यसपालिको तीजमा भने, छमछ्मी नाँच नानु ,
बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु
जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छैन ,
झर्याम झुरुम भएर यो,फुटिजाने काँच नानु
कहिलेनी ओइलींदैन,सम्झनाको मीठो माला ,
लत्याएर नफाल्नु है,मायाँ प्रीति साँच नानु
रात पछी दिन आउँछ,घाम पछी छायाँ जस्तै ,
दु:ख पछि सुख आउँछ,नपत्याए जाँच नानु
रङ्गी चङ्गी पोशाकमा, सजिएर मनाऊ तीज ,
हाँसी, खुसी,सधैँ भरि, रमाई रमाई बाँच नानु
बारुले त्यो कम्मर तिम्रो, मर्काएर भाँच नानु
![]() |
| कोमल भट्ट |
जिन्दगीको के भरोषा ? भोलिको त टुंगै छैन ,
झर्याम झुरुम भएर यो,फुटिजाने काँच नानु
कहिलेनी ओइलींदैन,सम्झनाको मीठो माला ,
लत्याएर नफाल्नु है,मायाँ प्रीति साँच नानु
रात पछी दिन आउँछ,घाम पछी छायाँ जस्तै ,
दु:ख पछि सुख आउँछ,नपत्याए जाँच नानु
रङ्गी चङ्गी पोशाकमा, सजिएर मनाऊ तीज ,
हाँसी, खुसी,सधैँ भरि, रमाई रमाई बाँच नानु


![Ganesh Paudel at ne.wikipedia [CC-BY-SA-3.0 (http://creativecommons.org/licenses/by-sa/3.0)], via Wikimedia Commons Teej](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgDzG3naJ3ZYeTws6orYKKwentAijB2CIQZCZvrDorune669fsGaB5-mVC4DnqlnsOLoJXFZ6IsacOXTSurNmiii4mrIVUHWWacaFrngToZ_epTlyDx18QVd8neZFSc_TJXGwhdoSuC6T5m/s320/Teej+dance.jpg)

No comments:
Post a Comment