ छोड्नु पर्नेछ ।
खाएका बाचा कसम तोड्नु पर्नेछ ।
खाएका बाचा कसम तोड्नु पर्नेछ ।
कति हिड्नु उसैको पछी लागि मात्र,
अब त पुरै परिक्रमा मोड्नु पर्नेछ ।

अब त पुरै परिक्रमा मोड्नु पर्नेछ ।
तिमी पनि मायाको भोको छौ भने ।
तन, मन, बचनको चोखो छौ भने ।
मैले पनि नो भन्न कहाँ सकुला र,
भित्री दिल साच्चिकै छोको छौ भने।

तन, मन, बचनको चोखो छौ भने ।
मैले पनि नो भन्न कहाँ सकुला र,
भित्री दिल साच्चिकै छोको छौ भने।
बुढा बाले गाई बस्तुको स्वस्ती गर्दैछ्न रे ।
छोरा बिदेस बाईस घण्टा गस्ती गर्दैछन रे ।
बच्चा पढाउन शहर पसेका हाम्रा बुहारिहरु,
हल्ला आउछ्न घरगाउमा मस्ती गर्दैछन रे ।

छोरा बिदेस बाईस घण्टा गस्ती गर्दैछन रे ।
बच्चा पढाउन शहर पसेका हाम्रा बुहारिहरु,
हल्ला आउछ्न घरगाउमा मस्ती गर्दैछन रे ।
कोहि उसलाई जिस्काउछ्न रुप देखेर ।
कोहि कोहि जिब्रो रसाउछ्न खुब देखेर ।
फलाम पनि सुन बन्छ जलप पोते पछि,
म यता हासिरहेको छु तिनै बेकुब देखेर
कोहि कोहि जिब्रो रसाउछ्न खुब देखेर ।
फलाम पनि सुन बन्छ जलप पोते पछि,
म यता हासिरहेको छु तिनै बेकुब देखेर
बाह्रै महिना घरमा बुढी अन्नबाली छर्दा पनि ।
बीस घण्टा तातो रापमा मैले ड्युटी गर्दा पनि ।
अझै पीडा थप्दा प्रभु यस्तो सोच्न बाध्य छु म,
हिरन समेत दिन्नौ होला छट्पटिदै मर्दा पनि ।
बीस घण्टा तातो रापमा मैले ड्युटी गर्दा पनि ।
अझै पीडा थप्दा प्रभु यस्तो सोच्न बाध्य छु म,
हिरन समेत दिन्नौ होला छट्पटिदै मर्दा पनि ।
भन्दै थियो उ मलाइ माया पनि बिक्छ ।
स्वास्नी राखे बजारमा नानाथरी सिक्छ ।
७ जुनि कसम खाका अन्तै भाग्छ्न भने,
बिहे हैन कृष्ण सर एक्लो बस्न ठिक छ ।
स्वास्नी राखे बजारमा नानाथरी सिक्छ ।
७ जुनि कसम खाका अन्तै भाग्छ्न भने,
बिहे हैन कृष्ण सर एक्लो बस्न ठिक छ ।
तिम्रो घरमा बिहेको होम चल्दै गर्दा ।
मेरो यता घाटतिर लास जल्दै गर्दा ।
अरु थप के होला सोच्न थाल आफै,
फरक धारका घटनामा आगो बल्दै गर्दा ।।
मेरो यता घाटतिर लास जल्दै गर्दा ।
अरु थप के होला सोच्न थाल आफै,
फरक धारका घटनामा आगो बल्दै गर्दा ।।
कृष्ण प्रताप महत
गुल्मी पिपलधारा -३
गुल्मी पिपलधारा -३
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
मुक्तक
नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
"मुक्तक"
आँखा हैनन् आँखाका ,नानी बनाउदैछु।
समेटेर सिंगो जीवन ,कहानी बनाउदैछु।
एउटा् सुन्दर पिरतीको दरबार छ त्यहाँ ,
मै बनुला राजा तिम्लाई,रानी बनाउदैछु।।
नवीन संघर्ष (सिन्धुली )
आँखा हैनन् आँखाका ,नानी बनाउदैछु।
समेटेर सिंगो जीवन ,कहानी बनाउदैछु।
एउटा् सुन्दर पिरतीको दरबार छ त्यहाँ ,
मै बनुला राजा तिम्लाई,रानी बनाउदैछु।।
नवीन संघर्ष (सिन्धुली )
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
प्रकाश पाठक योगीका केहि मुक्तकहरु
प्रकाश पाठक योगीका मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु
पोहोर दाई लाई ढलाएर मारे
एेले त भाई लाई जलाएर मारे
हाम्रो देशको यो कस्तो कानुन
दिन दाहाडे गोलि चलाएर मारे !!

खै को सँग होला यहाँ मैले स्वाभिमान खोज्दैछु
साच्चै हराएछ कि कतै भनि सम्बिधान खोज्दैछु
आफ्नै आमाका सन्तान मारामार गरेको देख्दा
सयौ थुगां फुल्का हामि राष्ट्रिय गान खोज्दैछु !!

लुकाई पिडा हास्न सिकायौ
दु:खमा पनि बाच्न सिकायौ
आमा हजुरले मलाई जैले
रमाएरै सधै नाच्न सिकायौ !!

म अन्यासै झसँग झस्किएर उठे मध्य रातमा
बेसरि मेरो मुटू चस्किएर उठे मध्य रातमा !
सत्रुहरूले लछार -पछार पार्दै थियो देशलाई
एक हिस्सा देशको खस्किएर उठे मध्य रातमा !!
प्रकाश पाठक योगी
चितवन १ जगतपुर
हाल- चेन्नै
मुक्तकहरु
पोहोर दाई लाई ढलाएर मारे
एेले त भाई लाई जलाएर मारे
हाम्रो देशको यो कस्तो कानुन
दिन दाहाडे गोलि चलाएर मारे !!

खै को सँग होला यहाँ मैले स्वाभिमान खोज्दैछु
साच्चै हराएछ कि कतै भनि सम्बिधान खोज्दैछु
आफ्नै आमाका सन्तान मारामार गरेको देख्दा
सयौ थुगां फुल्का हामि राष्ट्रिय गान खोज्दैछु !!

लुकाई पिडा हास्न सिकायौ
दु:खमा पनि बाच्न सिकायौ
आमा हजुरले मलाई जैले
रमाएरै सधै नाच्न सिकायौ !!

म अन्यासै झसँग झस्किएर उठे मध्य रातमा
बेसरि मेरो मुटू चस्किएर उठे मध्य रातमा !
सत्रुहरूले लछार -पछार पार्दै थियो देशलाई
एक हिस्सा देशको खस्किएर उठे मध्य रातमा !!
प्रकाश पाठक योगी
चितवन १ जगतपुर
हाल- चेन्नै
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक
![]() |
| सुसन राई (रोदुङ्ग आम्बोटेली ) |
मुक्तकहरु
संस्कार भुली पप् गायौ गाना दोषी भयो
बस्त्र फाल्यौ नाङ्गियौ चाहाना दोषी भयो
के सम्झि यी यस्ता हर्कत देखाउँदैछौ
गल्ति गर्यौ पन्छियौ जमाना दोषी भयो
जन्मेर मान्छे फरक फरक पाटोमा जान्छ
कोहि पाठशाला त कोही बाटोमा जान्छ
केहि खास लाग्दैन, लोभ छैन आफ्नैपनी
आखिर जिन्दगी भन्नु मरेर माटोमा जान्छ
आँखा हेर्न बनाएर, आँशु बग्न बनाएको छ
मलाई मेरै जिन्दगीले सेचमग्न बनाएको छ
हेर्नु छ अझ समयले क-कस्लाई के के बनाउँछ
आज तिम्रो चरित्र उतारि अर्धनग्न बनाएको छ
कमाएर फर्के सपना सारा बन्नेछ
ठाउँ ठाउँमा पाटी पौवा धारा बन्नेछ
के भर जिन्दगीको यतै प्राण सकिएमा
चिनु स्वरुप गाउँ बिच चौतारा बन्नेछ
मृत शरिर प्रेम पत्र हातमा छुरा भेटियो
खानतलासि गर्दा खानदान टुहुरा भेटियो
बेरोजगारी अभाबले प्रेमिका टाडीइछिन
आत्महत्याको सबुत प्रमाण पुरा भेटियो
मेरो सोकमा कोहि रंगिन हुने हो की ?
स्वतन्त्रता माथी नै अधिन हुने हो की ?
त्रासमा छिन आमा आफ्नै सन्तान बाट ,
परदेशी छोरा यतै बिलिन हुने हो की ?
जब दिन गोधुली साँझमा ढल्दै जान्छ
आउँछ याद सँगै मन मुटु जल्दै जान्छ
मेरो कमजोरी या सबैलाई लाग्ने रोग
लाग्दैन उ बिना पनि जिन्दगी चल्दै जान्छ
हुन्छ रित पुर्याई मगाई आफ्नो बनाउँछु
सिउँदोमा सिन्दुर लगाई आफ्नो बनाउँछु
बा-आमाले नमाने नी हाम्रो घरजम रोक्नुहुन्न
हुन्न भने हेर्दै जाउ भगाई आफ्नो बनाउँछु
रंगिन जिवन चाह्यौ मेरो अभाबमा बदलियौ
एक्लो महशुस गर्यौ तनाबै तनाबमा बदलियौ
म सात समुन्द्र पारि तिम्रोपन संग रम्दैछु
तिमी यथास्थानमा एक्लोपनको दबाबमा बदलियौ
काँडा पन्छाएर बाटो बनाई लग्यो
मान्दै नमान्नेलाई उस्ले मनाई लग्यो
यदि प्रेम थियो भने मैले पनि दे'कै थिएँ
के दिएर तिमीलाई आफ्नो बनाई लग्यो
सहर छोडि कहिलेकाहिँ भिरपाखा हिड्दै गर्नु
सहज हुन्न हाम्रो जिवन मेलापात चिन्दै गर्नु
मलाई माया गर्छौ भने, यदि मेरै हुन्छ्यौ भने
पहिरन फेर्नुपर्छ प्यारी फरियाँ चोली किन्दै गर्नु
सामान्य परिचय
नाम- सुसन राई (रोदुङ्ग आम्बोटेली )
ठेगाना - ताम्लिछा ७ आम्बोटे, उदयपुर
हाल - दक्षिण कोरिया
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु
सुजन क्षितिज याङ्मा राई का केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु
ल्याएर शान्ती नयाँ बर्ष झिलमिल सहर बनाईदेउ।
सबैको रम्ने अनि रमाउने एउटा छुट्टै घर बनाईदेउ।
छैन हाम्रो देशमा कानुन सधै चलेकोछ अत्याचार।
भष्टचार र बलात्कारिलाई पिलाउने जहर बनाईदेउ।

दिन दिनै हाम्रो देशमा नारा जुलुश पुत्ला जन्दैछ।
काहीँ मन्दिर त काहीँ बिरहरुको सलिक ढल्दैछ।
नयाँ बर्ष सगै सबको मन बदलियोस हे भगवान।
गरिबको घरमा खै त नत बत्ती नत चुलो बल्दैछ।

हाम्रो देश नेपाल दिनै अस्ताउन लागेको घाम हुदैछ।
भित्र भित्रै सहर र बजारमा बिक्रीतिको काम हुदैछ।
नयाँ बर्ष तिमीले बदलाई देउ हाम्रो देश नेपाललाई।
गरिब त्यासै मरेकोछ भष्टचारिको मोटो दाम हुदैछ।

नयाँ बर्ष तिमीले देशको पालुवा फेरेर आउ।
जताततै खुशियाली अनि शान्ती बेरेर आउ।
दिन दिनै बढ्दोछ देशमा अशान्तिको पाटो।
तिमी आफै नयाँ बर्ष एक नजर हेरेर आउ।

बन्द हड्तालको जन्जिर नयाँबर्ष तोडेर आउ।
मौलाएकोछ हत्या हिंसा जरै बाट गोडेर आउ।
ल्याउनु पर्छ देशमा जनहित संविधान तिमीले।
भष्टचार अनि अत्याचार बिगतमै छोडेर आउ।
सुजन क्षितिज याङ्मा राई
ईलाम लक्ष्मीपुर ५

निस्चल अाँसु घायलका ५ मुक्तकहरु
निस्चल अाँसु घायलका केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु
एक्लै एक्लै टोलाईराछु तिमी टाढा बनेपछि।
अाज अाफ्नै अात्माले अाफैलाई छोडेपछि ।।
नदि छेउमा छटपटा'को माछी जस्तै भएँ अाज,
बगर बिचमा मलाई छाडि नदी उता बगेपछि ।।

गल्ती गरेँ महसुस भयो अाज अन्जानमा ।
लागि परे मेरा नजर तिम्रो प्रेम अपमानमा ।
चोखो मायाको ईसारा बुझ्न कहाँ सक्थेँ र म,
बुझ्ने बुद्धि भए अाज पस्ने थिईन मुग्लानमा ।।

नरौँ भन्छु परेलिले अाँसु थाम्न सक्दिन याँ ।
कलेजीको ज्वाला यादले मार्न सक्दिन याँ ।।
संगै जिउने संगै मर्ने केवल झुटो वचन रैछ ।
म पनि त तिम्लाई छोडि एक्लै बाच्न सक्दिन याँ ।
![]() |
| मुक्तककार निस्चल अाँसु घायल |
मुक्तकहरु
एक्लै एक्लै टोलाईराछु तिमी टाढा बनेपछि।
अाज अाफ्नै अात्माले अाफैलाई छोडेपछि ।।
नदि छेउमा छटपटा'को माछी जस्तै भएँ अाज,
बगर बिचमा मलाई छाडि नदी उता बगेपछि ।।
गल्ती गरेँ महसुस भयो अाज अन्जानमा ।
लागि परे मेरा नजर तिम्रो प्रेम अपमानमा ।
चोखो मायाको ईसारा बुझ्न कहाँ सक्थेँ र म,
बुझ्ने बुद्धि भए अाज पस्ने थिईन मुग्लानमा ।।
नरौँ भन्छु परेलिले अाँसु थाम्न सक्दिन याँ ।
कलेजीको ज्वाला यादले मार्न सक्दिन याँ ।।
संगै जिउने संगै मर्ने केवल झुटो वचन रैछ ।
म पनि त तिम्लाई छोडि एक्लै बाच्न सक्दिन याँ ।
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
सागर क्षितिज राईका ५ मुक्तकहरु
सागर क्षितिज राईका केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु
कतै श्रीमान भनाउदाबाट कुटिन्छे नारी।।
कतै फटाहा बलत्कारीबाट लुटिन्छे नारी।।
अनि समाजमा भद्र भलात्मीको इन्साफ।।
र प्रष्ट दुनियाँको नजरबाट छुटिन्छे नारी।।

अझैसम्म महिनावारी हुदा पानी बार्नेहरु छन्।।
नछुने भयो भन्दै गाईको गोठमा सार्नेहरु छन।।
सबै-सबै भन्छन् सति प्रथा उन्मुलन भयो तर।।
पशुलाई झै व्यावहार गरि जिउदै मार्नेहरु छन् ।।

पुर्खाले मरेका ती बैरीहरु जाग्न थालेको छ।।
मेची कालीबाट नेपाल तिर लाग्न थालेको छ।।
हाम्रो कागडा र टिष्टा हामीबाट खोसाएर लग्यो।।
फेरी तराईका पन्ध्र जिल्ला माग्न थालेको छ।।

धनी होस या गरीब सबै एकदिन मर्छ्न।
धरतीका सृष्टि सकि खरानीमा छर्छ्न।।
सृष्टिको नियम हो जन्मे पछि मर्नु तर।।
यसको खटन सिर्फ भगवानले गर्छन।।

साथीहरु आउने जाने क्रम चलिरहेको छ।
फेरि यो मन उनकै यादमा जलिरहेको छ।
भेटिदाको खुसीहरु छुटिदाको पिडा पनि।
मेरो जिन्दगीले जसो-तसो छलिरहेको छ।
सागर क्षितिज राई
च्याँनडाडा :-१ सेखुवा
खोटाङ

बि.एन.विकल्पका ५ मुक्तकहरु
बि.एन.विकल्पका केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु
ए प्रिय तिमीले र्फेने हर श्वास हो हावा
महसुस गरेर हेर मायाको आभास हो हावा
तिमीले त सोच्ने गर्छेऊ होला केवल
आँधी हूरि अनि बतास हो हावा

ओठमा लालि आँखामा गाजल सजाएर आउछौ
हर रात सपनिमा मेरै वरिपरि लजाएर आउछौ
म संगित सम्झि गित गुनगुनाऊने गर्छु सधैं
तिमि हातमा चुरा पाऊमा पाऊजु बजाएर आउछौ

अध्याँरोमा लुकेकाहरु घाममा देखिन्छन
सबै स्वार्थिहरु आ-आफ्नै काममा देखिन्छन
अरे देखावटि माया कति गर्छौ यार प्रविधीमा पनि
यि सञ्जालक फोटाहरु बृद्द आश्रममा देखिन्छन

मैले पुज्ने एउटा मात्रै भगवान हौ तिमी
मेरा हर रोगहरूको निदान हौ तिमी
मेरो त जीवनको अर्को नाम बनेको छ समस्या
हो मेरा हर समस्याको समाधान तिमी हौ

मलाई केहि धर्तिले केहि आकाशले सिकायो,
अभावमा गास बास अनि कपासले सिकायो,
म त्यसै बिद्रोहि बनेको कहाँ हो र प्रिया !!
केहि शहिदको लासले केहि ईतिहासले सिकायो।
बि.एन.विकल्प
थुमाकोडाडा ७ कास्की
कास्की पोखरा

साहित्यकार टेक भण्डारीका १० मुक्तकहरु
साहित्यकार टेक भण्डारीका केहि मुक्तकहरु निम्न प्रकार छन् :
मुक्तकहरु :

यहाँ गुलाब फुलबिच काँडा भेट्दैनन्
जाल रच्छन जिवनको सार लेख्दैनन्
फुल रोपे सुगन्ध मिल्छ भन्ने नजानेर
अबोध नयनमा मिठो स्वप्ना देख्दैनन्।

झुटो मायामा अमृत घोल्दै सदर गरिन्छ
चोखो मायामा बिष घोल्दै बदर गरिन्छ
कहिले अछुत त कहिले गरिब भन्दै यहाँ
किन प्रेममा धन र जातको कदर गरिन्छ।

फुल फुल्छ काँडाबिच काँडा छुन सक्नुपर्छ
हत्केलामाथी काँडाहरु पर्दा रुन सक्नुपर्छ
मै हुँ ठुलो अनि महान भन्ने अहम्ता त्यागा
बिचारसंगै मनको मैलो सबै धुन सक्नुपर्छ।

धेरै खोजेँ मिठो स्वप्ना जिवन जिउँने क्रममा
जिवन के हो थाहा पाएँ जहर पिउँने क्रममा
जिन्दगानी घाम छायाँ बर्खाको त्यो भेलसरी
नयनबाट आँशु धेरै पोखेँ मुटु सिउँने क्रममा।

यहाँ कर्म बेचिन्छ जब दिनमै ढल्छ मान्छे
यहाँ मर्म बेचिन्छ जब छिनमै गल्छ मान्छे
यसरी ढल्दै र गल्दै सडकमा पल्टिएपछी
यहाँ धर्म बेचिन्छ जब रृणैमै जल्छ मान्छे।

उनी प्यासमा हराउँछिन मात्तिएर
फेरी रातमा कराउँछिन आत्तिएर
जुनेली रातमा उनलाई मज्जा हुन्नरे
पसिनाले भिजेर डराउँछिन तात्तिएर।

हाँस्नेहरु हाँसेकैछन आँशुसरी रुँदा म
बाँच्नेहरु बाँचेकैछन मृत्युलाई कुर्दा म
दैब पनि निष्ठुर रैछ हतारिँदै चुँडी लाने
नाँच्नेहरु नाँचेकैछन चिता माथी घुर्दा म।

तिमी छौ र त म छु मनको बगैँचामा
तिम्लेनै गर्दा रमाउँछु धनको बगैँचामा
तिमी नभए जिन्दगी काँडासरी हुन्थ्यो
तिम्लेनै गर्दा हराउँछु तनको बगैँचामा।

लेख्छन यहाँ लेख्नेहरु हार सहेर
रुन्छन यहाँ रुनेहरु चित्कार सहेर
हेर्दा त राम्रा नराम्रा सबै छन हेर
झुक्छन कती त तिखो प्रहार सहेर।

मुहार राम्रो धुम्टोभित्र फुल्झैँ सजिएको
उस्तै राम्रो सिन्दुरले सिउँदो रंगिएको
फुलपाती अक्षता दही दुधले पर्सीँदै
रातो साडी चुरा पोते सुनले जडीएको।
सामान्य परिचय
नाम : टेक भण्डारी
हाल :
एलिजाबेथ,एडिलेड
साउथ अष्ट्रेलिया
मुक्तकहरु :
![]() |
टेक भण्डारी
एलिजाबेथ,एडिलेड
साउथ अष्ट्रेलिया
|

प्रकाश मगर बियोगीका २० मुक्तक हरु
![]() |
| प्रकाश मगर बियोगी |
मुक्तकहरु
अनुहार बिहिन भएको चित्र हेर्नलाई
कमिला झै ताती छन् रे मित्र हेर्नलाई
कसो गरि चिन्ने होलान्? छ अजनबी
लुकि छुपी बस्ने सागर भित्र हेर्नलाई।
हमला गर्दैछन् जताततै कछुवाहरू
हेरि मख्ख पर्छन् लसुन अदुवाहरू
प्रदेश हिड्यो छोरा धन कमाउछु भनी
छोरा हेर्न आतुर भए आमा-बुवाहरू।
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash