Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

कविता सिद्धान्त र नेपाली कविताको इतिहास : कविताको मानक ग्रन्थ [ डा.लक्ष्मणप्रसाद गौतम ]

- डा.लक्ष्मणप्रसाद गौतम
इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि सा“चो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास लेखनका दृष्टिले भने नेपाली साहित्य निकै पछाडि छ । विश्वविद्यालयस्तरीय पाठ्यप्रयोजनका लागि पाठ्य वा सन्दर्भपुस्तकका रूपमा लेखिएका विविधतामय र अन्योलग्रस्त सामग्रीबाहेक विधागत इतिहासको कुनै ठोस, वैज्ञानिक, वस्तुगत र व्यवस्थित अध्ययन–लेखन नभइरहेको सन्दर्भमा डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास नामक ग्रन्थ एउटा आधिकारिक र मानक ग्रन्थका रूपमा आएको छ । यस ग्रन्थले एकातिर कविता विधाका समग्र सैद्धान्तिक पक्षको गहन विश्लेषण गरेको छ भने अर्कातिर कविताविधाको विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा पहिलो र सशक्त फड्को मारेको छ । 

पृष्ठभूमि र विषयप्रवेश
नेपाली समालोचना, भाषविज्ञान, कोशविज्ञान, शोधविधिलगायतका विभिन्न क्षेत्रमा कलम चलाएर ५ दर्जनभन्दा बढी ग्रन्थहरू लेखिसकेका डा.खगेन्द्रप्रसाद लुइटेल वस्तुवादी समालोचक हुन् । कविताको संरचनात्मक विश्लेषण शीर्षकमा विद्यावारिधि गरेका संरचनावादी समालोचनाका प्रवर्तक–उन्नायक डा. लुइटेलको सद्यः प्रकाशित कृति हो— कविता सिद्धान्त र नेपाली कविताको इतिहास । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित यो कृति विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा नेपाली कविताको एउटा ऐतिहासिक दस्ताबेज हो र नेपाली काव्यिक इतिहासमा केन्द्रित अहिलेसम्मको प्रामाणिक र मानक ग्रन्थसमेत हो ।

नेपाली साहित्यमा विधागत इतिहासको निर्माण त भएको छ, तर त्यसको व्यवस्थित अध्ययन–विश्लेषण भने अत्यन्त कम भएको देखिन्छ र एउटाएउटा विधाको सम्पूर्ण पुस्तकको अभावप्रायः नै छ । यस्तो परिस्थितिमा नेपाली साहित्यका सचेत पाठक र साहित्यका सम्पूर्ण अध्येताहरूका लागि डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थले ठूलो अभावको पूर्ति गरेको छ । जुनसुकै भाषाको साहित्यमा पनि कविता नै सबैभन्दा समृद्ध र विकसित विधा हो । नेपाली साहित्यमा पनि कविता विधा नै समृद्ध र विकसित छ । यति हु“दाह“ुदै पनि नेपाली कविताका बारेमा सिद्धान्तदेखि विकासक्रमसम्मको समग्र, अद्यावधिक र व्यवस्थित अध्ययन भएका ग्रन्थको नितान्त अभाव भइरहेका सन्दर्भमा डा.लुइटेलको प्रस्तुत कृति एउटा महŒवपूर्ण आधार ग्रन्थका रूपमा रहेको छ । 
ग्रन्थभित्रका उपकरणहरू 
डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत कृति मुख्यतः कविताका दुई पक्षमा केन्द्रित देखिन्छ र शीर्षकबाट पनि यो कुरा स्पष्ट हुन्छ । यस ग्रन्थको पहिलो खण्ड वा सिद्धान्त खण्ड मात्र पनि सिङ्गो ग्रन्थ हुनसक्छ । यस खण्डमा वस्तुगत ढङ्गले कविताको सैद्धान्तिक चिनारी दिइएको छ । यसक्रममा कविताको परिभाषा, वर्गीकरण, संरचना र संरचक घटकहरूका बारेमा व्यापक विश्लेषण गरिएको छ । कृतिको कविता सिद्धान्त खण्डलाई कविताको परिभाषा, कविताको परम्परित वर्गीकरण, कविताको आधुनिक वर्गीकरण, कविताको संरचनाको पहिचान र कविताका संरचक घटकहरू गरी पा“चवटा मूल शीर्षकहरूमा वर्गीकरण गरिएको छ । 

कविताको परिभाषा शीर्षकभित्रका पा“चवटा उपशीर्षकहरूमा कविताको परिचय र संस्कृत साहित्य, पश्चिमी साहित्य एवं नेपाली साहित्यका प्रमुख कवितासम्बन्धी परिभाषाको उल्लेख गर्दै निष्कर्षसमेत प्रस्तुत गरिएको छ । पूर्वीय–पाश्चात्य कवितासम्बन्धी परिभाषामा पनि पूर्ववर्ती अध्ययन–विश्लेषणभन्दा भिन्न रूपमा प्रतिनिधि परिभाषाहरूको चयन गरी व्यवस्थित रूपमा सङ्गठित गरिएको छ र ती परिभाषाहरूको संस्कृत एवं अङ्ग्रेजीको मूलपाठ पनि समावेश गरिएको छ । जसले गर्दा पाठकलाई तिनको तुलनात्मक अध्ययन गर्न सजिलो हुने देखिन्छ । नेपालीका प्रमुख कवितापरिभाषाहरूको उल्लेख गरी निष्कर्षमा आफ्नै किसिमले कवितालाई परिभाषित गरेर चारवटा बु“दाहरूमा आबद्ध गरी ती बु“दाहरूको व्याख्याद्वारा त्यसलाई पुष्टि गरिएको छ । 

कविताको परम्परित वर्गीकरण मूलशीर्षकभित्रका तीनवटा उपशीर्षकहरूमा पूर्वीय र पश्चिमी साहित्यका कवितसम्बन्धी वर्गीकरणलाई व्यापक रूपमा प्रस्तुत गरी निष्कर्ष दिइएको छ । कविताको आधुनिक वर्गीकरणमा भने मुख्यतः कविताका प्रगीतात्मक, आख्यानात्मक र नाटकीय संरचनाका आधारमा प्रगीतात्मक कविता, आख्यानात्मक कविता र नाटकीय कविता गरी तीन किसिमले वर्गीकरण गरेर तिनका विभेदक अभिलक्षणहरूलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै कविताको संरचनाको पहिचान शीर्षकभित्रका उपशीर्षकहरूमा संरचना र कविता संरचनाको परिचय प्रस्तुत गरी संरचनात्मक विन्यासक्रमलाई प्रस्तुत गरिएको छ । कविताको विन्यासक्रमको नया“ अवधारणा यस कृतिको विशेष उल्लेखनीय पक्ष हो । 

कविताका संरचक घटकहरू शीर्षकभित्रका विभिन्न उपशीर्षकहरूमा कविताका लघुसंरचक घटक वा तत्वहरूको उल्लेख गरेर तिनको व्याख्यासमेत गरिएको छ । कविताका संरचक तत्व वा घटकहरूका बारेमा विविधताका कारण सचेत पाठकहरूसमेत अलमलिने गरेका सन्दर्भमा कविताका वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यास गरी छवटा मूल संरचक घटक मानेर तीअन्तर्गतका विविध तत्वहरूकोे व्याख्या गरिएको छ । कविताको सैद्धान्तिक निरूपणका दृष्टिले मानक, व्यवस्थित, समग्र र वस्तुगत किसिमको अध्ययन–विश्लेषण यस ग्रन्थमा मात्र पाइन्छ भन्नु अत्युक्ति हु“दैन । 

नेपाली कविताको इतिहासलाई यस ग्रन्थको दोस्रोे खण्डका रूपमा लिन सकिन्छ । नेपाली साहित्यमा कालविभाजनका प्रयासहरू, नेपालीकविताको प्राथमिक काल, नेपाली कविताको माध्यमिक काल, नेपाली कविताको आधुनिक काल र नेपालबाहिर नेपाली कविताको परिदृश्यजस्ता मूलशीर्षक, तीभित्रका विभिन्न उपशीर्षक, सहायक शीर्षक र दुई सय छयानबे पृष्ठको आयाममा विस्तारित यो दोस्रो खण्ड नै कृतिको महत्वपूर्ण र खोजमूलक पाटो हो । यस खण्डको पहिलो शीर्षक नेपाली साहित्यमा कालविभाजनका प्रयासहरूमा विभिन्न विद्वान्हरूद्वारा गरिएका कालविभाजनका प्रयासहरूको उल्लेख गर्दै तिनका केन्द्रीयतामा नेपाली कवितामा देखापरेका कालविभाजनसम्बन्धी मतमतान्तरहरूको तर्कयुक्त खण्डन–मण्डन गर्दै निर्णयात्मक ढङ्गले सर्वमान्य निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसपछिका विभिन्न शीर्षक र उपशीर्षक÷सहायक शीर्षकहरूमा नेपाली कविताको विकासक्रमलाई व्यापक रूपमा अध्ययन–विश्लेषण गरिएको छ र कविताको अद्यावधिक इतिहास निर्माणको विशिष्ट बाटो र पाटाको निर्माण गरिएको छ । 

ग्रन्थको विशेषता र महत्व
कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थको मुख्य विशेषता भनेको नै स्पष्ट सैद्धान्तिक निरूपण र व्यापक ऐतिहासिक सर्वेक्षण हो । नेपाली कविताको यही ऐतिहासिक सर्वेक्षण, विश्लेषण र मूल्याङ्कन नै यस ग्रन्थको विशेष प्राप्ति पनि हो । नेपाली कविताको प्राथमिक कालदेखि आधुनिक कालको समसामयिक धारासम्मका कविप्रतिभा र प्रवृत्तिको प्रभावपूर्ण निरूपण यस ग्रन्थमा भएको छ । तीनवटै कालका प्रमुख धारा, उपधारा र तिनका प्रवृत्तिगत विशेषताका साथै एउटा मात्र पनि काव्य÷कविताकृति प्रकाशित गरेका कविहरूको समेत समाविष्टि यस ग्रन्थको अर्काे गहन कार्य हो । प्राथमिक कालको वीरधारादेखि आधुनिक कालको समसामयिक धारासम्मका एक हजार दुई सयभन्दा बढी कविहरू र तिनका काव्यकृतिहरूलाई एकै ठाउ“मा जम्मा गरेर सबै कवि एवं ती सबैका सिर्जना एवं योगदानको कदर गरिएको छ । यीमध्ये पनि नेपाली कविताको प्रत्येक काल र धाराका विशिष्ट, प्रतिनिधिमूलक र विशेष योगदान दिने कविहरूका बारेमा व्याख्यात्मक र विश्लेषणात्मक रूपमा तिनका कवित्वको निरूपणसमेत गरी विशेष चर्चा गरिएको छ । यसरी विस्तृत चर्चा गरिनेहरूमा प्राथमिक कालका बीसजना, माध्यमिक कालका पैंतीसजना र आधुनिक कालका एकसय नौ जना गरी जम्मा एक सय चौसठ्ठीजना कविहरू रहेका छन् । जम्माजम्मी एक हजार दुई सयजनाभन्दा बढी कविहरू र तिनका प्रथम कृतिप्रकाशनको कालक्रमलाई आधार बनाएर उल्लेख गरिएकाले र पहिलो कृति प्रकाशनको स्रोत नभेटाएकालाई अन्य वैकल्पिक विधि अवलम्बन गरेर राखिएकाले कृतिका सबै तहमा नियमबद्धता र एकरूपता पाइन्छ । जसले गर्दा कृतिको सूचनामा कहीं पनि अस्तव्यस्तता पाइ“दैन । यसबाट कवि स्वयंले सजिलैस“ग आफ्नो स्थान निर्धारण कहा“नेर भएको रहेछ भन्ने कुरा थाहा पाउ“छ र उसले आफ्नो कवित्वको मूल्यसमेत थाहा पाउ“छ । 

नेपाली कवितासम्बन्धी समग्र अध्ययनका लागि नेपालका कविहरूको मात्र चर्चा नगरी नेपालबाहिर पनि नेपाली कविताको राम्रो स्थिति छ भन्ने कुरालाई ग्रन्थकार डा.लुइटेलले यस ग्रन्थमा चर्चा गरेका छन् । नेपालबाहिर नेपाली कविताको परिदृश्य शीर्षकमा एकसयभन्दा बढी प्रवासी नेपाली कवि र तिनका काव्य/कविताकृतिको उल्लेख गरिएको छ । 

यी सबै दृष्टिबाट पनि प्रस्तुत ग्रन्थ अहिलेसम्मको नेपाली कविताका सम्बन्धमा लेखिएको विशिष्ट ग्रन्थ हो र डा.लुइटेलको यस ग्रन्थलाई नेपाली कविताको सम्पूर्ण इतिवृत्त वा नेपाली कविताको इन्साइक्लोपेडिया भन्न सकिन्छ, किनकि यस ग्रन्थमा—
-कविताको समग्र सैद्धान्तिक निरूपण स्पष्ट र वस्तुगत छ ।
-कवितासम्बन्धी पूर्वीयपाश्चात्य र नेपाली मान्यताको व्यवस्थित सङ्गठन, मन्थन र मूल्याङ्कन छ ।
-कतिपय सैद्धान्तिक मान्यताको नवीन व्याख्या छ ।
-नेपाली कविताको विकासक्रमको व्यवस्थित विवेचना छ ।
-अस्पष्ट र अव्याख्येय कुराहरूको स्पष्ट व्याख्या छ ।
-आधुनिकतासम्बन्धी पाश्चात्य अवधारणाको विकास, व्याख्या र तुलना प्रतितुलनाका माध्यमबाट स्पष्ट पारिएको छ ।
-आधुनिकतासम्बन्धी नेपाली अवधारणाको व्याख्या, यससम्बन्धी विभिन्न मतमतान्तरहरूको तर्कपूर्ण खण्डन–मण्डनका साथ ठोस निर्णयात्मक सर्वमान्य निष्कर्ष प्रस्तुत गरी आधुनिकताका मूल अभिलक्षणहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ । 
-नेपाली कविताका तीनवटै कालखण्ड र ती कालखण्डअन्तर्गतका धारा–उपधाराहरूको विश्लेषणका साथै ती धाराभित्र रहेर लेख्ने सम्पूर्ण कविहरूको नाम र तिनका कृतिको उल्लेख छ । 
-प्रत्येक धाराका प्रतिनिधिमूलक र विशिष्ट योगदान दिने कवि, तिनका कृति र प्रवृत्तिको समेत व्याख्या छ । 
-प्रत्येक धाराहरूको पृष्ठभूमिगत सन्दर्भ प्रस्तुत गरी नेपाली कविताका सन्दर्भमा व्याख्या गरिएको छ ।
-समसामयिकता र आधुनिकताका बीचको भिन्नता देखाई समसामयिकताको नवीन व्याख्यासमेत गरिएको छ ।
-ग्रन्थलाई सकेसम्म सर्वाङ्ग र पूर्ण बनाउने प्रयास छ ।

उपर्युक्त बु“दाहरूका आधारमा कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ नेपाली कविताका सम्बन्धमा लेखिएको अहिलेसम्मको सम्पूर्ण पुस्तक हो । 

ग्रन्थ निर्माणपद्धति र इतिहासलेखनको फड्को 
डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत ग्रन्थमा कवितासम्बन्धी सामान्य सूचनादेखि लिएर विस्तृत व्याख्या–विश्लेषणसम्मका कुराहरू रहेका छन् । कविता विधामाथि मात्र केन्द्रित भएर सम्पूर्ण सूचनाहरू सङ्कलन गरी झन्डै पा“च सय पृष्ठको बृहद् ग्रन्थ तयार गर्नु कष्टसाध्य काम हो । यो ग्रन्थ निर्माणमा विशेषतः आवश्यकताअनुरूप सबै किसिमका अनुसन्धान विधिहरू अवलम्बन गरिएको छ तापनि विवरणात्मक, व्याख्या–विश्लेषणात्मक, संरचनात्मक, ऐतिहासिक आदि अनुसन्धानपद्धतिहरूको बढी प्रयोग गरेर ग्रन्थलाई वैज्ञानिक बनाइएकाले यस ग्रन्थमा वैज्ञानिक अनुसन्धानपद्धतिका विशेषताहरू प्राप्त गर्न सकिन्छ । 

ग्रन्थभित्रका विषयवस्तुको व्याख्या, स्पष्टीकरण, निरूपण आदिका क्रममा पनि भाषिक जन्जालद्वारा प्रस्तुतिलाई जेलेर जबर्जस्ती ग्रन्थलाई गरुङ्गो बनाउने प्रवृत्तिबाट ग्रन्थकार डा.लुइटेल पूर्णतया मुक्त छन् । त्यसैले ग्रन्थलाई शब्दाडम्बर र भाषिक सञ्जालले गरुङ्गो नबनाई विषयवस्तुको ठोस, वस्तुगत, स्पष्ट र तर्कपूर्ण प्रस्तुतिले ग्रन्थ आपैंm गरुङ्गो, महत्वपूर्ण र गरिमायुक्त बनेको छ । अस्पष्ट, सन्दिग्ध, द्वयर्थक र घुमाउरो किसिमका भाषिक प्रयोगबाट टाढा रहेको यो ग्रन्थ नेपाली कविताको इतिहासलेखनको एउटा महत्वपूर्ण र विशिष्ट फड्को हो । यस ग्रन्थमा कविका प्रवृत्ति र कृतिका सन्दर्भको चर्चाका क्रममा प्रतिनिधिमूलक सर्वेक्षण पद्धतिलाई अवलम्बन गरिए पनि नेपाली कविताको समग्र ऐतिहासिक विवरण र हालसम्मको समग्र सर्वेक्षणसमेत गरिएकाले यस ग्रन्थले नेपाली कविताका बारेमा आधिकारिक र प्रामाणिक ढङ्गले समग्र सूचना प्रदान गर्दछ भने विश्लेषण र मूूल्याङ्कनले नेपाली कवि र कविताको स्थिति, प्रवृत्ति र दिशानिर्धारणसमेत गर्दछ । यस अर्थमा पनि यो ग्रन्थ यससम्बन्धी पूर्वाध्ययनका सापेक्षतामा एउटा ठूलो फड्को हो । 

निष्कर्ष
प्रखर समालोचक डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ एकातिर भएका सामग्रीहरूको कुशल व्यवस्थापनयुक्त सङ्गठन पनि हो भने अर्कातिर मौलिक र नवीन सिद्धान्तको प्रतिपादन, व्याख्या र विश्लेषण पनि हो । कविता सिद्धान्त र नेपाली कविताको अथ–इति थाहा पाउनका लागि एउटा आधारग्रन्थ र गुरुग्रन्थका रूपमा पनि यो कृति मूल्याङ्कित हुन्छ । साहित्यका सामान्य विद्यार्थीदेखि अन्य पाठक, प्राध्यापक र अनुन्धानकर्ताहरूका लागिसमेत सयौं ग्रन्थ पल्टाउनु पर्ने झन्झटबाट यस ग्रन्थले मुक्ति दिन्छ र सबैका लागि यो ग्रन्थ अत्यन्त सङ्ग्रहणीय र पठनीय देखिन्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा कविता सिद्धान्त र नेपाली कविताको इतिहासका बारेमा लेखिएको एउटा तयारी ग्रन्थका रूपमा यसलाई लिनसकिन्छ ।

- बिहीबार, 11 कार्तिक, 2067
Continue Reading | comments

फेसबुकमा शुरु भयो बहर पाठशाला - पेज जसले गर्नेछ बहरको छलफल र अभ्यास

चुकुप्रकाश अनलाइन , 

नेपाली गज़लको विकाशमा ठाँउ ठाँउमा प्रयास भईरहेको छ | फेसबुक तथा वेबसाइट बाट पनि  नेपाली गजल लेखन को अभ्यास हुने भएको छ | त्यसै बीच बहर पाठशाला-पेजले पनि नया प्रयास थालेको छ | उक्त पेजमा आह्वान गरिएको छ - 
सकेसम्म यो पेज हामी बहर पाठशाला समूहमा क्रियाशील साथीहरू बीचमा नै अभ्यास गर्न कार्यशालाको रूपमा विकाश गरौँ । यसमा विभिन्न बहरका नाम तिनीहरूको परिचय सहितका थ्रेडहरू राखिनेछन् । आफ्ना सोही बहरमा भएका रचनाहरू त्यही थ्रेडमा राखिएमा भोलि अध्ययन गरेर अभ्यास गर्नेलाई सजिलो हुने छ । आफूले पनि अरू साथीहरूका रचना हेरेर थप कुरा सिक्न सकिन्छ ।

पेजबाट नवसर्जकहरुले भरपुर ज्ञान हासिल गर्न सक्ने दावी गर्दै यसरी भनिएको छ - 

पेज सबैको लागि खुला गर्ने । जसले जहाँ भेटिन्छ त्यहीँ टिप्पणी र तिनका प्रतिक्रिया दिने । सबैले समान अवशर पाउने ।
फाइदा : यसो गर्दा धेरै भन्दा धेरै साथीहरूले आफ्ना छुट्टा छुट्टै थ्रेड सुरु गर्न पाउनु हुनेछ । सबैले पेजलाई आफ्नो महशुश गर्नु हुनेछ ।
विषयवस्तु व्यवस्थापन गर्न सजिलो हुन्छ । खोजेको कुरा सजिलै भेटिन्छ । 

उसो त भर्खरै भएको एक सर्वेक्षणमा भनिएको छ नेपालमा २ लाख भन्दा धेरै गजल लेख्न प्रयास गर्ने हरु  छन् भने लाखौं को मात्रामा गजल मन पराउने र माया गर्ने व्यक्तिहरु छन् | सबैलाई यसले समेट्न सक्ला ? सबैको सुनुवाई गर्न  सक्षम होला ? फेसबुकमा यस्ता पेज थुप्रै भेटिन्छन् र यसलाई कसरी बिस्वास गर्ने त ? 
 हामीसंग जवाफ मुलक थुप्रै भनाइहरु सुरक्षित छन् जसले यस पेजको विश्वास उचा गरिदिएको छ , फेसबुकमा करुण थापाले बहर पाठशाला नामक एक ग्रुप निर्माण गरि त्यहीबाट अनलाइन प्रशिक्षण सेवा गर्दै आउनु भएको थियो | त्यहाँ भनिएको छ -  

बहरका बारेमा छलफल गर्ने मञ‍्च तथा बहरमा गजल सिक्न चाहने हामी सबैको साझा पाठशाला । यस पाठशालामा बहरका पाठ, छलफल र छलफल या अभ्यासको निम्ति राखिने बहरवद्ध गजल बाहेकका अन्य गजल, शेर र सूचना आदि तुरुन्त हटाइनेछ । गजल र शेरहरु पोष्ट गर्न अन्य ग्रुप सञ्चालित छन् ।
तसर्थ बेबहर गजल, शेरहरु र यो समूहसित असम्बन्धित सूचनाहरू यहाँ पोष्ट नगर्नुहोला ।

सबैको साझा पाठशाला भनेपनि यो समुह भने गोप्य राखिएको छ | यहाँ बहर लेखन अभ्यासमा भने बाधा देखिन्छ | यसैलाई मध्यनजर गर्दै सामुहिकरुपमा खुल्ला पेज सन्चाल गरिएको छ  बहर पाठशाला - पेज 

जहाँ बहरमा अभ्यास शृङ्खला यसरी गरिएको छ - 

नेपाली गजलमा आफ्नो कलम तिखार्दै रहनुभएका जिज्ञासु र प्रतिभाशाली साधकहरूको चासो र जिम्मेवारीवोधले नेपाली गजलमा फेरि नयाँ युगको उदघोष गर्दैछ । हिजो बहर र छन्द नबुझेर, नजानेर वा आफ्नो क्षमताले नभ्याएर गजलमा लय आवश्यक छैन, नेपाली भाषाले लय थेग्न सक्दैन भन्नेहरूलाई यी प्रतिभाशाली हातहरूले 'नेपाली भाषा गरीब छैन, नेपाली गजलकारहरू खुबीहीन छैनन् ' भन्ने पुष्टि गरिदिएका छन् । यो अभियानमा बहर पाठशाला समस्त साधक हरू सितै छ र रहनेछ ।

आज हामी अर्को एउटा बहरमा अभ्यास गर्ने छौं ।
अघिल्लो पाली हामीले तबील बहरमा अभ्यास गरेका थियौँ । आज अर्को मुरक्कब बहरको अभ्यास गर्छौँ । 
२२१२ मुसतफ्इलुन बहरे रमलको रुक्न हो । यस्तै २१२ फाइलुन मुतदारिक बहरको रुक्न हो । यी दुई रुक्नको मेलबाट बहरे 'बसीत' बन्छ । बहरे बसीत को अर्कान २२१२ २१२ को आवृत्ति हो । एउटा मात्र आवृत्ति भए बहरे बसीत मुरब्बा सालिम र दुईओटा आवृत्ति भए बसीत मुसम्मन सालिम भनिन्छ । यद्यपि चिन्नेबेलामा यी दुबै अवस्थालाई बहरे बसीत मात्रै भनेको पाइन्छ । झण्डै हाम्रो लोकभाका लोरीसित मिल्ने यो बहर साङ्गीतिक हिसाबले पनि मीठो बन्ने देखिन्छ ।

ल जाऊँ अब अभ्यास तर्फ
बहर : बसीत
मात्रा : २२१२ २१२//२२१२ २१२
लय : लालालला लालला, लालालला लालला
रुक्न : मुस्तफ्इलुन फाइलुन, मुस्तफ्इलुन फाइलुन
वर्ण सङ्ख्या : १४ 
मात्रा सङ्ख्या : २४
मध्यविश्राम अनिवार्य त हैन तर मध्य विश्राम नभएका मिसरा भन्दा भएका मिसरामा मिठास धेरै देखिने हुँदा त्यसमा सचेत भइदिनुहुन निवेदन गर्दछौँ ।
Continue Reading | comments

नेपाली गजलका नियम तथा छन्दहरु - हिमालको आधारमा छन्दको नामाकरण

गजलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

नेपाली गजलमा बिभिन्न नियमहरुलाई बिभिन्न नामहरुमा छन्दको रुप दिइएको छ । यी नामहरु प्राय हिमालको आधारमा राखिएका छन् । 

१. काङ्फुगातो छन्द 
अक्षर : १४ (३-४-३-४)
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )

उदाहरण: 
तास झैं प्रेयसीको भाउमै भाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें 
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
शब्द: पोष्टराज चापागाईं 


२. चाङ्ला छन्द
अक्षर : १६
(४, ८ र १२ अक्षरमा विश्राम)

उदाहरण : 
अकासकी जून रैछ्यौ जुनू भन्दा कसो होला
निधारमा जून थापी बुनू भन्दा कसो होला
शब्द: पोष्टराज चापागाईं 

३. डाँफे छन्द
अक्षर : ८
(४ अक्षरमा विश्राम)

उदाहरण : 
ढलमा छू तान् न साथी
अब रक्सी खान्न साथी
सिउने काँ टाल्ने केले ?
मुटु फाट्यो ठान् न साथी
शब्द: पोष्टराज चापागाईं 

४. फुकाङ छन्द
अक्षर : १६
(४ र ९ अक्षरमा विश्राम)

उदाहरण :
कहाँ थिए, र कठीनका, ती आग्रहका कुरा
बुझें बुझें, सजिलै बुझें, ! पूर्वाग्रहका कुरा
अमूक थे, र अमूर्त थे, टेढा मत लेखका
पढें गुनें, अनि पो बुझें, ! दूराग्रहका कुरा
शब्द: पोष्टराज चापागाईं 

५. पुत्रुङ छन्द 
अक्षर : १५
( ८ अक्षरमा विश्राम )

उदाहरण: 
पलभर प्रिय छामें दिल टाँसेर फोटो
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो
शब्द: पोष्टराज चापागाईं 

६. भृकुटी छन्द 
अक्षर : १४
(७ अक्षरमा विश्राम)

७. छुकुङरी छन्द 
अक्षर : १३
(४ र ८ अक्षरमा विश्राम)

८. क्याबुरा छन्द 
अक्षर : १२
(३, ७ र १० अक्षरमा विश्राम)

९. निरेखा छन्द 
अक्षर : १४
(४ र ८ अक्षरमा विश्राम)

१०. गौगिरी छन्द 
अक्षर : १२
(३ र ६ अक्षरमा बिश्राम)

११पुत्खाङ छन्द
अक्षर : १०
(५ अक्षरमा विश्राम)
Continue Reading | comments

नेपाली गजलको केहि लोक छन्द तथा लय यसहरु

जलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।

यदि गजलका सबै हरफहरु एउटै अक्षर संख्या वा मात्रामा वा बिश्राम मिलाएर लेखिएको छ भने त्यो नियमलाई छन्द भनिन्छ । संस्कृत वा नेपाली कविता / साहित्यमा पहिले देखि नै प्रयोग हुँदै आएका छन्दमा गजल लेख्न सकिन्छ । 

त्यस्तै गरि उर्दु वा अन्य भाषाहरुमा केहि निश्चित छन्द नियममा गजल लेखिन्छ । ति नियमहरुलाई बहर भनिन्छ । उर्दु भाषामा प्रचलित बहरहरुमा पनि नेपाली गजल लेख्ने गरिएको छ । नेपालीमा भाषामा बहर र छन्द शब्दलाई समानान्तर रुपमा प्रयोग गर्न सकिन्छ । 

आधुनिक नेपाली गजलमा शास्त्रीय छन्द वा बहरको अतिरिक्त नेपाली लोक लयमा पनि गजल लेख्ने गरिएको छ । 

केहि नेपाली लोक छन्द हरु यस प्रकार छन :

१. झ्याउरे छन्द
महाकबि लक्ष्मी प्रसाद देवकोटाले अमर कृति मुना मदनमा प्रयोग गर्नु भएको झ्याउरे छन्दलाई नेपाली गजलमा प्रयोग गर्न सकिन्छ । 

अक्षर : १६ (५-५-६)
(५ र १० अक्षरमा बिश्राम)

उदाहारण १ : 
क्षेत्रीको छोरो, यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन

उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
किन हो कुन्नी रुँदै छ कोहि जुनेली रातमा
शब्द : लालीजन  रावल

२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)

उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
आफुलाई अन्त कतै सार्न मन लाग्यो
- मनु ब्राजाकी 

३. स्वर्निर्मित लय 
गजललाई आफ्नै नियममा छन्दो बद्ध गर्न पनि सकिन्छ । यसरि छन्द निर्माण गर्दा कि त मात्रा की त अक्षरको आधारमा गरिन्छ । मात्राको आधारमा गर्दा बढी गेयात्मक हुने र गजल लेख्न पनि सजिलो हुने मानिन्छ । 


Continue Reading | comments

गजलका गुण र दोषहरू

गजलका केही गुण र दोषहरू यस प्रकार छन्। 

  1. स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ। गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्न हुँदैन।
  2. पौढता: गजलका शेरहरू विचार र भावले परिपक्क हुनु पर्दछ।
  3. अर्थपूर्णताः गजलका शेरहरू अर्थपूर्ण हुनु पर्दछ।
  4. अन्योन्याश्रिता: गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ।
  5. गेयात्मकता: गेयता गजलको पहिलो सर्त हो।
  6. व्याख्यात्मकता: गजल थोरैमा धेरै भनिने विधा हो। गजलका शेरहरूमाका थोरै भन्दा थोरै शब्दहरूले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ।
  7. सरलता: गजलका शेरहरू सरल र सहजबोध्य हुनु पर्छ।
  8. पुर्णता: गजलका शेरहरू अपूर्ण हुनु हुँदैन। भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ।
  9. ब्याकरण दोष: गजलको शेरमा प्रयोग हुने शब्दहरूलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न।
  10. अश्लीलता दोष: गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग शब्दहरूको प्रयोग गर्नु हुँदैन।
  11. विक्षेप दोष: गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरू प्रयोग भएमा वा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ।
  12. जटिल शब्द: गजलका शेरहरूमा कोमल शब्दहरूको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरूको प्रयोग गर्नु हुँदैन। साथै अनादरवाची शब्दहरूको पनि प्रयोग गर्नु हुँदैन।
Continue Reading | comments

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू


Hom Suvedi — Tue, 01/28/2014 - 18:01


नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदिको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थिएन । यसैले त्यसको आयु लामो हुन पाएन । यद्यपि खुट्टा काटेर नेपाली भाषाको तत्कालीन लेखनको विशेष गरी पद्यको रूप निकै नै विरूप हुने गरेको कुरामा वास्तविकता थियो तर यसको मध्यमबिन्दुको बाटो र पाटो विद्वच्छिरोमणि हेमराज गुरुको गोरखा भाषा व्याकरणबोध चन्द्रिका (१९६९)ले लिएको कुरा सर्वस्वीकार्य हुन पुगेको थियो । यसैलाई गोरखा भाषा प्रकाशिनी समितिले समेत ग्रहण गरेर आधिकारिकता दिएको थियो । लेखनाथ पौडेल, चक्रपाणि चालिसे लगायतका लेखकहरूले यही व्याकरणको निर्देशनलाई ग्रहण गरेर आफ्नो लेखनलाई अघि बढाएको बुझिन्छ । गुरुको प्रयास राज्यकै तर्फबाट स्वीकारिएको थियो । यसैको सारसंक्षेप र संस्कृत व्याकरणको नियमको नजिकबाट सोमनाथ सिग्देलले मध्यचन्द्रिका (१९७४) लेखेका थिए । पण्डितराजद्वारा तयार पारिएको यो कृति पछिसम्म नै आधिकारिक रूपमा रहेको थियो । नेपाली भाषाको लेखन अँझै परिनिष्ठ र परिष्कृत रूपमा हुनुपर्ने कुराको बोध गरेर तथा त्यसका लागि दिशानिर्देशन दिने हेतुले सर्वसुलभ हुने गरी लगभग वर्णनात्मक रूपमा बालकृष्ण सम, पुष्करसमसेर तथा अन्य विद्वान्हरूको सहयोगमा चारपैसे व्याकरण भनेर तत्काललाई चिनिएको नेपाली कसरी शुद्ध लेख्ने ? (१९९१) प्रकाशित भएको थियो । यसको चलन ता २०३० सालसम्म नै रहेको बुझिन्छ । त्यसपछि पनि नेपाली भाषाको व्याकरणको लेखनमा निकै विद्वान्हरूले कलम चलाएका छन् । पुष्करसमसेर, गोपाल पाण्डे असीम, ऋषभदेव शास्त्री, विष्णुगोपाल तथा शिवगोपाल रिसाल, कृष्णप्रसाद पराजुली लगायत धेरै विद्वान्हरूले नेपाली भाषाको लेखनलाई लिएर गम्भीर अध्ययन गरेका छन् । तारानाथ शर्मा, बल्लभमणि दाहाल, कोषराज रेग्मी, बालकृष्ण पोखरेल, चूडामणि रेग्मी लयातका केही तत्कालीन बनासर पढ्न बसेका युवाहरूले २०१३ सालदेखि नेपाली भाषामा अङ्ग्रेजी र संस्कृतको बढी घच्चा भयो भन्ने बुझेर झर्रोवादी आन्दोल चलाएका थिए जसको नेपाली भाषाको लेखनमा र शब्दचयनमा आफ्नो मौलिक अनुहार गुमाउनुहुन्न भन्ने आग्रह थियो । यो एक संस्थागत प्रयत्न थियो । यसरी संस्थागत तथा व्यक्तिगत रूपमा भए पनि नेपाली लेखनलाई वा व्याकरणलाई अद्यावधिक गर्ने जमर्को यिनै केही विद्वान्हरूले गरेकोसम्म देखिन्छ । तर त्यस क्रममा निजहरूका आग्रहहरू पनि नदेखिएका होइनन् । २०१६ सालमा रामराज पन्तले सजिलो लेखन अभियान थालेका थिए, जसलाई पत्रपत्रिकाहरूले समेत पालन गरेको देखिन्छ । यही परम्पराको अहिलेसम्मको व्यक्तिगत प्रयासको पछिल्लो रूप हो– मुकुन्दशरण उपाध्यायको सरल र शुद्ध लेखन अभियान (२०४९) । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालयको स्थापनापछि मात्र नेपाली भाषाको लेखनमा देखिएका विविधतालाई एकरूपता तथा स्तरीयताका लागि संस्थागत प्रयत्न हुन थालेको देखिन्छ । यसै कार्यलाई अँझ महत्व दिदैं पाठ्यपुस्तक तथा पत्रपत्रिकाहरूको भाषिक अनेकतालाई एकताको सूत्रमा बाँध्नै पर्ने उद्देश्यले २०१० को दशकदेखि आन्तरिक स्वदेश तथा बाह्य वा विदेशबाट पनि गम्भीर प्रयत्न हुन थालेका देखिएका छन् । नेपाली भाषामा शब्दकोषको अभाव पूरा हुने क्रम बालचन्द्र शर्माको प्रयासबाट यही दशकमा पूरा भएको देखिन्छ । उदाहरणहरू धेरै छन् । तिनबाट के देखिन्छ भने नेपाली भाषाको लेखनमा एकताका लागि व्यक्तिगत तथा संस्थागत अनेकौं प्रयासहरू भएका छन् जसको परिणाम आजको नेपाली भाषाले लेखनको रूप लिएको छ । व्यक्तिगत प्रयत्नकर्ताहरूको नामावली लामो छ, विदेशीहरूबाट पनि नेपाली भाषाको शब्दकोष तयार गर्न र व्यारकण लेखनमा भएको ऐतिहासिक महत्व र मूल्यलाई कदापि बिर्सन सकिन्न । यिनै सबैको प्रयासलाई मात्र स्मरण गर्दै लेखिएको यस लेखमा सबैको प्रयासलाई समावेश गर्न कठिन छ ।

व्याकरणका बारेमा पनि विद्वान्हरूका विभिन्न धारणाहरू छन् । भाषा जे जसरी बोलिन्छ त्यही अनुरूप खेलिनु पर्छ भन्नेहरूको मत पनि निकै उच्च रूपमा छ । मानक रूपको भाषा एक हुन्छ स्थानीय कथ्य भाषाका स्वरूपहरू स्थानैपिच्छे बेग्लाबेग्लै हुन्छन्, लेख्य भाषा र कथ्य भाषा एक हुन सक्तैनन् भन्ने मतहरू पनि छन् । कथ्य भाषामा निरन्तर परिवर्तन भइरहन्छ, लेख्य भाषामा त्यसरी निरन्तर परिवर्तन गर्न उचित हुँदैन भन्ने मतहरू पनि छन् । भाषाको परिवर्तन मान्छेमा सोर वर्षको हुँदाहुँदै जुँगादारीको रेखी बसेको जस्तो देखिने हुन्न । यो नजानिदो गरी समयक्रममा बोध गर्दै र हलुका रूपमा देखिंदै जान्छ । तुलनात्मक अध्ययनबाट यो कुरा सिद्ध हुन्छ । व्याकरण भनेको भाषालाई अधिकार पूर्ण रूपमा बाँध्ने त्यसै भाषाभित्र रहेको वा भाषिक अन्तर्भूत नियम हो । यसमा कसैको मतभेद छैन । भाषा परिवर्तन हुनु नै त्यसको व्याकरण पनि परिवर्तन हुनु हो । नेपाली भाषामा पनि पचास सय वर्षको अन्तरमा पर्याप्त परिवर्तनका लक्षणहरू देखिएका छन् । यही परिवर्तनलाई अद्यावधिक गर्नुपर्छ भन्ने आग्रह देखिएका छन् । आग्रहहरू स्थानीयतावादी र राष्ट्रियतावादी दुई खालका छन् । स्थानीयतावादी सोच भएका व्यक्तिहरूमा शिवराज आचार्यको नाम प्रमुख रूपमा आउँछ । उनले जिम्दो नेपाली भासा (भाग एक, दुई २०३१) भन्ने कृतिबाट नेपाली भाषालाई स्थानीयताको रूपमा ओराल्नु पर्ने आग्रह गरेको देखिन्छ । यसका साथै महानन्द सापकोटा, सूर्यविक्रम ज्ञवाली, मुकुन्दशरण उपाध्याय, रोहिणीप्रसाद भट्टराई आदिलाई पनि यस क्रममा बिर्सन मिल्दैन । बालमुकुन्ददेव पाण्डे पनि यसै मार्गलाई परपरबाट अनुसरण गर्ने एक पत्रकार थिए । सङ्कल्प, वेदना र अरु केही पत्रपत्रिकाहरूले पनि यस हलचलको अनुसरण गरेका थिए ।

हाल आएर माथि उल्लेख गरिएका यिनै र यी जस्तै अरु केही आग्रह गर्ने विद्वान्हरूले नेपाली भाषाको लेखनमा यदाकदा उथलपुथल ल्याउने गरेका छन् । लगभग स्थापित हुन पुगेका मान्यताहरूलाई उलटपलट पार्ने काम तिनले गर्दै आएका छन् । त्यो काम गलत नै गरेका हुन् भन्न नसकिए पनि खाटो बस्न लागेको र ओभाउन ओभाउन लागेको घाउलाई तिनले कोट्याएर रगत छरछरी निकाल्ने काम गरेका छन् भन्न सकिन्छ । नेपाली भाषाको लेखनमा समस्यै नभई यिनले यसो गरे भन्ने कुरा अवश्य नै होइन समस्याहरू जुनसुकै भाषाको लेखनमा पनि हुन्छन् । समस्या नै नभईकन कुनै उलटपलट हुने पनि होइन । हाम्रो भाषाको लेखनमा केही समस्याहरू अवश्य पनि छन् । तिनै लेखनका समस्याहरूलाई लिएर साधारण मतभेदहरू देखिने गरेका छन् । चर्काचर्की पनि परेको देखिन्छ । त्यसलाई लेखनमा देखिएको किचोलो भन्न पनि सकिन्छ ।

नेपाली भाषाको लेखनको समस्या भनेको केही स्थानमा छ । यो भाषाले देवनागरी लिपिलाई स्वीकार गर्ने भएकोले त्यही लिपिमा जे छ यहाँ पनि त्यसलाई नै यथावत् चलाउनुपर्छ भन्ने सोच एक छ । लिपि त्यही भए पनि नेपाली भाषाको उच्चारण अनुसार त्यसलाई चलाउनु पर्छ भन्ने सोच अर्को छ । नेपाली बोलीवचनमा ह्रस्व र दीर्घले अर्थ भेद गर्न सक्तैनन् । यसमा स, श, षहरू पनि फरक अर्थ गर्न सक्ने हैसियत गुमाइसकेका छन् । उच्चारणकै कुरा गर्ने हो भने ऋ र रि एकै हुन् । यँ र ञ पनि एकै हुन् । छ््य र क्ष पनि एकै सुनिन्छन् । ग्यँ र ज्ञ एकै हुन् तर एकै सुनिएकै भरमा यिनका दुई रूपहरूमध्ये एकलाई मात्र राखेर अर्कोलाई हटाइहाल्न पनि हामी सक्तैनौं । किनभने ञ, ऋ, क्ष, ज्ञ, श, ष र कतिपय स्थानमा दीर्घ लेख्नै पर्ने शब्दहरू हाम्रो भाषामा अहिले पनि छँदैछन् । हाम्रो भाषा भनेको लगभग २० देखि ३० प्रतिशत संस्कृत भाषाका शब्दहरू अहिले पनि चलाइआएको भाषा हो । यसैले ती संस्कृतका शब्दहरूलाई जिउँका तिउँ लेख्नै पर्ने स्थिति अहिले पनि हामीलाई बाध्यात्मक रूपमा रहेकै छ । भोलिका दिनमा परिस्थिति फरक नभइन्जेलसम्मलाई हामी अहिले मानिआएको परम्परालाई लत्याउन सक्ने अवस्थामा देखिदैनौं । हो केही प्रस्तावहरू यसका लागि नआएका होइनन् । आजको लेखन लगभग तुलनात्मक रूपमा स्थिर छ । यस स्थिरताको कारण प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यायको विशेष योगदान छ । २०३० सालपछिका गरिएका नेपाली भाषाका प्राध्यापकहरूको गोष्ठीमा उठेका र पारित भएका कुराहरू लेखनलाई सहजीकरणको दिशातर्फ उन्मुख बनाउने प्रयत्न थिए । त्यसैको फलस्वरूप आजको लेखन यस अवस्थामा छ ।

भाषाको लेखमा देखिएको विविधताले साधारण पाठक र विद्यार्थीहरू अलमलमा पर्दछन् । जस्तो लेखे पनि हुने परिपाटीको विकास भएर जान्छ अनि लेखनमा अराजकता पैदा हुन्छ । यसो हुनु भनेको असभ्यता र अज्ञानता हो । तर लेखनमा देखिने असजिलाहरूलाई नै सधैं भरि यथावत् राखिंदै लगिनु पनि हुन्न । सम्भव भएका कुराहरूलाई परिवर्तन गरेर पचाउन पनि सक्नु पर्छ । नेपाली भाषाको लेखनमा यसै दिशातिर उन्मुख भई केही संस्थागत प्रयास पनि भएका छन् । व्यक्तिगत रूपमा मुकुन्दशरण उपाध्याय, चूडामणि रेग्मी, रोहिणीप्रसाद भट्टराई, शिवराज आचार्य, बालमुकुन्ददेव पाण्डेहरूले यस दिशामा निकै प्रयत्न गरेका छन् । चन्द्रगढी घोषणापत्र (२०६७), ललितपुर घोषणापत्र (२०६८)हरू यसैको संस्थागत स्वरूपहरू हुन् । अरु सबै कुरा ठिकै भएर पनि चन्द्रगढी घोषणापत्रमा उल्लेख भएका केही कुरा सारै अप्ठेरो पार्ने खालका देखिएका छन् । यद्यपि त्यस घोषणापत्रका समितिको सदस्य म स्वयं पनि थिएँ तापनि अहिले म त्यसबारे आफैं पछुताउ गरिरहेको छु । त्यसको कतिपय घोषणाहरू सारै व्यावहारिक भएर पनि कतिपय भने व्यावहारिक रूपमा बडो अप्ठेरो प्रकृतिका पनि हुन पुगेका छन् । चलन बढेर गई बाक्लो भयो भने त्यसैलाई सही मानिएला तर अहिलेसम्म पनि हामी पचाइरहेका छैनौं । वर्णविन्यासमा समास भएका शब्दहरू जोडिनै पर्ने मेरो अँझै पनि मान्यता रहेकै छ । तर त्यहाँ समास भएका शब्दहरू छुट्याएर लेखे पनि हुने कुरा छ । म अहिले पनि चित्त बुझाउन सक्तिनँ । दुवै शब्दहरू मिलेर एकै भई एक अर्थ दिनु पर्ने लामखुट्टे, नीलकण्ठ, पूmपूसासू, गुरुबाबु जस्ता शब्दहरूलाई अलग लेख्ता एकै अर्थको साटो अनेक अर्थ पनि देखिन सक्छ । यसलाई सही मान्ने अवस्था आयो भने मानुला तर म अहिले यसरी लेख्नुलाई सही मान्दिनँ । यसै गरी संयुक्त क्रियापदहरू अलग लेखिने कुरा त्यसमा छ । त्यो पनि उचित त्यति लाग्दैन । पढिसकें, तातिरहेको, हाँसिरहेका, कुरिरहनु जस्ता केही पूर्वकालिक संयुक्त क्रियाहरूलाई जोडिनु नै पर्ने हो । यद्यपि यो छुट्याउने आग्रहलाई अहिलेसम्म कुनै पत्रपत्रिकाले मानिहालेको देखिन्न । उच्च माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यपुस्तकभन्दा अन्यत्र यसलाई स्वीकार गरेको देखिएको छैन । मैले नै भनेको कुरा यिनीहरूले नमानिदिएकोमा म नै खुसी छु । चूडामणि रेग्मीको अ, आ, अि, अी, अु, अू, अ‍े, ओ, अ‍ै, औ र रु रू र सबै रेफहरूलाई र नै लेख्नु पर्ने कुरा ता निजको प्रस्ताव मात्र हो । प्रचलनमा आउने कुनै सम्भावना नै छैन निजका प्रकाशनहरूमा बाहेक । प्रचलनलाई हल्लाउन यस्ता वैयक्तिक प्रयत्न काम लाग्दा हुँदैनन् । मूल प्रवाहमा सामान्य रोकावट लगाए पनि यस्ता प्रयासहरू हिलो माटोले खोलो थुन्नु जस्ता मात्र हुनजान्छन् ।

यसै गरी ललितपुर घोषणापत्र (२०६९) पनि नेपाली भाषाप्रेमीहरूको आयोजनामा भएको एक भाषिक तथा व्याकरणात्मक आन्दोलन नै थियो । यो आन्दोलन भने भाषिक विकासको अग्रगामी रूपतर्फ उन्मुख नभई पश्चगामी भएको छ । विशेष गरी नेपाली भाषाका आगन्तुक शब्दहरू (संस्कृत बाहेक) मा, तद्भव शब्दहरूमा आउने सलाई सबैतिर पातलो स मात्र लेखिनु पर्ने नियम अब निकै पाको भइसक्यो । यो कुरा २०५७ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको भाषिक संगोष्ठीले स्वीकार गरेर आगन्तुक र तद्भव शब्दहरूका सबैतिर स मात्र लेख्ने र तिनमा आउने सुरु र माझमा आउने इ, उहरूलाई ह्रस्व मात्र लेख्ने कुरामा सहमति भएर आज यो कुरा परिपक्व भई व्यवहारमा समेत लागु भइसकेको अवस्था छ । अँझ यस नियमलाई त्रि.विले अँझै अघिदेखि लागु गरिसकेको छ । २०५६ सालका पाठ्यपुस्तकहरूमा नै यो कुरा लागु भइसकेको छ । तर यसरी चलेको यो नियमलाई यस घोषणाले उल्टाएको देखियो । आगन्तुक र तद्भव शब्दरुहमा सर्वत्र स मात्र लेखिने तथा आगन्तुक एव म तद्भव शब्दहरूको माझमा र सुरुमा सबैतिर ह्रस्व लेख्ने त्रि.वि.को प्रस्ताव पनि धेरै मात्रामा परिपक्व भइसकेको छ । यो कुरा पाठ्यपुस्तक र पत्रपत्रिकाहरूले निर्बाध चलाइसकेका छन् । शहीद, शुरु, ठीक, ठूलो, शेक्सपीयर, कोसिस जस्ता शब्दहरूलाई सहिद, सुरु, ठिक, सेक्सपियर कोसिसका रूपमा लेखिन थालेको पनि १०,१५ वर्ष भइसकेको अवस्था छ । तर ललितपुर घोषणाले फेरि त्यही पुरानो बाटोतिर फर्कने आग्रह गरेको छ । यो कुरालाई पश्चगामी निर्णयका रूपमा लिन सकिन्छ । यसैले यो पुरातनवादी सोच भयो । उता चन्द्रगढी घोषणापत्रको समास सम्बन्धी वा पदयोग पदवियोगको कुरालाई कतै पनि र कसैले पनि पालना गरेको देखिन्न । ह्विलचियर, पुच्छ«ेतारा थेगिनसक्नु, भाग्यचत्र, आयआर्जन (नागरिक : २०७० मङ्सिर २२) जस्ता समास भएका शब्दहरू यथावत् लेखिने गरेका छन् । यस घोषणापत्रको यो निर्णय सरासर गलत थियो । यसलाई अब सकार्न सकिने स्थितिरहेन । यसैले यी दुवै घोषणाहरू केही न केही मूलको प्रवाहमा जान नसकेका जस्ता देखिन्छन् । अहिले भाषालाई एक सूत्रमा बाँध्ने साधनका रूपमा राखेर हेरिनु पर्ने कुराको खाँचो भएको बेला भाषाका बारेमा बढी आत्मराग नदेखाउनु नै बुद्धिमानी हुनेछ । भइरहेको स्थिरतालाई नखल्बलाउनु नै चलाखी हुनेछ । यद्यपि सजीव भाषाको लेखनमा कहिल्यै पनि अन्तिम टुङ्गो लाग्न सक्तैन भन्ने कुरा स्मरणीय र मननीय छ । प्रचलनबाट हटेको वा मृतभाषाको व्याकरण र लेखनका बारेमा मात्र कुनै रडाको हुन्न । जीवित भाषा र त्यसको लेखनका बारेमा उतारचढाव हुनु भनेको ता सजीवताको एक लक्षण नै हो जो नेपालीमा भइरहेको छ ।

भाषालाई बिगार्नेमा पत्रिकाहरू र समाचार प्रसारणको क्षेत्रका काम गरेर कमाइखानेहरू पनि एक हुन् भन्ने कटुसत्य यहाँ अन्तमा उल्लेख गर्नु पर्दा मलाई अलिक असजिलो लागेको छ । बहुप्रचलित रूपहरू सरासर गलत रहेछन् भने सुधीजनहरूले सुधार्दै लानु पर्ने म पुन: स्मरण गराउन चाहन्छु । धेरै टेलिभिजन च्यानलहरू तथा एफएम रेडियोहरूका समाचार वाचकहरूलाई ती टेलिभिजन च्यानल र एफएमहरूले कमसेकम अक्षर चिनेका र सही उच्चारण गर्न सक्ने समाचारवाचकहरूलाई ग्राह्यता दिएर राखे मात्र पनि भाषाको शुद्ध रूप प्रचलनमा आउने थियो भन्ने आग्रह छ । आजका धेरै एफएम र टेलिभिजन च्यानलहरू (उपत्यका बाहिरकाहरूको ता कुरै नगरुँ, नेपाल टेलिभिजन, कान्तिपुर र उज्यालो समेत)ले ध, द्ध, द्व, द्य ध्य, घ्य द्य जस्ता अलिक असजिलो गरी बुझिने शब्दहरू सहीसँग बुझेका समाचार वाचक (र सम्पादक पनि) राखेमा केही बल पुग्ने थियो नेपाली भाषाको सही उच्चारणमा ।

अहिलेलाई यत्ति !

-साहित्य समीक्षाहोम सुवेदी,
__________________________________ मझेरी डट कम बाट साभार ,
Continue Reading | comments

शास्त्रीय बहरको किसिमहरु - गोर्खे साइँलो ’सूत्रमाला'

शास्त्रीय बहरको किसिम:

गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:
अ, मुफरद बहर मूल छन्द
आ, मुरक्कब बहर मिश्रित छन्द
इ, मुजाहिफ बहर परिवर्तित छन्द

अ, मुफरद बहर:
एउटै अर्कानको आवृत्तिबाट बनेको बहरलाई मुफरद बहर भन्ने गरिन्छ । यस अन्तर्गत सातओटा बहर पर्दछन् । यसका नाम र केही नमुनाहरू यस प्रकार छन्:

१) बहरे मुतकारिब:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - भुजङ्गप्रयात
सूत्र: फऊलुन् × ४ ।ऽऽ × ४
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
नमुना-१, हिमाली छटामा रमाएँ घुमेर
पहाडी चिनारी बनाएँ घुमेर । - गोर्खे साइँलो

नमुना-२, दिवानी बनाई सटायौ तिमीले
फकाई फुलाई बसायौ तिमीले । - गोर्खे साइँलो ’सूत्रमाला'

ख, मुसद्दस् सालिम
सूत्र: फऊलुन् × ३ ।ऽऽ × ३
।ऽऽ ।ऽऽ ।ऽऽ
भएँ आज प्यासी पियारी
सँगै साथ लानै तयारी । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - शङ्खनारी
सूत्र: फऊलुन् Χ २ ।ऽऽ Χ २
।ऽऽ ।ऽऽ
भयो बैँश प्यारो
जवानी तगारो । - गोर्खे साइँलो

नमुना-२, रसाएर पानी दिएँ
दिए जिन्दगानी । - गोर्खे साइँलो सूत्रमाला

२) बहरे मुतदारिक:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - स्रग्विणी
सूत्र - फाइलुन् × ४ ऽ।ऽ × ४
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ

नमुना-१, प्रेमको भेलमा आइछौ सुन्दरी
याम भो मेलको धाइछौ सुन्दरी । - गोर्खे साइँलो

नमुना-२, छोडकर मैँ चली सारी दुनिया के गम
भूल जाओ मुझे मैँ रही न सनम । - हुसैन खाँ

ख, मुसद्दस् सालिम पिङ्गल छन्द - महालक्ष्मी
सूत्र - फाइलुन् × ३ ऽ।ऽ × ३
ऽ।ऽऽ।ऽऽ।ऽ
प्यास नै प्यासमा माधुरी
बैगुनी साथमा माधुरी । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - विमोहा
सूत्र - फाइलुन् × २ ऽ।ऽ × २
ऽ।ऽऽ।ऽ
शान्त भै बाँचुला
दॆश मै नाचुला । - गोर्खे साइँलो

घ, मुसम्मन् सालिम मुदाइफ
सूत्र - फाइलुन् × ८ ऽ।ऽ × ८
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ
प्रेमको जालमा फस्न लाग्यौ सुधा पान गर्दै छ लौ ! तर्किजा-तर्किजा
प्यारको हो खुसी भोलि के हुन्छ खै ! याम सर्दै छ लौ ! तर्किजा-तर्किजा । - गोर्खे साइँलो

३) बहरे हजज:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - विधाता
सूत्र - मफाईलुन् × ४ ।ऽऽऽ × ४
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ

नमुना-१, मिठो बोली र तिम्रो यो मयूरी चाल प्यारो छ
तराई-दून-पाहाडी हिमाली ढाल प्यारो छ । - हुसैन खाँ

नमुना-२, इधर देखा उधर देखा बडी गहरी सी खायी है
मैं इसको रोक लूँ कैसे बडी लम्बी लडाइँ है । - हुसैन खाँ

ख) मुसद्दस् सालिम पिङ्गल छन्द - सिन्धु
सूत्र - मफाईलुन् × ३ ।ऽऽऽ × ३
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ
बिहानीमा अझै माया गरेका छन्
दिलैको यो मझेरीमा सरेका छन् । - हुसैन खाँ

समाई पाखुरी मेरो बिहानीमा
खसाली आँशु भिज्ने भो सिरानीमा । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम पिङ्गल छन्द - विजात
सूत्र - मफाईलुन् × २ ।ऽऽऽ × २
।ऽऽऽ ।ऽऽऽ
जवानीको नशा माथी
बन्यौ आफैँ मिठो साथी । - गोर्खे साइँलो

४, बहरे रजज :
क, मुसम्मन् सालिम पिङ्गल छन्द - हरिगीतिका/बीभत्स
सूत्र - मुस्तफ्इलुन् × ४ ऽऽ।ऽ × ४
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
नमुना-१, मुस्कानको नाता लिएँ साहित्यकी रानी सित
कादम्बरी प्याली पिएँ साहित्यकी रानी सित । - गोर्खे साइँलो ‘मुस्कान’

नमुना-२, इस धुन्ध के माहौल मेँ रस्ता दिखाया आपने
रोते हुए इन्सान को हँसना सिखाया आपने । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मुस्तफ्इलुन् × ३ ऽऽ।ऽ × ३
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
मान्छे यहाँ पाएछ कस्तो जिन्दगी
ढुङ्गा र पानीझैँ छ सस्तो जिन्दगी । - हुसैन खाँ

ग, मुरब्बा सालिम पिङ्गल छन्द - मधुमालती
सूत्र - मुस्तफ्इलुन् × २ ऽऽ।ऽ × २
ऽऽ।ऽ ऽऽ।ऽ
प्रेमी नभै साथी भयौँ
यात्रा भरी साथै गयौँ । - गोर्खे साइँलो

५, बहरे रमल :
क, मुसम्मन् सालिम पिङ्गल छन्द - माधवमालती
सूत्र - फाइलातुन् × ४ ऽ।ऽऽ × ४
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
वासनामा चल्न थाल्यो आज मेरो प्रेमप्याला
तिस्रनामा बल्न थाल्यो आज मेरो प्रेमप्याला । - गोर्खे साइँलो

ख, मुसद्दस् सालिम
सूत्र - फाइलातुन् × ३ ऽ।ऽऽ × ३
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
नमुना-१, एक सुन्दर बाग हो नेपाल मेरो
यो धराको शान हो नेपाल मेरो । - हुसैन खाँ

नमना-२, आशिकी मेँ डूब चला साथ मेरे कौन है
कोई तो बता दो भला साथ मेरे कौन है । - हुसैन खाँ

ग, मुरब्बा सालिम
सूत्र - फाइलातुन् × २ ऽ।ऽऽ × २
ऽ।ऽऽ ऽ।ऽऽ
प्यारमा वहोस देखेँ
होसमा आएर लेखँ । - गोर्खे साइँलो

६, बहरे कामिल :
कमुसम्मन् सालिम पिङ्गल छन्द - प्रमदानन/गीतिका
सूत्र - मुतफाइलुन् × ४ ॥ऽ।ऽ × ४
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
निठुरी भएर डुल्यौ तिमी मधुमासकी रसमाधुरी
विरही बनाइ हिँड्यौ तिमी मधुमासकी रसमाधुरी । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मुतफाइलुन् × ३ ॥ऽ।ऽ × ३
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
मधुमासको रसिलो सुधा सरि रातमा
म त अल्झिएँ रसरङ्गको मृदु बातमा । - हुसैन खाँ

ग, मुरब्बा सालिम पिङ्गल छन्द - संयुता
सूत्र - मुतफाइलुन् × २ ॥ऽ।ऽ × २
॥ऽ।ऽ ॥ऽ।ऽ
बस प्रेमको क्षण काखमा
रसिली बनी कन लाखमा ।- गोर्खे साइँलो

७, बहरे वाफिर
क, मुसम्मन् सालिम
सूत्र - मफाइलतुन् × ४ ।ऽ॥ऽ × ४
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
सफा जलकी कुनै सरिता बनीकन नै झरिन् दिलमा
तिनी कविता बनी गणतन्त्रको सुख नै छरिन् दिलमा । - हुसैन खाँ

ख, मुसद्दस् सालिम
सूत्र - मफाइलतुन् × ३ ।ऽ॥ऽ × ३
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
मिठो छ सुवास त्यो सब प्यलिया मनमा
अझै छ मिठो सुगन्ध पि्रया त्यही तनमा । - गोर्खे साइँलो

ग, मुरब्बा सालिम
सूत्र - मफाइलतुन् × २ ।ऽ॥ऽ × २
।ऽ॥ऽ।ऽ॥ऽ
दिवा सपना भुलाउ तिमी
व्यथा मनको जलाउ तिमी । - गोर्खे साइँलो
आ, मुरक्कब बहर :
फरक-फरक अर्कानहरू मिलेर बनेको बहरलाई मुरक्कब बहर भनिन्छ । यस्ता बहरहरू मुख्यतया बाह्रओटा मानिएका छन् । तर यसबाहेक पनि केही मुरक्कब बहरहरू छन् । ती सबैको नाम र नमुना यस प्रकार छ :
१, बहरे मुन्सरेह :
सूत्र - (मुस्तफ्इलुन् + मफ्ऊलात × २ ऽऽ।ऽ + ऽऽऽ। × २)
ऽऽ।ऽ ऽऽऽ। ऽऽ।ऽ ऽऽऽ।
यो दूनियाको माहौल के भन्नु कस्तो-कस्तो छ
छोटो लुगा नाङ्गो अङ्ग फैसेन सस्तो-सस्तो छ । - हुसैन खाँ

२, बहरे मुक्तजिब
सूत्र - (मफ्ऊलात + मुस्तफ्इलुन् × २ ऽऽऽ। + ऽऽ।ऽ × २)
ऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽ
कस्तो भो मरुतुल्य यो मेरो प्रीतको पात रे
माया-प्रेम पाए पनी घातीले गर्यो घात रे । - हुसैन खाँ
३, बहरे मुजारे
सूत्र - (मफाईलुन् + फाइलातुन् × २ ।ऽऽऽ + ऽ।ऽऽ × २)
।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
महाकालीदेखि मेची डुलेका छन् आजभोिल
उनी मेरो प्रेम माया भुलेका छन् आजभोिल । - हुसैन खाँ

४, बहरे खफीफ
सूत्र - फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन्
ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झनाको नौलो कहानी भएँ म
दुःखमा हाँस्नेको बिहानी भएँ म । - गोर्खे साइँलो

५, बहरे बसीत
सूत्र - (मुस्तफ्इलुन् + फाइलुन् × २ ऽऽ।ऽ + ऽ।ऽ × २)
ऽऽ।ऽ ऽ।ऽ ऽऽ।ऽ ऽ।ऽ
के रोग हो के भनौँ भित्रै लुकेको यहाँ
आफन्तको पीरले माटो दुखेको यहाँ । - गोर्खे साइँलो

६, बहरे मुजास वा मुज्तस
सूत्र - (मुस्तफ्इलुन् + फाइलातुन् × २ ऽऽ।ऽ + ऽ।ऽऽ × २)
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झेर त्यो रुप उन्को डुब्दै थिएँ कल्पनामा
बोली-वचन् प्रेम-माया आए सबै सम्झनामा । - हुसैन खाँ

७, बहरे सरीअ
सूत्र - मुस्तफ्इलुन् + मुस्तफ्इलुन् + मफ्ऊलात
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽऽ।
सङ्गीतको मीठो खजाना बाँकी छ
मायालुले गाऊँने तराना बाँकी छ । - हुसैन खाँ

८, बहरे मुशाकिल
सूत्र - फाइलातुन् + मफाईलुन् + मफाईलुन्
ऽ।ऽऽ ।ऽऽऽ ।ऽऽऽ
भेलको वेगझैँ बग्दैछ मन् मेरो
प्रीतको सम्झना गर्दैछ मन् मेरो । - हुसैन खाँ

९, बहरे जदीद
सूत्र - फाइलातुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ।ऽ
दुःख-पीडा बिर्सिएरै आएछ त्यो
प्रेयसीको सम्झनामा गाएछ त्यो । - हुसैन खाँ

१०, बहरे करीब
सूत्र - मफाईलुन् + मफाईलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽऽ ऽ।ऽऽ
झरेको पातझैँ भो मेरो जिन्दगी
अँधेरो रातझैँ भो मेरो जिन्दगी । - हुसैन खाँ

११, बहरे मदीद
सूत्र - (फाइलातुन् + फाइलुन् × २ ऽ।ऽऽ + ऽ।ऽ × २)
ऽ।ऽऽ ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेमको डोली डुब्यो सम्झनाको छालमा
द्वेष-ईस्यॉ नै बढ्यो आज यो नेपालमा । - हुसैन खाँ

१२, बहरे तवील
सूत्र - (फऊलुन् + मफाईलुन् × २ ।ऽऽ + ।ऽऽऽ × २)
।ऽऽ ।ऽऽऽ ।ऽऽ ।ऽऽऽ
मलाई बिहानीमा जगाएर भागेछौ
अझै प्रीतको प्याली पिलाएर भागेछौ । - हुसैन खाँ

१३, बहरे कलीब
सूत्र - फाइलातुन् + फाइलातुन् + मफाईलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ।ऽऽऽ
भावनाको भित्र बग्दा भुलेको छु
कल्पनाको भेल तर्दा भुलेको छु । - गोर्खे साइँलो

१४, बहरे सगीर
सूत्र - मुस्तफ्इलुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ
हाँसो - खुसीको कहानी हो जिन्दगी
सर्दै गएको बिहानी हो जिन्दगी । - गोर्खे साइँलो

१५, बहरे सरीम
सूत्र - मफाईलुन् + फाइलातुन् + फाइलातुन्
।ऽऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
उही पीडाको छहारीमा रमाएँ
सधैँ मैले गीत उन्कै गुन्गुनाएँ । - हुसैन खाँ

१६, बहरे सलीम
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलात + मफ्ऊलात
ऽऽ।ऽ ऽऽऽ। ऽऽऽ।
काँढा भयो मेरो जिन्दगानी आज
बिर्सीसकेँ मायाको बिहानी आज । - गोर्खे साइँलो

१७, बहरे हमीद
सूत्र - मफ्ऊलात + मुस्तफ्इलुन् + मफ्ऊलात
ऽऽऽ। ऽऽ।ऽ ऽऽऽ।
ऐल्यैसम्म त्यै बागमा धाएको छु
मायाको उही वासना पाएको छु । - हुसैन खाँ

१८, बहरे हमीम
सूत्र - फाइलातुन् + मुस्तफ्इलुन् + मुस्तफ्इलुन्
ऽ।ऽऽ ऽऽ।ऽ ऽऽ।ऽ
चाँद देखे जब् चाँदनीको साथमा
मुस्कुराए ताराहरू आकाशमा । - हुसैन खाँ

१९, बहरे असम
सूत्र - फाइलातुन् + मफाईलुन् + फाइलातुन्
ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
दुःख-पीडा-व्यथामा बाँच्दैछ मान्छे
दुष्टको यातनामा हाँस्दैछ मान्छे । - हुसैन खाँ

२०, बहरे कबीर
सूत्र - मफ्ऊलात + मफ्ऊलात + मुस्तफ्इलुन्
ऽऽऽ। ऽऽऽ। ऽऽ।ऽ
यै माटो र पानीमा रमाई रहुँ
साथी-भाइसँगै गीत गाई रहुँ । - हुसैन खाँ

इ मुजाहिफ बहर :
अर्कानहरू भाँचिएर बनेको बहरलाई मुजाहिफ बहर भनिन्छ । यस्ता बहरहरू २२ किसिमका मानिएका भए तापनि भाषागत लयको आधारमा बन्ने हुनाले यो सङ्ख्या यत्तिकै मात्र हुन्छन् भन्न सकिदैन । मुजाहिफ बहरको चिनारीका लागि यसका केही प्रमुख तत्व वा शब्दहरूबारे बुझ्नु आवश्यक देखिन्छ जुन यसप्रकार छन् :
१, जिहाफ :
अर्कानहरूलाई परिवर्तन गरेर अथवा टुक्र्याएर जुन रुक्न बन्छन् त्यस्तालाई जिहाफ भनिन्छ । जस्तैः
मुख्य जिहाफ

फा / फे ऽ मफा ।ऽ फैलुन् ऽऽ फइलुन् ॥ऽ
फऊलु ।ऽ। मफ्ऊलु ऽऽ। मफ्ऊलुन् ऽऽऽ फिइलातु ॥ऽ।
मफाईलु ।ऽऽ। मुफाइलुन् ।ऽ।ऽ फिइलातुन् ॥ऽऽ फाइलातु ऽ।ऽ।
मुफ्तइलुन् ऽ॥ऽ मुस्तफ्फैलुन् ऽऽऽऽ मुस्तफ्इलु ऽऽ॥

अन्य जिहाफ
मुस्तफइलुन् ऽ।।।ऽ मुफतइलुन् ।।।।ऽ मुफ्तइलातुन ऽ॥ऽऽ मुतफाइलतुन् ॥ऽ॥ऽ
मुफाइलातुन् ।ऽ।ऽऽ आदि ।
यी जिहाफहरू उर्दू मूलका भाषामा कम प्रयोग भए पनि अन्य भाषामा प्रयोग गर्न सकिन्छ ।

२, महजूफ :
अन्तिममा दुईटा दीर्घ आउने अर्कानको अन्तिम दीर्घ ऽ लाई हटाउँदा बनेको जिहाफलाई महजूफ भनिन्छ ।
जस्तै : ।ऽऽ — ।ऽ
।ऽऽऽ ।ऽऽ
ऽ।ऽऽ ऽ।ऽ
३, मख्बून :
मफ्ऊलातबाहेक दीर्घबाट सुरु हुने अर्कानको सुरुको दीर्घ ऽ लाई लघु । बनाउँदा बनेको जिहाफलाई मख्बून भनिन्छ ।
जस्तै : ऽ।ऽ ॥ऽ
ऽ।ऽऽ ॥ऽऽ
ऽऽ।ऽ ।ऽ।ऽ
४, मक्फूफ :
मफ्ऊलात् ऽऽऽ। बाहेक तीनओटा दीर्घ र एउटा लघु भएको अर्कानको अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मक्फूफ भनिन्छ ।
जस्तै : ।ऽऽऽ ।ऽऽ।
ऽ।ऽऽ ऽ।ऽ।
ऽऽ।ऽ ऽऽ॥
५, मुतव्वी :
दुईटा दीर्घबाट सुरु हुने अर्कानको दोस्रो दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मुतव्वी भनिन्छ
जस्तै : ऽऽ।ऽ ऽ॥ऽ
ऽऽऽ। ऽ।ऽ।
६, मारफो :
मफ्ऊलात ऽऽऽ। को लघु हटाइ दोस्रो दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मारफो भनिन्छ ।
जस्तै : ऽऽऽ। ऽ।ऽ
७, मक्तुअ :
फाइलातुन् ऽ।ऽऽ को महजूफ ऽ।ऽ को लघु हटाउँदा बनेको जिहाफलाई मक्तुअ भनिन्छ ।
जस्तै : ऽ।ऽऽ ऽ।ऽ ऽऽ
८, मशकूल :
फाइलातुन् ऽ।ऽऽ को सुरु र अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई मशकूल भनिन्छ ।
जस्तै : ऽ।ऽऽ ॥ऽ।
९, मक्बूज :
फऊलुन् ।ऽऽ को अन्तिम र मफाईलुन् ।ऽऽऽ को दोस्रो अन्तिम दीर्घलाई लघु बनाउँदा बनेका जिहाफलाई मक्बूज भनिन्छ ।
जस्तै : ।ऽऽ ।ऽ।
।ऽऽऽ ।ऽ।ऽ
१०, अस्लम :
फऊलुन् ।ऽऽ को लघुलाई हटाउँदा बनेको जिहाफलाई अस्लम भनिन्छ ।
जस्तै : ।ऽऽ ऽऽ
११, अखरब :
मफाईलुन् ।ऽऽऽ को लघु हटाइ अन्तिम दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई अखरब भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽऽ।
१२, मन्हूर :
मफ्ऊलात ऽऽऽ। को लघु र दुईटा दीर्घ हटाउँदा बनेको जिहाफलाई मन्हूर भनिन्छ ।
जस्तै : ऽऽऽ।
१३, अस्तर :
मफाईलुन् ।ऽऽऽ को लघु हटाइ बीचको दीर्घलाई लघु बनाउँदा बनेको जिहाफलाई अस्तर भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽ।ऽ
१४, अखरम :
मफाईलुन् ।ऽऽऽ को लघु हटाउँदा बनेको जिहाफलाई अखरम भनिन्छ ।
जस्तै : ।ऽऽऽ ऽऽऽ
१५, अबतर :
मफाईलुन् ।ऽऽऽ को ।ऽऽ र फऊलुन् ।ऽऽ को ।ऽ हटाउँदा बाँकी रहेको जिहाफलाई अबतर भनिन्छ ।
जस्तै : ।ऽऽऽ
जस्तै : ।ऽऽ
मुजाहिफ बहरको किसिम
यी बहरहरू बनौटको आधारमा तीन किसिमका हुन्छन् ।
क, मुफरद बहरबाट बनेका मुजाहिफ बहरहरू
!, बहरे मुतकारिबबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ।ऽऽ को महजूफ ।ऽ
!!) ।ऽऽ को मक्बूज ।ऽ।
!!!) ।ऽऽ को अस्लम ऽऽ
!!!!) ।ऽऽ को अबतर

मुख्य बहरसँग दाँजेर हेर्नुहोला
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ मुख्य बहर
।ऽऽ।ऽऽ।ऽऽ।ऽ — मुसम्मन् महजूफ छन्द - भुजङ्गी
ऽऽ।ऽऽऽऽ।ऽऽ — मुसम्मन् अस्लम क
ऽऽ।ऽऽ।ऽ।ऽऽ — मुसम्मन् अस्लम महजूफ
।ऽ।।ऽ।।ऽ।।ऽ। — मुसम्मन् मक्बूज क छन्द - मौक्तिकदाम
।ऽ।।ऽ।।ऽ।।ऽ — मुसम्मन् मक्बूज महजूफ
ऽऽ।ऽऽ।ऽ।।ऽऽ मुसम्मन् अस्लम मक्बूज
।ऽ।ऽऽ।ऽ।ऽऽ मुसम्मन् मक्बूज अस्लम
।ऽ।।ऽऽ।ऽ।।ऽऽ — मुसम्मन् मक्बूज ख
।ऽऽ।ऽऽऽऽ।ऽऽ — मुसम्मन् अस्लम ख
।ऽ।ऽऽ।ऽ।ऽऽ × २ — मुसम्मन् महजूफ मुदाइफ

।ऽऽ।ऽऽ।ऽऽ — मुख्य बहर
।ऽ।ऽऽ।ऽऽ — मुसद्दस् मक्बूज अस्लम छन्द - वितान

।ऽऽ।ऽऽ — मुख्य बहर
।ऽ।।ऽ। — मुरब्बा मक्बूज छन्द - मालती

१, बहरे मुतकारिब मुसम्मन् महजूफ पिङ्गल छन्द - भुजङ्गी
सूत्र - फऊलुन् + फऊलुन् + फऊलुन् + मफा
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽ
नमुना-१, दिलासा दिएरै भुलायौ तिमी
दिलै यो जलाई रुवायौ तिमी

नमुना-२, गुलिस्ताँ के पत्ते चलाते रहे
किसी याद मेँ मुस्कुराते रहे

२, बहरे मुतकारिब मुसम्मन् अस्लम क
सूत्र - फैलुन् + फऊलुन् + फैलुन् + फऊलुन्
ऽऽ ।ऽऽ ऽऽ। ऽऽ
उन्को नजरमा हेर्दा ‘हुसैन’
उस्तै छ माया उस्तै बिहानी

३, बहरे मुतकारिब मुसम्मन् अस्लम महजूफ
सूत्र - मुस्तफ्इलुन् + फाइलुन् + फऊलुन्
ऽऽ।ऽ ऽ।ऽ ।ऽऽ
ठूलै छ साजाल यो सहरमा
कालो छ हर्माल यो सहरमा

४, बहरे मुतकारिब मुसम्मन् मक्बूज क पिङ्गल छन्द - मौक्तिकदाम
सूत्र - फऊलु + फऊलु + फऊलु + फऊलु
।ऽ। ।ऽ। ।ऽ। ।ऽ।
भुलेर उनीसित बात भएछ
दुवै दिलमा बरसात भएछ

५, बहरे मुतकारिब मुसम्मन् मक्बूज महजूफ
सूत्र - फऊलु + फऊलु + फऊलु + मफा
।ऽ। ।ऽ। ।ऽ। ।ऽ
जुझ्यौ दिन-रात किताबसित
कि त जोड-घटाउ हिसाबसित

६, बहरे मुतकारिब मुसम्मन् अस्लम मक्बूज
सूत्र - फैलुन् + फऊलुन् + फऊलु + फऊलुन्
ऽऽ ।ऽऽ ।ऽ। ।ऽऽ
कस्तो अनौठो भएछ सहरमा
धूवाँ र धूलो उडेछ सहरमा

७, बहरे मुतकारिब मुसम्मन् मक्बूज अस्लम
सूत्र - फऊलु + फैलुन् + फऊलु + फैलुन्
।ऽ। ऽऽ ।ऽ। ऽऽ
जहाँ छ मह्फिल् उहीँ तराना
बन्यो गजलको नयाँ जमाना

८, बहरे मुतकारिब मुसम्मन् मक्बूज ख
सूत्र - फऊलु + फऊलुन् + फऊलु + फऊलुन्
।ऽ। ।ऽऽ ।ऽ। ।ऽऽ
तिमी त मलाई लुकेर रुवायौ
दियौ अति पीडा छलेर रुवायौ

९, बहरे मुतकारिब मुसम्मन् अस्लम ख
सूत्र - फऊलुन् + फऊलुन् + फैलुन् + फऊलुन्
।ऽऽ ।ऽऽ ऽऽ ।ऽऽ
जवानी बिताई आयौ तिमी त
अझै गीत एक्लै गायौ तिमी त

१०, बहरे मुतकारिब मुसम्मन् महजूफ मुदाइफ/मक्बूज अस्लम मुदाइफ
सूत्र - मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन्
।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ
विखण्डताको कुरा न सोची अखण्डताको दियो जलाऊँ
तिमी-तपाईं-म औ सबैमा समानताको दियो जलाऊँ

११, बहरे मुतकारिब मुसद्दस् महजूफ मुदाइफ/मक्बूज अस्लम मुदाइफ
सूत्र - मुफाइलातुन् + मुफाइलातुन् + मुफाइलातुन्
।ऽ।ऽऽ ।ऽ।ऽऽ ।ऽ।ऽऽ
सबै पुरानो व्यथा भुलाएछ कोइलीले
वसन्तको प्रेम-गीत गाएछ कोइलीले

१२, बहरे मुतकारिब मुसद्दस् मक्बूज अस्लम पिङ्गल छन्द - वितान
सूत्र - फऊलु + फैलुन् + फऊलुन्
।ऽ। ऽऽ ।ऽऽ
गरयौ बहाना तिमीले
भुल्यौ तराना तिमीले

१३, बहरे मुतकारिब मुरब्बा मक्बूज पिङ्गल छन्द - मालती
सूत्र - फऊलु + फऊलु
।ऽ। ।ऽ।
बजेछ नि साज
दिएँ दिल आज

!!) हरे मुतदारिकबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽ।ऽ को मख्बून ॥ऽ
!!) ऽ।ऽ को मक्तुअ ऽऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
॥ऽ॥ऽ॥ऽ॥ऽ — मुसम्मन् मख्बून छन्द - तोटक
ऽऽ॥ऽ॥ऽ॥ऽ मुसम्मन् मक्तुअ मख्बून छन्द - मोटनक
ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ — मुख्य बहर
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ — मुसम्मन् मक्तुअ मुदाइफ
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ मुसम्मन् मक्तुअ मुदाइफ महजूफ
छन्द - सारङ्गी

ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
ऽऽऽऽऽऽऽऽऽऽऽऽ — मुसद्दस् मक्तुअ मुदाइफ छन्द - विद्याधर
ऽऽऽऽऽऽऽऽऽऽऽ — मुसद्दस् मक्तुअ मुदाइफ महजूफ छन्द - माला

ऽ।ऽऽ।ऽऽ।ऽऽ।ऽ मुख्य बहर
ऽऽऽऽऽऽऽऽ — मुरब्बा मक्तुअ मुदाइफ छन्द - विद्युन्माला
ऽऽऽऽऽऽऽ मुरब्बा मक्तुअ मुदाइफ महजूफ छन्द - शीर्षरुपक

ऽ।ऽऽ।ऽ — मुख्य बहर
॥ऽ॥ऽ — मुरब्बा मख्बून छन्द - तिलका

१४, बहरे मुतदारिक मुसम्मन् मख्बून पिङ्गल छन्द - तोटक
सूत्र - फइलुन् + फइलुन् + फइलुन्+ फइलुन्
॥ऽ ॥ऽ ॥ऽ ॥ऽ
जिसकन्छ नजर अनि बन्छ गजल
दिलमा छ रहर अनि बन्छ गजल

१५, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मरब्बून पिङ्गल छन्द - मोटनक
सूत्र - फैलुन् + फइलुन् + फइलुन्+ फइलुन्
ऽऽ ॥ऽ ॥ऽ ॥ऽ
मेरो दिलकी सरकार तिमी
यो जीवनकी मझधार तिमी

१६, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्+ मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
आकाशे माया बोकेरै आएछन् मेरो बस्तीमा
भोट्का लागी दैलो-दैलो धाएछन् मेरो बस्तीमा

१७, बहरे मुतदारिक मुसम्मन् मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - सारङ्गी/लीलाखेल
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ ऽऽ ऽ
हेरेँ जब् मैले मायाले त्यो आँखाको नानीमा
पानीमा आगो लाग्यो की आगो लाग्यो पानीमा

१८, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ पिङ्गल छन्द - विद्याधर
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
लोभी औ स्वार्थीलाई गाल्नै बाँकी छ
सामन्ती सत्तालाई ढाल्नै बाँकी छ

१९, बहरे मुतदारिक मुसम्मन् मख्बून मुदाइफ पिङ्गल छन्द - दुर्मिला
सूत्र - मुतफाइलतुन् + मुतफाइलतुन् + मुतफाइलतुन् + मुतफाइलतुन्
॥ऽ॥ऽ ॥ऽ॥ऽ ॥ऽ॥ऽ ॥ऽ॥ऽ
मधुमास बनी नवरङ्ग भरी नव-ज्योति छर्यो यस जीवनमा
हँसिलो-रसिलो-कलिलो मनले अति प्रीत भर्यो यस जीवनमा

२०, बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - माला
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽ
खान्छौँ पानी औ दाना यै माटोको
आऊ हे गाऊँ गाना यै माटोको

२१, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ पिङ्गल छन्द - विद्युन्माला
सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन्
ऽऽऽऽ ऽऽऽऽ
नौलो माला लाएका छौ
के को माया पाएका छौ

२२, बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ महजूफ पिङ्गल छन्द - शीर्षरुपक
सूत्र - मुस्तफ्फैलुन् + फैलुन् + फा
ऽऽऽऽ ऽऽ
आफ्नो पीडा के भन्ने
उन्कै मर्का सुन्दै छु

२३, बहरे मुतदारिक मुरब्बा मख्बून पिङ्गल छन्द - तिलका
सूत्र - फइलुन् + फइलुन्
॥ऽ ॥ऽ
अति चोट सह्यौ
तर साथ हिँड्यौ

!!!) बहरे हजजबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ।ऽऽऽ को महजूफ ।ऽऽ
!!) ।ऽऽऽ को मक्फूफ ।ऽऽ।
!!!) ।ऽऽऽ को मक्बूज ।ऽ।ऽ
!V) ।ऽऽऽ को अखरब ऽऽ।
V) ।ऽऽऽ को अस्तर ऽ।ऽ
V!) ।ऽऽऽ को अखरम ऽऽऽ
V!!) ।ऽऽऽ को अबतर
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुख्य बहर
ऽ।ऽ।ऽऽऽ।ऽऽ।ऽ मुसम्मन् अस्तर मक्फूफ अवतर
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसम्मन् महजूफ छन्द - दिगम्बरी
ऽऽ।।ऽऽऽऽऽ।।ऽऽऽ मुसम्मन् अखरब क
ऽऽ।ऽऽ।ऽऽ।ऽऽ। मुसम्मन् अखरब ख छन्द - सारङ
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्बूज छन्द - पाचचामर
ऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽऽऽ मुसम्मन् अस्तर
ऽऽ।।ऽ।ऽऽऽ।।ऽ।ऽ मुसम्मन् अखरब मक्बूज
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसम्मन् अस्तर मक्बूज छन्द - चामर/तूणक
।ऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ मुसम्मन् मक्बूज अस्तर
ऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽ मुसम्मन् अस्तर महजूफ अखरब
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ। मुसम्मन् मक्फूफ
ऽऽऽऽऽ।।ऽऽ।।ऽऽ मुसम्मन् अखरम अखरब मक्फूफ महजूफ छन्द - मत्तमयूर
।ऽऽ।ऽऽ।।ऽऽ।ऽऽ। मुसम्मन् मक्फूफ अखरब
ऽऽ।।ऽऽ।।ऽऽ।।ऽऽ मुसम्मन् अखरब मक्फूफ महजूफ क
ऽऽ।।ऽऽ।।ऽऽऽ।ऽऽ मुसम्मन् अखरब मक्फूफ महजूफ ख
ऽऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् अखरम महजूफ छन्द - वैश्वदेवी
।ऽऽ।ऽऽ।ऽऽ।ऽऽ। मुसम्मन् महजूफ मक्फूफ छन्द - कन्द
ऽऽ।।ऽऽऽऽ।।ऽऽ मुसम्मन् अखरब महजूफ छन्द - मणिमाला
ऽऽ।ऽऽ।।ऽ।ऽऽ मुसम्मन् अखरब मक्बूज अबतर छन्द - इन्द्रवज्रा
ऽऽ।ऽ।ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् अखरब अस्तर
।ऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् महजूफ अखरम
ऽऽऽ।ऽ।ऽऽऽऽऽ।ऽ अखरम मक्बूज अस्तर

।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुख्य बहर
।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसद्दस् महजूफ छन्द - सुमेरु
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मक्बूज
ऽ।ऽऽऽ।ऽ।ऽ मुसद्दस् अस्तर अखरब
ऽऽऽऽ।ऽ।ऽऽ मुसद्दस् अखरम अस्तर महजूफ
ऽऽ।।ऽ।ऽ।ऽऽ मुसद्दस् अखरब मक्बूज महजूफ
।ऽऽऽ।ऽऽऽऽ।ऽ मुसद्दस् अस्तर छन्द - पीयूसवर्ष
ऽऽऽऽऽऽऽऽऽ मुसद्दस् अखरम छन्द - रुपामाली

।ऽऽऽ।ऽऽऽ मुख्य बहर
।ऽ।ऽ।ऽ।ऽ मुरब्बा मक्बूज छन्द -प्रमाणिका
ऽऽऽ।ऽ।ऽ मुरब्बा अखरम मक्बूज
ऽऽऽऽऽऽ मुरब्बा अखरम छन्द - विद्युल्लेखा
ऽऽ।।ऽऽ मुरब्बा अखरब महजूफ छन्द - तनुमध्या
ऽऽ।ऽऽ। मुरब्बा अखरब छन्द - मन्थान
।ऽऽऽ।ऽऽ मुरब्बा महजूफ
ऽ।ऽ।ऽऽऽ मुरब्बा अस्तर
ऽ।ऽ।ऽ।ऽ मुरब्बा अस्तर मक्बूज

२४, बहरे हजज मुसम्मन् अस्तर मक्फूफ अबतर
सूत्र - फाइलुन् + मफाईलुन् + मफाईलु + फा
ऽ।ऽ ।ऽऽऽ ।ऽऽ । ऽऽ
मीतको सहरमा गीत गाई रहेँ
प्रीतको लहरमा गीत गाई रहेँ । - हुसैन खाँ

२५, बहरे हजज मुसम्मन् महजूफ पिङ्गल छन्द - दिगम्बरी
सूत्र - मफाईलुन् + मफाईलुन् + मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
पखालेँ पीर यो दिलको म तिम्रो यो सहरमा
जलाएँ दीप मायाको म तिम्रो यो डहरमा । - हुसैन खाँ

२६, बहरे हजज मुसम्मन् अखरब क
सूत्र - मफ्ऊलु + मफाईलुन् + मफ्ऊलु + मफाईलुन्
ऽऽ। ।ऽऽऽ ऽऽ। ।ऽऽऽ
बुझिन्छ व्यथा जस्को त्यो प्रीत भएको छु
आकाश तरी झर्ने त्यो शीत भएको छु। - हुसैन खाँ

२७, बहरे हजज मुसम्मन् अखरब ख पिङ्गल छन्द - सारङ
सूत्र - मफ्ऊलु + मफ्ऊलु + मफ्ऊलु + मफ्ऊलु
ऽऽ। ऽऽ। ऽऽ। ऽऽ।
यो जिन्दगी दाउमा राख्न आएछु
माया तिमीसङ्ग नै साट्न आएछु । - हुसैन खाँ

२८, बहरे हजज मुसम्मन् मक्बूज पिङ्गल छन्द - पाचचामर
सूत्र - मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ
अर्धममा खुँखार नै मनुष्य भै सक्यो यहाँ
मनुष्यको सिकार नै मनुष्य भै सक्यो यहाँ। - पल्लव साहित्यिक पत्रिका- १३

२९, बहरे हजज मुसम्मन् अस्तर
सूत्र - फाइलुन् + मफाईलुन् + फाइलुन् + मफाईलुन्
ऽ।ऽ ।ऽऽऽ ऽ।ऽ ।ऽऽऽ
पीर औ व्यथा मेरो सुक्खमा भुलाएछौ
निष्ठुरी भएकी छौ प्रेम नै जलाएछौ । - हुसैन खाँ

३०, बहरे हजज मुसम्मन् अखरब मक्बूज
सूत्र - मफ्ऊलु + मुफाइलुन् + मफ्ऊलु + मफाइलुन्
ऽऽ। ।ऽ।ऽ ऽऽ। ।ऽ।ऽ
बग्छन् जब आँसु आँखाबाट ‘ हुसैन’ का
पीडा र व्यथा सबै सोरेर बगाउछन् । - पल्लव साहित्यिक पत्रिका- १३

३१, बहरे हजज मुसम्मन् अस्तर मक्बूज पिङ्गल छन्द - चामर/तूणक
सूत्र - फाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ
मस्त नै छ कोइली वसन्तको बहारमा
प्रीत बन्धकी पर्यो म पो परेँ उधारमा । - पल्लव साहित्यिक पत्रिका- १३

३२, बहरे हजज मुसम्मन् मक्बूज अस्तर
सूत्र - मुफाइलुन् + फाइलुन् + मुफाइलुन् + फाइलुन्
।ऽ।ऽ ऽ।ऽ ।ऽ।ऽ ऽ।ऽ
बग्यो सुगन्धी बतास शान्तिको नाममा
चलाउँ हे पाखुरा विकासको काममा । - पल्लव साहित्यिक पत्रिका- १३

३३, बहरे हजज मुसम्मन् अस्तर महजूफ अखरब
सूत्र - फाइलुन् + फऊलुन् + मफ्ऊलु + फाइलुन्
ऽ।ऽ ।ऽऽ ऽऽ। ऽ।ऽ
पीर औ व्यथाको खोला तरौँ पृया
यो स्वदेशलाई माया गरौँ पृया । - पल्लव साहित्यिक पत्रिका- १३

३४, बहरे हजज मुसम्मन् मक्फूफ
सूत्र - मफाईलुन् + मफाईलुन् + मफाईलुन् + मफाईलु
।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ।
बडो जुल्मी जमाना यो दुखाई दिल बसेको छु
बगाई आँसुको धारा रुझाई दिल बसेको छु । - हुसैन खाँ

३५, बहरे हजज मुसम्मन् अखरम अखरब मक्फूफ महजूफ
पिङ्गल छन्द - मत्तमयूरी
सूत्र - मफ्ऊलुन् + मफ्ऊलु + मफाईलु + फऊलुन्
ऽऽऽ ऽऽ। ।ऽऽ। ।ऽऽ
लोभीको संसार डुल्यौ आज तिमीले
मेरो माया-प्रेम भुल्यौ आज तिमीले । - हुसैन खाँ

३६, बहरे हजज मुसम्मन् मक्फूफ अखरब
सूत्र - मफाईलु + मफ्ऊलु + मफाईलु + मफ्ऊलु
।ऽऽ। ऽऽ। ।ऽऽ। ऽऽ।
पुरानो कहानी म भुलाएर आएछु
र तिम्रै बनी बस्छु म ठानेर आएछु । - हुसैन खाँ

३७, बहरे हजज मुसम्मन् अखरब मक्फूफ महजूफ क
सूत्र - मफ्ऊलु + मफाईलु + मफाईलु + फऊलुन्
ऽऽ। ।ऽऽ। ।ऽऽ। ।ऽऽ
संसार अनौठो छ र सर्कार कहाँ छ
हत्या अनि िहंसा छ यहाँ प्यार कहाँ छ - गोर्खेसाइँलो
३८, बहरे हजज मुसम्मन् अखरब मक्फूफ महजूफ ख
सूत्र - मफ्ऊलु + मफाईलु + मफाईलुन् + फऊलुन्
ऽऽ। ।ऽऽ। ।ऽऽऽ ।ऽऽ
संसार छ जाली म कहानी के सुनाऊँ
यो रात छ काली म कहानी के सुनाऊँ । - हुसैन खाँ

३९, बहरे हजज मुसम्मन् अखरम महजूफ पिङ्गल छन्द - वैश्वदेवी
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन् + फऊलुन् + फऊलुन्
ऽऽऽ ऽऽऽ ।ऽऽ ।ऽऽ
अर्कैको दोस्ती भै डुलेछौ तिमीता
मेरो माया मारी भुलेछौ तिमीता । - गोर्खेसाइँलो

४०, बहरे हजज मुसम्मन् महजूफ मक्फूफ पिङ्गल छन्द - कन्द
सूत्र - फऊलुन् + फऊलुन् + फऊलुन् + मफाईलु
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ।
सबै दुःख-पीडा भुलाई बसेको छु
तिमीसँग माया लगाई बसेको छु । - पल्लव साहित्यिक पत्रिका- १३

४१, बहरे हजज मुसम्मन् अखरब महजूफ पिङ्गल छन्द - मणिमाला
सूत्र - मफ्ऊलु + फऊलुन् + मफ्ऊलु + फऊलुन्
ऽऽ। ।ऽऽ ऽऽ। ।ऽऽ
संसार छ जाली संसार भुलाऊँ
आऊ र बसौँ नौलो रीत चलाऊँ । - पल्लव साहित्यिक पत्रिका- १३

४२, बहरे हजज मुसम्मन् अखरब मक्बूज अबतर पिङ्गल छन्द - इन्द्रवज्रा
सूत्र - मफ्ऊलु + मफ्ऊलु + मुफाइलुन् + फा
ऽऽ। ऽऽ। ।ऽ।ऽ
आकाश धर्ती जगतै रिझाएँ
यै मृत्तिकामा नव-प्रीत लाएँ । - पल्लव साहित्यिक पत्रिका- १३

४३, बहरे हजज मुसम्मन् अखरब अस्तर
सूत्र - मफ्ऊलु + फाइलुन् + फाइलुन् + मफाईलुन्
ऽऽ। ऽ।ऽ ऽ।ऽ ।ऽऽऽ
संसारको उकाली चढ्यौ तिमी आफै
छाडेर प्रेम-माया सर्यौ तिमी आफै । - पल्लव साहित्यिक पत्रिका- १३

४४, बहरे हजज मुसम्मन् महजूफ अखरम
सूत्र - मफाईलुन् + मुस्तफ्इलुन् + फाइलातुन्
।ऽऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
बिहानीमा एक्लै हँसायौ तिमीले
म खोज्दैथेँ बाटो बतायौ तिमीले । - पल्लव साहित्यिक पत्रिका- १३

४५, बहरे हजज मुसम्मन् अखरम मक्बूज अस्तर
सूत्र - मफ्ऊलातु + फाइलातुन् + मफ्ऊलातु + फा
ऽऽऽ। ऽ।ऽऽ ऽऽऽ।
गीता औ कुरानमा चल्दा पो जिन्दगी
मायाको बहारमा बग्दा पो जिन्दगी । - पल्लव साहित्यिक पत्रिका- १३

४६, बहरे हजज मुसद्दस् महजूफ पिङ्गल छन्द - सुमेरु
सूत्र - मफाईलुन् + मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽऽ ।ऽऽ
नमुना-१, हुरीले पात हल्लाएछ आज
सुगन्धी वासना आएछ आज । - पल्लव साहित्यिक पत्रिका- १३

नमुना-२ सियासत की लडाई चल रही है
रियासत आज सारी जल रही है । - पल्लव साहित्यिक पत्रिका- १३

४७, बहरे हजज मुसद्दस् मक्बूज
सूत्र - मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ
प्रभा बनी म विश्व नै जगाउँछु
उनीसँगै म प्रेम गीत गाउँछु । - गोर्खेसाइँलो

४८, बहरे हजज मुसद्दस् अस्तर अखरब
सूत्र - फाइलुन् + मफ्ऊलु + फाइलुन्
ऽ।ऽ ऽऽ। ऽ।ऽ
ईशसँगै प्रीत गर्नु छ
यो जमाना छाडि मर्नु छ । - हुसैन खाँ

४९, बहरे हजज मुसद्दस् अखरम अस्तर महजूफ
सूत्र - मफ्ऊलुन् + फाइलुन् + फऊलुन्
ऽऽऽ ऽ।ऽ ।ऽऽ
खै ! कस्को लोभमा भुलेछौ
माया छाडेर नै हिँडेछौ । - हुसैन खाँ

५०, बहरे हजज मुसद्दस् अखरब मक्बूज महजूफ
सूत्र - मफ्ऊलु + मुफाइलुन् + फऊलुन्
ऽऽ। ।ऽ।ऽ ।ऽऽ
पीडा दिलमा खपेछु मैले
विश्वास अझै गरेछु मैले । - हुसैन खाँ

५१, बहरे हजज मुसद्दस् अस्तर पिङ्गल छन्द - पीयूसवर्ष
सूत्र - मफाईलुन् + मफाईलुन् + फाइलुन्
।ऽऽऽ ।ऽऽऽ ऽ।ऽ
नबूझेरै चलाए आरा यहाँ
तिमीसँगै लगाए नारा यहाँ । - गोर्खेसाइँलो

५२, बहरे हजज मुसद्दस् अखरम पिङ्गल छन्द - रुपामाली
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन् + मफ्ऊलुन्
ऽऽऽ ऽऽऽ ऽऽऽ
प्यूँदै प्याला गाएछन् हाँस्दै
माया बोकी आएछन् हाँस्दै । - हुसैन खाँ

५३, बहरे हजज मुरब्बा मक्बूज पिङ्गल छन्द - प्रमाणिका
सूत्र - मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ
स्वदेशभित्र बग्छु म
नवीन सृष्टि गर्छु म । - हुसैन खाँ

५४, बहरे हजज मुरब्बा अखरम मक्बूज
सूत्र - मफ्ऊलातु + फाइलुन्
ऽऽऽ। ऽ।ऽ
आशामा भुलेछु म
पासोमा परेछु म । - हुसैन खाँ

५५, बहरे हजज मुरब्बा अखरम पिङ्गल छन्द - विद्युल्लेखा
सूत्र - मफ्ऊलुन् + मफ्ऊलुन्
ऽऽऽ ऽऽऽ
निर्मोही आएछन्
एक्लै मुस्काएछन् । - हुसैन खाँ

५६, बहरे हजज मुरब्बा अखरब महजूफ पिङ्गल छन्द - तनुमध्या
सूत्र - मफ्ऊलु + फऊलुन्
ऽऽ। ।ऽऽ
मुस्कान उठायौ
मद्होश बनायौ । - हुसैन खाँ

५७, बहरे हजज मुरब्बा अखरब पिङ्गल छन्द - मन्थान
सूत्र - मफ्ऊलु + मफ्ऊलु
ऽऽ। ऽऽ।
ईस्यॉ भुले हुन्छ
माया गरे हुन्छ । - हुसैन खाँ

५८, बहरे हजज मुरब्बा महजूफ
सूत्र - मफाईलुन् + फऊलुन्
।ऽऽऽ ।ऽऽ
बिहानीमा झुलेँ म
तिमीसङ्गै भुलेँ म । - पल्लव साहित्यिक पत्रिका- १३

५९, बहरे हजज मुरब्बा अस्तर
सूत्र - फाइलुन् + मफाईलुन्
ऽ।ऽ ।ऽऽऽ
चाँदनी रिसाएछिन्
प्रेम नै जलाएछिन् । - पल्लव साहित्यिक पत्रिका- १३

६०, बहरे हजज मुरब्बा अस्तर मक्बूज
सूत्र - फाइलुन् + मुफाइलुन्
ऽ।ऽ ।ऽ।ऽ
डाह नै गरे उनी
अन्त नै सरे उनी । - पल्लव साहित्यिक पत्रिका- १३

!V) बहरे रमलबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽ।ऽऽ को महजूफ ऽ।ऽ
!!) ऽ।ऽऽ को मख्बून ॥ऽऽ
!!!) ऽ।ऽऽ को मक्फूफ ऽ।ऽ।
!V) ऽ।ऽऽ को मशकूल ॥ऽ।
V) ।ऽऽ को मक्तुअ ऽऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुसम्मन् महजूफ छन्द - मेनका/गीतिका
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽऽ मुसम्मन् मक्तुअ
ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ मुसम्मन् महजूफ मक्तुअ क
ऽ।ऽऽ।ऽऽऽऽऽ मुसम्मन् महजूफ मक्तुअ ख
ऽ।ऽऽ॥ऽऽऽ।ऽऽऽ मुसम्मन् मख्बून महजूफ मक्तुअ
ऽ।ऽऽऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसम्मन् मख्बून महजूफ
ऽ।ऽऽऽ।ऽऽ॥ऽऽऽऽ मुसम्मन् मख्बून मक्तुअ क
ऽ।ऽऽ॥ऽऽ॥ऽऽऽऽ मुसम्मन् मख्बून मक्तुअ ख
ऽ।ऽ।॥ऽऽ॥ऽऽऽऽ मुसम्मन् मक्फूफ मख्बून मक्तुअ
ऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्फूफ महजूफ छन्द - माजुला
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ। मुसम्मन् मक्फूफ छन्द - चाचला
॥ऽ।ऽ।ऽऽ॥ऽ।ऽ।ऽऽ मुसम्मन् मशकूल
ऽऽऽऽ॥ऽ।ऽऽ मुसम्मन् मक्तुअ मशकूल
ऽ।ऽ।ऽऽऽ।ऽ।ऽऽ मुसम्मन् मक्फूफ मक्तुअ

ऽ।ऽऽऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽऽऽ।ऽ। मुसद्दस् मक्फूफ
ऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुसद्दस् महजूफ
ऽ।ऽऽ॥ऽऽऽऽ मुसद्दस् मख्बून मक्तुअ
ऽ।ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मक्फूफ महजूफ छन्द - श्येनिका
ऽ।ऽ।॥ऽ।ऽ।ऽ मुसद्दस् मक्फूफ मशकूल महजूफ छन्द - रथोद्धता
ऽ।ऽ।ऽ।ऽ।ऽऽ मुसद्दस् मक्फूफ मक्तुअ छन्द - मयूरसारिणी

ऽ।ऽऽऽ।ऽऽ मुख्य बहर
ऽ।ऽऽऽ।ऽ मुरब्बा महजूफ छन्द - मालिका
ऽ।ऽ।ऽ।ऽ मुरब्बा मक्फूफ महजूफ छन्द - समानिका

६१, बहरे रमल मुसम्मन् महजूफ पिङ्गल छन्द - मेनका/गीतिका
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ
नमुना-१, मृत्युको छाया डुलेको रै’छ मेरो गाउँमा
बम् र गोला ली हिँडेको रै’छ मेरो गाउँमा । - पल्लव साहित्यिक पत्रिका- १३

नमुना-२, होशियारी कर ‘हुसैन’ वक्तको जाया न कर
काफिरी मेँ ही चली जाएगी सारी जिन्दगी । - पल्लव साहित्यिक पत्रिका- १३

६२, बहरे रमल मुसम्मन् मक्तुअ
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ
शून्यजस्तै भैसकेको जिन्दगानी मेरो
बुझ्न छाड्यो यो जमानाले कहानी मेरो । - हुसैन खाँ

६३, बहरे रमल मुसम्मन् महजूफ मक्तुअ क
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फा
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
तारा मुस्केको जुनेली रात आएछ
प्रेम गर्ने हर्षको बसा्रत आएछ । - हुसैन खाँ

६४, बहरे रमल मुसम्मन् महजूफ मक्तुअ ख
सूत्र - फाइलातुन् + मफाईलुन् + फैलुन्
ऽ।ऽऽ ।ऽऽऽ ऽऽ
रातसँगै बिहानी बाँकी छ
भन्नु पर्ने कहानी बाँकी छ । - हुसैन खाँ

६५, बहरे रमल मुसम्मन् मख्बून महजूफ मक्तुअ
सूत्र - फाइलातुन् + फिइलातुन् + फाइलातुन् + फा
ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽऽ
गाउँदै गीत तिनी त्यै प्रेम-मायाको
मुस्कुराएर जुनेली रातमा आए । - हुसैन खाँ

६६, बहरे रमल मुसम्मन् मख्बून महजूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽ
अल्झिएछन् फेरि नेताहरू मायाजालमा
युद्धको पीडा अझै बढ्छ यही नेपालमा । - हुसैन खाँ

६७, बहरे रमल मुसम्मन् मख्बून मक्तुअ क
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ॥ऽऽ ऽऽ
फूलको थुङ्गा उनी हार बनाएँ मैले
खै ! कता भागे उनी चाल न पाएँ मैले । - हुसैन खाँ

६८, बहरे रमल मुसम्मन् मख्बून मक्तुअ ख
सूत्र - फाइलातुन् + फिइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ॥ऽऽ ॥ऽऽ ऽऽ
आजभोली जलधारा हिउँझैँ जम्दैछ
देशको दुःख र पीडा दिलमा गम्दैछ । - हुसैन खाँ

६९, बहरे रमल मुसम्मन् मक्फूफ मख्बून मक्तुअ
सूत्र - फाइलातु + फिइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽ। ॥ऽऽ ॥ऽऽ ऽऽ
याद गर्छु म सधैँ शान्त बिहानीलाई
सुम्पिएछु दिल यो प्रेम कहानीलाई । । - पल्लव साहित्यिक पत्रिका- १३

७०, बहरे रमल मुसम्मन् मक्फूफ महजूफ पिङ्गल छन्द - माजुला
सूत्र - फाइलातु + फाइलुन् + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ ऽ।ऽ। ऽ।ऽ
कोइली वसन्तको गीत नै भुली सक्यो ।
प्रेम के गरौँ र खै ! मार्ग नै थुनी सक्यो । - हुसैन खाँ

७१। बहरे रमल मुसम्मन् मक्फूफ पिङ्गल छन्द - चाचला
सूत्र - फाइलातु + फाइलातु + फाइलातु + फाइलातु
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ।
जे हुने भई सक्यो र भूल एउटा भएछ
प्रेमले पखालिने उपाय एउटा रहेछ । - पल्लव साहित्यिक पत्रिका- १३

७२, बहरे रमल मुसम्मन् मशकूल
सूत्र - फिइलातु + फाइलातुन् + फिइलातु + फाइलातुन्
॥ऽ। ऽ।ऽऽ ॥ऽ। ऽ।ऽऽ
दिलमा बहार आयो दिलदार देखिएन
जनता सघाइ हिँड्ने सरकार देखिएन । - पल्लव साहित्यिक पत्रिका- १३

७३, बहरे रमल मुसम्मन् मक्तुअ मशकूल
सूत्र - मुस्तफ्फैलुन + फिइलातु + फैलुन्
ऽऽऽऽ ॥ऽ। ऽऽ
माटो नै हो अखिलेश मेरो
धर्तीकै नन्दन देश मेरो । - पल्लव साहित्यिक पत्रिका- १३

७४, बहरे रमल मुसम्मन् मक्फूफ मक्तुअ
सूत्र - फाइलातु + फैलुन् + फाइलातु + फैलुन्
ऽ।ऽ। ऽऽ ऽ।ऽ। ऽऽ
एक रात मीठो बातमा भुलायौ
झन् उठेर भाग्यौ प्रातमा भुलायौ । - पल्लव साहित्यिक पत्रिका- १३

७५, बहरे रमल मुसद्दस् मक्फूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फिइलातु
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ।
दुःख पीडाको बिहानी याद हुन्छ
भित्र मायाको कहानी याद हुन्छ । - गोर्खेसाइँलो

७६, बहरे रमल मुसद्दस् महजूफ
सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽ
नमुना-१, गाउँ-बस्तीमा छ चर्चा यारको
हल्लिएछन् पात मेरो प्यारको । - हुसैन खाँ

नमुना-२, इस जहाँ का ताज है नेपाल ये
हर दिलोँ का साज है नेपाल ये । - हुसैन खाँ

७७, बहरे रमल मुसद्दस् मख्बून मक्तुअ
सूत्र - फाइलातुन् + फिइलातुन् + फैलुन्
ऽ।ऽऽ ॥ऽऽ ऽऽ
शान्तिका दीप जलाए आज
बागमा फूल रमाए आज । - हुसैन खाँ

७८, बहरे रमल मुसद्दस् मक्फूफ महजूफ पिङ्गल छन्द - श्येनिका
सूत्र - फाइलातु + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ
बागमा वसन्तको बहार छ
नीदमा त मस्त आज यार छ । - हुसैन खाँ

७९, बहरे रमल मुसद्दस् मक्फूफ मशकूल महजूफ पिङ्गल छन्द - रथोद्धता
सूत्र - फाइलातु + फिइलातु + फाइलुन्
ऽ।ऽ। ॥ऽ। ऽ।ऽ
हुन्छ झेल त नि राजनीतिमा
देखिएन तर प्रेम प्रीतिमा । - हुसैन खाँ

८०, बहरे रमल मुसद्दस् मक्फूफ मक्तुअ पिङ्गल छन्द - मयूरसारिणी
सूत्र - फाइलातु + फाइलातु + फैलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽऽ
पीर औ व्यथा भनेर आएँ
प्रेमको कुरा गरेर आएँ । - गोर्खेसाइँलो

८१, बहरे रमल मुरब्बा महजूफ पिङ्गल छन्द - मालिका
सूत्र - फाइलातुन् + फाइलुन्
ऽ।ऽऽ ऽ।ऽ
प्रेमको बर्षातमा
हर्ष पाएँ साथमा - गोर्खेसाइँलो

८२, बहरे रमल मुरब्बा मक्फूफ महजूफ पिङ्गल छन्द - समानिका
सूत्र - फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ
वासना छरयो तिमी
यो दिलै हरयो तिमी । - हुसैन खाँ

खबहरे रजजबाट बनेका मुजाहिफ बहरहरू
नियम
!) ऽऽ।ऽ को मख्बून ।ऽ।ऽ
!!) ऽऽ।ऽ को मक्फूफ ऽऽ॥
!!!) ऽऽ।ऽ को मुतव्वी ऽ॥ऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽऽ।ऽऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
।ऽ।ऽऽ॥ऽ।ऽ।ऽऽ॥ऽ मुसम्मन् मख्बून मतव्वी
ऽऽ।ऽ।ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ मुसम्मन् मुरव्बून
ऽऽ॥ऽऽ।ऽऽऽ॥ऽऽ।ऽ मुसम्मन् मक्फूफ
ऽ॥ऽऽऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसम्मन् मुतव्वी
ऽ॥ऽ।ऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसम्मन् मुतव्वी मख्बून

ऽऽ।ऽऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
ऽ॥ऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मुतव्वी मख्बून क
ऽऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् मुतव्वी मख्बून ख इन्द्रवंशा
।ऽ।ऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् मख्बून मुतव्वी वंशस्थ
ऽऽ।ऽऽऽ।ऽ मुख्य बहर
ऽ॥ऽऽ॥ऽ मुरव्बा मुतव्वी छन्द - माणवक
ऽऽ।ऽ।ऽ।ऽ मुरब्बा मख्बून क
।ऽ।ऽ।ऽ।ऽ मुरब्बा मरव्वून ख
ऽ॥ऽ।ऽ।ऽ मुरब्बा मुतव्वी मख्बून

८३। बहरे रजज मुसम्मन् मख्बून मुतव्वी
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन् + मुफ्तइलुन्
।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ ऽ॥ऽ
हिमाल-पाहाड-मधेश भाग हुन् यो दिलका
हुसैनलाई न दुखाउ हे जमाना यसरी । -हुसैन खाँ

८४, बहरे रजज मुसम्मन् मख्बून
सूत्र - मुस्तफ्इलुन् + मुफाइलुन् + मुफाइलुन् + मुस्तफ्इलुन्
ऽऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ ऽऽ।ऽ
संसारका कुना-कुना डुलेर आएछन् उनी
मायालु जिन्दगी कतै भुलेर आएछन् उनी । -हुसैन खाँ

८५। बहरे रजज मुसम्मन् मक्फूफ
सूत्र - मुस्तफ्इलु + मुस्तफ्इलुन् + मुस्तफ्इलु + मुस्तफ्इलुन्
ऽऽ॥ ऽऽ।ऽ ऽऽ॥ ऽऽ।ऽ
सत्ता अनि भत्ता लिने सर्कार बनाए यहाँ
सामन्त र लोभीहरू नेपाल जलाए यहाँ । - गोर्खेसाइँलो

८६। बहरे रजज मुसम्मन् मुतव्वी
सूत्र - मुफ्तइलुन् + मुस्तफ्इलुन् + मुफ्तइलुन् + मुस्तफ्इलुन्
ऽ॥ऽ ऽऽ।ऽ ऽ॥ऽ ऽऽ।ऽ
आज यहाँ यो प्रीतको दीप जलाएछौ तिमी
भोट लिने निक्कै नयाँ रीत चलाएछौ तिमी । -हुसैन खाँ

८७, बहरे रजज मुसम्मन् मुतव्वी मख्बून
सूत्र - मुफ्तइलुन् + मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
यो दिलमा बहारका फूलहरू सुकी सके
पीर-व्यथा बढ्यो सधैँ सुक्खहरू बगी सके । - पल्लव साहित्यिक पत्रिका- १३

८८, बहरे रजज मुसद्दस् मुतव्वी मख्बून क
सूत्र - मुफ्तइलुन् + मुफाइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ ।ऽ।ऽ
पीर-व्यथाहरू भुलेछ आज त्यो
गाउँ-सहर सबै डुलेछ आज त्यो । - पल्लव साहित्यिक पत्रिका- १३

८९, बहरे मुसद्दस् मुतव्वी मख्बून ख पिङ्गल छन्द - इन्द्रवंशा
सूत्र - मुस्तफ्इलुन् + मुफ्तइलुन् + मुफाइलुन्
ऽऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
सामन्तले घात गरेर लूट्दछन्
आनन्द-उल्लास जमेर लूट्दछन् । - पल्लव साहित्यिक पत्रिका- १३

९०, बहरे रजज मुसद्दस् मख्बून मुतव्वी पिङ्गल छन्द - वंशस्थ
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + मुफाइलुन्
।ऽ।ऽ ऽ॥ऽ ।ऽ।ऽ
बनेर बत्ती हर साँझ बल्दछु
सुवास छर्दै दिल माझ बस्दछु । - गोर्खेसाइँलो

९१, बहरे रजज मुरब्बा मुतव्वी पिङ्गल छन्द - माणवक
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन्
ऽ॥ऽ ऽ॥ऽ
मानिसको आँगनमा
प्रेम ठुलो जीवनमा । - पल्लव साहित्यिक पत्रिका- १३
९२, बहरे रजज मुरब्बा मख्बून क
सूत्र - मुस्तफ्इलुन् + मुफाइलुन्
ऽऽ।ऽ ।ऽ।ऽ
बोली-वचन् र भेषको
रक्षा गरौँ स्वदेशको । - पल्लव साहित्यिक पत्रिका- १३

९३, बहरे रजज मुरब्बा मख्बून ख
सूत्र - मुफाइलुन् + मुफाइलुन्
।ऽ।ऽ ।ऽ।ऽ
वसन्तको बहारमा
खुसी बढेछ यारमा । - हुसैन खाँ

९४, बहरे रजज मुरब्बा मुतव्वी मख्बून
सूत्र - मुफ्तइलुन् + मुफाइलुन्
ऽ॥ऽ ।ऽ।ऽ
देश अझै जल्यो यहाँ
पीर-व्यथा बढ्यो यहाँ । - पल्लव साहित्यिक पत्रिका- १३

ख, मुरक्कब बहरबाट बनेका मुजाहिफ बहरहरू
नियम बाँकी जिहाफ
!) ऽऽऽ। को मुतव्वी ऽ।ऽ।
!!) ऽऽऽ। को मारफो ऽ।ऽ
!!!) ऽऽऽ। को मन्हूर
!V) ऽ।ऽऽ को मक्सूर ॥ऽ
निर्माण प्रकृया
मुख्य बहरसँग दाँजेर हेर्नुहोला
ऽ।ऽऽऽऽ।ऽऽ।ऽऽ बहरे खफीफ मुख्य बहर
ऽ।ऽऽ।ऽ।ऽऽ।ऽऽ मुसद्दस् मख्बून क
॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसद्दस् मख्बून ख
ऽ।ऽऽ।ऽ।ऽऽऽ मुसद्दस् मख्बून मक्तुअ
॥ऽऽ।ऽ।ऽ॥ऽ। मुसद्दस् मख्बून मशकूल
ऽ।ऽऽऽ॥ऽऽऽ मुतव्वी मक्तुअ
ऽऽऽऽ॥॥ऽऽ मक्तुअ मक्फूफ मख्बून छन्द - मत्ता

ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽऽऽऽ। बहरे मुन्सरेह मुख्य बहर
ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ।ऽ। मुसम्मन् मुतव्वी
ऽ॥ऽऽ।ऽऽ॥ऽऽ।ऽ मुसम्मन् मुतव्वी मारफो
ऽ॥ऽऽऽऽ।ऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर क
ऽ॥ऽऽऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर ख छन्द - चम्पकमाला
ऽ॥ऽऽऽ॥ऽऽ ह् २ मुतव्वी मन्हूर मुदाइफ
ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसम्मन् मुतव्वी मन्हूर ग

।ऽऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ बहरे मुजारे मुख्य बहर
।ऽऽ।ऽ।ऽ।।ऽऽ।ऽ।ऽ। मुसम्मन् मक्फूफ
।ऽऽऽ॥ऽऽ।ऽऽऽ॥ऽऽ मुसम्मन् मख्बून
ऽऽ।ऽ।ऽऽऽऽ।ऽ।ऽऽ मुसम्मन् अखरब छन्द - दिक्पाल
ऽऽ।ऽ।ऽ।।ऽऽ।ऽ।ऽ मुसम्मन् अखरब मक्फूफ महजूफ
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् मक्बूज मख्बून मक्तुअ
ऽऽऽऽऽ।ऽऽ।ऽऽ मुसम्मन् अखरम मक्तुअ मक्फूफ छन्द - शालिनी
ऽऽ।ऽऽऽऽ।ऽऽ मुसम्मन् अखरब मक्तुअ

ऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽऽ बहरे मुज्तस मुख्य बहर
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽऽ मुसम्मन् मख्बून
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ मुसम्मन् मख्बून मक्तुअ
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽ मुसम्मन् मख्बून मक्सूर
ऽ॥ऽऽऽऽ॥ऽऽऽ मुसम्मन् मुतव्वी मक्तुअ

ऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ बहरे असम मुख्य बहर
ऽ।ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् महजूफ मक्फूफ छन्द - दु्रता
॥ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् मशकूल अखरब महजूफ
ऽ।ऽऽ।ऽ।ऽऽ।ऽ मुसद्दस् मक्बूज महजूफ

।ऽऽऽ।ऽऽऽऽ।ऽऽ बहरे करीब मुख्य बहर
।ऽऽ।।ऽऽ।ऽ।ऽ। मुसद्दस् मक्फूफ
।ऽऽऽ।ऽऽऽ॥ऽऽ मुसद्दस् मख्बून
।ऽऽऽ।ऽऽऽ।ऽऽ मुसद्दस् महजूफ

ऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽ बहरे मुक्तजिब मुख्य बहर
ऽ।ऽ।ऽ॥ऽऽ।ऽ।ऽ॥ऽ मुसम्मन् मुतव्वी

ऽ।ऽऽ।ऽऽऽ।ऽऽऽ बहरे मुशाकिल मुख्य बहर
ऽ।ऽ।।ऽऽ।।ऽऽ। मुसद्दस् मक्फूफ
ऽ।ऽऽ।ऽ।ऽ मुसद्दस् महजूफ अबतर मक्बूज

ऽऽ।ऽऽऽ।ऽऽऽऽ। बहरे सरीअ मुख्य बहर
ऽ॥ऽऽ॥ऽऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽ॥ऽऽ॥ऽऽ।ऽ मुसद्दस् मुतव्वी मारफो

।ऽऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ बहरे तवील मुख्य बहर
।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ मुसम्मन् मक्बूज
।ऽ।ऽऽ।।ऽ।ऽऽ मुसम्मन् मक्बूज अखरब महजूफ छन्द - उपेन्द्रवज्रा
ऽऽऽऽ।।ऽऽ।ऽऽ मुसम्मन् अस्लम अखरब महजूफ छन्द - वातोर्मि

ऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ बहरे कलीब मुख्य बहर
ऽ।ऽ।॥ऽ।।ऽऽ मुसद्दस् मक्फूफ मशकूल महजूफ छन्द - स्वागता
ऽऽ॥ऽ।।ऽ।ऽ मुसद्दस् मक्तुअ मशकूल मक्बूज छन्द - उपस्थिता
॥ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मशकूल मक्फूफ अबतर छन्द - भुजङ्गसङ्गता

।ऽऽऽऽ।ऽऽऽ।ऽऽ बहरे सरीम मुख्य बहर
ऽऽऽ॥ऽ।ऽ।ऽ मुसद्दस् अखरम मशकूल महजूफ छन्द - शुद्धविराट
ऽऽ।ऽऽऽऽ × २ मुसद्दस् अखरब मक्तुअ मुदाइफ

ऽऽ।ऽऽ।ऽऽऽ।ऽऽ।ऽ — बहरे बसीत मुख्य बहर
ऽऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ मुसम्मन् मख्बून छन्द - प्रभात

ऽऽ।ऽऽ।ऽऽऽऽ।ऽ बहरे सगीर मुख्य बहर
ऽऽ॥ऽऽऽ॥ऽ मुसद्दस् मक्फूफ मक्तुअ मुतव्वी छन्द - सुषमा

ऽ।ऽऽऽ।ऽऽऽऽ।ऽ बहरे जदीद मुख्य बहर
॥ऽऽ॥ऽऽ।ऽ।ऽ मुसद्दस् मख्बून
ऽ।ऽ।ऽ।ऽ।ऽऽ॥ मुसद्दस् मक्फूफ

ऽऽ।ऽऽऽऽ।ऽऽऽ। बहरे सलीम मुख्य बहर
ऽ॥ऽऽ।ऽ।ऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽऽ॥ऽ।ऽऽ।ऽ मुसद्दस् मक्फूफ मारफो

ऽ।ऽऽऽ।ऽऽ।ऽऽऽ।ऽ बहरे मदीद मुख्य बहर
॥ऽऽ॥ऽ॥ऽऽ॥ऽ मुसम्मन् मख्बून
ऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ।ऽ मुसम्मन् मक्फूफ
॥ऽ।ऽऽ॥ऽ।ऽऽ मुसम्मन् मशकूल मक्तुअ

ऽऽऽ।ऽ।ऽऽऽऽऽ। बहरे हमीद मुख्य बहर
ऽ।ऽ।ऽ।ऽऽऽ।ऽ। मुसद्दस् मुतव्वी
ऽ।ऽऽ।ऽऽऽ।ऽ मुसद्दस् मारफो
ऽ।ऽऽऽऽ।ऽऽऽ।ऽ बहरे हमीम मुख्य बहर
॥ऽऽ।ऽ।ऽ।ऽ।ऽ मुसद्दस् मख्बून
ऽ।ऽऽऽ॥ऽऽ॥ऽ मुसद्दस् मुतव्वी
ऽ।ऽऽ॥ऽऽऽ।ऽ मुसद्दस् महजूफ मुतव्वी

ऽऽऽ।ऽऽऽ।ऽऽ।ऽ बहरे कबीर मुख्य बहर
ऽ।ऽ।ऽ।ऽ।ऽ॥ऽ मुसद्दस् मुतव्वी
ऽ।ऽऽ।ऽऽऽ।ऽ मुसद्दस् मारफो

१, बहरे खफीफ मुसद्दस् मख्बून क
सूत्र - फाइलातुन् + मुफाइलुन् + फाइलातुन्
ऽ।ऽऽ ।ऽ।ऽ ऽ।ऽऽ
याद आयौ तिमी बिहानै-बिहानै
मुस्कुरायौ तिमी बिहानै-बिहानै

२, बहरे खफीफ मुसद्दस् मख्बून ख
सूत्र - फिइलातुन् + मुफाइलुन् + फिइलातुन्
॥ऽऽ ।ऽ।ऽ ॥ऽऽ
कविता-गीत-नज्म हुन्छ गजलमा
सुर औ ताल हुन्छ हुन्छ बहरमा

३, बहरे खफीफ मुसद्दस् मख्बून मक्तुअ/बहरे हजज मुसद्दस् अस्तर
सूत्र - फाइलुन् + फाइलुन् + मफाईलुन्
ऽ।ऽऽ।ऽ।ऽऽऽ
चाँदनी रात झल्मलाएछ
जिन्दगीसँग मुस्कुराएछ । - हुसैन खाँ

४, बहरे खफीफ मुसद्दस् मख्बून मशकूल
सूत्र - फिइलातुन् + मुफाइलुन् + फिइलातु
॥ऽऽ ।ऽ।ऽ ॥ऽ।
वनमा कोइली सरयो किन आज
दिलले सम्झना गरयो किन आज - हुसैन खाँ

५, बहरे खफीफ मुसद्दस् मुतव्वी मक्तुअ
सूत्र - फाइलातुन् + मुफ्तइलुन् + फैलुन्
ऽ।ऽऽ ऽ॥ऽ ऽऽ
सम्झनामा आज उनी आए
एक छाया भै दिलमा छाए । - हुसैन खाँ

६, बहरे खफीफ मुसद्दस् मक्तुअ मक्फूफ मख्बून पिङ्गल छन्द - मत्ता
सूत्र - फैलुन् + मुस्तफ्इलु + फिइलातुन्
ऽऽ ऽऽ॥ ॥ऽऽ
हाँसी-हाँसी नयन चलाए
आफूसँगै रसिक बनाए । - हुसैन खाँ

७, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी
सूत्र - मुफ्तइलुन् + फाइलातु + मुफ्तइलुन् + फाइलातु
ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ ऽ।ऽ।
के छ र के छैन है ! स्वदेश जलेको छ हेर ¤
मानिसको आत्मभित्र दुष्ट पसेको छ हेर । - हुसैन खाँ

८, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मारफो
सूत्र - मुफ्तइलुन् + फाइलुन् + मुफ्तइलुन् + फाइलुन्
ऽ॥ऽ ऽ।ऽ ऽ॥ऽ ऽ।ऽ
यो दुनिया नै रमायो धनको लोभमा
प्रेम र माया जलायो धनको लोभमा । - हुसैन खाँ

९, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मन्हूर क
सूत्र - मुफ्तइलुन् + मफ्ऊलात + मुफ्तइलुन् + फा
ऽ॥ऽ ऽऽऽ। ऽ॥ऽ
यो दिलभित्रै माया छरीकन भागे
पागल प्रेमीका झैँ गरीकन भागे । - हुसैन खाँ

१०, बहरे मुन्सरेह मुसम्मन् मुतव्बी मन्हूर ख पिङ्गल छन्द - चम्पकमाला/रुक्मवती
सूत्र - मुफ्तइलातुन् + मुफ्तइलातुन्
ऽ॥ऽऽ ऽ॥ऽऽ
यो दिलभित्रै दीप जलाए
आज मसङ्गै प्रीत लगाए । - हुसैन खाँ

११, बहरे मुन्सरेह मुसम्मन् मुतव्बी मन्हूर मुदाइफ
सूत्र - मुफ्तइलातुन् + मुफ्तइलातुन् + मुफ्तइलातुन् + मुफ्तइलातुन्
ऽ॥ऽऽ ऽ॥ऽऽ ऽ॥ऽऽ ऽ॥ऽऽ
हे प्रभु कस्तो युग आयो स्वर्गसरी मेरो धरतीमा
दानवताको बादल छायो स्वर्गसरी मेरो धरतीमा । - गोर्खेसाइँलो

१२, बहरे मुन्सरेह मुसम्मन् मुतव्वी मन्हूर ग
सूत्र - मुफ्तइलुन् + फाइलात + मुफ्तइलुन् + फा
ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ
यो दुनियामा रमेर गीत भुलाए
प्रेम गरी प्रेमको त रीत भुलाए । - पल्लव साहित्यिक पत्रिका- १३

१३, बहरे मुजारे मुसम्मन् मक्फूफ
सूत्र - मफाईलु + फाइलातु + मफाईलु + फाइलातु
।ऽऽ। ऽ।ऽ। ।ऽऽ। ऽ।ऽ।
उनीसँग एक दीप जलाएछ यो हुसैन
दिलैमा मिठो बतास चलेको छ भित्र-भित्र । - हुसैन खाँ

१४, बहरे मुजारे मुसम्मन् मख्बून
सूत्र - मफाईलुन् + फिइलातुन् + मफाईलुन् + फिइलातुन्
।ऽऽऽ ॥ऽऽ ।ऽऽऽ ॥ऽऽ
पुरानो रीत र चाला भुलाएको छु म आज
यही माटो सिउँदोमा लगाएको छु म आज । - हुसैन खाँ

१५, बहरे मुजारे मुसम्मन् अखरब पिङ्गल छन्द - दिक्पाल
सूत्र - मफ्ऊलु + फाइलातुन् + मफ्ऊलु + फाइलातुन्
ऽऽ। ऽ।ऽऽ ऽऽ। ऽ।ऽऽ
संसारको कहानी पढ्दा उनी रमाए
सङ्घर्षको चुलीमा चढ्दा उनी रमाए । - हुसैन खाँ

१६, बहरे मुजारे मुसम्मन् अखरब मक्फूफ महजूफ
सूत्र - मफ्ऊलु + फाइलातु + मफाईलु + फाइलुन्
ऽऽ। ऽ।ऽ। ।ऽऽ। ऽ।ऽ
खै ! के भनौँ र आफ्नु कहानी उनीसित
साटौँ म के गरेर जवानी उनीसित । - हुसैन खाँ

१७, बहरे मुजारे मुसम्मन् मक्बूज मख्बून मक्तुअ
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फैलुन्
।ऽ।ऽ॥ऽऽ।ऽ।ऽऽऽ
कुरा सुनी मुटुमा पीर नै बढेको छ
उही छ रीत अझै जीत नै ढलेको छ । - पल्लव साहित्यिक पत्रिका- १३

१८, बहरे मुजारे मुसम्मन् अखरम मक्तुअ मक्फूफ पिङ्गल छन्द - शालिनी
सूत्र - मुस्तफ्फैलुन् + फाइलातुन् + फऊलुन्
ऽऽऽऽ ऽ।ऽऽ ।ऽऽ
मोतीका जस्तै दिलैले ‘हुसैन’
कापीमा लाऊ कलमको निशाना । - हुसैन खाँ

१९, बहरे मुजारे मुसम्मन् अखरब मक्तुअ
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलात + फैलुन्
ऽऽ।ऽ ऽऽऽ। ऽऽ
मेरो सहरमा आएर भागे
झन् प्रेम-माया लाएर भागे । - पल्लव साहित्यिक पत्रिका- १३

२०, बहरे मुज्तस मुसम्मन् मख्बून
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फिइलातुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ॥ऽऽ
गरौँ विकास यही चाहना छ यो धरतीको
र शान्ति छाइरहोस् कामना छ यो धरतीको । - पल्लव साहित्यिक पत्रिका- १३

२१, बहरे मुज्तस मुसम्मन् मख्बून मक्तुअ/बहरे मुजारे मुसम्मन् मक्बूज मख्बून मक्तुअ
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फैलुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ऽऽ
उडेछ बादल पानी झरेर आएछ
उदास बाग रमाएर गुन्गुनाएछ । - पल्लव साहित्यिक पत्रिका- १३

२२, बहरे मुज्तस मुसम्मन् मख्बून मक्सूर
सूत्र - मुफाइलुन् + फिइलातुन् + मुफाइलुन् + फिइलुन्
।ऽ।ऽ ॥ऽऽ ।ऽ।ऽ ॥ऽ
घुमेर फेरि म आएँ भुलाउनै नसकी
व्यथा घटेछ मभित्रै बताउनै नसकी । - पल्लव साहित्यिक पत्रिका- १३

२३। बहरे मुज्तस मुसम्मन् मुतव्वी मक्तुअ
सूत्र - मुफ्तइलुन् + फैलुन् + मुफ्तइलुन् + फैलुन्
ऽ॥ऽ ऽऽ ऽ॥ऽ ऽऽ
दङ्ग परेका छन् गाउँ-सहर मेरो
फेरि त्यही पीडा फर्किरहेको छ । - पल्लव साहित्यिक पत्रिका- १३

२४, बहरे असम मुसद्दस् महजूफ मक्फूफ पिङ्गल छन्द - दु्रता
सूत्र - फाइलुन् + मफा + फाइलुन् + मफा
ऽ।ऽ ।ऽ ऽ।ऽ ।ऽ
सम्झना गरी छल्किएछु म
प्यारमा सधैँ अल्झिएछु म । - गोर्खेसाइँलो

२५, बहरे असम मुसद्दस् मशकूल अखरब महजूफ
सूत्र - फिइलातु + मफ्ऊलु + फाइलुन्
॥ऽ। ऽऽ। ऽ।ऽ
मन मुग्ध हावा चली रहयो
दिलभित्र माया बढी रहयो । - हुसैन खाँ

२६, बहरे असम मुसद्दस् मक्बूज महजूफ
सूत्र - फाइलातुन् + मुफाइलुन् + फाइलुन्
ऽ।ऽऽ ।ऽ।ऽ ऽ।ऽ
आज कस्तो लहर उठेको यहाँ
वायु ताजा अझै चलेको यहाँ। - पल्लव साहित्यिक पत्रिका- १३

२७, बहरे करीब मुसद्दस् मक्फूफ
सूत्र - मफाईलु + मफाईलु + फाइलातु
।ऽऽ। ।ऽऽ। ऽ।ऽ।
सुक्यो फूल भने वासना हुँदैन
जमेको दिलमा चाहना हुँदैन । - पल्लव साहित्यिक पत्रिका- १३

२८, बहरे करीब मुसद्दस् मख्बून
सूत्र - मफाईलुन् + मफाईलुन् + फिइलातुन्
।ऽऽऽ ।ऽऽऽ ॥ऽऽ
बिहानीमा जगायौ आज तिमीले
कुरा मीठो सुनायौ आज तिमीले । - हुसैन खाँ

२९, बहरे करीब मुसद्दस् महजूफ
सूत्र - मफाईलुन् + फऊलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽ ऽ।ऽऽ
कुबेलामा रिसाएछन् उनी त
न दुख्ने दिल दुखाएछन् उनी त । - पल्लव साहित्यिक पत्रिका- १३

३०, बहरे मुक्तजिब मुसम्मन् मुतव्वी
सूत्र - फाइलातु + मुफ्तइलुन् + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ॥ऽ ऽ।ऽ। ऽ॥ऽ
घातका कुरा कहिले गर्नु हुन्न जीवनमा
देश छाडि अन्त कतै सर्नु हुन्न जीवनमा । - पल्लव साहित्यिक पत्रिका- १३

३१, बहरे मुशाकिल मुसद्दस् मक्फूफ
सूत्र - फाइलातु + मफाईलु + मफाईलु
ऽ।ऽ। ।ऽऽ। ।ऽऽ।
ओम शान्ति हुने रीत चले छैन
प्रेमको मठमा दीप जले छैन । - हुसैन खाँ

३२, बहरे मुशाकिल मुसद्दस् महजूफ अबतर मक्बूज/बहरे हजज मुसद्दस् अस्तर अबतर मक्बूज
सूत्र - फाइलातुन् + मुफाइलुन्
ऽ।ऽऽ ।ऽ।ऽ
वैगुनीझैँ गरे उनी
अन्त माया छरे उनी । - पल्लव साहित्यिक पत्रिका- १३

३३, बहरे सरीअ मुसद्दस् मुतव्वी
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलातु
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ।
शोषण गर्ने दिलमा प्रीत हुन्न
कर्म नगर्दा कहिले जीत हुन्न । - हुसैन खाँ

३४, बहरे सरीअ मुसद्दस् मुतव्वी मारफो
सूत्र - मुफ्तइलुन् + मुफ्तइलुन् + फाइलुन्
ऽ॥ऽ ऽ॥ऽ ऽ।ऽ
खै ! किन हो आँसु बगायौ तिमी
यो दिल पो आज रुवायौ तिमी । - हुसैन खाँ

३५, बहरे तवील मुसम्मन् मक्बूज
सूत्र - फऊलुन् + मुफाइलुन् + फऊलुन् + मुफाइलुन्
।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ।ऽ
तिमीले सधैँ कुरा गरेछौ छलीछली
अविश्वासको नदी तरेछौ छलीछली । - हुसैन खाँ

३६, बहरे तवील मुसम्मन् मक्बूज अखरब महजूफ पिङ्गल छन्द - उपेन्द्रवज्रा
सूत्र - मुफाइलुन् + मुफ्तइलुन् + फऊलुन्
।ऽ।ऽऽ॥ऽ।ऽऽ
अझै यहाँ शोषकको जमाना
गरीब बन्छन् उनकै निशाना । - हुसैन खाँ

३७, बहरे तवील मुसम्मन् अस्लम अखरब महजूफ पिङ्गल छन्द - वातोर्मि
सूत्र - मुस्तफ्फैलुन् + फिइलातुन् + फऊलुन्
ऽऽऽऽ॥ऽऽ।ऽऽ
आए मायालु खजाना लिएर
मायाको गीत र गाना लिएर । - हुसैन खाँ

३८, बहरे कलीब मुसद्दस् मक्फूफ मशकूल महजूफ पिङ्गल छन्द - स्वागता
सूत्र - फाइलातु + फिइलातु + फऊलुन्
ऽ।ऽ।॥ऽ।।ऽऽ
शान्त सुन्दर विचार तिमी हौ
आउ सुस्त दिलदार तिमी हौ
३९, बहरे कलीब मुसद्दस् मक्तुअ मशकूल मक्बूज पिङ्गल छन्द - उपस्थिता
सूत्र - मफ्ऊलु + फऊलु + मुफाइलुन्
ऽऽ।।ऽ।।ऽ।ऽ
डुल्ने मन हुन्छ घरी-घरी
आफैसँग हुन्छ घरी-घरी । - हुसैन खाँ

४०। बहरे कलीब मुसद्दस् मशकूल मक्फूफ अबतर पिङ्गल छन्द - भुजङ्गसङ्गता
सूत्र - फिइलातु + फाइलातु + फा
॥ऽ।ऽ।ऽ।ऽ
जब स्वच्छ भावना उठ्यो
तब प्रेमको हुरी चल्यो । - हुसैन खाँ

४१, बहरे सरीम मुसद्दस् अखरम मशकूल महजूफ पिङ्गल छन्द - शुद्धविराट
सूत्र - मफ्ऊलातु + मुफाइलुन् + मफा
ऽऽऽ। ।ऽ।ऽ ।ऽ
प्रेमी पागल भै हिँड्यौ तिमी
माया यो दिलमा छरयौ तिमी । - हुसैन खाँ

४२, बहरे सरीम मुसद्दस् अखरब मक्तुअ मुदाइफ
सूत्र - मुस्तफ्इलुन् + मफ्ऊलुन् + मुस्तफ्इलुन् + मफ्ऊलुन्
ऽऽ।ऽ ऽऽऽ ऽऽ।ऽ ऽऽऽ
दुख्दैछ मेरो छाती पीडा छरेको हेर्दा
यो देशलाई तिम्ले हेला गरेको हेर्दा । - हुसैन खाँ

४३, बहरे बसीत मुसम्मन् मख्बून पिङ्गल छन्द - प्रभात
सूत्र - मुस्तफ्इलुन् + फाइलातु + फाइलातुन् + मफा
ऽऽ।ऽऽ।ऽ।ऽ।ऽऽ।ऽ
यो जिन्दगीको व्यथा भुलाउने के गरी
िहंसा बढ्यो देशमा हटाउने के गरी । - हुसैन खाँ

४४, बहरे सगीर मुसद्दस् मक्फूफ मक्तुअ मुतव्वी पिङ्गल छन्द - सुषमा
सूत्र - मुस्तफ्इलु + मफ्ऊलातु + मफा
ऽऽ॥ ऽऽऽ। ।ऽ
मेरो दिलभित्रै बीज छरी
गर्छौ किन हेला प्रेम गरी । - हुसैन खाँ

४५, बहरे जदीद मुसद्दस् मख्बून
सूत्र - फिइलातुन् + फिइलातुन् + मुफाइलुन्
॥ऽऽ ॥ऽऽ ।ऽ।ऽ
मुटुको घाउ लुकाऊँ म के गरी
दिलको पीर सुनाऊँ म के गरी । - हुसैन खाँ

४६, बहरे जदीद मुसद्दस् मक्फूफ
सूत्र - फाइलातु + फाइलातु + मुस्तफ्इलु
ऽ।ऽ। ऽ।ऽ। ऽऽ॥
आज फेरि त्यो कुरा सुनायौ किन
घाउमाथि घाउ नै बढायौ किन

४७, बहरे सलीम मुसद्दस् मुतव्वी
सूत्र - मुफ्तइलुन् + फाइलातु + फाइलातु
ऽ॥ऽ ऽ।ऽ। ऽ।ऽ।
आज उनीसँग भा’ छ एक बात
प्रेम र माया बढेछ साथ-साथ । - पल्लव साहित्यिक पत्रिका- १३

४८, बहरे सलीम मुसद्दस् मक्फूफ मारफो
सूत्र - मुस्तफ्इलु + फाइलुन् + फाइलुन्
ऽऽ॥ ऽ।ऽ ऽ।ऽ
खै ! मित्रसरी न जाग्यौ तिमी
जल्दैछ स्वदेश भाग्यौ तिमी । - पल्लव साहित्यिक पत्रिका- १३

४९, बहरे मदीद मुसम्मन् मख्बून
सूत्र - फिइलातुन् + फइलुन् + फिइलातुन् + फइलुन्
॥ऽऽ ॥ऽ ॥ऽऽ ॥ऽ
दिलले प्रेम गर्यो रसिलो जीवन भो
प्रणयी दीप जल्यो रसिलो जीवन भो । - पल्लव साहित्यिक पत्रिका- १३

५०। बहरे मदीद मुसम्मन् मक्फूफ
सूत्र - फाइलातु + फाइलुन् + फाइलातु + फाइलुन्
ऽ।ऽ। ऽ।ऽ ऽ।ऽ। ऽ।ऽ
प्रेमले यता सरौँ प्रेमका कुरा गरौँ
दुःखको नदी तरौँ प्रेमका कुरा गरौँ । - गोर्खेसाइँलो

५१, बहरे मदीद मुसम्मन् मशकूल मक्तुअ
सूत्र - फिइलातु + फैलुन् + फिइलातु + फैलुन्
॥ऽ। ऽऽ ॥ऽ। ऽऽ
कति दुःख दिन्छौ भन जिन्दगीमा
जगमा छ ठूलो मन जिन्दगीमा । - पल्लव साहित्यिक पत्रिका- १३

५२। बहरे हमीद मुसद्दस् मुतव्वी
सूत्र - फाइलातु + फाइलातुन् + फाइलातु
ऽ।ऽ। ऽ।ऽऽ ऽ।ऽ।
प्रेमको हुरी चलाई बार-बार
दुःख नै दियौ मलाई बार-बार । - हुसैन खाँ

५३, बहरे हमीद मुसद्दस् मारफो
सूत्र - फाइलुन् + फाइलातुन् + फाइलुन्
ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेम-माया भुलाएछौ तिमी
देश आफ्नो जलाएछौ तिमी । - हुसैन खाँ

५४, बहरे हमीम मुसद्दस् मख्बून
सूत्र - फिइलातुन् + मुफाइलुन् + मुफाइलुन्
॥ऽऽ ।ऽ।ऽ ।ऽ।ऽ
वनमा पो वसन्तको बहार छ
तर मेरो त बेइमान यार छ । - हुसैन खाँ

५५, बहरे हमीम मुसद्दस् मुतव्वी
सूत्र - फाइलातुन् + मुफ्तइलुन् + मुफ्तइलुन्
ऽ।ऽऽ ऽ॥ऽ ऽ॥ऽ
सम्झनाको दीप जलाएर तिमी
फर्कि आऊ दुःख भुलाएर तिमी । - हुसैन खाँ

५६, बहरे हमीम मुसद्दस् महजूफ मुतव्वी/बहरे रमल मुसद्दस् मख्बून महजूफ
सूत्र - फाइलातुन् + फिइलातुन् + फाइलुन्
ऽ।ऽऽ ॥ऽऽ ऽ।ऽ
आज मेरो दिलमा आयौ तिमी
प्रेमको मौसमझैँ छायौ तिमी । - हुसैन खाँ

५७, बहरे कबीर मुसद्दस् मुतव्वी
सूत्र - फाइलातु + फाइलातु + मुफ्तइलुन्
ऽ।ऽ। ऽ।ऽ। ऽ॥ऽ
आज द्वन्द्वको हुरी चलेछ यहाँ
काटमार बेसरी भएछ यहाँ। - हुसैन खाँ

५८, बहरे कबीर मुसद्दस् मारफो
सूत्र - फाइलातुन् + मफाइलुन् + मफा
ऽ।ऽऽ ।ऽऽऽ ।ऽ
रक्तले रङ्गिएछिन् मृत्तिका
दुःखमा पि_िल्सएछिन् मृत्तिका । - हुसैन खाँ

ग, अन्य मुजाहिफ बहरहरू
१, सूत्र - फाइलातु + फाइलातु + फाइलातु + फा
ऽ।ऽ। ऽ।ऽ। ऽ।ऽ।
प्रेमको बहारमा बहर सबै भुलेँ
देशको विकासमा कहर सबै भुलेँ । - गोर्खेसाइँलो

२, सूत्र - मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + मुस्तफ्फैलुन् + फा
ऽऽऽऽ ऽऽऽऽ ऽऽऽऽ
सामन्तीको स्वार्थी बत्ती बाल्दैछन् मान्छे
बेमानीका गोटी मात्रै चाल्दैछन् मान्छे । - हुसैन खाँ

३, सूत्र - फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन् + फा
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ
साँझ पर्दा चाँदनीझैँ यो जमाना तिम्रो नै
नैनले घायल् बनायौ यो निशाना तिम्रो नै । - हुसैन खाँ

४, सूत्र - मफ्ऊलु + मुस्तफ्फैलुन् + मफाईलुन् + मुस्तफ्फैलुन्
ऽऽ। ऽऽऽऽ ।ऽऽऽ ऽऽऽऽ
दूषित् भएको पानी उमाले पो केही हुन्छ
ढुङ्गा बनेको दिल यो पगाले पो केही हुन्छ । - हुसैन खाँ

५, सूत्र - मुफ्तइलुन् + फिइलातु + मफाईलुन् + मुस्तफ्फैलुन् + फा
ऽ॥ऽ ॥ऽ। ।ऽऽऽ ऽऽऽऽ
मन्दिर-मस्जिद-चर्च र गुम्बा धाएँ उन्कैलागि
गीत-गजल-कविताहरू लेखी गाएँ उन्कै लागि । - पल्लव साहित्यिक पत्रिका- १३

क्र म शः …
नोटः बहरमा गजल रचना गर्न रुचाउनुहुने स्रष्टाहरूलाई यसले केही मद्दत पुग्नेछ भन्ने आशामा छु । र हाललाई लेख लामो हुने भएको कारण र केही पुराना पुस्तकहरू नपाएको कारणले यो लेख पुरा हुन सकेको छैन । लेख पुरा भएपछि मात्र यसका शन्दर्भ सुचीहरू प्रकाशन हुनेछन् । साथै यो लेख पल्लव साहित्यिक पत्रिका- १३ गजल बिशेषमा ‘हुसैन खाँको डायरी भित्र लहरिदा’ शिर्षकमा प्रकाशन भैसकेको ब्यहोरा अनुरोध छ ।

गोर्खेसाइँलो, गजल कुटेरी, नारायणगढ, चितवन
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger