गएछौ बैस सम्हाली कतै बसाई सरेर
चाहाना जब भएन पूरा गरेर बहाना
जानुनै रैछ इरादा टाढा मेरो दिल हरेर
छोडेर गयौ यी लाला बाला ममता जलाई
अर्कै की भयौ तोडेर नाता सिउँदो भरेर
बनायौ महल उजाड़ी मेरो झुपडी एउटा
रहनु खुसी दुनियाँ हँसाई सुगन्ध छरेर
मनको राजा दुश्मन आज कसरी भएछ
पैसाले गर्नु के छ र रित्तै जानू छ मरेर
पुरा नाम : सागर भण्डारी "बिभोर"
ठेगाना: पाल्पा दर्पुक एक
इमेल : sagarsharma.ss34@gmail.com


No comments:
Post a Comment