Home »
भाषा/साहित्य
» ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
पदादिमा ह्रस्वः
१. झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै - कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि ।
२. नाताबोधक शब्दमाः जस्तै - बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी, आदि ।
३. उपसर्ग वा प्रत्यय लागेका व्युत्पन्न शब्दमाः जस्तै - विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण, निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।
४. मूल वा व्युत्पन्न सर्वनाम शब्दमाः जस्तै - तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।
५. संख्यावाचक शब्दः जस्तै - दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।
६. आगन्तुक शब्दमाः जस्तै - इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात, मिसन, बिगुल, लिची आदि ।
७. धातु वा क्रिया शब्दमाः जस्तै - दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ, बिर्सिन्छ आदि ।
८. व्युत्पन्न वा अव्युत्पन्न शब्दमाः जस्तै - उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु, चिम्म, फुत्त आदि ।
पदमध्यमा ह्रस्व
१. झर्रा तद्भव र देशज शब्दमाः जस्तै - कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस, मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।
२. नाताबोधक शब्दमाः जस्तै - भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी, देउरानी, बहिनी आदि ।
३. उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण शब्दमाः जस्तै - अनुमान, अतिरिक्त, अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया, बटुवा, कसिङ्गर, जिताउरी आदि ।
४. अव्यय शब्दमाः जस्तै - अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।
५. सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै - उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको, लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।
६. सबै आगन्तुक शब्दमाः जस्तै - तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा, चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।
७. केही संख्यावाचक शब्दमाः जस्तै - उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना, बाइसौँ आदि ।
पदान्तमा ह्रस्व
१. पुलिङ्गी नाम शब्दमाः जस्तै - दाजु, भाइ, नाति, पति, गुरु आदि ।
२. कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने भाववाची नाम शब्दमाः जस्तै - पढ्नु, लेख्नु, सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्याइँ, मुर्ख्याइँ आदि ।
३. स्थान जनाउने नाम शब्दमाः जस्तै - बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
४. नपुंशकलिङ्गी उकारान्त नाम शब्दमाः जस्तै - आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।
५. परिमाणबोधक विशेषण शब्दमाः जस्तै - यति, उति, त्यति, कति, जति आदि ।
६. उकारान्त बिशेषण शब्दमाः जस्तै - दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।
७. मूल अव्यय शब्दमाः जस्तै - मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।
८. सामान्य क्रियाको अन्तिम उकारः जस्तै - जान्छु, गाउँछु, खान्छु आदि ।
९. देखि र निम्ति विभक्ति लागेका शब्दः जस्तै - मदेखि, तिम्रानिम्ति आदि ।
१०. अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम शब्दमाः जस्तै - सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि, प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।
११. प्रथम पुरुषवाची एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै - गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।
पदादिमा दीर्घ
१. दुई अक्षरले बनेको नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै - पूर्ण, घुर्की, कीर्ना, मूर्ख आदि ।
२. विशेषण शब्दमाः जस्तै - पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।
३. संख्यावाचक शब्दमाः जस्तै - तीन, बीस, तीस आदि ।
४. केही तत्सम (संस्कृत) शब्दमाः जस्तै - पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य, सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।
पदमध्यमा दीर्घ
१. केही नाम शब्दमाः जस्तै - अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच, सन्दूक आदि ।
२. ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै - जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय, नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।
३. संख्याबाचक शब्दमाः जस्तै - चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।
४. विध्यर्थ क्रियामाः जस्तै - बसून्, गरून्, जाऊन् आदि ।
पदान्तमा दीर्घ
१. स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै - छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।
२. नपुंशक शब्दको अन्तिम इकारः जस्तै - पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।
३. सर्वनाम शब्दमाः जस्तै - हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।
४. ईकारान्त विशेषण शब्दमाः जस्तै - धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।
५. ऊकारान्त विशेषण शब्दमाः जस्तै - उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।
६. संख्यावाचक विशेषण शब्दमाः जस्तै - दुई, साठी, सत्तरी, असी आदि ।
७. विध्यर्थ जनाउने क्रियामाः जस्तै - खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।
८. सर्वनामबाट निर्मित शब्दको पछाडि आउने 'ही' जस्तै - यही, उही, त्यही आदि ।
९. 'एर' अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः जस्तै - खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।
१०. की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै - मेरी, तेरी, रामकी, उसकी आदि ।
११. 'लाई' विभक्ति लागेका शब्दः जस्तै - मलाई, रामलाई, उसलाई आदि ।
१२. 'अरी', 'तरी' प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै - यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।
१३. आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः जस्तै - श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू, उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।
१४. जात, थर, पेशा जनाउने शब्दमाः जस्तै - कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी, व्यापारी, खेती आदि ।
१५. स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।
ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - भारतेली, पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।
Labels:
भाषा/साहित्य
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment