गजल_________
न'रुवाउनु नेपाल आमालाई बिन्ती छ हजुर|
न'जुधाउनु आफ्नै दाजुभाइ बिन्ती छ हजुर|
न'जुधाउनु आफ्नै दाजुभाइ बिन्ती छ हजुर|
लड्नु बरु ति सिमाना मिच्ने दुश्मनहरु संग,
नेपाली नेपाली नगर्नु लडाइ बिन्ती छ हजुर|
नेपाली नेपाली नगर्नु लडाइ बिन्ती छ हजुर|
जात भातको कुरा नगर्नुस् अब कसैले पनि,
को आफ्नो- यहाँ को पराई बिन्ती छ हजुर|
को आफ्नो- यहाँ को पराई बिन्ती छ हजुर|
कतिदिन भ्रष्टाचार गर्छौं गरिबको पसिनामा,
खानु हुन्न है अरुको कमाई बिन्ती छ हजुर|
खानु हुन्न है अरुको कमाई बिन्ती छ हजुर|
तिम्रो भाषण सुन्दा सुन्दा थाकिसके जनता,
अब मार्नदिनुस् थोरै थकाई बिन्ती छ हजुर|
अब मार्नदिनुस् थोरै थकाई बिन्ती छ हजुर|
बि.बि.तामाङ घिसिङ बैरागी"
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: कुवेत [24/01/2015]
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: कुवेत [24/01/2015]
No comments:
Post a Comment