तप्प आशुँ दुई आँखामा खसालेर हाँस्न सिकेँ॥
त्यै आँशुले मनको बह पखालेर हाँस्न सिकेँ॥
अनेक थियो बेदनाको पोको मेरो मनमा पनि,,
आँट गरेर पिरको भारि उचालेर हाँस्न सिकेँ॥
खुशिको पल पाईन कतै भौँतारिदै खोजे पनि,,
दुःख भित्रै रम्ने सपना अगाँलेर हाँस्न सिकेँ॥
कोहि थिएन मनका ब्यथा सुनि दिने दुनियामा,,
बहकिने यो मन आफैँ सम्हालेर हाँस्न सिकेँ॥
यो हारेको जिन्दगीमा मृत्यु सगँ डर नमानि,,
मर्छु भन्ने जानि जानि हाम्फालेर हाँस्न सिकेँ॥
हाल परदेशबाट

Anuragi Binod Gaire
अनुरागी बिनोदहाल परदेशबाट
No comments:
Post a Comment