घरै बसी सुल्फा तानी, के गरेको कान्छा नानी?
यसो ढोक्सो लागि खेतमा, माछा छोपे पनि भयो
यसो ढोक्सो लागि खेतमा, माछा छोपे पनि भयो
दमकी रोगि बुढी आमा,भान्सा भित्र खोक्दै होलिन
अलिक बल्ने दाउरा चिरी, भुङ्ग्रो कोपे पनि भयो
अलिक बल्ने दाउरा चिरी, भुङ्ग्रो कोपे पनि भयो
सेतै फुल्या पित्र बाबु,खमार छिल्न ब्यस्त होलान
बकाईनोको खाँबो लगी,मियो घोपे पनि भयो
बकाईनोको खाँबो लगी,मियो घोपे पनि भयो
कराउने कति पार्छौ, आफैं जानी गर्दा हुन्छ
तगारोलाई बाँस गाड्न,दुलो खोपे पनि भयो
तगारोलाई बाँस गाड्न,दुलो खोपे पनि भयो
दुनियाँले देख्ने काम हो, छोरो त्यस्तो हुनुपर्छ
कस्ले देख्छ भान्सा भित्र, ढीड़ो टोके पनि भयो!!!
कस्ले देख्छ भान्सा भित्र, ढीड़ो टोके पनि भयो!!!
harigopal
जुलियन,अफगान,०८/०१/२०१३
No comments:
Post a Comment