Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label मुक्तक दोहोरी. Show all posts
Showing posts with label मुक्तक दोहोरी. Show all posts

एकल यत्री नानु र सुरज बिबशको मुक्तक दोहोरी अंस

मेरो देश 

यहाँ मेरो देश धेरै भो रोयको छ आमा।
निर्दोश यी आँखा आसुले धोयको आमा।
के भयो हरे यस्तो सबै डगमगायर झर्छ।
राहुँ शनि ग्रह दसाले छोयको छ आमा।
-सुरज

हेर पुर्ब मेचि पश्चिम महाकाली रोएको छ।
सारा सन्तानहरु आँशुले मुख धोएको छ।
सबै मिली जुली बसौ है हे मेरा सन्तानहरु।
नेपाललाई माया गर्नेहरु तस्बिर छोएको छ।
-नानू मगर
Continue Reading | comments

सुरज गैह्रे बिबश र बिरेन्द्र कार्कि बिचको मुक्तक दोहोरी

सहभागी : बिरेन्द्र कार्की र सुरज गैह्रे बिबश

बाध्य भएँ दैब संग हार्न जलेका लास
निर्दोस थिय छिन भरमै ढलेका लास !!
अझै पनि रहात पाउन सकेन भन्छन
पिडित का आशुले यहाँ गलेका लास !!
सुरज
पुराना ति ऐतिहासिक भबन सबै ढले
भूकम्पले नेपाली ति जनता सबै गले
पशुपतिको बगर तीर एउटै चितामा
हेर्नुस हिजो एकै ठाउँ हजार लास जले
बिरेन्द्र
हजारौ मरे त हजारौ हराय भुकम्पले
बाच्ने पानी दिनरात डराय भुकम्पले
कसरी मन सान्त हुन्छ खै नेपालिको
टेक्ने जमिन पनि फरफराय भुकम्पले
Continue Reading | comments

( दुख पिडा) मुक्तक दोहोरी हरफहरु

यहीँ मिति बैशाख २०७२/२८ गते बुधबार, प्रकाश मगर बियोगीको  फेसबुक बालमा रहेको( दुख पिडा) मुक्तक दोहोरी हरफहरु -
(१)
घर भत्किएको पाँचौ दिन भो, बाहिर बसेका छौं।।
समाजको नजरमा हामी, खस्न सम्म खसेका छौं।।
कहिले फर्किनु हुन्छ हजुर प्रदेश बाट सुख लिएर।
कपडा लट्टा बोकेर परिवार, जंगलमा पसेका छौं।।
(२)
भत्किएको जन्म घर टाल्न लाई छिटो आउनेछु।।
समाजको सामु दियो बाल्न लाई छिटो आउनेछु।।
सुख दुख बादी चुदी बसौंला, आफ्नै परिवारमा।
अतित बिर्सेर सुख अंगाल्न लाई छिटो आउनेछु।।
प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल भारत
योगेन ढोली ज्यु ले यसरी लेख्नुहुन्छ,
Continue Reading | comments

जोनिशा मगर र दुर्गा कँडेल बिचको मुक्तक दोहोरी 2015-04-09

बुटवल कि साहित्य सर्जक जोनिशा मगर र दुर्गा कँडेल बिचको  मुक्तक दोहोरी 2015-04-09
नारी विशेष 

दुर्गा कँडेल
नया साल आयो सिउदो भर्ने होईन र जोनिश?
अब उमेर पनि भयो बिहे गर्ने होईन र जोनिशा?
पोहोर साल भन्थेउ आँगु साल सोचौला भनेर
नया साल संगै बेसितिर झर्ने होईन र जोनिशा??

जोनिशा मगर
सोचे जस्तो साथी भेट्या छैन दुर्गा जि।
देखावटी मायागर्ने संग गएर भैन दुर्गा जि।
माग्न त आका थिय गाको मङ्सिर मा
कास्तो छ कातो उस्कोमन तेसैले गैन दुर्गा जि।

दुर्गा कँडेल
पराही घर जानै पर्छ यो छोरिको कर्म हो।
जस्तो भएनी मारेपाप पाले उस्लाई धर्म हो।
कस्तो रहेछ हगि छोरिको यो अभागी कर्म
जन्मघर छाडी पराईघर जानू यो ठूलो मर्म हो।

जोनिशा मगर
के गर्नु सबै बाट ठगिएको चेली हामी त।
दुखै दुख मात्र भोगिएको चेली हामी त।
सहनै पर्ने पराईको अत्याचार सबै नारिले
दैब यस्तै पीडा पाउन जोगिएको चेली हामी त।

दुर्गा कँडेल
चेली महान हुन्छ्न मनसानो गराउनु हुन्न।
लाग्छ जन्म घर देखि डाँडा कटाउनु हुन्न।
रोजेको मायासंग जिन्दगी बिताउन पाउनु पर्छ
नारीको मन्जुर बिना तेसै घर बसाउनु हुन्न।

जोनिशा मगर
सबै बुझ्ने आज भोलि झन हुदैनन।
आफन्तको नै यस्तो खाल्को मन हुदैनन।
जति ठूलो हु भेनपनि एकदिन गिर्नै पर्ने चेली
सहन सक्ने जस्तो पराइ को वचन हुदैनन।

दुर्गा कँडेल
नबुझेको समाजलाई हाम्ले बुझाउनु पर्छ।
समाजमा नारी माथीका घटना सुल्झाउनु पर्छ।
जस्ले हाम्रो समाज मा नारिको इज्जत गर्दैनन
तेस्तो ब्याक्तीलाई संजाय दि सिर नुगाउनु पर्छ।

जोनिशा मगर
हजुरजस्तो बुझ्ने युवा योसमाजमा हुनुपर्छ।
होइन भने हामी चेली जीवन भरी रुनुपर्छ।
सधैं भरी उनिहरुको दास हुदै बस्यौं भने
हरे दैव , हामी अरुकै हात गोडा धुनुपर्छ।

दुर्गा कँडेल
अब जमनाले कोल्टे फेरि सकेको छ।
नारी शोषित लाई कानुनले घेरी सकेको छ।
अब चिन्ता लिनु पर्दैन जोनिशा हाम्रो देशमा
नारीदासी बनाउनेनाम कानुनले केरि सकेको छ।

जोनिशा मगर
राजधानीमा मात्र जमना फेरिएर भएन।
लागू नहुने कानुन यहाँ कोरिएर भएन।
बोलेको बचन पूरा हुन सकेको छैन
अन्ते गराउनलाई हामी रोएर भएन।

दुर्गा कँडेल
बिकिर्ती हटाउन हामीले नै सुरुवात गर्नुपर्छ।
गाउँ गाउँ मा गएर सभ्यताले मन भर्नुपर्छ।
हाम्रो समाज सुधार्न आफूआफू बाट सुरु गरौ
राम्रो काम गरि यहि समाज को लागि मर्नुपर्छ।

जोनिशा मगर
सुरुवात त पहिल्यै देखि गर्या गरै छन।
तर पनि नारी हरु पिडामा पर्या परै छन।
एकछिन बुझ्छन समस्या भोलि बिर्सीहाल्छ्न
यस्तै यस्तै कारणले यहाँ नारी मर्या मरै छ्न।

दुर्गा कँडेल
आँफ्नै ज्यान फालेर जित हुदैन यहाँ।
आफू मरेर अरु कोसैको मन छुदैन यहाँ।
मागेर हैन आफ्नो अधिकार खोसेर लिनुपर्छ
नारि अगाडि बड्नु पर्ने हो सास पुग्दैन यहाँ।

जोनिशा मगर
बाहिर त हारि सक्यो घर भित्र अन्याय छ
प्रतेक घरमा बुझ्नु पर्छ कुनचेलीलाई न्याय छ।
कानुन भित्र यस्ता कुरा जति कोरिए पनि
हामलाइ घर भित्र गुलामी हुनु पर्या छ।

दुर्गा कँडेल
भित्र बसेर हुन्न आफ्नो आवाज उठाउनु पर्छ।
अन्यायमा परे चेलीले हजारौंहात जुटाउनु पर्छ।
अब जस्ले नारिको इच्छा बिपरित काम गर्छ।
एकएकगरि सबैको पापको पिन्ड फुटाउनु पर्छ।

जोनिशा मगर
हो अन्यायको जरो उखलेर फाल्नु पर्छ।
न्यायको नयाँ कानुन बनाई ल्याउनु पर्छ।
होईन भने हामी नारीले कति सम्म सहने
अब प्रतेक को घरमा न्याय छाउनु पर्छ।

दुर्गा कँडेल
नारी पुरुष सबै जाग्नु पर्छ म साथ दिने छु।
हाते मालो गर्दै अगाडि बडौ मैले हात दिने छु।
हामी ले हाम्रो सभ्य समाज बनाउनु छ हेर
समाज बनाउन आजैदेखि दिन रात दिने छु।

जोनिशा मगर
पुरुषको साथ पायौं भने हामी नारी जाग्ने छौ
अत्याचार र हिंसा लाई अन्त्य गर्न लाग्ने छौ।
अनि मात्र बाहिर अनि भित्रपनि न्याय छाउछ
सहर देखि प्रतेक गाउगाउमा न्याय ल्याउने छौ।

दुर्गा कँडेल
उठौ अब हामी सबै नारा जुलुस लगाएर।
सभ्य समाज बनाउ कुविचारलाई भगाएर।
नारी पुरुष सबै उठौ नारी आवाज उठाउदै
हामी सान्त हुने छौ नारी प्रधान देश बनाएर।

जोनिशा मगर
ठाउँठाउ मा यस्तै नारा लगाएर।
उठौ सबै अब यहाँ नारी जगाएर।
कुबिचर र अत्याचार लाई निमोठेर फाल्नु छ
अब हिड्नु पर्छ सबै नारी बनाएर।

जोनिशा मगर बुटवल
हाल:बुटवल
दुर्गा कँडेल बागलुङ
हाल:मुग्लान
Continue Reading | comments

एकल यात्री नानू मगर र सुरज बिबश बिचको मुक्तक दोहोरी

एकल यात्री नानू मगर र  सुरज बिबश बिचको मुक्तक दोहोरी

नानु..........................
मेरो मनको साथी होला भनेर।
म रुदा हजुरको मन रोला भनेर।
मैले साथी बनाउन खोजेको हुँ |
सगै तरौं पिरतिको खोला भनेर।

सुरज...........................
संगै तर्ने मन भए आउनु यता तिरै !!
किरण भनी दिनको छाउनु यता तिरै !!
आनि पो मिठो साथ पाइन्छ है नानू  !!
कुरा गरेर माया जमाउनु यता तिरै !!

नानु..........................
टाढाको माया गाढा हुन्छ सुरज।
सगै भयो भने बाधा हुन्छ सुरज।
जति टाढा भए पनि माया दिने छु।
तिमी बिना जीवन साधा हुन्छ सुरज।

Continue Reading | comments

मुक्तक दोहोरी : बैदेशिक रोजगारमा गएका श्रीमान र घरमा रहेकी श्रीमतीको भूमिकामा - ऋतु प्रियशि र प्रकाश मगर बियोगी

मुक्तक दोहोरी 




सहभागी : 

ऋतु प्रियशि - लम्कि कैलालि नेपाल
प्रकाश मगर बियोगी - सौडियार १ दाङ घोराही





ऋतु प्रियशि
मेरो सिन्दुर चुराको ख्याल राखे प्यारा ।।
दाँया बायाँ कुराको ख्याल राखे प्यारा।।
सधै बाबा आमाले भनि रहनु हुन्छ मलाई।
आफन्त अनि भुराको ख्याल राखे प्यारा ।।


प्रकाश मगर बियोगी
धिप धिप बत्ति निभ्दैे र जल्दै गर्छ।।
हामि बिचको संबन्ध त चल्दै गर्छ।।
हाम्रो ब्याहार हरु ख्याल राखेकोछु।
तर नयनका आँसुहरु पिगल्दै गर्छ।।

Continue Reading | comments

प्रकाश मगर बियोगी र फुच्ची निराश बिच मुक्तक दोहोरी केही सवाल जवाफ

१)
प्रकाश मगर बियोगी
मलाई कुरी बस्नु तिमी म छिटै आँउने छु,,
चोखो माया पिरती तिमी संग लगाँउने छु,,
मेरो हृदयमा तिम्लाई सझाई राखेको छु,
भगवानलाई प्रथना गरी तिम्लाई पाँउने छु,,
१)
फुच्ची निराश
कुरि बसे तिमी संग चोखो माया लगाउन लाई।।
रुखो भोको हाम्रो पेट वाडिचुडि अघाउन लाई।।
जुराए है हाम्रो साथ भगवानले नि माथी बाट।
आँसु,अनि दुखलाइ हामी बाट भगाउन लाई।।
२)
Continue Reading | comments

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राम शरण श्रेष्ठ ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ...



राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
मुक्तक १ 
खोला नाला धेरै धेरै सुन्दर उपहार छ ।
जलश्रोतमा दोश्रो देश तर अन्धकार छ ।
बर्षै पिच्छे बजेट आउँछ कता जान्छ जान्छ
लोडसेडिङपो जनतालाई सधैं लगातार छ ।

मुक्तक २ 
बत्ति आईदिए हुन्थ्यो साँझहरुमा
आउँदै आएन तै पनि रातहरुमा
खाली लोडसेडिङ बढाउँछ सरकार
सबै अल्झेकाछन् मुर्दा बादहरुमा

मुक्तक ३ 
चल्छ सधैं राजनैतिक चलखेल प्राधिकरणमा
बजेटमा हुन्छ नि जालझेल प्राधिकरणमा
परियोजना ठेक्का पट्टाको सुचना निस्केपछी
कमिसनमा हुन्छ किनमेल प्राधिकरणमा

Continue Reading | comments

रमेश र नानु बीच भएको मुक्तक दोहोरी

मुक्तक दोहोरी

धेरै दिन पछि फेसवुकमा आको।
नानु जिलाई मैले साथी झै पाको।
परिचय भयो हाम्रो उस्तै रैछ वानी।
मन साटासाट भएसी माया लाको।
=Ramesh

माया चाही लाईहालेको छैन है।
साथी हौ प्रेम प्रेमीका भने हैन है।
असल साथी भएर नाता जोडौ।
प्रिति लाईहाल्यौ भन्न चाही भैन है।
=नानू

Continue Reading | comments

पर्बत कर्नास कि खुमा पौडेल र दुर्गा कँडेल बीच भएको मुक्तक दोहोरी

पर्बत कर्नास कि खुमा पौडेल र दुर्गा कँडेल बीच भएको  मुक्तक दोहोरी।
मुख्य बिषय:- असफल प्रेम

durga kande
खुमा पौडेल , कर्नास पर्बत बाट
दुर्गा कँडेल ,माले माल्दिप बाट


खुमा पौडेल सुरु गर्नुहुन्छ - 

धोका भयो प्रेम पत्र उस्ले लिएन।
भन्छौ अझै एकहुन भग्यले दिएन।
अर्को फुलमा तेस्तो के देखेउर दुर्गा।
उस्मा जस्तो जुन कुरा म मा थिएन।

दुर्गा कँडेल
धोका दिने मेरो मन थिएन प्रिया।
तिम्लाई खुसीपार्ने धन थिएन प्रिया।
म गरिबको छोरा मजदुर गर्दै बाँच्ने।
गरिखाने कोदालीअनि घन थिएन प्रिया।

खुमा पौडेल
मलाई धन हैन माया भए पुग्थ्यो।
सधै तिम्रो मलाई छाँया भए पुग्थ्यो।
महलमा बाँस हिरा मोती चैदेन दुर्गा।
तिमीसधै मेरो दायाँ बायाँ भए पुग्थ्यो।
Continue Reading | comments

प्रकाश मगर बियोगी र फुच्चि लक्ष्मी बिच भएको मुक्तक दोहोरी एक झलक

१)
फुच्चि लक्ष्मि

नामः प्रकाश मगर बियोगी
ठेगानाः दाङ सौडियार १ घोराही
हालःन्यू दिल्लि भारत
नामः फुच्चि लक्ष्मि
ठेगानाः काठमाण्डौँ
हालः काठमाण्डौँ नेपाल
तिमी टाढा भए देखि रातो गुलाब मन पर्दैन।।
चिसाई रहन्छ परेली आुशु अबाब मन पर्दैन।।
दुख लुगाई हास्नु पर्छ भनि सम्झाउने को हो।
साथै साथ यो फुच्चि लाई दवाब मन पर्दैन।।
१)
प्रकाश मगर बियोगी
रातो होईन सेतो गुलाब हेर लक्ष्मि।।
मनको ढोको उसै संग फेर लक्ष्मि।।
अनि जिन्दगीको यात्रा सफल हुन्छ।
थाहाँ पाउछौ नि त्यती खेर लक्ष्मि।।
२)
फुच्चि लक्ष्मि
रङ्ग फेरेर उहि गुलाब हेर्न सक्दैन।।
यो मुटुमा उस्कै नाम छ केर्न सक्दैन।।
बिगत सम्झि पुरा दिन बिटाउछु बरु।
बिर्सेर सान्तिको सास फेर्न सक्दैन।।
Continue Reading | comments

१३ औं प्रेम बिशेष मुक्तक दोहोरी पहिलो भाग डाउनलोड गरेर सुन्नुहोला

चुकुप्रकाश अनलाइन साहित्यिक ब्लगको प्रस्तुति

रेडियो कार्यक्रम मुक्तक दोहोरी  



नमस्कार !
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 

कार्यक्रम 
नमस्ते हेटौडा अनलाइन रेडियो बाट :
हरेक बुधबार राती ९:१५ देखी १० बजे सम्म 
पुन: प्रसारण : हरेक बिहिबार १२:१५ देखि १ बजे सम्म 

प्रबसिको अनलाइन रेडियो बाट :
हरेक बुधबार राती १० बजे बाट ११ बजे साम 



यो पटक : चुकुप्रकाश १३ औं मुक्तक दोहोरी (प्रेम बिशेष )





Continue Reading | comments

१३ औं प्रेम बिशेष मुक्तक दोहोरी दोश्रो भाग डाउनलोड गरेर सुन्नुहोला

चुकुप्रकाश अनलाइन साहित्यिक ब्लगको प्रस्तुति

रेडियो कार्यक्रम मुक्तक दोहोरी  



नमस्कार !
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 

कार्यक्रम 
नमस्ते हेटौडा अनलाइन रेडियो बाट :
हरेक बुधबार राती ९:१५ देखी १० बजे सम्म 
पुन: प्रसारण : हरेक बिहिबार १२:१५ देखि १ बजे सम्म 

प्रबसिको अनलाइन रेडियो बाट :
हरेक बुधबार राती १० बजे बाट ११ बजे साम 



यो पटक : चुकुप्रकाश १३ औं मुक्तक दोहोरी (प्रेम बिशेष )





अब डाउनलोड गरेर सुन्नु होला  : 



Alternate Download



कार्यक्रम प्रस्तोता- प्रकाश अर्याल चुकुप्रकाश 

मोबाईल -



मुक्तक पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here
Continue Reading | comments

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीको सारांश साथै बिमला शर्मा"शोभा" र दीपक"दीयालो"ढुंगाना बिचको मिठो मुक्तक दोहोरी

चुकुप्रकाश मुक्तक दोहोरी हरेक महिना हुने गर्दछ | चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका बाट संचालन हुने यस कार्यक्रम मा धेरै भन्दा धेरै साहित्य पारखीहरु रम्ने गरेका छन् | ३३ घण्टा सम्म लगातार मुक्तक दोहोरी लाइ समय दिएर रम्ने सर्जक हरुको हकमा बोल्नु पर्दा मुक्तक दोहोरी उनीहरुको ढुकढुकीमानै रहेको छ | मुक्तकलाई दोहोरीको मध्यम बाट प्रस्तुत गरि सवाल जवाफ गर्दै अघि बढ्ने यो तरिका अर्को रमाइलो पक्ष हो | लेखेर खेलिने साहित्यिक दोहोरी नेपालकै पहिलो प्रयास हो भने सबैभन्दा ठुलो साहित्यिक जमघट पनि हो | भर्खरै सम्पन्न मुक्तक दोहोरी मा भगवती लामा र हरिशरण अर्याल प्रमुख भूमिकामा रही अन्य २३४ जनाले भाग लिनु भएको यस कार्यक्रमले ३३ घन्टामा ५००० मुक्तक जम्मा गर्न सफल भएको छ | भारत बाट प्रकाश मगरले ३३७ वोटा मुक्तक समय सिमामै प्रस्तुत गरेर मुक्तक दोहोरी इतिहासकै सबैभन्दा धेरै मुक्तक लेख्ने मुक्तककार घोषित भएका छन् | त्यसैगरी , रतन राज टुहुरो र प्रकाश पाठक प्यासी आत्मा पनि थोरै अन्तरमा संगै संगै नै छन् | यस  कार्यक्रम संचालक तथा प्रबन्ध निर्देशक प्रकाश अर्याल चुकुप्रकाश लाइ कार्यक्रम अघाडी बढाउन ब्यबस्थापन तर्फ बाट मौलिक श्रीस र  अम्बिका प्रसाद बन्जारा सल्लाहकार तर्फ बाट सम्झना अर्याल दर्पण , मदन भण्डारी र सुनिल अधिकारी त्यसैगरी हरिसरण अर्याल र अन्य थुप्रै सर्जकहरुले साथ दिदै आएका छन् | 


१३ औं मुक्तक दोहोरी प्रेम बिशेष मा प्रस्तुत भएको बिमला शर्मा र दिपक दियालो ढुंगाना बिचको मुक्तक दोहोरी झलक 


Continue Reading | comments

नानु मगर र प्रकाश मगर बियोगी बिच भएको मुक्तक दोहोरी

नानु मगर, /प्रकाश मगर बियोगी, बिच मुक्तक दोहोरी

प्राकाश मगर बियोगी
१,

नानु तिम्रो ओठको रातो लालीले।।
लठ्ठै बनायो कानको त्यो बालीले।।
तिम्रो मुहार हेरी रहु लाग्छ सधै नै
माया गर्छौ? सधै हातको तालीले ।।

नानु मगर
१,
म त दिन्न तिमी लाई माया।।
तिमी भने हुन्छौ दाया बाँया।।
कानेबाली कैले पो किन्यौं र।
यस्तो माया बन्छ घाम छाया।।

प्रकाश मगर बियोगी
२,
Continue Reading | comments

१३ औं चुकुप्रकाश मुक्तक दोहोरी झलक : मौलिक श्रीस र दिलु थापा मगर बीचको मुक्तक दोहोरी

प्रेम बिषेश, १३ औ चुकप्रकाश मुक्तक दोहोरिका केहि अ्श हरु
मौलिक श्रीस र दिलु थापा मगर  बीचको दोहोरी झलक
प्रसङ्गा १

दिलु थापा मगर
अहिल्यै यती कुराउनेको लागेन भर
डर लाग्छ बाउ आमालाई गर्न नि कर
अहिले त माया गरे जस्तो गरे पनि
बिहे पछी देखिन्छ कि खराब असर
दिलु थापा मगर
गैंडाकोट ४
मौलिक श्रीस

माफ गर यार नरिसाउन मेरी प्यारी डल्ली
गाउँमा हाम्रै कुराको थियो हल्ली खल्ली
तेसैले त्यहाँ सबैलाई हाम्रो बारेमा बताउदा
खुसी बनाए सबैलाई अनि ढिलो भो अल्ली
दिलु )
साँचो मायामा डर मान्नु हुन्न
म हजुरकै हुँ पर ठान्नु हुन्न
साथ म दिनेछु सधैं भरिलाई
के हजुरले यती नि जान्नु हुन्न ?
दिलु थापा मगर

मौलिक
यही बिस्वास मैले मन भित्र पालेको छु
तिम्रो साथ साथमा यो कदम चालेको छु
तिम्रो मेरो प्रेमलाई संसार भरी चिनाउन
अब मैले एउटा छुट्टै अभियान थालेको छु।
दिलु)

पक्का हो माया दाँया बाँया नहोस् है
दुई दिनको छुट्ने यो माया नहोस है
परेको छु हजुर कै भरमा अब म त
हराइ जाने त्यो घाम छाँया नहोस है
दिलु थापा मगर
मौलिक)

ह्रदय देखिको हाम्रो माया बलियो छ दिलु
युगौ युग सम्म बली रहने दियो छ दिलु
तिमीले आँखा जुधाउदा नहेरे पनी मैले
लुकी लुकी हरपल हेर्ने चियो छ दिलु
दिलु)

यादमा हरपल मलाई रुन मन लाग्छ
छिट्टै मलाई हजुरकै हुन मन लाग्छ
धेरै भयो यो दुरी हामी बिचको प्रिय
अब त हजुरको पाउ छुन मन लाग्छ
दिलु थापा मगर

मौलिक)
अब छिट्टै दुलहीको घुम्टो ओढ़ने छौ
जन्मिएको त्यो माइति घर छोढ़ने छौ
आज सम्म जिन्दगी एक्लै थियो अब त
म सँगै तिमी जिवनको मोड मोड़ने छौ

दिलु)
कती कती रहर मनमा सजाएको छु
पञ्चे बाजा मन भित्र बजाएको छु
खुशीले छैन खुट्टा भुइमा प्रिय मेरो
मिलनको पल सम्झी लजाएको छु
दिलु थापा मगर

मौलिक)
तिम्रो मेरो भबिष्य बनाई सकेको छु
आफन्तलाई सबै कुरा जनाई सकेको छु
सपनीमा भए पनी तिम्रो सिउँदोमा मैले
यही हातले सिन्दुर पनी खनाई सकेको छु
मौलिक श्रीस ।
Continue Reading | comments

चुकुप्रकाश १३ औं मुक्तक दोहोरी : बिपुना भण्डारी र एक बहादुर पुलामी मगर बीचको मुक्तक दोहोरी झलक

प्रेम बिषेश, १३ औ चुकप्रकाश मुक्तक दोहोरिका केहि अ्श हरु
बिपुना भण्डारी र एक बहादुर पुलामी मगर बीचको दोहोरी झलक
प्रसङ्गा १

बिनुपा भण्डारी
 मुक्तक ८
मिल्दैन माया ममा जब्बर जस्ति बल गरेर
मिल्ने भए पाउथियो सिता रावणले छल गरेर
एक तर्फिनै सहि प्रेम अमर पार तिम्रो
हामि दुई बिचको बिवाद हल गरेर
बिनुपा भण्डारी
बिराटनगर
हाल काठमांडू

के गर्नु पर्ला त तिम्रो माया पाउन ।
राबण हैन राम बन्छु तिम्लाई रीझाउन । ।
दुबै तर्फी बनाम्नत हाम्रो पिरथीलाई,,
यस्कोलागी तयार छु म जहाँ सुकै धाउन । ।
एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक

पहिले साचो मेरो मित्र बन
बाहिरझै असल भित्र बन
स्वीकार्ने छु तिम्रो माया
गंगा जलझै पबित्र बन
बिनुपा भण्डारी

बाहिर भित्रै असल छु मनको ।
बन्छु साथी सधै त्यो जीवनको । ।
स्विकारेमा मेरो माया यदि,,
देख्नेछौ कन्चन्ता मेरो पनको । ।

एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक

प्रसङ्ग- २
रोगलागि ज्यान गले पछि आऊनु प्यारा
छिट्टै मर्ने हल्ला चले पछि आऊनु प्यारा
सेतो डोलि चढ़ाई आर्यघाटलान
जिवन रुपि रुख ढलेपछि आऊनु प्यारा
बिनुपा भण्डारी
बिराटनगर
हाल काठमांडू

तिम्लाई रोग लाग्नेछैन नडराउ प्रिय ।
कहाँ मर्ने ? देख्छु राम्रै सीर पाउ प्रिय । ।
रातो डोली चढाउछु,मेरो दील्मा ल्याउन,,
जीवनरुपी रुख मेरो दिल्मा सजाउ प्रिय । ।

एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक

कुन आधारमा विस्वास गर्नु
कति तिमी आउने आस गर्नु
छिट्टै आउने मन बनाउन तिम्रो
अब म के काम खास गर्नु
बिनुपा भण्डारी

हाम्रो चोखो माया सम्झी बिश्वास गर ।
छिट्टै आउछु तिम्रो लागी, मेरै भर पर । ।
अब धेरै दीन छैन हाम्रो मिलन हुन,,
अनि त,खास हुन्छ पक्कै हाम्रो प्यारको घर । ।

एक बहादुर पुलामी मगर
मैदी २ धादिङ
हाल बिरानो मुलुक
Continue Reading | comments

मुक्तक दोहोरी : पुरन वियोग र मुना मगर बीच

बिषय :प्रेममा धनको प्रभाब

पुरन बियोग
म यहां एक्लै रुन सक्दैन मुना
आंशुले मुख धुन सक्दैन मुना
तिमी धनि म गरिबको छोरा
हाम्रो मिलन हुन सक्दैन मुना

मुना मगर
धन अनि मनलाई जोड्ने कोसिस नगर
बियोग तिमी मलाई छोड्ने कोसिस नगर
केहि चिज हो धन तर सबै भने होइन
पबित्र हाम्रो नाता तोड्ने कोसिस नगर
Continue Reading | comments

मुक्तक दोहोरी : पुरन बियोग र भबानी अधिकारी नेपाल बीच

भुमिकाः आमा/छोरा

भबानी अधिकारी नेपाल
आज नि घर ढिलो आयौ छोरा
के भो बोली नि के खायौ छोरा
आमा लाई किन रुवाउछौ तिमी
यो जन्म तिमीले के पायौ छोरा

पुरन बियोग
तिम्रै यादमा एकोहोरो भाको थिए आमा
चिया नास्ता पाउरोटी खाको थिए आमा
आज अल्ली ढिला भयो माफी दिनुस ल
म साथी संग घुम्न गाको थिए आमा
Continue Reading | comments

मुक्तक दोहोरी : सबिना अधिकारी र पुरन वियोग बीच

पुरन बियोग
म गरिबको घरमा चुलो बल्दैन
मन्दिरमा पनि मेरो दियो जल्दैन
मेरो सामु न आऊ सबिना तिमी
मैले छोएको यहाँ पानी चल्दैन

सबिना अधिकारी
घाम लाग्छ पक्कै अहिले रात भएर के भयो त
म छु तिम्रो अरु बाट घात भएर के भयो त
मित्रताको नाता हाम्रो मजबुत होस यसै गरि
म ठुलो तिमी सानो जात भएर के भयो त
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger