भ्यागुतोलाई स्टकोट त छेपारोलाई जामा
भान्चा राज्य छुट्टै चाहियो भन्छिन मेरी आमा
कर्कलोको पातै ठुलो गावा सानै छ रे हाम्रा बालाई छुट्टै राज्य चाहियो बैठक अ रे
माउसुलिको तछाड मछाड माकुरोलाई घेर्छहाम्रा दाइलाई छुट्टै राज्य उ त दामी कोठा हेर्छ
धाक खोलाको हिले माछा लिखु खोला झर्छ
हाम्री भाउजु साह्रै बाठी उन्लाई भँडार् राज्य पर्छ
काफल गेडी पाकी गयो कोइली चरी गाउछेमेरी बैनी सोझी साह्रै उन्ले कुन राज्य पाउछे
धमिरोले दलिन खायो अग्राख काठकै भर देउमत गोर्खे छुट्टै राज्य चाइन्न,बरु नेपाल घर देउ जय देश जय भाग्य.......
By जय देश जय भाग्य
No comments:
Post a Comment