जता हेर्यो उतै हुन्छौ यी आखाको नानि तिमि
झरानामा झर्ने जसै अति कन्चन पानी तिमि
झरानामा झर्ने जसै अति कन्चन पानी तिमि
छैन कुनै खोट तिम्रा बत्तीस लक्षणमै पुरा
कसरि म बयान गरौँ ममताकी खानी तिमि
कसरि म बयान गरौँ ममताकी खानी तिमि
गजल लेख्छु गीत लेख्छु कथा पात्र बनिदिन्छौ
बन्छ प्रोमिल लामो कथा आफै छौ कहानी तिमि
बन्छ प्रोमिल लामो कथा आफै छौ कहानी तिमि
चन्द्रमुखी मुहार तिम्रो छेउमै बसिरहुँ जस्तो
यति चोखो माया दियौ धन्य मेरी सानी तिमि
यति चोखो माया दियौ धन्य मेरी सानी तिमि
-प्रकाश अर्याल 'चुकुप्रकाश'
Nalang -7 , Baireni Dhading
Nalang -7 , Baireni Dhading



No comments:
Post a Comment