Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label मनोवाद. Show all posts
Showing posts with label मनोवाद. Show all posts

मनोवाद ! [ लेखक - जे सागर ]

मनोवाद !
-जे .सागर 

जे . सागर 

म जन्मिएपछि बुबाले ज्योतिषीलाई देखाएर चिना टिपनपनि लेखाएकै हो,चिना टिपन हेरेर ज्योतिषीले छोराको राजयोग परेको छ भाग्यमानी बन्छ भन्दा बा आमा फुर्केर भुँईमा न भाँडामा हुनुभएको थियो रे ! पछिपनि यसो पहेंलो कपडा लगाएर हिड्ने देखि पात्रो पल्टाउन जान्ने सबैलाई भाग्यको बारेमा सोधेकै हो । कसैले आमा गोत गएको छोरो भाग्यमानी हुन्छ भने, आमालाई घुरी घुरी हेरेर आमासँग मिलेको निर्क्योल पनि निकालेकै हो। कसैले नाक कान निधार ठूलो छ भाग्यमानी हुन्छ भने ,हरेक दिन ऐना हेर्दै नाक कान नाप्दा पनि आफूलाई भाग्यमानी नै सावित गरेको हो। निधारको क्षेत्रफल पनि त सानो छैन ! त्यताबाट पनि भाग्यमा कुनै घुन पुतली लाग्ने ठाउँ थिएन ।

पछि आएर उमेर बढ्यो, बैँस चढ्यो,, के नजानेको जस्तो लाग्थ्यो र ? के नभएको जस्तो लाग्थ्यो र ? अग्लो कद सर्लक्क मिलेको जिउडाल , कसैले हिरो बन्न सक्छस भने, दुई चार लाइन गीत सुनाइदिदा कसैले दोस्रो नारायण गोपालको दर्जामा राखे, रेडियोमा बोलेको क्यारिकेचर गरेर सुनाईदिन्थें बिजय कुमारलाई टक्कर दिने व्यक्तिको रुपमा पनि आँकलन गरियो, अम्लेट फर्काउदा फर्काउँदै कविता तयार हुन्थ्यो कसैले दोस्रो देवकोटा भन्न पनि बाँकी राखेनन सर्वगुण सम्पन्न !!! मानौं भाग्यको ढोका खोल्न त गेटपाले हरु तम्तयार भएर बसेका ,,,,मात्र म कुन ढोकाबाट पस्ने भनेजस्तो !! यी यावत् गुण ,चिनाको लेखान्त, ज्योतिषीको कथ्यहरुलाई लोप्पा खुवाउँदै समयले चाहिँ किन यसरी जमाएर लात मारेको होला ? नियतिले चाहिँ किन साँहिली औंलो ठाडो पारेर देखाइदिएको होला ?
आजकाल त यस्तो लाग्छ ,अझै पनि छोराको भाग्य भनेर आमाले सन्दुसको कुनामा राखेको मेरो राजयोग परेको त्यो चिना च्यातचुत पारेर आगो लगाइदिउँ ! भाग्य न साग्यको यो कुरुप देखाउने ठूलो नाक र कानपनि रन्दा लगाएर सम्म पारिदिउँ ! सबै राम्रो भनिदिने त्यो ज्योतिषीलाई बोलाएर पहिले ससम्मान टन्न जाँड खुवाउँ अनि करङको गीतार बजाउँ !!
................. तर सक्दिन ,,,,अझै पनि आशे छ यो लुब्ध मन ,,कुनै न कुनै दिन त त्यो राजयोगको असर देखिन्छ कि !!!

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger