प्रकाश बुढाथोकी का गजलहरु
प्रबु जलन |
घाइते यो मुटु चलाई दिन्छौं ,को हौँ तिमी मेरो ?
बिर्सु भनी लाखौं कोसिस पनि नगरेको कहाँ हो र
,
फेरि मनमा आगो बलाइ दिन्छौं ,को हौँ तिमी मेरो?
न छ भोक न छ प्यास नत यो मन ठेगानमै रहन्छ,
याद पठाई यो देह गलाइ दिन्छौं ,को हौँ तिमी मेरो?
खुसि खोसि चोट दिदै दर्द दिन्छौं पल पल मलाई ,
दुख पीडा, आँसु फलाइ दिन्छौं को हौँ तिमी मेरो ?
केबल तिम्रो लागि मात्र, साराको मन दुखाइ दिन्छु,
तर सबै चोट पीडा मलाई दिन्छौं को हौँ तिमी मेरो?
तिमी कविता लेख, म गजल केरेर जिन्दगी कटाउँला
तिमी मलाई हेर ,म तिमिलाई हेरेर जिन्दगी कटाउँला
सुख शान्ति मात्र छावस् पनि भन्दिन म कहिले पनि,
दुखै होस् तिमीलाई अङ्गालोमा बेरेर जिन्दगी कटाउँला
गलत के हो सत्य के हो म भन्दानि बुझेकि मान्छे तिमी ,
घमण्डि बन्ने छैन तिम्रो सब कुरा टेरेर जिन्दगी कटाउँला
तिमी मेरि भयौं भने यो दुनियाँ पनि छोडि दिन सक्छु म,
केवल तिमी हासिदेउ थोत्रा कपडा फेरेर जिन्दगी कटाउँला
जिउन ठुलै धन राशि चाहिन्छ भन्ने लाग्दैन मलाई ,
घृणा होइन ,मायानै मायाले घेरेर जिन्दगी कटाउँला |
उनको बिहे हुदै छरे ,निम्तो पाए जान्छु होला।
डोलि चढि जादा उनी,यो मन मेरो कति रोला।
आफ्नै शुरमा बगिरहन्छ, त्यो गण्डकी नेत्रावती
सायद त्यतै फाल्छु होला,दुईदिने यो मेरो चोला।
फुलले प्रहार गर्दा समेत दुख्यो भन्ने मान्छे उनी,
नरम पक्कै नहोला, खस्रो हातले उनलाई छो'ला।
शहर भए ठिकै हुन्थ्यो गाउँमा दुख गर्नु परे ,
खै कसरी तर्छिन उनी खहरे र आँधी खोला।
मेरो माया लत्याएर मलाई छोडि गए पनि ,
तर उनलाई खुसि दिनु जय शिव शंकर भोला।
प्रकाश बुढाथोकी (प्रबु जलन)
चैनपुर ४ धादिङ
हाल :साउदि अरेबिया
No comments:
Post a Comment