तिम्रो आँखाको अर्थ बुझेर पनि
विवस छु नबुझेझै गर्न
तिम्रो ढुक्ढुकी सुनेर पनि
विवस छु नसुनेझै गर्न
तिमी भन्दा अगाडि आफ्नो मुटुमा
मेरो नाम लेख्ने अरु नै कोही छ
वहकिए म जब एक्लोपनामा
मेरो बाटो छेक्ने अरु नै कोही छ
तिमी भित्रको घाऊ जानेरै पनि
विवस छु नजानेझै गर्न
तिम्रो माया लाई पूजा मानेर पनि
विवस छु नमानेझै गर्न
No comments:
Post a Comment