वियोग अनुरागी रामेछापली (उपेन्द्र हायू)
सुकाजोर-४,रामेछाप नेपाल
हाल : बिरानो मरुभूमि
Biyog Anuragi
December 17, 2014
|
फुल्नै नपाई कोपिलामै नास हुँदैछ जिन्दगानी
हेर्दा हेर्दै ति सडकको वास हुँदैछ जिन्दगानी
सोचे थें कहिले काहीं त खुसि पाउछु होला तर
दू:ख, पिडा अनि आँसुकै दास हुँदैछ जिन्दगानी
आत्मा जिउँदो छ शरीर नि जिउँदै छ अझैसम्म
तर किन ? मुर्दाहरुको रास हुँदैछ जिन्दगानी
नचाहादा नचाहादै किन ? तड्पायो जिन्दगीले
म रुँदा शत्रुलाई यहाँ हाँस हुँदैछ जिन्दगानी
हजारौं चोटहरुको प्रहारले घाइते भएको छु
सोंच्दै छु म यहाँ जिउँदो लास हुँदैछ जिन्दगानी
वियोग अनुरागी रामेछापली (उपेन्द्र हायू)
सुकाजोर-४,रामेछाप नेपाल
हाल : बिरानो मरुभूमि
Biyog Anuragi
December 17, 2014
2 comments:
thankyou sabailai yahasammakosathko lagi
वियोग.कम बाट
गजल जस्तै...
चिरिएको छाती ध्वजा ध्वजा लिएर हास्याँ छु ।।
हो कतै छाड्दै अनि कतै आदि सिएर हास्याँ छु।।
फुलबिना बगैंचामा के नै अर्थ हुन्छ र! मालीको
त्येस्तै अर्थबिहिन जिन्दगी जिएर हास्याँ छु।।
अचानो झैँ मुटु मेरो चोट सहने बानी पर्यो
खुकुरीले दिन्छ जति चोट खिएर हास्याँ छु।।
को नै खुसि हुन्छ यहाँ जिन्दगीले वाण हान्दा
भुलिदिन यादहरु ब्रिषित नशा पिएर हास्याँ छु।।
नभने है कसैले नि कति खुसि रैछ भनि कसम
दुख्न छाडिसक्यो काडाबीच उभिएर हास्याँ छु।।
वियोग अनुरागी (उपेन्द्र हायु)
सुकाजोर-४,मुगान,रामेछाप
हाल : सात समुन्द्र पारीबाट.....
Post a Comment