Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » शिला कार्की को १० नेपाली मुक्तकहरु

शिला कार्की को १० नेपाली मुक्तकहरु

सीले लाटीको आज श्रवण महीनाको 
अन्तीम सोमबार रे 

आज भोलि तिम्रो मलाई नाम प्यारो लाग्छ !
तिम्ले गर्र्या सबै तिम्रा काम प्यारो लाग्छ !!

सितल त जुनले दिन्छ घामले त पोल्छ अरे !
तिम्रो माया पाए देखि घाम प्यारो लाग्छ !!

सानै देखि सहरको रमझममा बसे पनि  !
तिमी बस्ने डाडा पाखा गाम प्यारो लाग्छ !!

चिठी भित्र लेखेका थ्यौ तिम्रा मनका रहर !
मेरो नाममा पठाएको खाम प्यारो लाग्छ  !!

पुजा गर्छु मनमा राखी सजाएर तिमीलाई नै 
तिमी ईष्वर बन्दा फेरी धाम प्यारो लाग्छ !!
मुक्तककार :
शिला कार्की 

काठमाण्डौ नेपाल
मुक्तक १  
तिम्रा आँखा हेरेर मनका कुरा बताई दिन्छु !

तिम्रा पीडा सबै मेरो मनमा म अटाई दिन्छु !!
तिमी भन्छौ जीवन काट्न सबथोक चाहिन्छ 
तर म तिम्लाई हेरेर जिन्दगी कटाई दिन्छु !!!


मुक्तक २ 
प्रेम प्रस्ताव तिमी लाई राखौ जस्तो लाग्यो !
तिम्लाई पाउन देवि देउता भाकौ जस्तो लाग्यो !!
एउटा भएको मुटु पनितिम्लाई जिम्मा लगाएर 
अर्को मुटु देउता संग मागौ जस्तो लाग्यो !!


मुक्तक ३ 
अजम्बरी माँया को यो प्यार दिए पछी
दुई मुटु लाई एक पार्ने बिचार दिए पछी
तेहि दिन देखि लत बसेको छ सम्झिरने
छुट्ने बेला उस्ले मुटु उपहार दिए पछी

मुक्तक ४ 

मेरो देशमा जब पैसा बोल्छ नी सत्य लुक्छ 
देशका लागि बोल्नेको यहाँ घाँटी मात्र सुक्छ 
जन्ताको खुन र पसिनामा चुर्लुम डुबेका नेता
नेपाल र नेपाली रुदा ईनको मन खै काहा दुख्छ
मुक्तक ५ 

टीका सँगै आँखामा गाजल नलगाउने अर्डर आयो
शोर सिँगार ओठमा लाली नसजाउने अर्डर आयो 
मस्त निन्द्र बाटै बिउझिए भन्दै थियो उस्ले मलाई 
हात का चुरा मध्य रातमा नबजाउने अर्डर आयो
मुक्तक ६ 

म सँग तिमी भईदिए जे पनि आँट्न सक्छु म 
हेरेर नै तिमी लाई जिन्दगी काट्न सक्छु म 
तिम्रो साथ पाए भने तिम्रा गल्ति लुकाउन
दुनिया त के देउता लाई नि ढाँट्न सक्छु म
मुक्तक ७ 
जित्छौ भने तिमीले म हाँसी हाँसी हारि दिउला
लुटाएर सारा खुसि मनका रहर मारि दिउला 
जित्नु मात्र माया हैन हार्नु पनि माया नै हो 
हसाएर तिम्लाई सधै मैले आँसु झारि दिउला
मुक्तक ८ 
सपनिमा आउछौ संधै तिमी मलाई सताउन 
के छ बाँकि भन अझै तिम्ले मलाई बताउन 
ई आँखामा तिम्रै तस्बिर सजाएर राखे मैले 
आदेश दियौ तिम्ले आज मुटु बाटै हटाउन

मुक्तक ९ 
आफ्नै बनाई लाने भए डोलि लिएर आउ 
सिन्दुर पोते चुरा सँगै चोलि लिएर आउ 
घमन्डि छन दाजु भाइ ठुला कुरा गर्छन 
मन जित्न सक्ने मिठो बोली लिएर आउ

मुक्तक १० 
पाइन्न रे भाग्य भन्दा अधिक जिन्दगिमा 
भाग्य भन्दा के छ अरु नजिक जिन्दगिमा
तिम्रा काम सबै ठिक भए गल्ति भए पनि
मैले गर्या काम सबै भए बेठिक जिन्दगिमा

शिला कार्की 
काठमाण्डौ नेपाल
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger