भण्डारी दाई |
यो पटकको मुक्तक दोहोरि भण्डारी दाई 'अचम्म ' को साथ मा भएको थियो ! मुक्तक दोहोरि निकै रमाइलो र ठट्यौली पाराको रहेको थियो |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग (http://chukuprakash.blogspot.com/)
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज पाँचौ सृंखला सम्म आइपुगेको छ |
एडमिन तथा संचालक : प्रकाश अर्याल "चुकुप्रकाश"
बाट यो सुरुवात भएको हो |
भण्डारी दाइ को भूमिका र दोहोरि
भण्डारी दाइ को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | भण्डारी दाई संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक छोड्न सक्नुहुनेछ र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -
फुट्या कौडी नहुने यार टपर टुइँया सङ्ग
बोलिको भाब यस्तै थियो मेरि मुइँया संग्ग
उनले मलाई मैले उसलाई यस्तै भन्दा रैछौ
बेर्थै माया लगाइएछ साला चुइँया सङ्ग
-भण्डारी दाई 'अचम्म'
भण्डारी दाईको परिचय
नाम :- भण्डारी दाइ अचम्म (विष्णुहरि)
माता पिता :- पवित्रा भण्डारी, पिताम्बर भण्डारी
ठेगाना :- कबिकुन्ज किउल :-५ मेलम्ची हेलम्बु सिन्धुपाल्चोक नेपाल
जन्म :- २०४४ -११-१३ (1989 feb 24 )
पढाइ :- inter paas
रुची :- नेपालि साहित्य र नेपालि गजल गित हरु
प्रकासित :- "गैरा गाउकी सान्नानी" लोक दोहोरि
एल्बम :- पत्रिकामा फुटकर कबिता गजल हरु
प्रकासोंमुख :- गजल संग्रह "अचम्म का गजल हरु "
संग्लनता :-
- हेलम्बु युबा क्लब को सस्थापक अधक्ष्य
- नेपालि साहित्यमा नौलो विधा "सिन्का " को अबिसकार/ थालनी
हेरौं कसरि चर्कियो त रमाइलो मुक्तक दोहोरि
No comments:
Post a Comment