कविता( पर्खाई)
★
एकाएक कोही टाढीए
मुटुबाट मुटु झिकेर
टाढा गईकी रहेछीन सदाका लागी
मेरो समीपबाट
मेरा नयनहरु रत खोजीरहेका छन
कुरीरहेका छन मेरा नजरहरुले
गहभरी ताल बनाएर
झर्छन अश्रुका धाराहरु
तर झरेका छैनन्
तिम्रा तस्विरहरु अश्रुसँगै
सायद ति तस्विरहरु पुन मेरो अघी
प्रत्यक्ष भौतीक शरीर धारण गरेर उभीनेछन
भौतारीन पठाएको छु
क्षितिज पारी मेरा नयनहरुलाई
र म पर्खेर बसेको छु
उनी फर्कीने आशमा...
उनलाई देख्न तल्लिन छन मेरा नयनहरु
म बुढो भएछु
मेरो भौतीक शरीर बुढो भएछ
तर मेरा आशहरु उस्तै नविन हुँदैगएका छन्
नयन पनी थाकेका छैनन् ,
कमजोर भएनछन् नयनहरु
र मेरा नयनका रेटिनाहरु..
मात्र म पर्खीरहेको छु
आफ्नो जिन्दगीलाई जिन्दगी
नभनेरै
गल्ली गल्लीहरूमा ....
बुढो भएर
मात्र कुरीरहेको छु
पर्खेको छु
तिमी फर्कीने आशमा....
★ ★ ★
कमल ढुङ्गाना
एक्लो तारा
टिकापुर कैलाली.....
No comments:
Post a Comment