माया-प्रिती जसलाई हुन्छ तिमी गाँस है
व्यथाजति मलाई दिई, खुसी साँच है ।
मेरो आयु लागोस् तिमीलाई, मेरो आशीष हो,
मर्नु परे मै मरुँला, तिमी बाँच है ।
जहाँजहाँ हिंड्छौ तिमी, फूलैफूल होस्,
उत्साह र उमङ्गले, सधैँ नाच है ।
कोही आउलान् मीठा-मीठा शब्द बिछ्याउँदै
मुटु पनि बिछ्याउँछन् कि, तिमी जाँच है ।
दुख्नु परे मै दुखुँला, रुनु परे रुँला,
मेरो आँसु म मै रहोस्, तिमी हाँस है ।
No comments:
Post a Comment