काठमाण्डौ फाल्गुन २९
राजधानीले आज नयाँ आवाज पाएको छ । संगितिक गजल गाएनको रौनकमा आज राजधानिका गजलकार मग्न भएको देखिन्थें । रेडियो छाहारी र मिर्मिरे मा ट्युन गरेका हरुले सायद अर्को स्टेसन बदलेनन । कारण आज राजधानीको सर्वनाम थिएटरमा सम्पन्न भएको
परिवर्तन सरगम साहित्य प्रतिष्ठान को आयोजना र विन्ध्यवासिनी फाउन्डेसनलको सह-आयोजनामा बरिष्ठ गजलकार डा घनश्याम परिश्रमिको एकल बहरबद्ध गजल गायन कार्यक्रमले राजधानी ततायो ।एकै थलोमा बिभिन्न प्रस्तुतिहरु रहेको कार्यक्रममा अग्रज देखि अनुजसम्मको सर्जकहरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गजलकार प्राध्यापाक डा. सनतकुमार कुमार वस्तीले सोहि कार्यक्रमका नायक बरिष्ठ गजलकार डा.घनश्याम परिश्रमिको गजल गएर उतघाटन गरेका थिए ।नवलपरासी देखि आएर गजल गायन समूहले डा.परिश्रमिका बिभिन्न गजलहरु गएका थिए । भने स्थानिय बिभिन्न गायकहरुले पनि आफ्नो आवाजमा परिश्रमिका गजल गएर कार्यक्रम सभ्य बनाएका थिए । सोहि अबसरमा नारी गजलकार सुनिता सापकोटाको गजल संग्रह “एक दिन” र परिवर्तन सरगम साहित्य प्रतिष्ठानको गजल पत्रिका “समर्पण”पनि बिमोचन गरिएको थियो ।कार्यक्रममा बिभिन्न अग्रज गजलकार तथा बिभिन्न गायक गायिकाहरुलाइ एकै थलोमा सम्मान गरेको छ ।बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, ललिजन रावल,डा.कृष्णहरि बराल ,मानन्धर अभागीलाई गजल सम्मान गरिएको थियो भने सुशील श्रेष्ठ ,सुबास अगम,श्रीजना दाहाललाइ गजल गायनबाट सम्मान गरिएको हो । कार्यक्रमका नायक घनश्याम परिश्रमीलाई अबिनान्दन गरे संगै उहाले आफ्नो भनाइहरु राख्ने क्रममा भन्नु भयो “जति उत्कृष्ट क्रार्यक्रम भनीए पनि आज सम्म राजधानीमा एति भब्य कार्यक्रम भएको थिएन” ।
स्वागत मन्तब्य सस्थाका सचिब गोबिन्द लामिछानेले गर्नुभएका थिए भने कार्यक्रमको बिसर्जनको क्रममा सभापति कमल सरगमले कार्यक्रम भब्य भएको बताउदै आगामी दिनहरुमा पनि यसरीनै साथ् रहे यस्ता धेरै कार्यक्रम गरिने बताउनु भयो ।
राजधानीमा फेरि अर्को साहित्यिक रौनक : डा.परिश्रमिका गजलमा डुबे गजलकार
गायक सुधन ढकाल नयाँ गितको तयारिमा
नेपाली सांगीतिक क्षेत्रमा सुधन ढकाल नचिन्ने कमै होलान् । ढाकाल एक कुसल गितकार मात्र होइनन् एक सक्षम गायक पनि हुन । २०६८-२०७० ताका बाट निकै चर्चामा रहेका ढकालले अहिले सम्म आधा दर्जन भन्दा बढी म्युजिक भिडियो सहितको गितहरु बजारमा ल्याइसकेका छन । ढाकाल देशका बरिस्ठ गाएक गायिकाको पंतिमा कसरी रहे भन्ने चासो सुल्झाउन गाह्रो छैन । उनको गितमा अञ्जु पन्त , सिन्धु मल्ल लगाएतका गायिकाहरुको बेजोड प्रस्तुति रहेको छ । त्यसैमा उनले पनि आफ्नै स्वर बाट स्रोता नचाउन सक्षम भएका छन । ढकालले ल्याएका म्युजिक भिडियोमा राजेश बोहोराले छायांकन गरेका थिए भने सौरव नेपालले क्यामेरामा साथ दिएका थिए । उनको टिममा रहेका चर्चित ब्यक्तित्व , कला, गला र गितको सन्तुलनले पनि उनलाइ ह्वात्तै चर्चाको शिखर सम्म ल्याइदियो । उनले कोरियोग्राफी क्षेत्रमा दिल बहादुर गुरुङ लाई बिस्वासिलो पात्र ठान्छन । उनको हरेक भिडियो मा दिल बहादुर गुरुङ ले नै काम गरेका छन । त्यसै गरि उनको अर्का बिस्वासिलो पात्र हुन संगितकार बिजु बज्र । सुधनका संपुर्ण गितमा बिजुकै संगित र एरेन्ज रहेको छ । सुक्रबारको भेटमा सुधनले आफ्ना अन्य गितहरु पनि तयारीमा रहेको र समकालीन स्रोताहरुको रुचिको बिसयमा गित रहेकाले यसमा पनि अपार सफलता पाउने कुरामा आफुँ बिस्वस्त भएको बताए ।
देवराज भन्तनाले ल्याउने भए दिलको ढोका लाएपछी
काठमाडौ । गायक देवराज भन्तना यतिबेला जलेको दिलको यात्रा गरिरहेका छन । विभिन्न स्टेज कार्यक्रममा देखिएका भन्तना अहिले आफ्नै गीति एल्बम जलेको दिलबाट उदाउने भएका हुन । जलेको दिलकै तयारिमा ब्यस्त रहेका भन्तना कस्तो रुपमा स्रोता सामु आउलान त भन्ने चाहिँ प्रतीक्षाको बिषय बनेको छ । आफ्नै शब्द संगीत र स्वरमा आउन लागेको उनको पहिलो एल्बमको एक गित "दिलको ढोका लाएपछी" मा बिजु बज्रको एरेन्ज रहने भएको छ । त्यसैगरी बाध्यबादनमा बिमल थापा र राजकुमार भण्डारी रहने छन भने एल्बमको अन्य गित हरुको पनि प्रकृया निकै माथी पुगिसकेको छ ।
साहित्यलाइ मन मुटुदेखि माया गर्ने भन्तना गित, गजल, कविता, उपन्यास र मुक्तक बिधामा पनि निकै अग्र स्थानमा देखिन्छन । फुटकर रचना र संयुक्त पुस्तकमा रचना प्रकाशित गरेर आफ्नो बलियो परिचय बनाएका भन्तनाले चुकुप्रकाश बृहत् मुक्तक दोहोरिको मुख्य भुमिका समेत निभाइसकेका छन । २०६३ साल देखि साहित्य लेखनमा बाक्लिएका भन्तनाले क्रेजी लभर्स नामक उपन्यासको सम्पुर्ण काम सकिएको र अब छिट्टै बजारमा आउने समेत बताएका छन ।
चुकुप्रकाश बृहत मुक्तक दोहोरी (भूकम्प विशेष ) १६ औँ शृंखला सम्पन्न , ३३ घण्टामै ३७०० मुक्तक जम्मा



